विकल्प न्यूज/बेनी
असार २९ गते ।
न्यु वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयमा भानु जयन्ति मनाइएको छ । २०४ औं भानु जयन्ति असार २९ गते विविध कार्यक्रम गरी मनाईएको हो । सो अबसरमा बिद्यालयमा कविता बाचन स्मरण शक्ति तथा नेपाली हस्तलेखन प्रतियोगिताको आयोजना गरिएको छ । पुर्व प्राथमिक तह एलकेजीमा नेपाली हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ जसमा १०२ जना बिद्यार्थीहरु सहभागी भए भने युकेजीमा स्मरण शक्ति प्रतियोगिता सम्पन्न भएको छ जसमा ११६ जना बिद्यार्थीहरु सहभागी भए ।
त्यसै गरि कक्षा ४ देखि १० सम्म खुल्ला कबिता बाचन प्रतियोगिता सम्पन्न भएको छ जसमा १५० जना छात्रा छात्राले कबिता वाचन गरे धेरै बिद्यार्थीहरुले छन्दमा कबिता बाचन गरेका छन् ।
कक्षा ५ सेक्सन बिका दीक्षित जिसीले निकै मिठो शैलीमा छन्दमा रामायण बाचन गरेका थिए । उत्कृष्ट कविता बचन गर्ने बिद्यार्थीहरुलाई पुरस्कार समेत प्रदान गरिने नेपाली विभागका संयोजक केशबराज पौडेलले बताउनु भएको छ ।
पुर्व प्राथमिक तहको कार्यक्रमको संयोजन आसामाया रोका र नेपाली कविता बाचनको संयोजन शिक्षक केशबराज पौडेल नवराज रिजाल, गीता भट्टराई, देबी जिसी लगायतले गर्नु भएको वेस्ट प्वाइन्ट मिडिया हबका संयोजक कृष्ण जिसीले बताएका छन् ।