शान्ति बस्नेत /विकल्प न्यूज
माघ ३ गते ।
बहस भन्ने शव्द भन्ने वित्तिकै त सम्माननीय अदालतमा मात्र प्रयोग हुने शव्द भन्ने हामी जो कोहीलाई भान हुन सक्छ त्यो हुन स्वाभावि कै रुपमा पनि हो तर आज विषय वस्तु प्रवेश गराउँदा मैले अदालतबाट शव्दलाई सापटी लिई आम नेपाली मानिसहरुको दैनीकीसंग जोडिएको बसको यात्रालाई बहस मार्फत कलमले मलम लगाउने जमर्कोसम्म गरेकी छु ।
यात्रा सदा साधा नै थियो तर आजभोलि दिनानुदिन विभिन्न सवारी साधनहरु सेवा दिने कारणले केहि राहत र रङ्गिन बन्दै गएको छ । सडकमा होस या सदनमा होस स्वर त सबैको उच्च नै हुने गर्दछ ।
तर आज सडकका आवाजलाई अर्थात बसका विषय वस्तुलाई बहस गरौं न । बस हुईकिएर आउँछ, त्यस भित्र यति सुमधुर गुञ्जयमान गीतको त कुरौं छोडौ आफ्नो रफ्तार नै विर्सीसक्ने माहोल छ ।
त्यो माहोल यस्तो छ कि बस भित्र खुट्टा टेक्ने ठाँउ छैन बाहिरबाट नै त्यस्तो दृष्य स्पष्ट देख्न पाईन्छ । तर पनि के गर्नु यति हतार छ नि काम पनि छैन फुर्सद पनि छैन भने जस्तै हतारमा हुन्छ (जीवनमा) र यात्राहरु, अत्तोपत्तो वस भित्र एउटा खुट्टा मात्र टेक्न पाए त्यसै क्रममा बल्ल तल्का बस भित्र छिरेर २ वटा खुट्टा टेकेको मात्र थिय त रामराम एकजनासंगै छेउमा उभिनेको खुट्टा माथि टेकिएछ ।
त्यही क्रममा ति केटीले पनि प्रवचन सुरु गर्न थालिन नि कस्तो हो यत्रो बसमा आँखा नि छैन कि क्या हो अरुको खुट्टा टेक्ने यस्तो बाँध्यातमक परिस्थितिहरु त बसमा कैयौं पटक भोग्नु पर्ने हुन्छ ।
त्यसै समय गाडीका सहचालकले भन्न थाले पछाडी पछाडी सर्नुन त्यत्रो खाली ठाँउ छ किन नसर्नु भएको कस्ता कस्ता मान्छेहरु गाडीमा नि चढ्छन् हो ………..यस्ता प्रवचन त धेरै नै लामो थियो ।
त्यतिकैमा एक जना वृद्धा स्यास्स्याः नानी म बुढी मान्छे मेरो बस्ने सीट हुन्छ रे नि त घरमा मेरी नातिनीले सुनाउदै थिई, भन्दै उभि रहनु भयो तर वृद्ध लेखेको सीटमा एक जना युवक बसि रहेका थिए ।
ती युवकले बुढी आमाको कुरा सुने र पनि नसुने झै जस्तो गर्दै बसी रहे । त्यसै बखतमा मैले ति युवकलाई उठ्नु न यो त वृद्ध सीट हो नि भन्दै उठाए उठन त उठे अनि ति बुढी आमाले नानी तिमी त मेरै घरकी नातीनि जस्तै रैईच्छेउ सधै यसै गरी बुढा बुढीलाई माया गर्नु भनी आशिर्वाद दिनु भयो ।
तर उठ्ने युवकले यति सम्मान साथ सीट छोड्नुको सट्टा झर्को फर्को गर्दै जहिले नि आरक्षण माग्ने भन्दै मलाई गालि गर्दै गाडि बाट ओर्लनु भयो ।
त्यस्तै महिला भनेर लेखिएको हुन्छ, तर त्यहाँ महिला नै बस्नु भएको हुन्छ । तर महिला भएर पनि अशक्त महिला अर्थात बालवच्चा लिएर हिडेका, कति महिनावारी भएर अत्यन्तै रक्तश्राप भएका त्यस्तै गर्भाअवस्थाका महिलाहरुलाई उठ्नु न विरामी भएर गार्हो भएको छ भन्दा भन्दै पनि उठ्नलाई कठिन भएको दृष्य देखिन्छ।
आफू महिला भए पछि त महिलाहरुको बारेमा त बुझिदिनु पर्छ नि अधिकारले मात्रै हैन मानवीयताको हिसावले पनि आफ्नो कर्म नै ठुलो धर्म हो भन्ने बुझेर उठनु पर्छ ।
त्यस्तै गरी अपाङ्ग सीट त्यहाँ त्यहाँ खाई लाग्दा मानिस बसि रहेका हुन्छन् । अपाङ्ग देख्ने वित्तिकै उठ्नुको सट्टा नदेखे जस्तो अर्थात नथापाए जस्तो कति ले गरेको दृष्य कैयौं पटक देखिएको छ। कम्तिमा पनि आरक्षणमा पाएको सीट त दिनुपर्छ नि । सीटमा आरक्षित सीट सबैमा पूर्ण रुपमा आरक्षणमा भएका व्यक्तिहरु नै बस्नु भएको छ भने अरु नै सीटमा स(सम्मान पूर्वक बस्न दिनु पर्छ। त्यो होनी त मानवीयताको धर्म ।
यस्ता अनगिन्ति रुपमा बसमा अन्याय पूर्ण व्यवहारहरु सहदै यात्रा गर्न हामी सबै विवश छौं । यस्ता विभिन्न विषय वस्तुहरुलाई यात्रीहरुले नै सवाल बनाएर आक्रोस पोखेको पनि हामीले दृष्य देख्न सक्छौं ।
यस्ता यातातातका साधका बारेमा सधै बहस गरेर मात्रै हुदैंन किन कि अव समस्याहरु हल पनि खोज्न थाल्नु पर्छ । यातायात सर्वसाधरण जनताहरुको त दाहिने हातै हो नि विभिन्न कामका सिलसिलामा टाढासम्मको यात्रा तयार परेको हुन्छर त्यही समयमा नै आवात जावत गर्नलाई धेरै नै सकस हुने गरेको छ ।
यातायातलाई सर्वसाधरणको हितका निम्ति पनि जोडेर राम्रोसंग चलाउन सरकार र सरोकारवालाहरुसंग कारवाही गरिनु पर्छ । यातायत क्षेत्रमा हुने गरेका विभिन्न किसिमका घटनाहरुलाई सुक्ष्म अध्यन गरी समस्याहरुलाई दीर्घकालीन रुपमा दीगो हिसावले समस्याको समाधान खोजिनु पर्दछ ।
बहसले मात्रै हुन्न कानून बनाएको छ नि किन कानून लागु हुन सक्दैन । मुलतः कानून बनाए पछि यातायात क्षेत्रमा हुने विकृति र विसङ्गतिलाई जरै देखि उखेलेर निर्मूल बनाउन सक्नु पर्छ ।
अनि मात्र संविधानमा भएको यातायात सम्वन्धि कानून भरपुर सदुपयोग हुने गर्दछ । कम्तिमा पनि अहिलेको संघीय, प्रदेश र स्थानीय स्तरका सरकार वा नेतृत्व कर्ताहरुले आफ्नो वडा स्थित के कति कूल जनसंख्या छन, कति महिला छन, कति अपाङ्ग छन, कति अशक्त छन, भन्ने तथ्याङ्कलाई प्रविष्ट गरी त्यही आधारमा यातायातको व्यवस्था राम्रोसंग दिई जनताका आधारभूत आवश्यकतालाई पूरा गर्नु पर्दछ ।