शान्ति बस्नेत/विकल्प न्यूज
चैत २ गते ।
स्वार्थ समाज हैन स्वार्थी त मावन जातिहरु हुँदै गइरहेको छ । न कसैलाई दया, माया, स्नेह अभिव्यक्त गर्ने शैली नै ठीक छ आदार सत्कार गर्ने तरिका नै ठीक छ । नेपाल र नेपाली हामी विविध पक्षहरुमा विविधता भित्रको भिन्न स्वाभाव र स्वाभिमानीको रुपमा चिनिनन्छौ । शान्तिका अग्रदुत गौतम बुद्ध जन्मिएको देश हाम्रो नेपाल र नेपालीहरुमा उच्च शीर बनाई राखेको सगरमाथाको देश, विश्व सामू साहसी भनेर चिनिने गोरखाली हामी नेपाली हौं तर यस्ता सभ्यता भने अहिले हामी मन लाग्दा यदाकता खोजेर अध्यन गर्ने मात्रै गरेका छौ । व्यवहारिमा उतार्न छोडेका छौं ।
किनिकि यस माथिका सत्य बचन र कर्मको फललाई नेपाली हामीले आफ्नो व्यवहारमा केहि त लागु गर्न सकिएको भए मानवीय सभ्यता हराउदैन । आजकाल त आफ्ना लागि मात्रै सोच्ने नेता हुन या जनताहरुको विगविगि फैलिएको छ ।
देशमा शान्ति हराउदै भएको छ अन्तराष्ट्रिय मुलुकहरुमा रोगले भयभित वा देशलाई संक्रमण गरि रहेको छ यस्तो अवस्थामा हामी नेपालीहरु चाहि कसरी लुट्न सकिने हो कहाँ कस्लाई फसाउन सकिन्छ भनि आतङ्कित तरिकाबाट गाउँ, सहर तिर विभिन्न भ्रामक खवरहरुलाई दैनीक जीवनमा नै उतुलपुथल पार्ने गरी समाजमा त्रास फैलाई रहेकाछन खै कहाँ गयो नेपालीपन, किन दयामाया किन हराउदै गएको हो विश्व एकठाँउ उभिने समयमा हामी चाहि आफू बीच नै मानव सभ्यताको साङ्लोमा किन उभिन सकिरहेका छैनौ त यो गम्भिर विषय वस्तु हो ।
हरेक पटक हामी सबैमा यस्ता विभिन्न किसिमका आक्रमक रोगहरुले देश विदेशमा नै भयवित बनाई रहेको छ यो हामी सामू नौलो विषय वस्तु त हैन तर पनि अहिले विश्वभर यहि विषय वस्तुले बजार तताई रहेको छ ।
हामी नेपाली पितापूर्खाले आर्जेको एउटा सत्य कुरा वीर गोरखालीका सन्तान हौ, तर विडम्वना भनौं हामी जे सुकैका सन्तान भए ता पनि प्राकृतिक प्रकोप वा रोगले सबैलाई रोगले छुट्टाउने गर्दैन ।देशले रगत मागे आफ्नो ज्यानको बलीसम्म चढाउन पछि नपर्ने नेपालीहरु आज अन्तर्रा्ष्ट्रिय मुलुकहरुमा फैलिरहेको कोरोना भाईरसका कारण “भगवान पशुपतिनाथ“ को कृपाले नेपालीहरुमा यो संक्रमण गाजेको छैन, धन्य छौ हामी ।तर रोग भित्रिन नदिन सरकारको तर्फबाट पनि आफ्नो देशको स्थिति अनुसार त जसोतसो बन्दोवस्त मिलाउदै रहेको हामी सबैलाई अवगत नै छ ।
तर पनि जनताहरुमा धेरै नै त्रास फैलि रहेको छ । यहाँ हामीसंग त्रास पनि किन नफैलियोस र एउटा सामान्य रुघाखोकि लाग्दा आवश्यक पर्ने सिटामोलसम्म पुर्याउन नसक्ने, झाडावातान्ता हुँदा जिवन्जलसम्म पुर्याउन नसकेको अवस्था छ, माक्स समेत अन्तराष्ट्रिय बजारबाट नै ल्याउनु पर्ने स्थिति छ आफ्नो नै देशमा केहि पनि पर्याप्त रुपमा उत्पादन गर्ने स्रोत साधन नै छैन । हरेक मालसामानहरु अन्य देशहरुबाट नै ल्याउनु पर्ने बाध्यात्मक परिस्थितिको कारण पनि नेपालीहरुमा त्रास फैलिएको छ ।
सरकार पक्षले पनि आफूले गर्न सक्ने पहल त गर्देला नि भनेर पनि विश्वासको ठाँउ कमै मात्रमा रहेको छ । विगत केहि वर्ष अगाडी नेपालमा गएको भू(कम्पको झल्झलि याद छ । किन कि कैयौं दिन भोकभोकै रातदिन कटाएको त्यति वेला विभिन्न देशले धेरै सहयोग गरेको थियो तर पनि के गर्नु हाम्रो देश कानूनले भन्दा नि मनले चलेको देश भन्न रुचाउछु किनकि ठूलाबडा, नातागोता भएको मानिसहरुले सधैं केहिको अभाव खेप्नु परेको थिइएन तर जो वास्तविक पीडित थियो उस्को घरमा घामपानी कहिबाट पनि छेल्न सकेको थिएन । घामपानी सधै जसो खेप्नु नै पर्थ्यो ।
खास पीडकप्रति सरकार पक्षको निगरानीमा कन्चुस्याई देखिएको छर्लङ्ग हामी सबैले देखेको कुरा हो । यस्तै गरि भारतले लगाएको नाकाबन्दी पनि यस्तै धेरैले हैरानी बेहोर्नु परेको थियो किनकि हुनेखानेकोमा यस्ता विपतिहरुले हत्तपत्त छोएन जुन मान्छेहरु हुँदा खाने हुन्छन अनि त्यस्ता मानिसहरुको दैनीक जीवनमा चुलोसम्म बल्न गार्हो भएको अनुभवका कारण अहिले खास देशलाई आपत विपतमा सहयोग गर्ने बाँचा गर्दै हिड्ने नेता अर्थात सरकार र सरोकारवाला झुटो अविश्वासको कारण पनि अहिले व्यापारिले भन्दा पनि ग्राहकहरुले घरमा गलेर आफ्नो विहान वेलुका चुलो वाल्न सहज बनाउनकै निम्ति कृतिम अभाव झेल्नु परेको छ ।
यस्तो अवस्थामा सरकारले विशेष गरी अहिलेत स्थानीय सरकार छ केन्द्रको निर्देशन पर्खनु पर्छ भनि आनाकानी गर्नु भन्दा पनि आफ्नै वडा– वडाबाट बजार अनुगमन गरी ग्राहक वर्गहरुको मागलाई ध्यानमा राखी कुन वडामा कति जनसंख्या छन भनी डाटा संकलन गरि जनसंख्याको आधारमा खाद्य वस्तुलाई अभाव हुन नदिन अत्यावश्यक वस्तुहरुको बजारमा क्रेताहरुको माग अनुसार विक्रेताहरु सामू सहज वातावरणमा उपलव्ध गरि आफ्नै परिपरि (स्थानीय) स्थानमा पाउने विभिन्न खाद्य सामाग्रीहरुलाई पनि आफ्नै देशमा खपत गर्ने वातारण वनाई आपत विपतमा जनतालाई सान्तवना दिई जनहितका निम्ति कार्यगर्न सबै एकजुट हुन जरुरी छ ।