तारा एयर दुर्घटना छानबिन समिति गठन
-
तारा एयर दुर्घटना छानबिन समिति गठन
फाल्गुन १२, २०७२- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तारा एयर दुर्घटना छानबिनका लागि पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक राजेशराज दलीको संयोजकत्वमा नेपाली सेनाका दीपक बास्तोला, नेपाल एयरलाइन्सका क्याप्टेन श्रवण रिजाल, सिम्रिक एयरका इन्जिनियर रामप्रसाद कोइराला सदस्य छन् । सहसचिव सुरेश आचार्य…
पुरा पढ्नुहोस » -
अपडेटः जहाज दुर्घटनामा परेका १९ जनाको शव भेटियो
प्रताप बानियाँ / विकल्प न्यूज म्याग्दी,फागुन १२ गते । उत्तरी म्याग्दीको दाना गाविसको सोलीघोप्टेको धुरीमा दुर्घटनाग्रस्त जहाजमा सवार २३ जनामध्ये १९ जनाको शव फेला परेको छ । आज बिहान पोखराबाट जोमसोमका लागि उडेको जहाज दाना गाविसको सोलीघोप्टेको धुरीनजिकै केगरबुटा भिरमा ठोक्किएर दुर्घटनामा परेको थियो । भिरमा ठोक्किएर दुर्घटनाग्रस्त जहाज पूर्णरुपमा जलेको छ…
पुरा पढ्नुहोस » -
दुई सहकारी बीच अनुभव आदानप्रदान
प्रताप बानियाँ/विकल्प म्याग्दी, फागुन १२ गते । म्याग्दीको सदरमुकाम बेनीमा बुधबार दुई सहकारीबीच एकापसमा घेटघाट तथा अन्तत्र्रिmया सम्पन्न भएको छ । बेनीमा महिलाहरुद्वारा सञ्चालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था र अमरदीप महिला उत्थान बचत तथा ऋण सहकारी भरतपुर चितवनका बिचमा परिचयात्मक कार्यक्रम गरिएको हो । चिवतनको सहकारीले आफ्नो पाँचदिने भ्रमण अवलोकन…
पुरा पढ्नुहोस » -
तारा एयर दुर्घटना ः पाइलट रोशन मानन्धरले नै उडाएर ल्याएका थिए क्यानडाबाट काठमाडौंसम्म जहाज
फाल्गुन १२, २०७२- बुधबार बिहान पोखराबाट जोमसोमको लागि उडेको ट्विनअटर जहाज ताराले पाँच महिनाअघि मात्रै किनेको हो । क्यानडाको कलगरीबाट असोज १ गते उडेको जहाज १० वटा एयरपोर्ट हुँदै ६० घन्टाको उडानमा गत असोज ९ गते शनिबार दिउँसो १ बजे काठमाडौं विमानस्थल आइपुगेको थियो। यो जहाजलाई आज पोखराबाट जोमसोम उडान गरेका उनै…
पुरा पढ्नुहोस » -
म्याग्दीमा जहाज दुर्घटना अपडेट ः जहाजमा सवार सवैजनाको मृत्यु
विकल्प न्यूज /बेनी फागुन १२ गते । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाजमा सवार सवैजनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ । भर्खर प्राप्त जानकारी अनुसार जहाज आगो लागेको अवस्थामा भेटिएको छ । म्याग्दीको दाना गाविस वाड नं २ को सोलेघोप्टे भिरको केकरवुट जंगल क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । दुर्घटनास्थलमा…
पुरा पढ्नुहोस » -
जहाज दुर्घटना अपडेट ः तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो
विकल्प न्यूज /बेनी फागुन १२ गते । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज म्याग्दीको दाना गाविस वाड नं २ को सोलेघोप्टे भिरको केकरवुट जंगल क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । दुर्घटनास्थलमा भर्खर पुगेका प्रहरी जवान फुलकुमार थापाका अनुसार जहाज जलिरहेको र शवहरु क्षतविक्षत अवस्थामा रहेको पाइएको छ । कुनै पनि शवहरु…
पुरा पढ्नुहोस » -
सम्पर्कविहीन हुनुअघि पाइलटले अन्तिममा भने- फेरि भेटौंला, गुड डे !
विकल्प न्यूज /बेनी फाल्गुन १२, खोजीकार्य जारी पोखराबाट जोमसोमको लागि उडेको कल साइन 9N-AHH भएको तारा एयरको जहाज सम्पर्कबिहीन हुनुअघि पाइलटले पोखरा टावरसँग गरेको अन्तिम कुराकानीमा 'फेरि भेटौंला, गुड डे !' भनेको रेकर्ड छ । बुधबार बिहान पोखराबाट जोमसोमको लागि उडेको उक्त जहाजका पाइलटले पोखरा विमानस्थलको टावरसँग अन्तिम कुराकानी गरेपछि सम्पर्कबिहीन भएको…
पुरा पढ्नुहोस » -
अपडेट:: मौसम खराब भएपछि पोखरा फर्किएकाे हेलिकप्टर पुन: खाेजिका लागि उड्याे
पोखराबाट ७ बजेर ५० मिनेट जाँदा जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहिन भएपछि खोजिकार्यमा गएको हेलिकप्टर खराब मौसमका कारण पोखरा फर्किएर अहिले पुन: उडेकाे छ । म्याग्दीको रुप्से झरना र दाना क्षेत्र वरपर धुँवासँगै ठूलो आवाज आएको स्थानियले बताएपछि नेपाल प्रहरी र सेनाको स्थलगत टोली त्यता तर्फ गएको छ । मौसम…
पुरा पढ्नुहोस » -
तारा एयरको जहाज म्याग्दीमा दुर्घटना – दुई बालबालिका सहित बिमानमा सवार पुरै २३ जनाको मृत्यु ( नामावली सहित)
पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन एन–एएचएच ट्वीनअटर विमान दुर्घटनामा परेको छ । पोखरा विमानस्थलबाट बुधबार बिहान ८ बजेर ५ मिनेटमा जोमसोमको लागि उडेको विमान म्याग्दीको रुप्सेमा दुर्घटनाग्रस्त भएको हो । चालक दलका सदस्यमा पाइलट रोशन मानन्धर, को–पाइलट विकेश नेमकुल र एयरहोस्टेस रमा रावल रहेको पोखरा विमानस्थलका प्रशासकीय अधिकृत काशिनात पौडेलले…
पुरा पढ्नुहोस » -
म्याग्दीमा तारा एयरको जहाज दुर्घटना आंशका ः चालकदलका सहित २३ यात्रुहरु सवार
विकल्प न्यूज /बेनी म्याग्दी,फागुन १२ गते । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज म्याग्दीको दाना गाविसमा पर्ने रुप्से झरनाको माथिल्लो पहाडमा दुर्घटना भएको आशंका गरिएको छ । दानका स्थानीयवासीहरुले त्यस क्षेत्रमा ठूलो आवज आएको बताएका छन् । नारच्याङका स्थानीयवासी टेक वहादुर पुनले रुप्सेको माथिल्लो पहाडमा दुर्घटना भएको हुनसक्ने बताउनुभयो । बेनी…
पुरा पढ्नुहोस » -
तारा एयरको जहाज ः म्याग्दी रुप्सेको पहाडमा दुर्घटना भएको आंशका
विकल्प /बेनी फागुन १२ गते । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज म्याग्दीको दाना गाविसमा पर्ने रुप्से झरनाको माथिल्लो पहाडमा दुर्घटना भएको नारच्याङका स्थानीयवासी टेक वहादुर पुनले जानकारी दिनुभयो । उहाँका अनुसार बेनी जोमसोम सडक खण्डको रुप्से झरनाबाट दुर्घटना स्थलमा पुग्नका लागि करिव दुइघण्टा लाग्ने बताउनुभएको छ । विहान ७ बजेर…
पुरा पढ्नुहोस » -
पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको विमान सम्पर्क विहिन
विकल्प न्यूज/बेनी फागुन १२ गते । पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज सम्पर्क्विहिन भएको छ । विहान ७ बजेर ५० मिनेटमा यात्रु लिएर उडेको जहाज उडान भरेको केहि वेरमै सम्पर्क विहिन भएको हो । नारच्याङका स्थानीय टेकवहादुर पुनले रुप्से झरनाको आसपासमा ठूलो आवाज सुनिएको बताउनुभएको छ । पुनका अनुसार झरनाको माथिल्लो…
पुरा पढ्नुहोस » -
मोना बेल्जियमको उदाहरणिय कार्य – म्याग्दी अस्पताललाई साढे तिनलाख सहयोग
प्रताप बानियाँ /विकल्प म्याग्दी, फागुन ११ गते । म्याग्दी प्रवासी नेपाली संघ (मोना) बेल्जियमले म्याग्दी जिल्ला अस्पताललाई सिबीसी मेशिन खरिद गर्नका लागि मङ्गलबार आर्थिक सहयोग गरेको छ । अस्पतालको प्रयोगशालामा रगत परीक्षणका लागि आवश्यक (-Complete Blood Cell Count Machine CBC) खरिद गर्न बेल्जियमले नगद तीनलाख ६० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो…
पुरा पढ्नुहोस » -
समाचारले फर्किएको रमेश दर्जीको मुस्कान
विकल्प न्यूज/बेनी फागुन ११ गते । आर्थिक अभावमा छाला सम्बन्धि रोगको उपचार गर्नबाट बन्चित भएका बागलुङ जिल्लाको भिमगिठे गाविस–५का ११ बर्षिय रमेश दर्जीको अहिले जिवन फेरिएको छ । आर्थिक अभावका कारण उपचारबाट बञ्चित भएको समाचारहरु प्रकाशित भएपछि उनको उपचारमा सवैतिरबाट सहयोग प्राप्त भएको हो । उपचार पाएपछिको तस्विर विभिन्न संघसस्थाको सहयोगमा…
पुरा पढ्नुहोस » -
एकिकृत योजना तर्जुमा वैठक – आगामी आर्थिक वर्षमा सञ्चालन हुने योजना तथा कार्यक्रमको छलफल
सन्तोष गौतम /विकल्प म्याग्दी ११ फागुन । आगामी आर्थिक वर्ष २०७३७४ मा म्याग्दीमा सञ्चालन हुने विकास योजना तथा कार्यक्रमहरुको विषयमा मंगलबार बेनीमा सरोकारवालाहरुबीच छलफल भएको छ । जिल्ला विकास समितिको आयोजनामा भएको एकिकृत योजना तर्जुमा समितिको बैठकमा व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्नुहुने सांसद नवराज शर्मा, रेशम बानिया, राजनितिक दलका प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख,…
पुरा पढ्नुहोस »