वुद्धुजाको उपचारका लागि पोर्चुगलबाट एकलाख सहयोग

विकल्प न्यूज/बेनी
साउन १८ गते ।

दाँत सम्बन्धि जटिल रोगबाट थलीएका अन्नपूर्ण गाउँपालिका ४ नारच्याङका बिशाल बुद्धुजाको उपचारका लागि पोर्चुगलबाट आर्थिक सहयोग प्राप्त भएको छ ।

बङ्गरा अड्डाउने हड्डी खिइएपछी बिरामी परेका १७ वर्षिय बुद्धुजाको उपचारका लागि पोर्चुगलमा संकलीत रकम बुधबार ओमकुमारी शान्ति कोषलाई हस्तान्तरण गरिएको हो । अभियानकी समन्वयकर्ता मोना पोर्चुगलकी रुकमणी तिलीजाले कोषका अध्यक्ष राजेश शाक्यलाई एक लाख दुई हजार ५७७ रुपैयाँ हस्तान्तरण गर्नुभएको थियो ।

काठमाडौको कान्तिपुर डेण्टल हस्पीटलमा उपचार गराइरहेका बुद्धुजाको परिवारको आर्थिक अवस्था कमजोर भएपछी ओमकुमारी शान्ति कोषले सहयोग संकलन अभियान सञ्चालन गरेको छ ।