पशु कार्यालयद्धारा व्यवसायीहरु सँग छलफल
विकल्प न्यूज/बेनी
माघ १९ गते ।
जिल्ला पशु सेवा कार्यालयको आयोजनामा मंगलबार बेनीमा ब्यवसायीक फार्म सञ्चालकहरुसंगको अन्तरक्रिया गोष्ठि सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा ब्यवसायीक रुपमा पशु फार्म सञ्चालन गरेको उद्यमी कृषक र जिल्ला पशु सेवा कार्यालयका प्राबिधिकहरुबीच छलफल भएको थियो । पशुपालनको सम्भावना, वर्तमान अवस्था र चुनौतीका विषयमा छलफल केन्द्रित थियो ।
कार्यालय प्रमुख बरिष्ठ पशु चिकित्सक दयाराम चापागाईले म्याग्दीमा ब्यवसायीक पशुपालनको विकास गरि मासु, दूध र अण्डामा आत्मनिर्भर बनाउन सकिने बिचार ब्यक्त गर्नुभयो । सहभागि बाख्रा, गाईभैसी, कुखुरा र बंगुरपालक कृषकहरुले रोगब्याधी, पशु बिमा कार्यक्रम लागु हुन नसक्नु, चरन क्षेत्रको अभावका विषयमा कार्यालयको ध्यानाकर्षण गराएको थियो ।
उनिहरुले सहज, छिटो, छरितो रुपमा प्राबिधिक सेवा सुबिधा पाउने वातावरण मिलाउन पनि आग्रह गरेका थिए ।
कार्यक्रममा २२ जना कृषकहरुको सहभागिता रहेको थियो । बरिष्ठ पशु चिकित्सक चापागाईको अध्यक्षता, पशु सेवा प्राबिधि डिल्लीराम रेग्मीको सञ्चालन र पशु चिकित्सक जिवन आचार्यको स्वागत मन्तब्यमा भएको उद्घाटन कार्यक्रममा जिल्ला भुसंरक्षण अधिकृत दिवाकर पौडेलले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो । सन्तोष गौतम
प्रतिक्रिया राख्नुहोस्