राष्ट्रिय समाचार
बेनी नगरमा फर्जी बिलभरपाई बनाएर अनुदान दुरुपयोग
साधन राम्जाली /विकल्प न्यूज भदौं २५ गते । बेनी/बेनी नगरपालिका अन्तर्गतको सामुदायिक सिकाई केन्द्रलाई वितरण गरिएको अनुदान रकम दुरुपयोग भएको पाइएको छ । विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गत वडा नम्बर ४ डाँडाखेत स्थित शिवालय सिकाई केन्द्रलाई वितरण गरिएको अनुदान रकम फर्जी बिल भरपाई बनाएर दुरुपयोग गरेको खुलसा भएको हो । संघीय सरकारबाट विद्यालय क्षेत्र विकास […]
अवरुद्ध बेनी -जोमसोम सडक सुचारुका लागि जोखिम मोलेर काम गर्दै
विकल्प न्युज बेनी,भदौ २५ गते । बेनी–जोमसोम सडक अन्र्तगत म्याग्दी र मुस्ताङको सिमाना घोप्टेभिरमा डोजरको सहायताले अक्करे भिरमा सडक फराकिलो बनाउनको लागि विष्फोटनको तयारी गरिँदै । कालिगण्डकी नदीको कटानले सडक बगाएपछि चारदिनदेखि अबरुद्ध सडक खुलाउन विष्फोटक पदार्थको प्रयोग गरि भिरमा नयाँ ट्याक निर्माण गर्न लागिएको हो । तस्बिर : इन्द्रसिङ शेरचन
घोप्टे भिरमा पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध
विकल्प न्युज बेनी, भदौ २२ गते । बेनी–जोमसोम सडक खण्डमा पहिरो जाँदा सिधा सवारी अबरुद्ध बनेको छ । सडक खण्ड अन्र्तगत मुस्ताङको थासाङ गाउँपालिका–४ घोप्टेभिरमा पहिरोले सडकमा क्षति पुगेपछि सवारी अबरुद्ध भएको हो । पहिरोले सडकको करिब १३ मिटर सडकको आधार नै भत्काएकाले डोजरको सहायताले सडक मर्मतको तयारी गरिएको बेनी–जोमसोम कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिङ […]
आज १६ औं निजामती दिवस
भदौ २२, २०७६ काठमाडौं : आज १६औँ निजामती दिवस। देशभरे भव्य रूपमा मनाइँदै छन्। २०१३ सालमा निजामती सेवा ऐन जारी भएको दिन (भदौ २२) को सम्झनामा ०६१ सालदेखि निजामती सेवा दिवस मनाउन थालिएको हाे। तीनै तहमा ९३ हजार कर्मचारी रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्यांक रहेको छ। यस वर्षको नारा ‘सक्षम निजामती प्रशासन ः […]
डेङ्गुको सङक्रमणबाट एक जनाको मृत्यु
बुटवल – डेङ्गुको सङ्क्रमणबाट बुटवलमा एक जनाको मृत्यु भएको छ । कपिलवस्तुको वाणगङ्गा नगरपालिका–७ मोतिपुर निवासी ६१ वर्षीया सावित्रा आचार्यको उपचारको क्रममा आज मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिडेन्टेनका डा कृष्ण खनालले जानकारी दिए । आचार्यलाई लगातार ज्वरो आएपछि परीक्षण गराउदा डेङ्गुको सङ्क्रमण भेटिएको थियो । तीन दिनदेखि लुम्बिनी प्रादेशिक अस्पतालको सघन उपचार कक्षमा […]
म्याग्देली विद्यार्थी परिवारको दशौं सम्मेलन काठमाण्डौंमा सम्पन्न
विकल्प न्यूज/काठमाण्डौं भदौं २१ गते । अध्ययनका लागि म्याग्दीबाट काठमाण्डौं आएका विद्यार्थीहरुको साझा संस्था म्याग्देली विद्यार्थी परिवारको दशौं सम्मेलन शनिबार काठमाण्डौंमा सम्पन्न भएको छ । सम्मेलनले सुश्री केशरी शर्मा को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा किशोर पौडेल, शिब प्र सापकोटा सचिब सरिता थापा र कोषाध्यक्ष झलक पुनलाई चयन गरेको निवर्तमान अध्यक्ष दीपक […]
किर्नाले टोकेर शिक्षकको मृत्यु
पाँचथर ,शनिबार भदौ २१ गते । डेढ साता अघि किर्ना ९एकप्रकारको किरा०ले टोकेर विरामी परेका शिक्षकको मृत्यु भएको छ । किर्नाले टोकेर फिदिम नगरपालिका–४, गढीका विनोद कुगेनम्बाको ज्यान गएको हो ।विरामी परेका कुगेनम्बाको पाँचथर अस्पताल र नोबेल अस्पताल विराटनगरमा समेत उपचार गर्दा सम्भव नभएपछि काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्य भएको आफन्त उपेन्द्र लावतीले बताउनुभयो […]
शान्तिकोषको साथले “नयाँ जीवन पाएँ”
साधन राम्जाली /विकल्प न्यूज भ्दौं २० गते । २०६५ सालमा डकबहादुर रोका २५ बर्ष उमेरको हुनुहुन्थ्यो । म्याग्दीको मंगला गाउँपालिका १ कुहुँ निवासी डकबहादुर पेशाले शिक्षक । बेनी बजारमा डेरा लिएर बस्नुभएको थियो । जिवनयापन राम्रै संग चलिरहेको थियो । अध्यापन र अध्ययनलाई निरन्तरता दिनुभएको थियो । अचानक एक दिन उहाँको दुबै खुट्टामा खटिरा देखिए […]
सांसदकै अघि कालीगण्डकी दोहन
बागलुङ : बागलुङ-१ का संघीय सांसद डा.सूर्य पाठक मंगलबार गाउँमा आयोजना गरिएको कार्यक्रममा सहभागी भएर सदरमुकाम फर्कंदै थिए। कालीगण्डकी किनार भएर आउँदै गरेका पाठक मध्यरातमा भइरहेको अवैध उत्खनन्को प्रत्यक्षदर्शी बने। आँखा अगाडि अवैध तवरले बालुवा झिकिइरहेको देखेपछि उनले प्रहरीलाई खबर पनि गरे। तर प्रहरीले तत्काल उत्खनन्मा सहभागीलाई नियन्त्रणमा लिन हच्किएको उनले गुनासो गरे। पाठकले उत्खनन्को सूचना […]
कृषिमन्त्री खनाललाई डेंगुको संक्रमण भएको पुष्टि
विकल्प न्युज काठमाण्डौ,भदौ २० गते । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाललाई डेंगुको संक्रमण देखिएको छ ।उनको अहिले ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । गएको शुक्रबार हेटौँडाबाट फर्किएका मन्त्री खनाललाई ज्वरो आएपछि अस्पताल लगिएको थियो । ज्वरो आउने, टाउको दुख्ने समस्या देखिएपछि डेंगु भएको आशंकामा उनको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रगत परीक्षण […]
अतिक्रमण गरिएका सार्वजनिक जग्गा खोज्दै जलजला
विकल्प न्यूज/बेनी भदौं १७ गते । पर्वतको उत्तरी जलजला गाउँपालिकाले गाउँपालिका भित्र रहेका सार्वजनिक जग्गाको खोजी गर्न थालेको छ । जिल्ला नापी कार्यालयको प्राविधिक सहयोगमा अतिक्रमण गरिएका सार्वजनिक जग्गाको पहिचान र व्यवस्थापन गर्न थालेको हो । अतिक्रमित सार्वजनिक जग्गाको पहिचान गर्ने र त्यस्ता जग्गालाई गाउँपालिकाको मातहत ल्याउनका लागि गाउँपालिकाले अभियान थालेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले […]
गृहमन्त्रालयले माग्यो २ हजार सुब्बा र खरिदार (विज्ञापनसहित)
भदौ १७, २०७६ काठमाडौं : नेपाल सरकारकाे गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत ७५३ वटै स्थानीय तहका लागि एमआइए अपरेटर र फिल्ड सहायक पदका लागि १९ सय ८९ पदका लागि दरखास्त आव्हान गरेको छ। जसमध्ये एमआईएस अपरेटर ९९४ जनाको माग गरिएको छ भने फिल्ड सहायकका लागि […]
विश्वमा नभएको कला, संस्कृति र विविधता नेपालमा छ ः पर्यटन मन्त्री लम्साल
प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, भदौ १३ गते । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले विश्वमा नभएको कला, संस्कृति र विविधता नेपालमा भएको बताएका छन् । गण्डकी गोपाल गौशाला जलजला–७, धाईरिङ पर्वतले शुक्रबार मिलनचोकमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल कला र संस्कृतिले धनी भएको बताएका हुन् । श्रीमद्भागवत महापुराण […]
बहुविवाह गर्नेले सरकारी जागिर नपाउने
काठमाडौं : बहुविवाह गर्ने व्यक्तिले सरकारी जागिर नपाउने कानुन बन्दै छ। संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले बहुविवाहलाई अपराध मानेको छ। अन्य फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएका व्यक्ति पनि निजामती सेवामा अयोग्य हुनेछन्। जसमा भ्रष्टाचार, किर्ते, राष्ट्रविरुद्ध जासुसी, लागुऔषध करोबार, सम्पत्ति शुद्धीकरण, पुरातात्त्विक वस्तु बेचबिखन, मानव बेचबिखन, अपहरण, […]
कुश : वनस्पति एक, गुण र महत्त्व अनेक
विकल्प न्यूज/बेनी भदौं १३ गते । प्रत्येक वर्ष भाद्र महिनाको औंसीका दिन कुशे औंसी पर्व मनाइन्छ । आजका दिन हिन्दु धर्मावलम्वीहरू वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याउँछन् । कुश एक वनस्पति हो । यसलाई विभिन्न धार्मिक कार्यमा प्रयोग गरिन्छ । यसको आयुर्वेदिक तथा औषधीय महत्त्व पनि छ । व्राह्मणहरुद्वारा पूजा गरी […]