युवा लक्षित कार्यक्रमका लागि ६० किसान छनौट (विवरण सहित)
विकल्प न्यूज /बेनी
माघ १५ गते ।
जिल्ला कृषि विकास कार्यालय म्याग्दीले चालु आवको युवा लक्षित कार्यक्रमका लागि परेका निवेदनहरुको शुक्रवार छनौट गरेको छ ।
शुक्रवार वसेको कृषि विकास समितिको वैठकले निवेदन दिएका मध्यबाट व्यवसायिक रुपमा तरकारी खेती गरेका जिल्लाका ६० किसानलाई युवा लक्षित कार्यक्रम अन्तर्गत छनौट गरिएको हो । युवा लक्षित कार्यक्रमका लागि दुइ सय १५ किसानले निवेदन दिएका थिए ।
छनौटमा परेका किसानहरुलाई प्रतिव्यक्ति ४० हजार रुपियाँ अनुदान उपलब्ध गराइने र उनीहरुले कम्तीमा पाँच रोपनीमा तरकारी खेती गर्नुपर्ने वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले बताउनुभयो । किसानको कार्य प्रगतिका आधारमा फिल्ड अनुगमन पछि मात्र अनुदान उपलब्ध गराइने उहाँले बताउनभयो ।

वैठकले तरकारी खेतीका लागि २६ लाख,साना सिँचाईका लागि ३३ योजनाका लागि ३२ लाख र सहकारी खती र सहकारी सिँचाईका लागि ६ लाख रुपियाँ विनीयोजन गरीएको छ । शुभकामना सहकारी सिँचाई योजना वेनपा १४ ले दुइलाख ९८ हजार र सहकारी खेती योजनामा लामाबगर व्यवसायीक कृषि सहकारी संस्थाले चार लाख २० हजार रुपियाँ अनुदान पाउने भएका छन् ।
तरकारी खेतीमा युवाको धेरै आवेदन परेको र तरकारी खेतीमा कृषक बढि आकर्षित पाइएको वरिष्ठ कृषि विकास अधिकृत रिजालले बताउनुभयो । उहाँले गतवर्ष अनुदान पाएकाले यस वर्ष छनौटमा नपरेको र नयाँलाई छनौट गरिएको बताउनुभयो ।
यस्तै साना सिंचाई आयोजना अन्तर्गत ३३ वटा कार्यक्रमलाई छनौट गरिएको छ । त्यसमा आयोजना हेरेर प्रति आयोजना बढीमा डेढलाख रुपियाँ अनुदान दिईनेछ । अनुदान पाएकाहरुले ५० प्रतिशत रकम भने आफैले लगानी गर्नुपर्नेछ । यसै विच प्लास्टिक पोखरी निर्माणका लागि परेका निवेदन मध्य १० वटा छनौट गरिएको छ । छनौटमा परेकाले तिस हजार रुपियाँ अनुदान पाउने कृषि कार्यालयले जनाएको छ । छनौटमा परेका कार्यक्रमहरुको प्रभावकारी ढङगले अनुगमन र नियमन गरिने कार्यालयले जनाएको छ ।
यूवा लक्षित व्यवसायिक तरकारी उत्पादन कार्यक्रमको लागि छनौटमा परेका किसानहरु
दिल बहादुर थापा बे.न.पा. –१
सिता घिमिरे बे.न.पा. –४
रिमा घिमिरे बे.न.पा. –४
सिता शर्मा बे.न.पा. –४
रमेश खत्री बे.न.पा. –५
नारायण जि.सी. बे.न.पा. –५
मिना कुमारी क्षेत्री बे.न.पा. –१३
जुना खत्री बे.न.पा. –१३
श्री गंगा बानिया खत्री बे.न.पा. –११
श्री मदन बानिया बे.न.पा. –११
विष्णु किसान बे.न.पा. –१
हेमराज शर्मा बे.न.पा. –१
भिम बहादुर रिजाल बे.न.पा. –४
खड्के सार्की बे.न.पा. –१४
लाल कुमारी थापा बे.न.पा. –३
सिता घर्ति बे.न.पा. –४
डोलेन्द्र शर्मा बे.न.पा. –४
लक्ष्मी सापकोटा बे.न.पा. –४
लक्ष्मी के.सी. बे.न.पा. –४
द्नन्दकली शर्मा बे.न.पा. –१३
बल बहादु।र थापामगर बे.न.पा. –१
अम्विका शर्मा बे.न.पा. –४
कृष्ण प्रसाद शर्मा बे.न.पा. –८
सिता शर्मा पौडेल बे.न.पा. –१४
लक्ष्मी घिमिरे कार्की बे.न.पा. –४
सुनिता देवी सूवेदी क्षेत्री बे.न.पा. –१
हरि प्रसाद पौडेल बे.न.पा. –८
जंग बहादुर थापा मगर बे.न.पा. –१
कमल बहादुर थापा मगर बे.न.पा. –१
डेक बहादुर गर्वुजा झिँ–९
मन बहादुर पुन झिँ–९
मन कुमारी रोका बरजां –२
जिवलाल जैसी निस्कोट–१
दल बहादुर पुन निस्कोट–२
लाल सूवेदी जैसी दरवाङ्ग–३
मोहन घर्तिमगर बरजां –३
लक्ष्मी कार्की बावियाचौर–८
डेक बहादुर घर्ति क्षेत्री कुहुँ–३
लक्ष्मी रोका रुम–५
सिता सूवेदी बावियाचौर–६
योगेन्द्र जुग्जाली कुहुँ–७
तेजेन्द्र आचार्य कुहुँ–४
चन्द्र अधिकारी बावियाचौर–२
चन्द्रकला सार्की दाना –९
द्दिलमाया पुन दाना –९
टिका पाइजा तिलिजा हिस्तान–४
गम बहादुर फगामी हिस्तान–२
गिता रन्तिजा हिस्तान –९
बविता के.सी. ताकम ४
कृष्ण भण्डारी ताकम ४
प्रेम बहादुर दमाई ताकम २
लोकेन्द्र पुन देबिस्थान ३
ज्ञान बहादुर घर्ति मूदि ७
पदम कुमारी आचार्य ताकम ३
कुमारी मल्ल पिप्ले ३
राजु बहादुर पाण्डे पिप्ले ७
डेक बहादुर पुन पात्लेखेत ९
युवराज उपाध्याय बाबियाचौर ४
मिना कुमारी कार्की बे.न पा. १३
नारायण बहादुर कार्की बे.न.पा.४
गुनादेबी पुन मूदि ७
दिपक आर्चाय र्अमन ६
प्रतिक्रिया राख्नुहोस्