शान्ति बस्नेत / विकल्प न्यूज
चैत २९ गते ।
समय भन्दा मानिस र प्रकृति भन्दा मानिस कहिले पनि ठूलो हुन नै सक्दैन । मानिसहरु जाति सुकै जता सुकै गए पनि जीवनस्तरमा परिवर्तन भएको पाईन्छ, तर पनि उनीहरुको सोचमा परिवर्तन भएको पाईदैन ।
धनी, गरीव भनी विभिन्न कुराहरुमा विभेद गरी नै रहने व्यवहार अहिले पनि जहाँको त्यही नै छ । मानिसहरुको जीवनस्तर मात्रै उच्च भएर हुँदैन उसको विचार उच्च हुनुपर्छ भन्ने सोचमा विश्वास गर्ने गर्नुपर्छ ।
जीवन गरीव हुँदैमा सोच गरीव हुदैन। मानिसहरुको विभिन्न सोचहरु हुने गर्छन तर ति मध्ये आफू कसरी धनी हुने अरु भन्दा कसरी सुख सयलमा बस्न सकिन्छ भन्ने नै सोचहरुमा हाम्रो समाज रुमलिरहेको छ ।
मानिसहरु धनका जति नै धनी भए ता पनि सोचका गरीवहरु यो समाजका घातक पक्षहरु नै हुन । सकरात्मक सोच नै समाजका उर्जा हुन । मानिसहरु यतिसम्म गिरेका हुन्छन नि समानताका नाराहरु घनकाउनेहरु नै नाराको उल्ङ्घन गरिरहेका हुन्छन ।
तर अहिले प्रकृतिले पनि अर्थात चीनको बुहानबाट सुरु भएको कोरोना भाईरसले आज विश्वनै आक्रान्त भई रहेको छ । विश्व आज घर भित्र मौन रुपधारण गरी बस्न बाध्य भएको छ । प्रकृतिलाई कृतिम बस्तुले बदल्छु भनी निस्किएका पाईलाहरु नै जहाँका त्यही रोकिएका छन् ।
आज हुने खाने भनेर र हुदाँ खानेहरु भनेर विभाजन गरिएका सामाजिक प्रणीहरुको सबैको दिनचर्या एउटै ढंङ्गबाट चलिरहेको छ । आज घमण्डले भरिएको मानव अस्थित्व नै क्रम रुपमा समाप्त हँुदै आएको छ ।
मानव निर्मित विभिन्न विभिन्न यन्त्रहरु पनि आज रोकिएका छन । विकासलाई उच्च स्थानमा पु¥याएको आकलन गर्ने विन्दु पनि एकत्रित रुपमा समान पाईएको छ ।
संसार आज एकै किसिमले चलि रहेको छ । जो जति विकासको शिखरमा पुगे पनि आज कोरोना भाइरससंग डराएर नै बस्नु परेको अवस्था रहेको छ । विभिन्न देशहरु विच पनि को ठूलो को सानो भन्ने एटा भ्रामक घमण्ड पनि आजको दिनमा समाप्त गरिदिइएको छ । आज सबैको दैनिकि घर भित्रबाट बाहिर जान सकेकोछैन ।
असमानताका विगुल त मानव जातिले नै फुकि रहेका छौं । तर प्रकृतिले नै आज समान बनाइ दिइएको छ । मानव मावन जातिमा पनि कति पीडा सहेर बाची रहेका हुन्छन मानिसहरुको नै असमान व्यवहारले नै गर्दा मानव जाति विच सकरात्मक सोचको नै कमीले गर्दा मावता बीचको खाल्डो ठूलो छ ।
हुने र नहुने भनी विभेदकारी कार्यले गर्दा मानवताको नै अस्थित्व माथि दाग लगाउने प्रवृति छ । समाजमा नै बस्दा समाजमा धेरै नै अपहेलित हुनु पर्ने बाध्यकारी परिस्थितिहरु आई परेका नै छन । तर आज जति नै धन सम्पति कमाए पनि सबै जनाको एउटै स्थिति भएको छ ।
पहिला पहिला साग, सिस्नो, ढिडो, गुन्द्रुक खाने मानिसहरुलाई हेर्ने नजर नै कम्जोर हुन्थ्यो त्यस्तो खाना त गरीबले अर्थात कम्जोर स्थिति भएका मान्छेले मात्रै खाने भनिन्थ्यो खादै देख्यो भने पनि यस्तो त हाम्रो घरमा गाई, वस्तुले खाने गर्छ भनेर खिसी गर्थे तर आज जुन चीज पूजीपतिहरुको घरमा पाक्दा खेरी अर्गानिक खाने कुरा रे वा ! समाज पनि कति संकुचित सोचको छ है ।
आखिर स्वाद त एउटै हो नि किन विभेदकारी मनस्थिति बनाउनु परेको हो ? आज मान्छेको सोचलाई लात हानेर प्रकृतिले एउटै चक्र बनाई एउटै जीवनस्तरमा राखिदिइएको छ ।
यो सोच नै हो ठूलो सानो, तर परिस्थितिले धनी गरीव भन्दैन समय पनि उस्तै चल्दैन त्यसैले सबैले राम्रो व्यवहार गरौं सकरात्मक सोचौं आखिर जीवनको अर्थ त्यसैमा त हामी पाउछौं । मानिसहरु जात, धर्म, पेशा, लैङ्गिक तरिकाबाट कोहि पनि ठूलो हुदैनन, केवल ठूलो त उनिहरुले गर्ने व्यवहारले छुट्याउछ । त्यसैले माथि उल्लिखितका आधारमा कसैलाई पनि तल र माथिको भनेर नसोचौं ।
मानिसहरु उस्तै नै हुन तर सोचलाई फराकिलो बनाई यस्तो विकराल परिस्थितिमा एकअर्कालाई सहयोग गरी समाजलाई एकिकृत बनाई सभ्य समाज बनी बस्नु जरुरी छ ।
हामी सबै जना घरभित्र नै बसेर सभ्य नागरिकको भूमिका निर्वाह गरौं साथै सरकारको कार्यलाई आत्मसाथ गरी आफ्नो र आफ्ना वरीपरी बस्ने मनिसहरुको जीवन रक्षा गरौं र कोरोना मूक्त समाज निर्माण गर्न एकजुट हौं ।