हरियाली गु्रपद्धारा सामुहिक कृषि व्यवसायका लागि पूर्वाधार निर्माण सुरु

विकल्प न्यूज/बेनी
पुस २१ गते । कम्पनी मोडेलमा सामुहिक कृषि व्यवसायको अवधारणा सहित स्थापना भएको हरियाली ग्रपले म्याग्दीमा कृषि फार्म सञ्चालन गर्न पूर्वाधार निर्माण सुरु गरेको छ ।

बेनी नगरपालिका ४ सिंगामा कुखुरापालनका लागि खोर र सुर्केमेलामा माछापालनका लागि पोखरी निर्माणको काम सुरु गरेको हो । कुखुरा, माछापालनको साथै अर्गानिक तरकारी खेती गर्नका लागि कम्पनीले १२५ रोपानी जग्गा भाडामा लिएको छ ।

पहिलो चरणमा पन्ध्र हजार देखि अठार हजार कुखुरापालन गर्न सक्ने क्षमताको खोर निर्माण सुरु गरिएको कम्पनीका प्रबन्ध निर्देशक शेरबहादुर केसीले बताउनुभयो । उहाँका अनुसार मासु र अण्डाका लागि लेयर्स, कोइलर र स्थानीय जातका कुखुरापालन गरिने भएको छ ।

व्यवसायिक कालिज पालनको लागि विज्ञहरुको टोली ल्याएर अनुसन्धान भइरहेको छ । सिंगाकै सुर्केमेलामा माछापालन गर्नका लागि तीन वटा पोखरी पनि निर्माण भइरहेको छ । पूर्वाधार निर्माण कार्यको सेयर सदस्यहरुको उपस्थितीमा बिहीबार साँझ सेयर सदस्य तप्तबहादुर भण्डारीले गर्नुभएको थियो ।

कम्पनीले बेनी नगरपालिका ३ भकिम्लीमा उन्नत जातको बाख्रा र मौरीपालन पनि सुरु गर्ने तयारी गरेको छ । कम्पनीको अगुवाइमा समूहकृत पद्धतीमार्फत कृषिको आधुनिकीकरण तथा व्यवसायिकरण गर्न सघाउने, समूहमा जग्गाको एकिकरण गरी ठूलो मात्रामा व्यवसाय सञ्चालन गर्ने, रोजगारिको अवसर सिर्जना, उत्पादन वृद्धी र कृषकहरुको आय वृद्धि गर्ने, दुषिलाई दुख्याहाबाट सम्मानित पेशामा रुपान्तरण गर्ने, कृषकलाई फार्म मालिक वा सदस्यमा रुपान्तरण गर्ने उद्देश्य छ ।