ताजा समाचार:
Search

राष्ट्रिय समाचार

महिला भलिबलमा नेपाललाई ऐतिहासिक उपाधि

विकल्प न्यूज/बेनी कार्तिक २८ गते ।  नेपालको सिनियर महिला राष्ट्रिय भलिबल टोलीले एभीसी सिनियर वुमन्स सेन्ट्रल जोन भलिबल प्रतियोगिताको उपाधि जितेको छ । समूह चरणमा अपराजित रहँदै फाइनल पुगेको नेपालले माल्दिभ्सलाई ३–० को सहज सेटमा पराजित गरी इतिहासकै पहिलो अन्तर्राष्ट्रिय उपाधि उचालेको हो । समूह चरणमा पनि माल्दिभ्स ३–० कै सेटमा हारेको थियो । सहिद […]

रुमको बिलबाङमा खुकुरी प्रहारबाट शिक्षिका गम्भिर घाइते

विकल्प न्यूज/बेनी कार्तिक २७ गते । म्याग्दीको मालिका गाउँपालिका २ रुमको बिलबाङमा  स्थानीय एक युवाले खुकुरी प्रहार गर्दा शिक्षिका गम्भिर घाईते हुनुभएको छ । बुधवार करिब ९.३० बजेतिर बिलबाङबाट खबाङ स्थित राष्ट्रिय जनकल्याण आधारभूत विद्यालयमा जाँदै गर्दा शिक्षिका इन्द्रकुमारी पुनलाई स्थानीय रमेश पुनले खुकुरी प्रहार गर्दा गम्भिर घाईते हुनुभएको हो । गाउँदेखि माथि बाटोमा हिडिरहनुभएकी शिक्षिका […]

म्याग्दीको मुना गाउँकी एक बालिका दुइवर्ष देखि साङ्लोमा

साधन राम्जाली /विकल्प न्यूज कार्तिक २७ गते । मुना÷ गत विहिबार धौलागिरि गाउँपालिकाको केन्द्र ३ मुना स्थित डोल्मा कामीको घरमा पुग्दा साँझ करिब साढे चार बजेको थियो । बनजंगलमा चराचुरङ्गीको आवाज घन्कीरहेको थियो । स्थानीयवासीहरु मेलापात पुगेर घर फिर्ता हुँदै थिए । बालबालिकाहरु खेल खैल्दै गाउँका टोल,चोकहरुमा रमाइरहेका बेला गाउँकी एक बालिका भने खुट्टामा फलामको […]

एउटै बोकाको मूल्य तीन लाख रुपैयाँ

२६ कत्तिक, बेनी ।  एउटै बोकाको मूल्य करीब तीन लाख रुपैयाँ परेको सुन्दा अचम्म लाग्न सक्छ तर यहाँका एक किसानले एउटै बोकालाई २ लाख ९० हजार रुपैयाँमा बिक्री गरेका छन् । बेनी नगरपालिका–९ स्थित तोरीपानीमा विगत छ वर्षदेखि व्यावसायिक रुपमा उन्नत जातको बाख्रापालन गर्दै आएका किसान आनन्द रिजालले बोयर जातको एउटै बोकालाई उक्त मूल्यमा बिक्री गरेको […]

यस्तो हो नेपालको खास नक्सा

सुरेन्द्र काफ्ले कार्तिक २६ गते । काठमाडौं : संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई लिम्पियाधुरासम्म समेटेर नक्सा बनाउन सोमबार निर्देशन दिएको छ। कस्तो हुन्छ त त्यो नक्सा ? नापी विभागले तीन वर्षअघि त्यो नक्सा बनाइसकेको छ (हेर्नुहोस् नक्सा)। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको नेतृत्वमा बनाइएको समितिले पूर्ण नक्सासहितको प्रतिवेदन सरकारलाई बुझाएको थियो। […]

ठगी आरोपमा ‘अघोरी बाबा’की श्रीमती पक्राउ

काठमाडौं ।  एक महिलालाई झुक्याएर विवाह गराइदिएको आरोपमा ‘अघोरी बाबा’की श्रीमती शारदा पाण्डे पक्राउ परेकी छन् । महानगरीय प्रहरी वृत बौद्धबाट उनलाई प्रहरीले पक्राउ गरेको हो । वृत बौद्धका डीएसपी रमेश बहादुर सिहंका अनुसार शारदा र उनका पूर्वपति मिलेर एक महिलालाई विवाहका विषयमा झुक्याएका थिए । सोही प्रकरणको अनुसन्धानका क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो । […]

व्यवसायीको नमुना काम ः १८ महिनामा सक्नुपर्ने काम ७ महिनामै सम्पन्न

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज कार्तिक २५ गते । निर्माण व्यवसायीहरुले समयमै काम सम्पन्न नगर्दा कतिपय योजनाहरु अलपत्र परेका छन् । मुलुकभर साना देखि ठूला योजनाहरु निर्माण व्यवसायीहरुको लापरबाही कारण थला परेका खबरहरु आइरहेका समयमा म्याग्दीमा भने योजना सक्नुपर्ने समय भन्दा एघार महिना अगावै निर्माण सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको सभाहल सहितको दुइतला भवन […]

वेष्ट पोइन्टमा दुई दिने कार्यशाला सम्पन्न

विकल्प न्यूज/बेनी कार्तिक २४ गते ।   न्यु वेष्ट पोइन्ट आवासीयमाघ्यामिक विद्यालयमादुई दिने कार्यशाला सम्पन्नभएको छ । ग्रीनवेष्ट पोइन्ट क्लिन वेष्ट पोइन्टलाइ निरन्तरतादिंदै यसलाई अझै प्रभावकारी बनाउनदुई दिने कार्यशाला संचालन गरिएको हो । कार्तिक २२ र २३ गते शुक्रबार र शनिबार गरि कार्यक्रम सम्पन्नभएको हो । पहिलो दिनवेष्ट पोइन्ट एजुकेशन फाउन्डेसन म्याग्दीप्रालीकाअध्यक्ष सुदर्शन कुमार श्रेष्ठले […]

माझफाँटमा मंसिर १ देखि ३ गते सम्म निशुल्क आँखा शिविर

विकल्प न्यूज/जलजला कार्तिक २४ गते ।  लायन्स क्लब अफ बेनी मल्लाजले आगमी मंसिर १ देखि ३ गते सम्म निशूल्क आँखा शिविरको आयोजना गर्ने भएको छ । उत्तरी पर्वतको जलजला गाउँपालिका वडा नम्बर ३ स्थित माझफाँटमा क्लबले निशुल्क आँखा शिविरको आयोजना गर्न लागिएको शनिवार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । तिन दिनसम्म सञ्चालन हुने शिविरमा निशुल्क […]

बाग्लुङमा नेकपाको बागी फिर्ता हुन्छ : प्रचण्ड

पोखरा, २२ कात्तिक   नेपाल कम्युनिष्ट पार्टीे (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न उपनिर्वाचनमा नेकपाले नै जित्ने दाबी गरेका छन् । ेकपा कास्कीले शुक्रबार आयोजना गरेको जिल्लास्तरीय बृहत कार्यकर्ता प्रशिक्षण भेलाका लागि बिहिबारै पोखरा आएका प्रचण्डले पत्रकारसँग कुराकानी गर्दै निर्वाचनमा नेकपाले जित्ने बताएका हुन् । बिहिबार नेकपाको तर्फबाट विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएकी छन् । प्रचण्डले […]

मुस्ताङमा चिसो बढेसँगै हिउ पर्न थाल्यो

विकल्प न्यूज /मुस्ताङ कार्तिक २२ गते । उपल्लो मुस्ताङमा शुक्रबार बिहानदेखि हिउँ पर्न थालेको छ । दामोदरकुण्ड लोघेकर र लोमान्थाङ गाउँपालिकामा यो वर्ष पहिलोपटक हिउँ परेको हो । चराङ, मराङ, लोमान्थाङ, छोसेर र छोन्हुपमा हिउँ परेको दामोदरकुण्ड लोघेकर गाउँपालिका–१ चराङका वडाध्यक्ष टसी ढुण्डुक ठकुरीले बताए । चराङमा बिहानसम्म पानी परिरहेको उनले बताए । पानी र हिमपातका […]

नेपाली भूभाग मिचिएको विरोधमा अनेरास्ववियुद्धारा विरोध प्रदर्शन

विकल्प न्यूज/बेनी कार्तिक २० गते ।  भारतीय नक्सामा नेपाली भूमि समेटिएको बिरोधमा नेकपा समिर्थत अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी म्याग्दीले संयुक्त रुपमा बुधवार साँझ बेनीको क्याम्पसचोकमा विरोध सभा गरेका छन् । प्रदर्शनमा ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो गो ब्याक इण्डिया’को नारा लेखिएको कालो व्यानर राखेर विरोध सभा गरेका थिए । विरोध सभामा वोल्ने विद्यार्थी नेताहरुले […]

गर्भवती तथा सुत्केरीको हवाई उद्धार प्रभावकारी

काठमाडौँ, कात्तिक २० गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत हाल कार्यान्वयनमा रहेको दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार र उपचार कार्यक्रम ज्यादै प्रभावकारी देखिएको छ । सडक सञ्जाल नपुगेको दुर्गम र पिछडिएको क्षेत्रका महिला कार्यक्रमको प्राथमिकतामा परेकाले पनि कार्यक्रम प्रभावकारी भएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत ज्यान जोखिममा परेका गर्भवती तथा […]

च्युरीबोटको माविलाई सहयोग गर्ने विदेशी संस्थालाई सम्मान

साधन राम्जाली /विकल्प न्यूज कार्तिक १९ गते । जिल्लाको एक विद्यालयको शैक्षिक विकासका लागि विदेशी संस्थाले सहयोग गरेको छ । मालिका गाउँपालिका–४ च्युरिबोटमा रहेको सिद्धार्थ माविको शैक्षिक विकासका लागि फ्रान्सको नमस्ते ईन्फान्ट डी हिमालयले आर्थिक सहयोग उपलब्ध गराएको हो । सहयोग गर्ने उक्त संस्थालाई गाउँलेहरुले भव्य रुपमा सम्मान गरेका छन् । विद्यालयद्धारा आयोजित स्वागत तथा […]

को हुन् गण्डकीका नयाँ प्रदेश प्रमुख शेरचन ?

विकल्प न्यूज/बेनी कार्तिक १९ गते । गण्डकी प्रदेश प्रमुख नियुक्त भएका अमिक शेरचन २००६ सालमा म्याग्दीको ओखरबोटमा जन्मिएका हुन् । २०१७ सालदेखि नै उनी राजनीतिमा सक्रिय थिए । १६ वर्ष भूमिगत र ३ वर्ष जेल जीवन बिताएका उनले राजनीतिशास्त्रमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका छन् । २०६३ सालमा तत्कालीन नेकपा माओवादीसँग पार्टी एकता हुनुअघि उनी […]