राष्ट्रिय समाचार

७८ हजार नजिक पुग्यो सुनको भाउ

८ फागुन, काठमाडौं । नेपाली बजारमा सुनको भाउ तोलामै ७८ हजार नजिक पुगेको छ । बिहीबारको सुनको भाउले हालसम्म कायम भएको उच्च मूल्यको सबै रेकर्ड तोडेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले बिहीबारका लागि तोकेको छापावाला सुनको प्रतितोला मूल्य ७७ हजार ६०० सय छ । बुधबारको तुलनामा सुनको भाउ प्रतितोला ५०० सय रुपैयाँले […]

सञ्चारमन्त्री बास्कोटाले दिए राजीनामा

८ फागुन, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि बास्कोटाले राजीनामा दिएका हुन् । बास्कोटाले राजीनामा दिएको सभामुख अग्नि सापकोटाले संसदमा जानकारी दिएका हुन् । संसदको बैठकमा प्रमुख विपक्षी कांग्रेसले सञ्चारमन्त्री बास्कोटाको राजीनामा मागेको थियो । […]

पशुपति दर्शनका लागि पाँच स्थानबाट लाम, पाँच हजार स्वयंसेवक परिचालन

फागुन ८, २०७६ काठमाडौं : यसवर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि पाँच वटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।  कोषले गरेको पत्रकार सम्मेलनमा मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–ईंटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एअरपोर्ट–तिलगङ्गा भएर पिङगलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट एक÷एक […]

गोकुल बास्कोटाले अश्लील बोल्दै कमिसनको कुरा गरेको अडियो सार्वजनिक

८ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पत्रकारले भाषा बिगारेको आरोप बारम्बार लगाउने गर्छन् । र, प्रधानमन्त्री आफूले भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने पनि बारम्बार बताउँछन् । तर, बालकोटस्थित प्रधानमन्त्रीकै निजी निवासमा बस्दै आएका सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले मन्त्रालयका कर्मचारीलाई स्त्रीजन्य अश्लील शब्दले गाली गर्दै दलालसँग कमिसनको कुरा गरेको […]

दुःखद, तर महिला सशक्तीकरणको दृष्टान्त : पाँच छोरीले बोके बुवाको शव, श्रीमतीले दिइन् दागबत्ती

७ फागुन, जनकपुरधाम ।   हिन्दू समाजमा कसैको मृत्यु भए सबै कर्ममा पुरुषकै सहभागिता हुनुपर्ने मान्यता छ । दाहसंस्कारदेखि हुने हरेक क्रियाकर्ममा महिलाको सहभागितालाई बर्जित गरिएको छ । झन् तराई/मधेसमा त यस्ता काममा महिलालाई झनै कडाइ गरिएको छ । त्यहाँ अहिलेसम्म महिलालाई घुम्टोभित्रै राख्ने चलन पूर्णरुपमा हटिसकेको छैन । निधन भएका व्यक्तिको शव दाहसंस्कारका लागि […]

चीनबाट उद्धार गरिएका सबै कोरोना भाइरस मुक्त

काठमाडौं : चीनबाट उद्धार गरी ल्याइएका १७५ नेपाली नागरिकमा गरिएको स्वास्थ्य परीक्षणमा नोवेल कोरोना भाइरस (कोभीड १९ ) भेटिएन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो। मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सचिव खगराज बरालले क्वारेन्टाइनमा बसेका नेपालीहरुमा कोरोना भाइरस नभेटिएको र अभिभावकहरु चिन्तित हुनु नपर्ने बताए। चीनबाट गत आइतबार उद्धार […]

प्रजातन्त्र राजनीतिक मन्त्र

शान्ति बस्नेत / विकल्प न्यूज फागुन ७ गते ।आज फागुन ७ गते अर्थात प्रजातन्त्र दिवस नेपाली राजनीतिक परिवर्तनको संगारको दिन पनि मानिन्छ । आजैका दिनमा नेपालीहरुले आफ्नो स्वाभिमानका सपनाहरुलाई प्रजातान्त्रिक अभ्यास कोर्दै गर्दा तत्कालीन जहानिया राणा शासन विरुद्धमा डटेर सामना गरी जनलहरका साथ जनताको बोलीले जनताको निम्ति प्रथम पटक जनलहर आएको र छाएको दिन हो […]

रनिङ शिल्ड बिजेता विद्यार्थीहरुलाई सम्मान

विकल्प न्यूज/बेनी फागनु ५ गते ।     न्युवेष्ट पोइन्ट आवासिय माविले राष्ट्रपति रनिङ शिल्ड बिजेता विद्यार्थीहरुलाई सम्मान गरेको छ ।  बेनी नगरपालिकाद्वारा आयोजित नगरस्तरीय दोश्रो राष्ट्रपति रनिंग शिल्ड जिते संगै विद्यालयले प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थी खेलाडीहरुलाई नगद पुरस्कार र सम्मान गरेको हो । प्रतियोगितामाविद्यालयले कुल २१ स्वर्ण ९ रजत र ११ काश्य पदक प्राप्तगर्दै प्रथम […]

हेलिकोप्टरबाट कालापानी क्षेत्र अवलोकन गरी फर्किए उपप्रधानमन्त्री पोखरेल

काठमाडौं फागुन ५, २०७६ कालापानी क्षेत्रको हेलिकप्टरबाट अवलोकन गरेर नेपाल सरकारका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको टोली फर्किएको छ । सोमबार बिहान साढे ८ बजेतिर दार्चुलाको सदरमुकाम खलंगाबाट नेपाली सेनाको एनए ०५८ नम्बरको हेलिकोप्टर बाट कालापानी क्षेत्रको लागी उडेको टोली विहान ९ बजे तिर फर्किएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेलको […]

BREAKING : बलात्कार प्रयासको मुद्दामा महरा निर्दोष ठहर

विकल्प न्यूज/बेनी फागुन ५ गते ।    पूर्व  सभामुख कृष्णबहादुर महरा निर्दोष ठहर भएका छन् । जबरजस्तीकरणी उद्योगको मुद्दामा काठमाडौं जिल्ला अदालतले महरालाई सोमवार सफाइ दिएको हो । न्यायाधीश अम्बरराज पौडेलको इजलासले निर्दोष ठहर गरेसँगै महरा जेलमुक्त हुने भएका छन् । गत कात्तिकदेखि महरा डिल्लिबजार कारागारमा थुनामा छन् । संघीय संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि […]

निवर्तमान उपसभामुख तुम्बाहाङ्फे कानुन मन्त्रीमा नियुक्त

फागुन ५, २०७६ काठमाडौं : निवर्तमान उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे कानुन न्याय तथा संसदीय मामिला मन्त्री बनेकी छन्।  राष्ट्रपति विद्यादेवी भण्डारीले तुङ्बाहाम्फेलाई मन्त्रिपरिषदमा प्रधानमन्त्रीको सिफारिसमा कानुन मन्त्रीमा नियुक्त गरेकी हुन्। उपप्रधानमन्त्री समेत रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजीनामा दिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सम्हाल्दै आएको कानुन मन्त्रीको जिम्मेवारी तुम्बाहाङफेलाई दिइएको हो। तुम्बाहाङ्फेले […]

नेपालका दिवेश पोखरेल अमेरिकन आइडलमा

काठमाडौं फागुन ५, २०७६ नेपाली ठिटो दिवेश पोखरेल अमेरिकन आइडलको मञ्चमा अडिसन दिन पुगेका छन् ।स्टेज नाम आर्थर गनको रुपमा परिचित २१ वर्षे दिवेशको जन्म काठमाडौंमा भएको हो । अडिसन अघि उनीबारे दिइएको परिचयमा उनले नेपालमा हुर्कनु पाउनुलाई निकै प्रिय बताएका छन् । उनले भनेका छन्, ‘नेपालमा जताततै हिमाल, पहाड देख्न सकिन्छ । यहाँका सबै […]

महिलालाई अश्लील सन्देश पठाएको आरोपमा घारका खड्का पक्राउ

विकल्प न्यूज/ बेनी फागुन ४ गते । अन्नपूर्ण गाउँपालिका ६ घारका मेख बहादुर खड्का पक्राउ परेका छन् । सामाजिक सञ्जाल मार्फत गाउँकी एक महिलालाई अश्लिल तस्विर र सन्देश पठाएको आरोपमा नेकपाका घारा वडा कमिटिका अध्यक्ष समेत रहेका खड्कालाई आइतबार प्रहरीले प्रक्राउ गरेको हो । पीडित महिलाको जायरीका आधारमा खड्कालाई अनुशन्धानका लागि प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय […]

न्यू वेस्ट प्वाईन्टलाई नगर स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी

विकल्प न्यूज/बेनी फागुन ४ गते ।     बेनीमा सम्पन्न दोस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी न्यु वेस्ट प्वाइन्ट आवासीय माविले जितेको छ । आइतबार बेनीबजारमा सम्पन्न नगरपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी वेष्ट प्वाइन्टले जितेको हो । प्रतियोगितामा २१ स्वर्ण,९ रजत र ११ कास्य प्राप्त गरी उपाधी जित्न सफल भएको हो । यसैगरी […]

चीनबाट छोराछोरी आएपछिको खुसी, ‘बल्ल छटपटी सकियो’

४ फागुन, काठमाडौं । आइतबार बिहान नेपाल वायु सेवा निगमको वाइडबडी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुदाँ धेरै अभिभावक खुसी भए । उद्धारका लागि विभिन्न मन्त्रालय धाएका उनीहरूले तब सन्तोषको स्वास फेरे, जब छोराछोरीले भक्तपुर खरिपाटीस्थित क्वारेण्टाइनस्थल पुगेर आराम गरिहरेको बताए । ‘बल्ल हाम्रो छटपटी सकियो, जस्तै भए पनि आफ्नो देश भनेको आफ्नै हो,’ एक अभिभावकले […]