राष्ट्रिय समाचार
पब्लिक भिजनको गत आवमा ५२ लाखको कारोबार

विकल्प न्यूज/बेनी मंसिर ७ गते । पब्लिक भिजन केवल नेटवर्क सहकारी संस्थाको एघारौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार सदरमुकाम बेनीमा सम्पन्न भएको साधारणसभामा बोल्ने बक्ताले डिजिटल सिस्टममा रुपान्तरीत भएपनि केवल नेटवर्क संस्थालाई दिनप्रतिदिन चुनौती थपिएको बताएका थिए । साधारणसभाको उद्घाटन गदैं ज्येष्ठ सदस्य अंगत श्रेष्ठले केवल नेटवर्कमार्फत ग्रामिण क्षेत्रसम्म सुचना प्रवाहमा सहज […]
जलजलामा हुने गौमहोत्सवको चितवनमा प्रचारप्रसार तिव्र

विकल्प न्यूज/बेनी मंसिर ४ गते । नेपालमै पहिलो पटक आयोजन गर्न लागिएको गौमहोत्सवको प्रचाप्रसार चितवनमा तिव्र पारिएको छ । आगमी मंसिर १९ गते देखि २६ सम्म पर्वतको जलजला ७ मिलनचोकमा गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट् ज्ञानमहायज्ञ एवं गौमहोत्सव गर्न लागिएको हो । धाइरिङबाट चितवनमा बसाईसराई गरेर जानुभएका चितवनवासीहरुले सक्रियतामा गौमहोत्सवको प्रचारप्रसारलाई तिव्र पारेका हुन । महोत्सवका […]
ओलीले ५ वर्ष नै सरकार चलाउने, प्रचण्ड कार्यकारी अध्यक्ष

विकल्प न्यूज/काठमाण्डौं मंसिर ४ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच पूर्वसहमतिअनुसार कार्यविभाजन भएको छ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता हुनुअघि भएको सहमतिअनुसार एक अध्यक्षले सरकार र अर्का अध्यक्षले पार्टी सञ्चालन गर्ने निर्णय भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको नेकपा सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले पूरै […]
विद्यालयहरुमा जेसीजको मूल ट्रफी यात्रा

विकल्प न्यूज/बेनी मंसिर ४ गते । म्याग्दी जेसीजको आयोजनामा आगामी मंसिर ९ गतेदेखि १४ गतेसम्म बेनीबजारमा हुने १८ औं जेसीज कप फुटबलको पूर्व सन्ध्यामा विद्यालयहरुमा रनिङ्ग ट्रफीको प्रदर्शन गरिएको छ । जेसीज कप फुटबलको इतिहासमा यो पहिलो पटक अभ्यास गरिएको म्याग्दी जेसीजका महासचिव सन्दीप खत्रीले जानकारी दिनुभयो । गत कार्तिक २९ गते पश्चिमी क्षेत्र दरबाङ, […]
रुमको जेममा सुविधा सम्पन्न विद्यालय भवन निर्माण

विकल्प न्यूज/बेनी मंसिर ३ गते । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको जेम गाउँमा रहेको देउराली आधारभुत विद्यालयमा सुविधा सम्मन्न विद्यालय भवन निर्माण भएको छ । जापानी राजदुताबासको आर्थिक सहयोगमा करिब १ करोड लागतमा ८ कोठे कक्षाकोठा भवन निर्माण भएको हो । दुताबासको ९१ लाख ६१ हजार अनुदान सहयोगमा दुई तले पक्की भवन निर्माण भएको विद्यालयका प्रधानध्यापक […]
जलजलामा आयोजना हुने गौमहोत्सवलाई आचार्यद्धारा एकलाख सहयोग

विकल्प न्यूज/बेनी मंसिर २ गते । पर्वतको उत्तरी जलजला गाउँपालिका ७ मिलनचोकमा नेपालमै पहिलो पटक आयोजन गर्न लागिएको गौमहोत्सवलाई मिलनचोक निवासी जमुना आचार्यले एकलाख रुपैयाँ भन्दा बढी सहयोग गर्नुभएको छ । सोमबार आचार्यले गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट् ज्ञानमहायज्ञ एवं गौमहोत्सव मुल समितिलाई एकलाख एघार हजार एकसय एघार रुपैयाँ सहयोग हस्तान्तरण गर्नुभएको हो । यसै […]
म्याग्दीका तिन स्थानीय तहका केन्द्रमा प्रहरी चौकी स्थापनाको तयारी

विकल्प न्यूज/बेनी मंसिर २ गते । जिल्लाका स्थानीय तहका केन्द्रहरुमा प्रहरी चौकी स्थापना गर्ने तयारी गरिएको छ । सवै स्थानीय तहका केन्द्रहरुमा स्थायी प्रहरी चौकी स्थापना गर्ने नीति अनुसार वाँकी रहेको तिनवटा स्थानीय तहका केन्द्रमा प्रहरी चौकी स्थापनाको तयारी थालिएको हो । प्रहरी चौकी नभएका स्थानीय तहका केन्द्रहरुमा स्थायी प्रहरीचौकी स्थापना गर्नका लागि प्रत्येक चौकीमा १५ […]
सङ्गिनी सहकारीको अध्यक्षमा ः श्रेष्ठ चयन

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, मंसिर २ गते । महिलाहरुको आफ्नै व्यवस्थापनमा म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित सङ्गिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आइतबार सातौं साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । साधारणसभाले पुनः साधना श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ । सञ्चालक समितिको उपाध्यक्षमा नविना थापा रावल, सचिवमा कल्पना केसी, सहसचिवमा जानकी […]
वडाध्यक्षबाट राजिनामा दिएर शिक्षकको जागिर

२ मंसिर, सल्यान । सल्यानका एक जनप्रतिनिधिले राजीनामा दिएर शिक्षकको जागिर खाएका छन् । सिद्धकुमाख गाउँपालिका–४ का वडाध्यक्ष दिनेशकुमार बुढामगरले वडाध्यक्ष पदबाट राजीनामा दिएर प्राथमिक तहको शिक्षकमा जागिर खाएका हुन् । बुढामगर २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट विजयी भएका थिए । शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको खुलाकोटाअन्तर्गत मुस्ताङबाट नाम निकाल्नु सफल भएपछि […]
माझफाँटमा सञ्चालित आँखा शिविरको पहिलो दिन दुइसय ८० ले सेवा लिए

विकल्प न्यूज/जलजला मंसिर १ गते । जलजला गाउँपालिका–३ मल्लाजमा आइतबार देखि सुरु भएको निशूल्क आँखा शिविरमा दुई सय ८० जनाले सेवा लिएका छन् । लायन्स क्लव अफ बेनी मल्लाजले हिमालयन आँखा अस्पताल पोखरा र आँखा उपचार केन्द्र बेनीको प्राबिधिक सहयोगमा आयोजना गरेको शिविरको पहिलो दिन आँखा परिक्षण र औषधि वितरण गरिएको शिविरका संयोजक तुलसीराम […]
कालिगण्डकीमा मोटरसाइकल खस्दा विदेशी पर्यटकको मृत्यु

विकल्प न्यूज/मुस्ताङ मंसिर १ गते । उद्दारमा खटिएका सुरक्षाकर्मी । तस्बिर : जिप्रका मुस्ताङ जोमसोम : पोखरादेखि मुस्ताङ आउँदै गरेका मोटर साइकल दुर्घटना हुँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ।म्याग्दी र मुस्ताङको सीमाक्षेत्र तल्लो घाँसा नजिक राष्ट्रिय गौरवको निर्माणधिन बेनी- जोमसोम सडकबाट कालिगण्डकी नदीमा खस्दा शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । […]
मिडिया अवार्डद्धारा नवविकल्पका सम्पादक आचार्य सम्मानीत

विकल्प न्यूज/बेनी कार्तिक ३० गते । म्याग्दी मिडिया सोसाईटीले स्थापना गरेको मिडिया अवार्ड २०७६ बाट नवविकल्प साप्ताहिक र विकल्प न्यूज डट कममा प्रकाशक /सम्पादक ठाकुरप्रसाद आचार्य सम्मानित हुनुभएको छ । एकदश भन्दा बढी समय म्याग्दीमा पत्रकारिता क्षेत्रमा क्रियाशिल पत्रकार आचार्यलाई म्याग्दी मिडिया सोसाईटीको तेस्रो साधारणसभाको अवसरमा सो अवार्डद्धारा सम्मान गरिएको हो । सोसाईटीले हरेक बर्ष प्रदान […]
सवारी नियम मिच्ने चालकलाई खादा र फूलका गुच्छा !

विकल्प न्यूज/बेनी कार्तिक २९ गते । गोरखा – हामीलाई थाहा भएकै कुरा हो, सवारी चलाउने क्रममा सवारी चालनसन्बन्धी नियम पालना नगरेमा ट्राफिक प्रहरीले कारबाही गर्छन् ।तर गोरखामा भने नियम उल्लंघन गर्ने सवारी चालकलाई पुष्पगुच्छा र खादा लगाइएको छ । आबुखैरेनी गोरखा सडकखण्डको १२ किलो बजारमा कार्यक्रम गरी जिल्ला प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालयले यो […]
म्याग्दीमा सडक दुर्घटना कारण ः जिर्ण सडक र थोत्रा सवारीसाधन

विकल्प न्यूज/बेनी कार्तिक २९ गते ।बिममा भएको बस दुर्घटना स्थल । तस्विर सामाजिक सञ्जाल डेढहप्ता अघि मालिका गाउँपालिका ७ बिममा बस दुर्घटना हुँदा ४ जनाको ज्यान गयो । बिम दुर्घटनाको दुइदिन अगाडि रुममा भएको जिप दुर्घटनामा २ जनाको ज्यान गयो थियो । यि दुवै अवस्थालाई हेर्दा जिर्ण सडक,थोत्रा सवारीसाधन,क्षमता भन्दा धेरै यात्रु बोक्नु र अपरिपक्क […]