राष्ट्रिय समाचार
रघुगंगा नदीमा मोटरेबल पुल निर्माण सुरु

विकल्प न्यूज/बेनी भदौ १४ गते । बेनी–जोमसोम–कोरला सडक अन्तरगत म्याग्दीको गलेश्वरमा पक्की पुल निर्माण सुरु गरिएको छ । रघुगंगा पाउँपालिका ३ र बेनी नगरपालिका ९ गलेश्वर स्थित रघुगंगा नदीमा बेनी जोमसोम कोरला सडक आयोजनाले पक्की पुल निर्माण गरिन लागेको हो । पुल निर्माणको ठेक्का लिएको कालीका गजुरमुखी जेभीले कार्यक्षेत्रमा प्रारम्भिक चरणको काम सुरु गरेको आयोजनाका […]
दिवंगत आमाको स्मृतिमा बेनी अस्पताललाई ३० लाख बराबरको डायलाइसीस मेसिन सहयोग

विकल्प न्यूज/बेनी भदौ १४ गते । म्याग्दीका एक परिवारले दिवंगत आमाको स्मृतीमा बेनी अस्पताललाई रु ३० लाख बराबरको उपकरण मेसीन सहयोग गरेका छन् । रघुगंगा गाउँपालिका–२ तल्लाघरका मुकुन्द र माधव सुवेदीले दिवंगत आमा धनीदेवी सुवेदीको स्मृतिमा मिर्गौला पीडित रोगीहरुको उपचारमा प्रयोग गरिने डायलाइसीस मेसीन सहयोग गर्नुभएको हो । बुधवार अस्पतालमा आयोजित एक कार्यक्रममा सहयोगदाता सुवेदी […]
आरन पेशाबाट राम्रो आम्दानी

ठाकुरप्रसाद आचार्य/विकल्प भदौ १३ गते । धौलागिरि गाउँपालिका २ लुलाङका गोरे विकले पचास वर्ष देखि गाउँमा आरन पेशा गर्दै आउनुभएको छ । आरन पेशाबाट उहाँले दैनिक घरखर्ची चलाउनुका साथै राम्रो आम्दानी पनि गर्नुभएको छ । सुरुमा बालीघरेका रुपमा आरन पेशा गर्दै आउनुभएका विकले अहिले यसलाई व्यवसायिक बनाउनुभएको छ । फलाम, तामा, पित्तललगायतका धातुबाट घरेलु हतियार, […]
फर्किदै छ पुजाको घरमा खुसी

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज भदौ १२ गते । गरिबीका कारण नियमित विद्यालय आउन नसक्ने भन्दै विद्यालयबाट निष्कासन गरिदिनू भन्ने चिठी लेखेकी पुजाको घरमा यतिखेर भने खुसी भित्रीएको छ । अपाङ्ग हजुर बुवा र भाई बहिनीको हेरचाह गर्नुका साथै दुइछाक खान पनि ज्यला मजदुरी गर्नुपर्ने बाध्यताका कारण विद्यालय आउन नसक्ने मार्मिक चिठी लेखेकी बेनी नगरपालिका ६ […]
एसियाली खेलकुदमा म्याग्दीकी ताराको तिन नयाँ कीर्तिमान

विकल्प न्यूज/बेनी भदौ ११ गते । इन्डोनेशियाको जकार्तामा जारी १८ औं एसियाली खेलकुदप्रतियोगितामा म्याग्दीकी तारा पुनले नयाँ कीर्तिमान कायम गरेकी छिन् । महिला भारोत्तोलक पुनले तीन नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन । आइतवार जकार्ता इन्टरनेसनल एक्स्पो हलमा सागकी कांस्यपदक विजेता तारादेवीले स्न्याचमा ७४ केजी र क्लिक एन्ड जर्कमा एकसय १ केजीसहित कुल १ सय […]
बेनीमा कृषि ज्ञान र पशुसेवा विज्ञ केन्द्रको कार्यालय स्थापना

विकल्प न्यूज/बेनी भदौ १० गते । म्याग्दीको सदरमुकाम बेनीमा कृषि ज्ञान र पशुसेवा विज्ञ केन्द्र स्थापना गरिएको छ । गण्डकी प्रदेश अन्तर्गत रहने गरि कृषि ज्ञान तथा भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको गण्डकी प्रदेशका भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री लेख वहादुर थापाले आइतवार कार्यालयको उद्द्घाटन गर्नुभएको हो । साविकका जिल्ला पशुसेवा र कृषि विकास […]
बेनपा ६ द्धारा विपन्न बालबालिकाको शिक्षाका लागि कोष स्थापना गर्ने घोषणा

विकल्प न्यूज/बेनी भदौ १० गते । बेनी नगरपालिकाको वडा नम्बर ६ ले गरिब तथा अति विपन्न बालबालिकाको शैक्षिक सुनिश्चितताका लागि कोष स्थापना गर्ने निर्णय गरेको छ । भदौ १ गते बेनपा ६ की पुजा खत्रीले आर्थिक समस्याका कारण विद्यालयमा आउन नसक्ने भन्दै प्रधानाध्यापकलाई विद्यालयबाट निष्कासन गरिदिन मार्मिक पत्र लेखिकी थिइन । पुजाको जस्तै नियती अन्यबालबालिकाहरुले […]
सौन्दर्यकला व्यवसायी संघद्वारा तीज विशेष कार्यक्रममा पुजालाई सहयोग

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, भदौ ९ । आर्थिक अभावमा विद्यालयबाट रेष्टिकेट गराइदिनु भनेर चिठी लेखेकी म्याग्दीको बेनी नगरपालिका–६, अर्थुङ्गेस्थित फोकटेकी पुजा खत्रीलाई सहयोग आउने क्रम जारीरहेको छ । यसैक्रममा शनिबार सौन्दर्यकला व्यवसायी संघ म्याग्दीद्वारा १२ वर्षीया छात्रा पुजाको परिवारलाई आर्थिक तथा जिन्सी सहयोग गरिएको हो । नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीजको पूर्वसन्ध्यामा सौन्दर्यकला व्यवसायी […]
एक विद्यालयले अर्को विद्यालयलाई प्रिन्टर सहयोग

विकल्प न्यूज/बेनी भदौ ९ गते । रघुंगा गाउँपालिका ४ को जनता मावि दग्नामले सोही गाउँको शिव आधारभूत विद्यालय दरमिजालाई प्रिन्टर सहयोग गरेको छ । गाउँपालिकाले उपलब्ध गराएको रकमबाट जनता माविले नयाँ प्रिन्टर खरिद गरि सहयोग गरेको हो । वडा अध्यक्ष रुक बहादुर गर्बुजा,विद्यालयका प्रधानाध्यापक गुन पुन,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण गर्बुजाले शिव आधारभूत विद्यालयका प्रअ […]
जलजलामा निशुल्क दन्त शिविरबाट तिनसय लाभान्वित

विकल्प न्यूज/जलजला भदौ ९ गते । उत्तरी पर्वतको जलजला गाउँपालिका ५ फलामेडाँडाँमा शुक्रवार आयोजना गरिएको निशूल्क दन्त शिविरबाट तिनसय जना सेवा लिएका छन् । फलामेडाँडाँमा रहेको प्राकृतिक सम्पदा संरक्षण संस्थाको आयोजना,निक्की थापाको नेतृत्व र हेल्डीङ हेण्डस नेपालको सहयोगमा एकदिने शिविरको आयोजना गरिएको हो । शिविरमा जलजला गाउँपालिकाका लेकफाँट, बाँसखर्क, माझफाँट, शालीजा, धाइरिङ र अन्नपूर्ण गाउँपालिकाको […]
पुजाको त्यो चिठी….. जसले मनकारीहरुलाई जोड्यो

विकल्प न्यूज/बेनी भदौ ८ गते । बेनी नगरपालिका–६ फोओठेकी १२ बर्षिया पुजा खत्रीले एकदिन आफूले पढ्ने जामुनाखर्क माध्यमिक विद्यालयका प्रधानध्यापक सोमनाथ ढुंगाना लाई आफु गरिबीका कारण पढ्नका लागि विद्यालय आउन नसक्ने भएको हुँदा विद्यालयबाट रेष्टीगेट गरिदिनु भनेर पत्र लेखिन । जुन पत्र अहिले समाजिका सञ्जालमा भाइरल भएको छ । पुजालाई सहयोग गर्नेको ओइरो नै […]
ऐतिहासिक महत्वको जगन्नाथ मन्दिरको गाजनेमा रथयात्रा

प्रताप बानियाँ/बेनी म्याग्दी, भदौ ८ । म्याग्दीको बेनी नगरपालिका–५, गाजेनमा अवस्थित ऐतिहासिक तथा पुरातात्विक महत्वको जगन्नाथ मन्दिरको बिहीबार रथयात्रा भएको छ । जगन्नाथ मन्दिरधाम गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा श्रावण शुक्लपक्ष द्वादशी तिथिको अवसर पारेर जगन्नाथको रथयात्रा गरिएको हो । कार्यक्रमका अतिथि, जनप्रतिनिधि, मन्दिरका पुजारी, सहभागी भक्तजन, गुठी व्यवस्थापन समितिका पदाधिकारी, स्थानीयवासिन्दा लगायतले […]
सात करोड लगानीको प्रस्ताव सहित मालिकाको पर्यटन गुरुयोजना तयार

विकल्प न्यूज/बेनी भदौ ६ गते । म्याग्दीको पश्चिम मालिका गाउँपालिकाले पर्यटन गुरुयोजना तयार पारेको छ । शुभारम्भ उद्यमशिल नेपाल प्रालिको सहकार्यमा गाउँपालिकाले गुरुयोजना तयार पारेका हो । गाउँपालिका भित्र रहेका मुख्य पर्यटकीय स्थलहरुमा भौतिक पूर्वाधारको निर्माण,पदमार्ग र होमस्टेलाई उच्च प्राथमिकता राखेर पाँच वर्षे पर्यटन गुरुयोजना तयार पारिएको हो । गुरुयोजनाका रुपमा तयार पारेको पुस्तक बुधबार […]
स्थानीय तहमा बढ्यो भ्रष्टाचार

विकल्प न्यूज/बेनी भदौ ६ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयमा परेकामध्ये एक तिहाइ उजुरी स्थानीय तहसँग सम्बन्धित भएको विवरण सार्वजनिक भएको छ । कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार आर्थिक वर्ष ०७४/७५ मा परेका कुल ७ सय ३३ मध्ये २ सय ४ उजुरी स्थानीय तहसँग सम्बन्धित छन् । जनसहभागितामा हुने विकास निर्माणमा जनप्रतिनिधिले प्रचलित प्रक्रियाविपरीत उपभोक्ता […]
गुर्जालीलाई अवसर ः असोज २० मा एकिकृत घुम्तीशिविर

विकल्प न्यूज/बेनी भदौं ५ गते । म्याग्दीको विकट धौलागिरि गाउँपालिका १ गुर्जामा एकिकृत घुम्ती शिविरको आयोजना गरिने भएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालयमा वसेको सरोकारवालाहरुको वैठकले जिल्लाकै दुर्गम गुर्जामा आगमी असोज २० र २१ गते एकिकृत घुम्तीशिविरको आयोजना गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिनुभयो । भौगोलिक रुपमा विकट गुर्जाका स्थानीयहरुलाई […]