म्याग्दीमा बिवाद मिलेपछि हात्तिपाईले रोग निवारण कार्यक्रम सुरु

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १९ चैत ।
जिल्ला जनस्वास्थ्य कार्यालय र अस्पताल विकास समितिको बिवादका कारण म्याग्दीमा स्थगीत भएको हात्तिपाईले रोग निवारण कार्यक्रम आगामी हप्ता सञ्चालन हुने भएको छ । जिल्ला अस्पताल र जनस्वस्थ्य कार्यालय छुट्टीएपछि बिवाद हुँदा गत फागुन २९ र ३० गते सञ्चालन हुनुपर्ने कार्यक्रम स्थगीत भएको थियो ।

स्वास्थ्य मन्त्रालयले ५० शैयामा स्तरवृद्धी भएको अस्पतालको पुर्वाधार तयार नहुँदासम्म पुरानै प्रशासनीक संरचनामा चल्न निर्देशन दिएपछि बिवाद समाधान गरि स्थगीत भएका अन्य कार्यक्रमहरु पनि सञ्चालन भएका छन् । चैत २५, २६ र २७ गते हात्तिपाईले लाग्नबाट बचाउने औषधि खुवाउने कार्यक्रम सञ्चालन हुन लागेको हो ।DSC02170

म्याग्दीका एक लाख चार हजार जनालाई अबेण्डाजोल, डिईसी चक्की औषधी खुवाउने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालयले शुक्रबार बेनीमा आयोजना गरेको कार्यक्रममा जानकारी गराएको छ । दुई बर्ष मुनीका बालबालीका, गर्भवती, सिकीस्त बिरामी र ७० वर्ष भन्दा बढी उमेरका नागरीकहरुलाई भने औषधि खुवाईने छैन् ।

जिल्लाभर घरदैलो अभियान सञ्चालन गरेर सातौ चरणको औषधि खुवाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालयका सिनियर अहेव घनश्याम सिग्देलले जानकारी दिनुभयो । क्युलेक्स लामखुट्टेको टोकाईबाट सर्ने हात्तिपाईले रोगका कारण हाईड्रोशिल हुने, हात, खुट्टा, यौनाङ्ग, महिलाको स्तन सुन्नीने र जिवनको अन्त्य हुने गर्छ । रोगबाट बच्न औषधिको सेवन गर्नुपर्ने जिल्ला अस्पतालका मेडिकल अधिकृत सुवास थापाले बताउनुभयो ।DSC02161

उहाँका अनुसार म्याग्दीको कुल जनसंख्या मध्य २.३३ प्रतिशत अथवा एक हजार चार सय जना हात्तिपाइले रोगको जोखिममा छन् । छैटौ चरणसम्म हात्तिपाईलेको जोखिमलाई एक प्रतिशतमा झार्ने लक्ष्य पुरा नभएपछि सातौ चरणमा अभियान सञ्चालन गर्न लागिएको हो । गत वर्ष लक्षित समुदायको ८७ प्रतिशत अथवा ९६ हजार जनाले हात्तिपाईले रोग विरुद्धको औषधि सेवन गरेका थिए ।

अभियानको बारेमा जानकारी गराउन आयोजित कार्यक्रममा म्याग्दीमा क्रियाशिल पत्रकार तथा सञ्चारकर्मीहरुलाई सामुहिक औषधि पनि खुवाइएको थियो । जिल्ला स्वास्थ्य प्रमुख डाक्टर रोशन न्यौपानेको अध्यक्षता, कार्यक्रम संयोजक सिनियर अहेव घनश्याम सिग्देलको सञ्चालन र जनस्वास्थ्य अधिकृत नारायप्रसाद चौधरीको स्वागत मन्तब्यमा सम्पन्न भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका उपाध्यक्ष ठाकुरप्रसाद आचार्यले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।