म्याग्दीमा तारा एयरको जहाज दुर्घटना आंशका ः चालकदलका सहित २३ यात्रुहरु सवार
विकल्प न्यूज /बेनी
म्याग्दी,फागुन १२ गते ।
पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज म्याग्दीको दाना गाविसमा पर्ने रुप्से झरनाको माथिल्लो पहाडमा दुर्घटना भएको आशंका गरिएको छ ।
दानका स्थानीयवासीहरुले त्यस क्षेत्रमा ठूलो आवज आएको बताएका छन् । नारच्याङका स्थानीयवासी टेक वहादुर पुनले रुप्सेको माथिल्लो पहाडमा दुर्घटना भएको हुनसक्ने बताउनुभयो ।
बेनी जोमसोम सडक खण्डको रुप्से झरनाबाट दुर्घटना स्थलमा पुग्नका लागि करिव दुइघण्टा पैदल हिड्नुपर्ने उहाँले बताउनुभयो ।
अहिले नारच्याङमा रहेको नेपाली सेनाको क्याम्पबाट दुर्घटना स्थल तर्फ टोली उद्दारका लागि हिडिसकेको छ । यता सदरमुकाम बेनीबाट प्रहरी सहितको टोली पनि दुर्घटना स्थलतर्फ खबर पाए लगत्तै त्यस तर्फ हिडेको थियो ।
विहान ७ बजेर ५० मिनेटमा यात्रु लिएर उडेको जहाज उडान भरेको केहि वेरमै सम्पर्क विहिन भएको हो ।
उडान भरेपछि घोरेपानीसम्मको क्षेत्रमा सम्पर्क भएको र त्यसपछि सम्पर्क वाहिर गएको विमानस्थलले जनाएको छ ।
ढल्ब्ज्ज् कलसाईनको जहाज चालक रोशन मानन्धरले उडाएका थिए । हराएको विमानको खोजीको लागि पोखराबाट दुई वटा हेलिकप्टर परिचालन गरिएको छ । हेलिकप्टर अहिले घाँसामा ल्याण्ड गरिएको बताइएको छ । जहाजमा पोखराबाट जोमसोम २० मिनेटमा पुग्न सकिन्छ । घटनावारे थप विवरण आउन वाँकी छ ।

प्रतिक्रिया राख्नुहोस्