राष्ट्रिय समाचार

कोभिड–१९ ले विश्वभर १५८ नेपालीको मृत्यु

असार १४, २०७७ काठमाडौं : कोभिड–१९ को सङ्क्रमणबाट हालसम्म विश्वभर एक सय ५८ नेपालीको मृत्यु भएको छ भने विदेशमा २६ हजार दुई सय २७ जनामा भाइरस सङ्क्रमणको पुष्टि भएको छ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अनुसार विदेशमा रहेका १८ हजार ७०० नेपालीली सङ्क्रमण मुक्त भएका छन् भने खाडी मुलुकमा रहेका आठ हजारभन्दा बढी नेपालीमा सङ्क्रमण […]

ललितपुरमा एक जना कोरोना संक्रमितको मृत्यु

१५ असार, काठमाडौं । ललितपुरको स्टार अस्पतालमा उपचाररत् एक जना कोरोना संक्रमित मृत्यु भएको छ । अस्पतालमा गएराति रौतहटका २९ वर्षीय पुरुषको मृत्यु भएको थियो । कोभिड–१९ परीक्षणका क्रममा उनको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको ललितपुरका स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले अनलाइनखबरलाई बताए । अस्पतालका एक कर्मचारीले भने दमका रोगी ती पुरुषलाई उपचारका लागि भ्याण्डिलेटरमा राखिएको […]

थप ४६३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १२७७२ पुग्यो

१४ असार, काठमाडौं । आइतबार नेपालमा थप ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ ।

विद्यालयले आफूखुशी उठाउन थाले वैशाख र जेठको शुल्क

१४ असार, काठमाडौं । सरकारको निर्देशन विपरीत निजी विद्यालयहरूले लकडाउन अवधीको शुल्क संकलन गर्न थालेका छन् । स्कुल बचाउने भन्दै केही विद्यालयले जबरजस्ती शुल्क तिर्न अभिभावकलाई ताकेता गरेका छन् । लकडाउनको शुल्क संकलन गर्ने मध्येको एउटा विद्यालय हो–झापाको विर्तामोडस्थित लिटल फ्लावर्स इङ्लिस स्कूल । कक्षा ५, ६ र ७ को मासिक चार हजार ४०० रुपैयाँ […]

म्याग्दीमा थप दुई जनामा काेराेना पुष्टि

विकल्प न्युज/ बेनी असार १४ गते । म्याग्दीमा थप दुईजना महिलामा काेराेना पुष्टि भएकाे छ ।  उनिहरू हालै मात्र कुवेत र अाेमनबाट फर्किएका हुन । पश्चिमाञ्चल स्वास्थ्य निर्देशनालयले अाईतबार दिउसाे विज्ञप्ति मार्फत दुईजनामा काेराेना पुष्टि भएकाे जनाएको हाे । काेराेना संक्रमित हुनेहरूमा बेनी नगरपालिका  ३ कि ३०  वर्षिय र  धवलागिरि गाउपालिका  ६ कि ४० वर्षिय महिला भएकाेे […]

तराई हुँदै पहाडतिर सर्‍यो सलह

काठमाडौं, असार १४ सलह कीरा तराई क्षेत्र हुँदै पहाडतिर सरेकाे छ। भारतसँग सीमा जोडिएका पर्सा, बारा र सर्लाहीका केही ठाउँमा शनिबार बिहान ८ बजे सलह कीराका समूह पहिलो पटक देखिएको थियो। आइतबार सलह तराईबाट पहाडतिर सरेको बाराका कृषि ज्ञान केन्द्र प्रमुख जितेन्द्र यादवले जानकारी दिए। ‘हिजो देखिएको ठाउँमा आज छैन, तराईतिरबाट पहाड सरेको छ’, उनले […]

विद्यालयमा क्वारेन्टाइन: विद्यार्थीलाई मनोवैज्ञानिक असर पर्न सक्ने

काठमाडौँ, असार १४ गते । बेनीको वेष्ट पोइन्टमा बनाइएको क्वारेन्टाइन बोर्डको फोटो कोरोना भाइरस रोकथामका लागि सामुदायिक विद्यालयलाई लामो समय क्वारेन्टाइन बनाइँदा विद्यालय र बालबालिका शान्ति क्षेत्रको अवधारणामा प्रतिकूल असर पर्ने जनाइएको छ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आज आयोजना गरेको भर्चुअल संवादमा विद्यालय खुल्नुपर्ने समय आउँदा शिक्षक र विद्यार्थीमा मनोविज्ञानमा प्रतिकूल असर […]

पेट दुखेर अस्पताल लगिएकी बालिकामा कोरोना संक्रमण पुष्टि

१४ असार, काठमाडौं । भक्तपुरमा चार वर्षकी बालिकामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । मध्यपुर थिमिस्थित बोडे निलबाराहीकी ४ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको हो । बालिकालाई पेट दुखेपछि काठमाडौं सिनामंगलस्थित केएमसी अस्पतालमा लगिएको थियो । एपेन्डिसाइटिसको अपरेसन गर्नुपर्ने भएपछि अस्पतालले ११ असारमा कोरोना परीक्षणका लागि स्वाब संकलन गरेर प्रयोगशालामा पठाएको […]

बर्दघाटमा क्वारेन्टिनमा बसेका एक व्यक्तिको मृत्यु, रिपोर्ट आउन बाँकी

१४ असार, काठमाडौं । पश्चिम नवलपरासीको बर्दघाटमा क्वारेन्टिनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ । बर्दघाट नगरपालिका–२ स्थित दिव्यज्योति बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका करिब ४५ वर्षीय पुरुषको आइतबार बिहान ५ बजे मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले अनलाइनखबरलाई जानकारी दिए । ज्ञवालीका अनुसार शनिबार राति करिब १२ः३० बजेको समयमा अचानक स्वास्थ्यमा समस्या आएपछि […]

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा ९१ हजार ३०० पुग्यो

असार १४, २०७७  काठमाडौं । लगातार बढ्दो क्रममा रहेको सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य हालसम्मकै उच्च तोलामा ९१ हजार ३०० रुपैयाँ पुगेको छ। शुक्रबार तोलामा ९० हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य साताको पहिलो दिन आइतबार तोलामा ७०० रुपैयाँले बढेर तोलामा ९१ हजार ३०० […]

चट्याङको आवाजले बेहोश भएका युवकको मृत्यु

असार १४, २०७७ उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका–५ खोरिया बस्तिका १८ बर्षीय दिपेश मगरको चट्याङको आवाजले बेहोश भएर मृत्यु भएको छ। शनिवार दिउँसो ४ बजेको समयमा आफ्नै खेतमा काम गरिरहेको अवस्थामा नजिकै परेको चट्याङको आवाजले बेहोश भएका मगरलाई उपचारको लागि धरानको बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा शनिबार  पौने ८ बजे मृत्यु भएको […]

यूएईबाट हालसम्म १८ सय जना नेपाल फर्किए

  १४ असार २०७७, आइतबार सरकारले विदेशमा अलपत्र नेपालीको उद्दार गर्न चार्टर उडान सुरु गरेदेखि यूएईबाट एक हजार ८ सय ८९ जना नेपाल फर्किएका छन् । जुन १९ देखि २७ तरिखसम्ममा करिब दुई हजार नेपाली नागरिक स्वदेश फर्किएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको हो । यो अवधिमा ११ वटा चाटर्ड उडान भएको र थप उडानको क्रम […]

दैनिक भारी वर्षा, विपत्बाट जोगिन छैन तयारी : भेरी नदीको किनारका बस्तीहरु जोखिममा

असार १४, २०७७ देश कोरोनाको त्रासबाट जोगिन र जोगाउन हम्मे–हम्मे परेको समयमा वर्षायाम शुरु भएको छ । कोरोनाबाट जोगिन तयारी व्यापक हुँदै गर्दा वर्षायाममा प्राकृतिक विपतिबाट जुध्ने तयारी गर्न स्थानीय सरकारले भ्याएको देखिँदैन । जाजरकोट, रुकुमपश्चिम र डोल्पामा प्राकृतिक विपतीबाट जोगिने आवश्यक तयारी नहुँदा विगत वर्षका समस्या बल्झिने देखिएको छ । विपत् व्यवस्थापनको मुख्य भूमिकामा […]

सुदूरपश्चिममा कोभिड–१९ ले मात्रै ६ जनाको मृत्यु

असार १४, २०७७ धनगढी : कोरोना भाइरसका कारण कैलालीको गोदावरी नगरपालिकाका एक व्यक्तिको शनिबार मृत्यु भएपछि सुदूरपश्चिम प्रदेशमा यो रोगका कारण मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ। चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारमा रहेका गोदावरी नगरपालिका–७ का ५० वर्षीय पुरुषको उपचारका क्रममा शनिबार मृत्यु भएको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए। कोभिड—१९ को […]

विश्वमा कोरोना संक्रमितको संख्या एक करोड पुग्यो, पाँच लाखको मृत्यु

असार १४, २०७७ विश्वभर कोरोना संक्रमतिको संख्या एक करोड पुगेको छ।​ वोर्ल्डोमिटरको पछिल्लो तथ्यांकअनुसार विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ७३ हजार ८१४ पुगेको हो । त्यस्तै विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या भने ५ लाख नाघेको छ। अहिलेसम्म मृत्यु हुने ५ लाख ६०८ पुगेका छन्। कोरोनाबाट सबै भन्दा बढी अमेरिकामा २५ लाख ९६ हजार ३६४ जना […]