विकल्प न्यूज/बेनी
फागुन ४ गते । बेनीमा सम्पन्न दोस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी न्यु वेस्ट प्वाइन्ट आवासीय माविले जितेको छ । आइतबार बेनीबजारमा सम्पन्न नगरपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी वेष्ट प्वाइन्टले जितेको हो । प्रतियोगितामा २१ स्वर्ण,९ रजत र ११ कास्य प्राप्त गरी उपाधी जित्न सफल भएको हो ।
यसैगरी प्रतियोगितामा १६ स्वर्ण,१३ रजत र १० कास्य जितेको माउण्ट एभरेष्ट आवासिय मावि द्धितिय भएको छ। भने ३ स्वर्ण र १ कास्य जित्न सफल भएको कालिपुल स्थित बालमन्दिर आधारभुत विद्यालयले तृतीय भएको छ ।
प्रतियोगितामा विजेता भएकाहरुलाई क्रमशः ५० हजार,३५ हजार र २० हजार रुपैयाँ सहित रनिङ्ग शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र वितरण गरिएको छ ।
४ स्वर्ण सहित सर्वोकृष्ट खेलाडी घोषित हुनुभएकी वेष्ट प्वाइन्टकी आइसा केसीलाई लाई तीन हजार पाँच सय रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । सबै बिधामा उत्कृष्ट एक, एक जनालाई दुई हजार पाँच सय रुपैयाँका दरले पुरस्कृत गरिएको छ ।
यसैगरी प्रतियोगितामा प्रकाश माविले २ स्वर्ण,५रजत र ४ कास्य,अर्जुन माविले १ स्वर्ण,२ रजत र ३ कास्य तथा गलेश्वर माविले २ स्वर्ण ,३ रजत र १ कास्यमा चित्त बुझाउन बाध्य भएका छन् ।छात्र/छात्रा भलिबल, कपर्डी, एथलेटिक्स र मार्सल आर्ट बिधाका कराते र तेक्वान्दो गरी ४८ विद्याका खेलहरु संचालन भएका थिए । प्रतियोगितामा नगरपालिका भित्रका १० वटै वडाका २४ विद्यालयले सहभागिता जनाएका थिए ।
विजेता तथा उपविजेता विद्यालयहरुलाई जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसी ,नगरप्रमुख हरिकुमार श्रेष्ठ र वडा अध्यक्षहरुले पुरस्कार वितरण गर्नुभएको थियो । साधन राम्जाली