ताजा समाचार:
Search

Breaking News

अन्नपूर्ण क्षेत्रका होटलको क्षमता विस्तार गरिँदै

पोखरा, असोज २ गते । अन्नपूर्ण आधार शिविर घुम्न जाने पर्यटकलाई पर्याप्त सेवासुविधा उपलब्ध गराउन यहाँका होटल सञ्चालकले होटलको क्षमता तथा सङ्ख्या विस्तार गर्न थालेका छन् । शिविर जाने पर्यटकलाई सेवा दिइरहेका यहाँका २६ होटलले पर्यटकको चाप थेग्न नसकेपछि क्षमता तथा सङ्ख्या विस्तार गर्न लागिएको हो । अन्नपूर्ण क्षेत्रमा वर्षेनी बढीरहेको पर्यटकको सङ्ख्यालाई दृष्टिगत गरी […]

कंक्रिट पर्खाल भत्कीएको विषयमा छानविन माग

विकल्प न्यूज/बेनी असोज १ गते ।गण्डकी प्रदेशको आईतबार बसेको संसद बैठकमा बेनी बजार संरक्षणका लागि निर्माणाधिन कंक्रिट पर्खाल भत्कीएको विषयमा छानविन गर्नुपर्ने आवाज उठेको छ । म्याग्दी प्रदेशसभा क्षेत्र (क)बाट निर्वाचित सांसद बिनोद केसीले शून्य समयमा बोल्दै निर्माणाधिन पर्खाल भत्कीएको विषयमा छानविन गर्नुपर्ने माग गर्नुभएको हो । “नदी कटान नियन्त्रणका लागि निर्माणाधिन पर्खाल भत्कीनुमा कालीगण्डकीमा […]

ऊर्जा नदीमा रुपान्तरण हुँदै कालीगण्डकी

३१ भदौ, म्याग्दी ।  म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी ‘उर्जा नदी’ मा रुपान्तरण हुँदैछ । प्रस्तावित जलविद्युत् आयोजनाहरु निर्माण भएमा म्याग्दीको अधिकाँश भूगोलमा कालीगण्डकी नदी सुरुङबाट बग्नेछ । मुस्ताङदेखि पर्वतको सिमानासम्मको म्याग्दी खण्डमा कालीगण्डकी नदीबाट पाँच वटा जलविद्युत् आयोजना निर्माणको तयारी भएको छ । यी आयोजना निर्माणको तयारीसँगै कालीगण्डकी ऊर्जा नदीमा रुपान्तरण हुन लागेको जिल्ला […]

न्याय माग्दै बेनीमा प्रदर्शन

विकल्प न्यूज/बेनी भदौ ३० गते ।  बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय दिन माग गर्दै म्याग्दीको सदरमुकाम बेनीमा शनिबार प्रदर्शन भएको छ । प्रदर्शनमा बेनी नगरपालिकाकी उपप्रमुख सहित महिला अधिकारकर्मीहरुको सहभागिता रहेको थियो । निधारमा कालो पट्टी सहित विभिन्न प्लेकार्ड बोकेर महिलाहरु प्रदर्शनमा उत्रिएका हुन । उनीहरुले बालिका पन्तको अत्यारालाई कानुनी कठघरामा […]

बेनी जोगाउन श्रमदान (फोटोफिचर)

विकल्प न्यूज/बेनी भदौ ३० गते । कालीगण्डकी नदीमा आएको बाढीले पक्की पर्खाल भत्काएपछि जोखिममा परेको बेनी बजार जोगाउन स्थानीयवासीहरु श्रमदानमा जुटेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको वैठकले गरेको निर्णय अनुसार बेनी नगरपालिकाको अगुवाईमा नेपाल प्रहरी,शसस्त्र,नेपालीसेना,उद्योगी व्यवसायी र सर्वधारणहरुको सहभागितामा नदी किनारमा ग्याविन झाली निर्माण सुरु गरिएको छ । बेनपाका ७ र ८ नम्बर वडाका […]

बेनीलाई कसरी जोगाउने ?

नवविकल्प राउन्ड टेबलप्रि–मनसुन सुरु भएको छ । लगातारको भूकम्प पराकम्पनले पहाड चर्कने र पहिरो खस्ने क्रम म्याग्दीमा जारी छ । काफलडाँडा पहिरो भूकम्पले खसेको हो । १६ घन्टा कालिगण्डकी थुनियो र विश्वले म्याग्दीमा आँखा केन्द्रित ग¥यो । तर, के सम्भावित मनसुन विपत्तिलाई लिएर हामी सतर्क छौं ? उद्धार, राहत र पुननिर्माणमा सजग छौं ? मुस्ताङको […]

‘बेनी–जोमसोम सडक कालिगण्डकीलाई ठूलो खतरा’

डा. वसन्तराज अधिकारी उप–प्राध्यापक, पुल्चोक क्याम्पस इन्जिनियरिङ अध्ययन संस्थान डा. अधिकारी कालिगण्डकीमाथि पीएचडी गरेका प्राध्यापक हुन् । पुल्चोक क्याम्पस, इन्जिनियरिङ अध्ययन संस्थानका उप–प्राध्यापक समेत रहेका अधिकारी बैसरी पहिरो खस्ने बेला घटनास्थलमै थिए । उनीसहितको एक अमेरिकी टोलीले बैसरी पहिरोको अध्ययन गरेको छ । उक्त अध्ययन प्रतिबेदन एक महिनाभित्र सार्वजनिक हुने भएको छ । हामीसँग कुरा […]

बेनी बजार संरक्षणका लागि बनाइएको पर्खाल भत्कीयो (फोटो)

विकल्प न्यूज/बेनी भदौ २८ गते ।    बुधवार कालीगण्डकीमा आएको वाढीका कारण म्याग्दीको सदरमुकाम बेनी बजार संरक्षणका लागि निर्माण गरिएको सिमेन्टेट पर्खाल भत्कीएको छ । रघुगंगा र कालीगण्डकीमा आएको वाढीका कारण उद्योग बाणिज्य संघको भवन तलबाट म्याग्दी जेसिज भवन सम्मको करिव डेढसय मिटर पक्की सिमेन्टेट पर्खाल पूर्णरुपमा कालिगण्डकी नदीले बगाएको छ । गत आर्थिक वर्षमा […]

छात्रा फुटबल प्रतियोगिताको उपाधी माउण्टलाई

विकल्प न्यूज/बेनी भदौ २७ गते । बेनीमा मंगबार सम्पन्न अन्तर माध्यमिक विद्यालय छात्रा फुटबल प्रतियोगिताको उपाधी माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयले जितेको छ । गलेश्वर आदर्श माविलाई शून्य का विरुद्ध दुई गोलले हराउँदै माउण्टले जिल्ला खेलकुद कप २०७५ को उपाधि जितेको हो । प्रतियोगिताको बिजेता र उपबिजेता विद्यालयलाई ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद २० […]

‘मरेका छन् महिलाहरु बलात्कारी पापीले, अन्धकारलाई त्याग्नुपर्छ अब हामीले’

प्रताप बानियाँ /बेनी भदौ २७ गते । म्याग्दीका महिलाहरुले तीज गीतबाटै महिला हिंसा विरुद्धको आवाज उठाएका छन् । उनीहरुले तीजको गीतमार्फत देशमा बढ्दै गैरहेको महिला हिंसा, बलात्कार, अन्याय, अत्याचार, थिचोमिचो, दाइजो, घरेलु तथा लैङ्गिक हिंसाको विरुद्ध बोलेका हुन् । (तीजको दरखाने दिन) मङ्गलबार म्याग्दी सदरमुकाम बेनीमा आयोजित खुल्ला तीजगीत प्रतियोगिता एवं विविध सांस्कृतिक कार्यक्रममा सहभागिता […]

आज हरितालिका तीज, पुरुषले पनि व्रत बस्न सक्ने

२७ भदौ, काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज उमा महेश्वरको पूजाराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । यो व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने तथा नारीले अटल सौभाग्य र अविवाहित केटाकेटीले गुण सम्पन्न […]

बेनीमा छात्रा फुटबल प्रतियोगिता सुरु(फोटोसहित)

विकल्प न्यूज/बेनी भदौ २५ गते । महिलाहरुको महान पर्व हरितालिका तीज अवसरमा म्याग्दीको सदरमुकाम बेनीबजारमा छात्रा फुटबल प्रतियोगिताको आयोजना गरिएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा सोमबार देखि छात्रा फुटबल प्रतियोगिता सुरु भएको हो । माध्यमिक स्तरीय छात्रा फुटबल प्रतियोगितामा १२ विद्यालयले भाग लिएका छन् । यो दोस्रो संस्करण हो । फुटबल प्रतियोगिताको उदघाटन […]

मालिकाको प्रचुर पर्यटकीय संभावना

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज भदौ २५ गते । म्याग्दी जिल्लाको पश्चिम क्षेत्रमा अवस्थित मालिका पर्यटकीय संभावनायुक्त गाउँपालिका हो । मालिकाको केन्द्र दरवाङ बजार हो । दरवाङलाई जिल्लाको दोस्रो सदरमुकाम भन्ने गरिन्थ्यो । पश्चिम क्षेत्रका अधिकांश गाउँहरुको व्यापरिक केन्द्र दरवाङ बजार हो । पछिल्लो समय चर्चामा आएको गुरिल्ला पदमार्ग र सन्सारकै सातौं अग्लो धौलागिरि हिमालको प्रवेशद्धार […]

विलबाङवासीको पीडा ः खस्यो पहिरो खोसियो बास

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज भदौ २२ गते । रुम,बिलबाङ ।बिलबाङकी ७५ बर्षिय बृद्ध मधुसरा पुनको दुइ हप्ता देखि गोठमा बास छ । उहाँको न वस्ने वास छ न त खाने गास । बैशाखमा पति गुमाएकी मधुसरालाई फेरी अर्को विपत आइलाग्यौ । घरमा एक्लै वस्दै आउनुभएकी मधुसरालाई साहारा दिने कोही छैनन् । पहिरोले खाने गास र वस्ने […]

बहिनीको स्मृतिमा जामुनाखर्क माविमा अक्षय कोष

विकल्प न्यूज/बेनी भदौ २२ गते । यहाँको एक विद्यालयमा उपचारको अभावमा तीनबर्षको उमेरमै ज्यान गुमाएकी बहिनीको स्मृतिमा अक्षय कोष स्थापना गरिएको छ । बेनी नगरपालिका–६ छापका नारायण र किसान जिसीले स्वर्गीय बहिनी गंगा जिसी क्षेत्रीको स्मृतिमा बिहिबार जामुनाखर्क माविमा आर्थिक अभावका पठनपाठनमा समस्या भएका बालबालिकालाई लक्षित गरी १ लाखको छात्रबृत्ति कोषको स्थापना गर्नुभएको हो । […]