Breaking News
नवविकल्प साप्ताहिक १२ औं बर्षमा प्रवेश

विकल्प न्युज म्याग्दी , भदौ ७ गते । म्याग्दीको लोकप्रिय खबर पत्रिका नवविकल्प साप्ताहिक पत्रिका १२ औं बर्षमा प्रवेश गरेको छ । २०६५ साल भदौ ७ गते देखि प्रकाशन आरम्भ गरेको खबर पत्रिका शनिबार देखी १२ औं बर्षमा प्रवेश गरेको हो । जिल्लाको आर्थिक विकास र समृद्धि ,सुशासन ,परोपकारी क्षेत्र लगायतका विषयमा केन्द्रित भएर प्रकाशित […]
देविस्थानका गरिब विपन्न विद्यार्थीलाई आर्थिक सहयोग

यामनाथ पौडेल /विकल्प न्युज देविस्थान ,भदौ ७ गते । जिल्लाको मालिका गाउँपालिका ५ देविस्थान स्थित भिम माविमा अध्ययनरत अभिभावक विहिन र विपन्न परिवारका विद्यार्थीलाई आर्थिक सहयोग प्राप्त भएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग र मालिका गाउँपालिकाको व्यवस्थापनमा विद्यालयमा अध्ययनरत अभिभावक विहिन तथा विपन्न परिवारका ७ जना विद्यार्थीलाई ६ हजार रुपैयाँका दरले […]
अख्तियारको छानविनमा खेलकुद विकास समिति म्याग्दी

साधन राम्जाली /विकल्प न्यूज म्याग्दी,शुक्रबार भदौ ६ गते । अख्तियार दुरुपयोग अनुशन्धान आयोगको छानविनमा खेलकुद विकास समिति परको छ । खेलकुद विकास समितिमा आर्थिक अनियमितता भएका भन्दै अख्तियारमा बेनामी उजुरी परेपछि आयोगले छानविन थालेको हो । खेलकुद विकास समितिले सामान खरिदमा आर्थिक हिनामिना गरेको र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयव्यय सार्वजनिक नगरेको भन्दै बेनामी उजुरी परेकाले […]
आउँ पखलाको संक्रमण,सतर्कता अपनाउन अनुरोध(भिडियो सहित )

विकल्प न्युज म्याग्दी ,भदौ ६ गते । म्याग्दीको बेनी बजारमा केहि दिन यता देखी आउँ पखलाको संक्रमण फैलिएको छ । मौसम बदलिए संगै पानीको मुहानमा फोहोर मिसिए पछि बजारमा आउँ पखलाको संक्रमण फैलिएको बेनी अस्पतालले जनाएको छ । गर्मिको समयमा बढी बर्षातका कारण पानीमा फोहोर मिसिएकाले आउँ पखलाको संक्रमण फैलिएको बेनी अस्पतालका मेडिकल जनरलिष्ट डाक्टर […]
स्वास्थ्यका भरत पनि पुगे अख्तियारको हिरासतमा

साधन राम्जाली \विकल्प न्यूज भदौं ५ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाण्डौंले स्वास्थ्य कार्यालय म्याग्दीका हेअ अधिकृत भरत आचार्यलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । गत वर्ष स्वास्थ्य कार्यालयबाट भएका कार्यक्रमहरुका वारेमा फर्जी विल भरपाई बनाई आर्थिक अनियमितता गरेको आरोपमा आचार्यलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो । स्वास्थ्यका कार्यक्रमका वारेमा अनुशन्धान गर्न म्याग्दी […]
बेनीको न्यूरोडमा ढकमक्क फूल (भिडियो सहित)

विकल्प न्यूज/बेनी भदौं ५ गते । बेनीको न्यूरोड स्थित विजुलीका पोलमा राखिएका गमलाहरुमा यतिखेर विभिन्न प्रजातीका फुलका विरुवाहरु हुर्किदै छन् । केहीमा भर्खर कोपिला फक्रिन थालेका छन् । कुनै ढकमक्क फुलिसकेका छन् । फुलले बजारलाई हराभरा बनाई सुन्दरता बढाउन विजुलीका पोलहरुमा गमला राखेर फुलका विरुवाहरु रोप्न थालिएको हो । बेनी नगरपालिका ८ को सहयोगमा युवाहरुले […]
सहरको बसाई छाडेर गाउँमा कृषिकर्म (भिडियो सहित)

साधन राम्जाली/ विकल्प न्युज म्याग्दी,भदौ ४ गते । छिल्लो समय उच्च शिक्षा हासिल गरेपछि मुलुकभित्र रोजगारी अवसर नभएको भन्दै विकल्पको खोजीमा प्रमाणपत्र बाकसमा थन्काएर पैसा कमाउन विदेशीने युवाहरुको ठुलो जमात छ । तर यहाँका एक युवाको भने न विदेश जाने रहर छ नत सरकारी जागिर कै ! विदेश जाने र धेरै पैसा कमाउने अवसरलाई त्याग्दै […]
मोना बेल्जियमद्धारा शान्ति कोषलाई १३ लाख बढी सहयोग (भिडियो सहित )

विकल्प न्युज बेनी , भदौ ३ गते । म्याग्दी प्रवासी नेपाली संघ बेल्जियमले म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले स्थापना गर्न लागेको गरिव विपन्न विरामी उपचार अक्षय कोषलाई आर्थि सहयोग गरेको छ । मोना बेल्जियमको नेतृत्वमा संकलित १३ लाख २२ हजार २०९ रुपैया सहयोग मंगलबार सदरमुकाम बेनीमा शान्ति कोषलाई एक कार्यक्रमका विच हस्तान्तरण गरिएको छ […]
मंगलाका चार युवाले सुरु गरे सामूहिक तरकारी खेती (भिडियोसहित)

ठाकुरप्रसाद आचार्य/बेनी साउन ३२ गते । मंगला गाउँपालिका २ कोत्रबाङका चार युवाहरु मिलेर सामूहिक तरकारी खेती सुरु गरेका छन् । वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुले गाउँमा जग्गा भाडामा लिएर व्यवसायिक आर्गानिक तरकारी उत्पादन गर्न थालेका हुन । गाउँमा संभावना नदेखेर वैदेशिक रोजगारीमा जाने युवाहरुको लहर नै चलेका समयमा कोत्रवाङका युवाहरु वैदेशिक रोजगारीबाट फर्किएर सुरु गरेको व्यवसायले […]
शिक्षक महासंघ म्याग्दीको अध्यक्षमा सुवेदी

विकल्प न्युज बेनी , साउन ३२ गते । नेपाल शिक्षक महासंघ म्याग्दीको शुक्रबार बेनीमा सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट जयराम सुवेदीको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । शिक्षकको साझा संगठनको रुपमा गठन गरिएको महासंघको सर्वसम्मत चयन भएको कार्यसमितिको सहअध्यक्षमा कृष्णलाल सापकोटा, खुल्ला उपाध्यक्षमा शोभाकुमारी हमाल र सचिवमा जगतकुमार सापकोटा चयन हुनुभएको छ । महिला सहसचिवमा देवी […]
दिवङ्गत आफन्तको संझनामा बेनीमा गाईजात्रा (भिडियो सहित)

विकल्प न्यूज/बेनी साउन ३१ गते । सदरमुकाम बेनीका नेवार समुदायले दिवङ्गत आफन्तको सम्झनामा बेनीबजारमा गाइजात्रा मनाएका छन् । नेपाल भाषा मंका खलको आयोजनामा सामूहिक रुपमा गाइजा मनाइएको हो । दिवङ्गत आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि हरेक वर्षको जैनै पूर्णिमाको भोलीपल्ट गाईजात्रा निकाल्ने गरिन्छ । नागानागीनी गीत सहित गाई, कुमारी कन्या र प्रतिकात्मक रुपमा […]
दरबाङ – म्याग्दीखोला जलविद्युत आयोजनाको पूर्वाधार निर्माण तिव्र

विकल्प न्यूज/बेनी साउन ३१ गते । पश्चिम म्याग्दीमा निर्माणधिन २५ मेगावाट क्षमताको दरवाङ–म्याग्दीखोला जलविद्युत आयोजनाको पूर्वाधार निर्माण तिव्र पारिएको छ । धौलागिरि कालिका हाइड्रो कम्पनी लिमिटेडले निर्माण गर्न लागेको आयोजनाको मालिका गाउँपालिकाको दुखुबेसीमा रहने आउटलेट र बाधस्थलमा अडिट टनेल बनाउनका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण तिव्र पारेको हो । आयोजनाले दुवैतर्फ उपकरण र मजदुरहरु प्रयोग गरेर […]
रवि लामिछाने पक्राउ

३० साउन, काठमाडौं । प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको छ । उनीहरुलाई न्युज २४ को कार्यालयबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ पक्राउ गरेको प्रहरी उच्च स्रोतले बतायो । उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले […]
वडाअध्यक्ष थापाप्रति गरिएको अमानविय व्यवहारको घोर भ्रत्र्सना

विकल्प न्यूज/बेनी साउन ३० गते । सरकारद्धारा प्रतिबन्धित नेकपा (विप्लव) को अराजनीतिक गतिविधिको घोर निन्दा एवम् भ्रत्र्सना गरिएको छ । विहिवार बेनी नगरपालिका २ का वडा अध्यक्ष हिराबहादुर थापालाई अराजनीतिक व्यक्तिहरुले नियन्त्रणलाई लिई दुव्र्यवहार गरेको प्रति नेपाल कम्युनिष्ट(नेकपा) पार्टीले घोर निन्दा एवम् भ्रत्र्सना गरेको हो । जनताको मतद्धारा निर्वाचित भएर जनताको सेवामा खटिएका जनप्रतिनिधिप्रति गरिएको अमानविय […]
बेनपा २ का वडा अध्यक्ष थापालाई कालोमोसो

म्याग्दी, साउन ३० गते । म्याग्दीको बेनी नगरपालिका २ का वडा अध्यक्ष हिराबहादुर थापालाई कालोमोसो लगाइएको छ । विप्लब नेतृत्व नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले भ्रष्टाचार गरेको भन्दै विहिबार वडा कार्यालयमा थापालाई कालोमोसो लगाएको हो । भ्रष्टाचार गरेको,राजश्व संकलनमा नाताबातकृपाबात गरेको,बजेट वितरणमा मानोमानि गरेको लगायत आरोप लगाउँदै कालोमोसो दलिएको नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले जनकारबाही गरेको जनाएको […]