म्याग्दीमा स्ववियु निर्वाचनको मतदान सुरु(फोटोसहित)

विकल्प न्यूज/बेनी
फागुन १८ गते ।

म्याग्दीको बेनीमा रहेको म्याग्दी बहुमुखी र बाबियाचौरमा रहेको मंगला शिक्षा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व चयनका लागि आज मतदान सुरु भएको छ ।DSC_0102देशका अन्य ठाउँका क्याम्पसहरुमा पनि स्ववियु नेतृत्व चयनका लागि त्रिभुवन विश्व विद्यालयले बुधबार मतदानको मिती तय गरेको थियो । बिहान ८ देखि साँझ ५ बजेसम्म मतदान हुने त्रिवीको कार्यतालीका छ ।DSC_0121४७७ जना मतदाता रहेको म्याग्दी बहुमुखी क्याम्पसमा प्रत्यक्ष निर्वाचीत हुने अध्यक्ष, सचिव, कोषाध्यक्ष र ६ जना सदस्य पदका लागि २९ जना उमेद्वार चुनावी मैदानमा उत्रिएका छन् ।DSC_0149नेविसंघले हरिकृष्ण आचार्य, अनेरास्ववियुले सावित्री केसी, नेकपा माओवादी केन्द्र निकटको अनेरास्ववियु क्रान्तिकारीले सुदिन पौडेल र विप्लप निकट अखिल क्रान्तिकारीले क्रान्तिकारीले सम्राट सापकोटालाई सभापतिको उमेद्वार बनाएको छ ।५४ जना मतदाता रहेको मंगला शिक्षा क्याम्पसमा प्रत्यक्ष निर्वाचित हुने तिन पदाधीकारी र ४ सदस्यका लागि चार वटा प्यानलबाट २१ जना उमेद्वार छन् ।DSC_0064नेविसंघ र नयाँ शक्ति विद्यार्थी युनियनको संयुक्त प्यानलबाट रोशन अधिकारी, अनेरास्ववियुबाट अनिषा भट्टराई, अनेरास्ववीयु क्रान्तिकारी (प्रचण्ड)की कुशम पाण्डे र अखिल क्रान्तिकारी (विप्लप)का प्रेमबहादुर बिकले सभापतिमा उमेद्वार बनेका छन् । DSC_0140  DSC_0167 DSC_0031 DSC_0036आठ वर्षपछि हुन लागेको स्ववियु निर्वाचनमा यस पटक २८ वर्षे उमेर हदबन्दी र समानुपातीक व्यवस्था लागू भएको छ । उपाध्यक्ष, सहसचिव र विद्यार्थी संख्याको आधारमा सदस्य पदमा विद्यार्थी संगठनले पाउने मतको आधारमा मनोनीत हुने व्यवस्था छ ।