राष्ट्रिय समाचार
स्वास्थ्य कार्यालय म्याग्दीका ४ कर्मचारी अख्तियारको फन्दामा (भिडियो सहित)

विकल्प न्युज म्याग्दी,साउन १२गते । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीमा कार्यरत ४ कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन् । कार्यालय प्रमुख भीमप्रसाद आचार्य सहित स्टोरकिपर रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र सवारी चालक भवदत्त जैसी पक्राउ परेका हुन् । उनीहरुले कार्यलयबाट सञ्चालित कार्यक्रमको पेश्की फस्र्यौट गरिदिने भन्दै आफ्नै कर्मचारीसँग १ लाख ३० हजार रुपैयाँ घुस मागेका […]
एनआरएनए अध्यक्षमा आचार्यले उम्मेदवारी दिने

लन्डन — गैरआवासीय नेपाली संघ (एनआरएनए ) का केन्द्रीय उपाध्यक्ष कुल आचार्यले आउँदो अक्टोबरमा काठमाडौंमा हुने नवौं विश्व सम्मेलनमा अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् । प्रवासमा बस्ने हरेक गैरआवासीय नेपालीलाई समेट्ने गरी संघ समावेशी र सशक्त बनाउन आफूले उम्मेदवारी दिन लागेको उनले बताए । लन्डनका व्यवसायी आचार्यले साथीहरुसँग सरसल्लाह गरी आफ्ना एजेन्डा छिट्टै सार्वजनिक गर्ने पनि बताए । […]
अख्तियारद्धारा स्वास्थ्य कार्यालय म्याग्दीका चार कर्मचारी पक्राउ

विकल्प न्यूज/बेनी साउन १२ गते । अख्तियार दुरुपयोग अनुशन्धान आयोगको कार्यालय पोखराले स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख सहित चार कर्मचारीलाई पक्राउ गरेको छ । आइतवार पोखराबाट आएको अख्तियारको टोलीले स्वास्थ्य कार्यालयका प्रमुख भिमप्रसाद आचार्य सहित चार कर्मचारीलाई पक्राउ गरेको हो । आयोगका सूचना अधिकारी मेघनाथ रिजालले दिएको जानकारी अनुसार पक्राउ पर्नेहरुमा आचार्य सहित स्टोरकिपर (अधिकृत छैठौं) रघुनाथ […]
मुदीको बगरा तातोपानीमा पूर्वाधार निर्माण

विकल्प न्यूज/बेनी साउन १० गते । धौलागिरि गाउँपालिका ४ मुदीको बगर तातोपानीमा पूर्वाधार निर्माण गरिएको छ । राउन्ड धौलागिरि पदयात्रामा पर्ने तातोपानी कुण्डमा स्नान गर्न पुग्ने पर्यटकको सुविधाका लागि ठाँटी निर्माण गरिएको हो । आर्थिक वर्ष २०७५÷०७६ मा वडाको सिफारिसमा गाउँपालिकाद्धारा विनियोजित करिब साढे सातलाख रुपियाँमा तिनवटा कोठा भएको ठाँटी निर्माण गरिएको छ । स्थानीयवासीहरुको […]
पर्यटकीय स्थल झाक्रीपानीमा भ्यूटावर निर्माण

जगत बानियाँ /मंगला साउन १० गते । मंगला गाउँपालिकाको पर्यटकीय स्थल झाक्रीपानीमा भ्यूटावर निर्माण गरिएको छ । पर्यटकीय गन्तव्यका रुपमा विकास हुन लागेको वडा नम्बर ३ स्थित बरंजाको झाक्रीपानीमा गाउँपालिकाले भ्यूटावर सहित अन्य पूर्वाधार निर्माण गरेको हो । गाउँपालिकाको रु ११ लाख, प्रतिनिधि सभा सदस्य भुपेन्द्र बहादुर थापाको सिफासिरमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम मार्फत […]
तिलिचोभन्दा पनि अग्लो ठाउँमा भेटियो अर्को ताल

विकल्प न्युज मनाङ, साउन १० गते । पर्यटन प्रवद्र्धन गर्न के गर्न सकिन्छ भनेर मनाङको चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेसहित पदाधिकारी र कर्मचारीबीच छलफल चल्यो । उनीहरुले गाउँपालिकाका विभिन्न ठाउँमा गुगल म्याप हेरे । गुगलमा लमजुङ कैलाश ९लमजुङ हिमाल० बेसक्याप नजिकै एउटा कुण्ड देखे । गुगल म्यापमा तालको नाम ‘कजिन सारा लेक’ लेखिएको थियो । […]
बाढीले कृषिमा ८१ करोड क्षति

विकल्प न्युज काठमाडौं ,साउन १० गते । अविरल वर्षासँगै आएको बाढीले कृषितर्फ साढे ८१ करोड रुपैयाँ बराबरको क्षति भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हालसम्म प्रदेश १ को मात्रै क्षतिको विवरण संकलन गरेको छ। प्रदेश २,३,४ र ५ को क्षतिको विवरण संकलन भइरहेको छ। प्रदेश ६ र ७ मा क्षति नभएको कृषि तथा पशुपन्छी […]
बरनाथ आधारभूत विद्यालयलाई दक्षिण कोरीयाको विश्व विद्यालयको सहयोग

विकल्प न्यूज/बेनी साउन ९ गते । बेनी नगरपालिका–५ अवेचौरमा रहेको बरनाथ आधारभूत विद्यालयलाई दक्षिण कोरीयाको इन्च्यान राष्ट्रिय विश्व विद्यालयले सहयोग गरेकोे छ । विद्यालयको शैक्षिक तथा भौतिक सुधार र नगरको शिक्षामा सघाउने समझदारीमा बिहीबार नगर प्रमुख हरिकुमार श्रेष्ठ र विश्व विद्यालयका प्रोफेसर इयुन जिक लिबिच हस्ताक्षर भएको नगर कार्यपालिकाका प्रवत्ता रामकृष्ण बराइलीले बताउनुभयो । सोही […]
बेनपाका प्रशासकीय अधिकृत अफिस छाड्दै हिड्दै

साधन राम्जाली /विकल्प न्यूज साउन ९ गते । सरकारको निर्देशनलाई उल्ङ्घन गर्दै बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यतिखेर लामो विदामा बस्नुभएको छ । असार ३० गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुलाई स्थानीय तह नछाड्न निर्देशन दिएको थियो । निर्देशनलाई उल्ङ्घन गर्दै बेनपाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्मा बुधबार […]
सुआहाराले बाढ्यो म्याग्दीमा सुत्केरी महिलालाई कुहिएका अण्डा

साधन राम्जाली /विकल्प न्यूज साउन ९ गते । मिलन म्याग्दीद्धारा सञ्चालित सुआहारा कार्यक्रमले गर्भवती र सुत्केरी महिलालाई बाडेको अण्डा कुुहिएको पाइएको छ । जिवनको महत्वपूर्णक्षण कार्यक्रम अन्तर्गत गर्भवति र सुत्केरी महिलालाई सुआहाराले दुइसय रुपियाँ बराबरका अण्डा वितरण गरेको हो । वितरण गरेका अण्डा सडँेका र खान योग्य नभएको पाइएको हो । सुआहाराका फिल्ड कर्मचारीहरुले गर्भवती […]
यस्तो छ धबलागिरि गाउँपालिकाको नीति तथा कार्यक्रम (पढ्नुहोस पूर्णपाठ)

विकल्प न्यूज/बेनी साउन ८ गते । यस गरिमामय सभाका माननीय सदस्यहरु, स्थानीय तहको निर्वाचनमा निर्वाचित भई यस धवलागिरी गाउँपालिकाको छैठौँ गरिमामय सभामा आर्थिक वर्ष २०७६÷७७ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्न गईरहेकी छु । यस अवसरमा लोकतन्त्र र संघियता स्थापनार्थ सहादत प्राप्त गर्ने सम्पुर्ण ज्ञात अज्ञात शहीदहरु प्रति उच्च सम्मान प्रकट गर्दछु । गाउँपालिकाले आर्थिक […]
जनतालाई ढाँट्न त हुदै हुदैन, बोलेर मात्र पनि हुदैन, गरिपु¥याउनु प¥यो ?!

चन्द्रप्रकाश बानियाँ /विकल्प न्यूज साउन ८ गते । “निजी सम्पत्तिको लोभ गर्ने मानिस कम्युनिष्ट हुनै सक्तैन” ! चिनीया राष्ट्रपति सीको यो भनाई यतिखेर सामाजिक सञ्जालमा व्याप्त छ । भन्न त मानिस परिस्थितिको दास हुन्छ र समय परिस्थितिले उसलाई बदलिदिन्छ वा डो¥याउँछ भनिन्छ । वास्तविकता दुरुस्त त्यस्तै होजस्तो लाग्दैन । यथार्थमा मानिसलाई बदल्ने आफ्नै विवेक र […]
मलेसिया माथि नेपालको जित

विकल्प न्युज काठमाण्डौं साउन ८ गते । ट्वेण्टी ट्वेण्टी विश्वकपको एसिया छनोटमा नेपालले मलेसियालाई हराएको छ ।पानी परेपछि ९ ओभरमा छोट्याइएको खेलमा मलेसियाले दिएको ८४ रनको लक्ष्य नेपालले ८ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । नेपालको सहज जितमा कप्तानी सम्हालेका ज्ञानेन्द्रले ५१ रनको विश्फोटक कीर्तिमनी इनिङ खेले ।
४१औं पुष्पलाल स्मृति दिवस मनाइयो

विकल्प न्यूज/बेनी साउन ७ गते । म्याग्दीको सदरमुकाम बेनीमा मङ्गलबार ४१औं पुष्पलाल स्मृति दिवस मनाइएको छ । ‘संसारका श्रमिकहरु एकजुट होऔं’ भन्ने मूल नारासहित नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटी म्याग्दीद्वारा विचार गोष्ठीको आयोजना गरी दिवस मनाइएको हो । नेकपाको संस्थापक तथा महासचिव स्वर्गीय पुष्पलालको फोटोमा माल्यार्पण गर्दै नेकपा गण्डकी प्रदेश कमिटीका सचिव गोविन्द नेपालीले देश […]
रक्तसञ्चार सेवा प्रवद्र्धनका लागि सामग्रीहरु हस्तान्तरण

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, साउन ७ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीलाई रक्तसञ्चार सेवा प्रवद्र्धनका लागि आवश्यक सामाग्रीहरु हस्तान्तरण भएको छ । आमा सुरक्षा कार्यक्रमका लागि रक्तसञ्चार सेवा प्रवद्र्धन र विस्तार गर्न स्वास्थ्य कार्यालय म्याग्दीले मङ्गलबार आवश्यक सामग्री सहयोग गरेको हो । रक्तसञ्चार केन्द्रलाई एलजिडिपि रेफ्रिजेरेटर, रक्तदान कुर्सी, सर्जिकल ग्लोब, बिपिसेट, ब्लडव्याग, वेटमेसिन लगायतका […]