राष्ट्रिय समाचार

थप २२६ जनामा काेराेना संक्रमण पुष्टि

१९ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २२६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

कपिलवस्तुमा ४७ जना कोरोना संक्रमित थपिए

१९ जेठ, बुटवल । कपिलवस्तुमा थप ४७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । योसँगै कपिलवस्तुमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या ३ सय १७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । ४७ जनामध्ये ४० जनाको रिपोर्ट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट र ७ जनाको रिपोर्ट प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाबाट सोमबार आएको हो । काठमाडौंमा ३ सय २६ […]

प्रदेश २ मा ८२ जना कोरोना संक्रमित थपिए

१९ जेठ, वीरगञ्ज । प्रदेश २ मा थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा संक्रमितको संख्या ६ सय ९५ पुगेको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र धुलिखेल अस्पतालमा गरिएको पीसीआर विधिको परीक्षणमा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश २ को सामाजिक विकास […]

पोखराको कोभिड अस्पतालमा एक जनाको मृत्यु

१९ जेठ, पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आइतबार साँझ एक जनाको मृत्यु भएको छ । पोखरास्थित उक्त कोरोना विशेष अस्पतालमा मृत्यु हुनेमा स्याङ्जा फेदीखोला गाउँपालिका ५१ वर्षीय खड्कबहादुर कार्की छन् । २ हप्ताअघि भारतबाट आई क्वारेन्टिनमा बसेर घर फर्किएका बेला कार्कीलाई ज्वरो देखिएको थियो । यद्यपि १४ दिन क्वारेन्टिन बस्नेक्रममा कोरोना परीक्षण […]

विश्वमा कोरोना सङ्क्रमितको संख्या ६० लाख नाघ्यो

काठमाण्डौ – विश्वमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ६० लाख नाघेको छ । अहिलेसम्म ६० लाख २६ हजा ९१ जनामा सङ्क्रमण पुष्टि भएको वर्ल्डओमिटरले जनाएको छ । सङ्क्रमितमध्ये अहिलेसम्म साढे २६ लाखभन्दा धेरै निको भएका छन् भने ३ लाख ६६ हजार भन्दा धेरैको ज्यान गएको छ । सबैभन्दा धेरै अमेरिकामा १७ लाख ९३ हजार ५ […]

नेपालमा थप ७५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६ सय ४२ पुग्यो

काठमाडौं- नेपालमा थप ७५ मा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा सोमबार बिहान जारी सूचना अनुसार थप ७५ जनामा संक्रमण पुष्टि  भएको हो। योसँगै कर्णाली प्रदेशमा मात्रै संक्रमितको संख्या १ सय ९८ पुगेको छ। कर्णाली प्रदेशमा संक्रमित थपिएसँगै देशभर १६ सय ४२ जनामा संक्रमण पुष्टि भएको छ

कर्णालीका हिमाली जिल्लामा यार्सा संकलन र विद्यालय खुला गर्ने तयारी

१९ जेठ, सुर्खेत । कर्णाली सरकारले प्रदेशका हिमाली जिल्लाहरुमा यार्सागुम्बा संकलन र विद्यालय सञ्चालन गर्ने निर्णय गरेकाे छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले कर्णालीका हिमाली जिल्ला हुम्ला, मुगु र डाेल्पामा आवश्यक सुरक्षा सावधानी अपनाएर जेठ १५ गतेदेखि यार्सा (जीवनबुटी) संकलन र विद्यालय सञ्चालन गर्ने निर्णय गरेकाे हाे । भारतबाट […]

लद्दाख सीमामा चीन र भारतबिच तनाव बढ्दै, दुबै देशले बढाए सैनिक र हतियार

सोमबार, जेठ १९, २०७७ विगत २५ दिनदेखि भारतको लद्दाखमा पर्ने चीन र भारत सीमामा दुबैदेशबिच बढेको तनाव झन बढ्दै गएको छ। तनाव बढ्दै गएपछि दुबै देशले त्यहाँ ठूला सैन्य हतियार र सैनिक बढाएको टाइम्स अफ इण्डियाले जनाएको छ। पूर्वी लद्दाखमा पर्ने सीमाक्षेत्र विवादलाई लिएर दुबै देशका सैनिकहरू हाल आमुन्नेसामुन्ने भएपछि त्यहाँ तनाव बढ्दै गएको हो। […]

बाँके दुर्घटनाका मृतक र घाइते सबैको स्वाब संकलन

काठमाडौँ ।जेठ १९, २०७७ बाँके दुर्घटनामा मृत्यु भएका १२ जनासहित २१ जना घाइते सबैको कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको छ ।नेपालगन्जस्थित भेरी अस्पतलाका मेडिकल सुपरीडेन्ट डा. प्रकाश थापाले मृतक ११ पुरुष, एक महिला गरि १२ जना र २१ जना घाइते सबैको कोरोना भाइरस परीक्षणको गर्न स्वाब संकलन गरिएको जानकारी दिए । ‘अस्पतालले दुर्घटनामा मृत्यु […]

१६६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको कुल संख्या १,५६७ पुग्यो

विकल्प न्युज / बेनी जेठ १८ गतेे ।  नेपालमा आज (आईतवार) एकैपटक १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १,५६७ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आज नेपालमा एकैदिन १६६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । आज थप १ जना […]

आइसोलेसनमा मृत्यु भएकी बालिकामा कोरोना पुष्टि

१८ जेठ, काठमाडौं । बाजुरामा दुई वर्षीया बालिकाको कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु भएको पुष्टि भएको छ । जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा उपचाररत उनको शनिबार राति करिब २ बजे मृत्यु भएको थियो । उनलाई १५ गते अस्पताल भर्ना गरिएको थियो ।onlinekhabar

अन्नपूर्ण  गाउँपालिका ५ शिखकी एक गर्भवती महिलाको हेलिकप्टर बाट उद्दार

विकल्प न्युज/ बेनि जेठ १८ गते ।  अन्नपूर्ण  गाउँपालिका ५ सिखकी एक गर्भवती महिलाको हेलिकप्टर बाट उद्दार भएको छ । निरन्तर रक्तश्राव भएपछि उनकाे थप उपचारका लागि हेली उद्दार मार्फत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याइ पुर्याइएको हो । महिलाकाे स्वास्थ्य अवस्था सिकिस्त हुँदै गएको जानकारी प्राप्त भएपछि सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशमार्फत हेली उद्दार गरिएको मन्त्री […]

शनिबार १८९ थपिए, कुल संक्रमित १४०१ पुग्याे

विकल्प न्युज/ बेनी जेठ १७ गते । नेपालमा काेराेना संक्रमितकाे संख्या १४०१ पुगेकाे छ । शनिबार मात्रै १८९ थपिएकाेे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेेस जानकारिका मार्फत जनाईएकाे छ ।

कपिलवस्तुमा एकैदिन ७७ जनामा संक्रमण पुष्टि

१७ जेठ, बुटवल । कपिलवस्तुमा शनिबार थप ७७ जनामा कारोना संक्रमण पुष्टि भएको छ । शनिबार थपिएका नयां संक्रमितहरुमध्ये महाराजगञ्ज नगरपालिकाका १६ वर्षदेखि ४५ वर्षसम्मका ३३ जना पुरुष, कृष्णनगर नगरपालिकाका १८ वर्षदेखि  ४५ वर्षसम्मका १६ जना पुरुष, यशोधरा गाउँपालिकाका १६ वर्षदेखि ४८ वर्षसम्मका २६ जना पुरुष र २५ र १९ वर्षका दुई जना महिला छन् […]

भारतबाट म्याग्दी अाएका २९ जनाकाे रिपोर्ट नेगेटिभ

विकल्प न्युज/ बेनि जेठ १७ गते । भारतबाट म्यादी अाएका २९ जनामा गरिएकाे काेराेना परिक्षण रिपोर्ट नेगेटिभ अाएकाे छ । जेठ १० गते भारतको सिमा नाकाबाट उद्धार गरि बेनीको म्याग्दी बहुमुखुी क्याम्पसको क्वारेन्टिनमा बसेका मध्य २९ जनामा काेराेना नभएको पुष्टि भयकाे स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभएको  । उनिहरूकाे  १५ गते स्वाब संकलन गरि […]