शान्ति बस्नेत /विकल्प न्यूज
कार्तिक १७ गते ।
नेपाल नाम सुन्ने वितिकै एकदमै सुन्दर अनि सभ्य होला भन्ने आकलन गर्न सक्छौं । वास्तवमा नेपाल नाम अनुसारको काम भएको भए यो सुन्दरताको खानी भएको स्थानमा अझ सुनमा सुगन्ध थपिने थियो । के पाइन्न र यहाँ ? नून देखि सून उव्जने स्थान छ तर यहाँ अहिले एउटा सियो सम्म पनि अन्तराष्ट्रिय मुलुक बाट नै आयात गरि रहेका छौं ।
केहि पनि कुराको यहाँ पर्याप्त रुपमा उव्जनी गरिँदैन र केहि पनि चीज सहज रुपमा प्राप्त पनि गर्न सकिएको छैन । यहाँ काम गर्ने मान्छे भन्दा पनि बसेर खाने मानिसको जनसंख्याको वृद्धि भइ नै रहेको छ। रोजगारीको चरम अभाव रहेको छ । आफ्नो योग्यता अनुसारको रोजगारी पाउन सकिदैन हरेक स्थानमा स्वस्थ प्रतिस्पर्धा नै छैन हरेक निकायमा राजनीतिक अंशका आधारमा रोजगारीलाई चरम दुरुपयोग गरिन्छ ।
त्यसै कारण दिनानुदिन जनसंख्या वृद्धसंगै हरेक कुराको सकस हुन थालेको छ । हरेक चीजको मूल्य आकाशीएको आकासिएइ छ हरेक दिन मूल्य वृद्धिका कारण सर्वसाधरणको दैनिकी कष्टकर बन्दै गएको छ । हुने खाने र हुँदा खानेको दुरी अझै बढ्दै नै गएको छ । गरीवको जीवन कहिले नी उकासिएको छैन ।
किन कि गाँउ होस या शहर जताततै भ्रष्टचार मौलाएको मौलाएइ र सरकारले आवमा विनियोजित रकम सधैं एउटै शीर्षक देखाई वर्षेनी लुटको खेती मौलाइ रहेको छ । अलि टाठाबाठा भनिने मानिसहरु गाँउ देखि शहरसम्म पनि यस्तै विभिन्न विकासका नाममा आफ्नो पारिवारिक विकास तर्फ उन्नति भएको पाईन्छ ।
जस्तैः कि एउटा किसान रात दिन हातका कोदालो काधमा हलो राखेर दिन रात खटी नै रहदा पनि उसको पारिवारिक स्थितिमा विहान वेलुका हातमुख जोडन पनि धौं धौ परिरहेको हुन्छ भने एउटा समावसेवीको नाम दिएर राजनीतिको खोलओढी सर्वसाधरणको आँखा छली र चुनाव अगाडी भोट माग्दा त चुनाव जिते भने त यो समाजलाई त स्वर्गको टुक्रा नै बनाइदिन्छु भनि सीधासाधा जनताको कोमल हृदयलाई ललाईफकाइ गरि आफ्नो भोट आफ्नो पोल्टामा पारेको दिन देखिको उनीहरुको जीवन एकदमै सुखमय रुपमा चलिरहेको र आफ्नो पारिवारिक स्थिति नै उल्लासमय रहेको हामीले पाएका छौं ।
हरेक कुरामा राजनीतिको नै नाम जोडीएको छ राजनीतिलाई एउटा कमाउने भाडोको रुपमा लिइएर यसतो दुरदशा खेप्नु परेको छ । हरेक कुरामा पहूँचको कुरा सुनिन्छ ।
अनि पहूँच नहुने मान्छेले चाहि के गर्ने त ? भन्ने प्रश्न उठान हुन थालेको छ । एउटा शिक्षा जस्तो पवित्र थलोमा नै त अहिले राजनीतिको उद्गगम थलो मान्दै राजनीतिक दलहरुले आफ्नो फूलको दल उमार्ने ठाँउ बनाइ सकेका छन भने अरुको त के कुरा गरौं र खै ? राजनीति भनेको एउटा परिवर्तनको जग हो त्यही भएर पनि सधैं निर्मल र चट्टान जस्तो हुनुपर्छ ।
हाम्रो देशमा नै यति धेरै मनोरम वातावरण भएको र उव्जनिको हिसावले जहाँ कि एउटा वीउ रोप्यो भने सर्वस्व ठाँउमा आफै नै पूनः उम्रन्छ, तर त्यस्तो ध्यान कसैलाई जादैंन जहिले पनि पदमा नपुगुनजेल कहिले पुग्नु भन्ने नै ध्यान अनि पुगे पछि अर्थात झुपडीबाट महलमा बासस्थान सरे पछी त ति झुपडीका समस्याहरुलाई सिरानी बनाइ मस्त निदाउने प्रवृतिले नै समाजमा अहिले सर्वसाधरणहरुलाई दिनानुदिन सकस बनाइरहेका छन । राजनीतिमा जनताको पूर्ण विश्वार र समर्थनमा कारण नै त्यो पदमा बस्न लायक भएका छन तर जनताको चाहाना अनुरुप कामहरु ले तीव्रता पाउन सकेका छैनन ।
जताततै हत्याहिंसा, बलत्कार, चोरी र डकैती जस्ता घटनाहरुले जरो गाडी नै रहेको पाइन्छ । शान्ति सुरक्षामा चरम लावपारवाही भई रहेको छ । जताततै पूर्ण वातावरण वनि रहेको छ, खासमा यस्ता विभिन्न समस्याहरु आई पर्नुको मूख्य कारण राजनीतिक व्यवस्थापनमा कमी आउनु हो । राजनीतिलाई राम्रोसंग व्यवस्थापन गर्न सकेको भए यस्ता जटिल समस्याहरु आई पर्ने थिएनन ।
जता हे¥यौं उतै समस्या नै समस्या छन शहरमा बस्यो हरेक कुराहरुको अभाव नै हभाव छन जस्तो कि यातायातमा सिन्डिकेट हटाउने का भयो तर त्यो कागजमा मात्रै सीमित रहेको छ, भनेको ठाँउमा न त बस नै छ न बस नै रोकिन्छ, ट्राफिक नियम छ, लागू गर्ने निकाय नै फितलो रुपमा कार्य गरि रहेको छ ।
हरेक कुराहरुमा चरम दुरुपयोग भई रहेको पाइन्छ, वजारमा गयो वजार भाउ सुन्दा गरीवहरुको त मुटु नै काम्ने भाउ आकासिएको छ । यस्ता अन्गिन्ति समस्याहरु विकाराल रुपमा स्थान पाइ रहेको छ, तर पनि सम्वन्धित निकायका विभागहरुमा राजनीतिक दर र सरकारी कर्मचारीहरुको पनि चरम लावपारवाही हो ।
किन कि वजार अनुगमन टोली खटाइएको हुन्छ, तर त्यस टोलीले बजारको अध्ययन नै नगरी काम टार्ने मौखिक अवलोकनले पनि यस्ता विकृतिहरु अझै मौलाउदै गएको हामी प्रत्यक्ष साक्षी बन्न सक्छौं । यस्तै स्वस्थ्यको हिसावले हामीले फेर्ने हावामा एकदमै सूक्ष्म घातक किटानुहरुले हाम्रो दैनीक जीवनमा असर पारी नै रहेको हुन्छ ।
किन कि हाम्रो सडक निर्माण फितलो प्रकृयाबाट भएकोले घाम लाग्दा ज्यादै नै धुलो, धुवा उडने र पानी पर्दा हिलाम्मे हुने र खाल्डा खूल्डी भयानक रुपमा हुने भएकोले वर्षेनी हजारौंले अकालमा ज्यान गुमाउनु परेको तीतो यथार्थ घटना छ । हो यस्तै विभिन्न समस्याहरु प्रशस्त रुपमा हामी कहाँ हुने हामी सबैलाई जानकारी छ र हामी सबैको आशाको केन्द्र विन्दु भनेको पनि राजनीतिक पक्ष हो ।
यस्ता चरम विकृति मूलक कार्यहरुलाई सरकारले ध्यानपूर्वक कार्ययोजना बनाई आ।व।मा सम्पन्न गर्न पहल गर्नु पर्छ । गाँउरघर तिर नि यस्तै विभिन्न समस्याहरुले दैनीक जीवनयापन गर्न गठिन भएको छ । किन कि नेपाल सरकारका सम्माननीय प्रधानमन्त्रीज्यूले द्धन् को उद्धघाटन गरि रहदाँ पूर्व, पश्चिम, उत्तर, दक्षिणसम्मका भू(भागहरुमा सि।डि।एमए र नमस्तेको राम्रोसंग टावर आउन सकेको छैन ।यस्ता कामहरुमा विडम्वना भनौं या विकासे काममा चरम दुरपयोग भनौं ।
सकेसम्म देशका हरेक कुना–कुनामा सञ्चारको पहूँच त पु¥याउनै सकौं न । न सरकारसंग बजेट नभएको हो, बजेट त प्रशस्त रुपमा छ किन कि अन्तराष्ट्रिय मूलुकहरुबाट पनि अनुदान भनी वर्षे नी दिइ नै रहेको छ, ऋण स्वरुप पनि दिइ रहेको छ पैसाले विकास रोकिएको होइन यहाँ र विकास गर्न त विचार चाहिन्छ नि । हामी सबै सर्वहार जनताले नै त्यो पदमा बस्न लायक बनाएका हौ नि त । न गाँउमा एउटा राम्रो उपचार गराउने हस्पिटल छ, एउटी महिला सुत्केरी हुन सकिन भने उसको अकालमा ज्यान जाने खत्रा छ ।
किन कि न दक्ष जनशक्ति नै व्यवस्थापन गरिएको छ, नत औषधि र उपकरणहरुको नै व्यवस्थापन गरिएको छ । यस्तै विभिन्न समस्याहरुले गाँउको जनजीवन प्रभावित बन्दै गएको छ । शिक्षामा पनि उतिकै प्रभावकारिता देखिदैंन र कृषिजन्य उत्पादनमा पनि आधुनीक प्रविधि अपनाईएको नै छैन ।
पुरानो नै रीतिरीवाजबाट नै कृषि खेती उत्पादन गरिएको छ । यस्तै धेरै नै राजनीतिक दलहरुको काम गर्ने शैलीमा अस्थिरताको कारण चाहि जनताहरु प्रत्यक्ष मारमा परि रहेकाछन । यस्ता नै विभिन्न अविश्वासिलो कर्मका कारण राजनीतिकलाई संकिर्ण सोचका रुपमा आम जनताहरुले सोच्न बाँध्य भएका छन। र राजनीतिमा सहज भन्दा नि सकस महसुस गर्न थालेकाछन ।राजनीतिक कृयापलापबाट नै ठूला–ठूला कामहरुको सम्भव हुन्छन ।
रोजगारीको सृजना गर्ने, देशमा नै आर्थिक विकास गरि राजनीतिले नयाँ युगान्तकारी युग तर्फ लैजान महत्वपूर्ण भूमिका खेल्नु पर्दछ । जनतालाई सकस रुपमा हैन सहज रुपमा बाच्ने अधिकार दिन सक्नु पर्दछ । नवविकल्प साप्ताहिकमा प्रकाशित