तारा एयर दुर्घटना छानबिन समिति गठन
फाल्गुन १२, २०७२- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तारा एयर दुर्घटना छानबिनका लागि पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।
मन्त्रीस्तरीय निर्णयबाट नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक राजेशराज दलीको संयोजकत्वमा नेपाली सेनाका दीपक बास्तोला, नेपाल एयरलाइन्सका क्याप्टेन श्रवण रिजाल, सिम्रिक एयरका इन्जिनियर रामप्रसाद कोइराला सदस्य छन् ।
सहसचिव सुरेश आचार्य सदस्य सचिव छन् । पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेलका अनुसार छानबिन समितिलाई ९० दिनको समय दिइएको छ ।
पोखराबाट जोमसोमनका लागि उडेको तारा एयरको जहाज दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया राख्नुहोस्