बेनीका धार्मीक र ऐतिहाँसीक स्थलको संरक्षण तथा प्रचारप्रसारमा जोड

सन्तोष गौतम/विकल्प न्यूज
बेनी ९ साउन ।
बेनीका धार्मीक, ऐतिहाँसीक स्थलहरुको संरक्षण र पचारप्रसार गरी पर्यटन विकास गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।IMG_0486बेनी शिवालय मन्दिर संरक्षण समितिले सोमबार बेनी नगरपालिकाका जनप्रतिनिधीहरुको स्वागत तथा सम्मानका लागि आयोजना गरेको कार्यक्रमका सहभागीता यस्तो बताएका हुन् ।

बेनी शिवालय, महारानीथान, लक्ष्मीनारायण, बेनी कोट, बेनी भगवती लगायत धार्मीक तथा ऐतिहाँसीक स्थलको प्रचारप्रसार गर्न सकेमा बेनीमा भित्र्ने आन्तरीक तथा बाह्य पर्यटकहरुको भ्रमण गराउन सकिने सहभागीको भनाई थियो ।

बेनी नगरपालिकाका उपप्र्रमुख सञ्जु बरुवालले बेनी बजारका साथै नगर क्षेत्रका धार्मीक पर्यटकीय स्थलहरुको एकिकृत विकास र पर्यटन प्रर्वद्धनका लागि पूर्वाधार निर्माणमा प्राथमिकता दिइएको बताउनुभयो ।

कार्यक्रममा मन्दिरका पण्डीत दण्डपानी शर्माले बेनी शिवालयको महत्व र संंस्थापक अध्यक्ष प्रकाशकुमार श्रेष्ठले समितिको गतिबिधीको बारेमा जानकारी गराउनुभएको थियो । बेनी शिवालय मन्दिर संरक्षण समितिका अध्यक्ष बिक्रम श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष दलप्रसाद श्रेष्ठको स्वागत र सचिव सुन्दर केसीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा बेनी नगरपालीकाका जनप्रतिनिधीहरुलाई सम्मान गरिएको थियो ।