बेनी नगरपालिका
१०६ जनाको रिपोर्ट नेगेटिभ ः म्याग्दीको समुदायमा कोराना छैन

विकल्प न्यूज/बेनी साउन २६ गते । म्याग्दीको समुदायमा कोरोना संक्रमण नभएको पाइएको छ । समुदायमा कोरोनाको पहिचान गर्न विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरुबाट लिइएको नमुना स्वाव परिक्षण गर्दा सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो । विभिन्न पेशा व्यवसायमा आवद्ध र सरकारी कार्यालयमा कार्यरतहरुको साउन २३ गते नमुना परिक्षणका लागि एकसय ३ जना र क्वारेन्टाइनमा वसेका ३ […]
मुख्यमन्त्री गुरुङद्धारा बेनी अस्पतालको हेमो डायलाइसिस सेवाको उद्घाटन (भिडियो सहित)

विकल्प न्यूज/बेनी साउन २५ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बेनी अस्पतालको हेमो डायलाइसिस सेवाको उद्घाटन गर्नुभएको छ । प्रदेश सरकारले स्थापना गरेको डायलाइसिस सेवाको आइतबार मुख्यमन्त्री गुरुङले एक कार्यक्रमका विच उद्घाटन गर्नुभएको हो । सेवाको उद्घाटन गर्नुहुँदै मूख्यमन्त्री गुरुङले प्रदेशका सवै जिल्ला अस्पतालहरुको क्षमता विस्तार गरी स्मार्ट अस्पतालका रुपमा विकास गर्ने प्रदेश सरकारको […]
बेनीमा सवारी पार्कीङलाई व्यवस्थित बनाउन थालियो (भिडियो सहित)

विकल्प न्यूज/बेनी साउन २५ गते । म्याग्दीको सदरमुकाम बेनीबजारमा सवारी पार्कीङलाई व्यवस्थित बनाउन थालिएको छ । अव्यवस्थित सवारीपार्कीङका कारण दुर्घटनाको जोखिम बढ्नुका साथै बजारको सुन्दरतामा पनि हस आएको थियो । आइतबार नगरप्रमुख हरिकुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी ,प्रहरी नायब उपरिक्षक किरण जंग कुँबर, लगायतका सरोकारवालाले व्यवस्थित पार्कीङ प्रणालीको सुरुवात गरेका हुन । […]
म्याग्दी फेरी कोरोनायुक्त जिल्ला ः थपीए एकजना कोरोना संक्रमित

विकल्प न्यूज/बेनी साउन २४ गते । शुक्रबार साँझ देखि शनिबार विहान सम्म कोरोनामुक्त जिल्ला भनेर भनिएको म्याग्दीमा फेरी शनिबार १० बजे देखि कोरोनायुक्त जिल्ला भएको छ । गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा थप एकजनामा कोरोना पुष्टी भएको हो । प्रयोगशालाकी निमित्त निर्देशक सपना सुवेदीले शनिबार विहान १० बजे निकालेको विज्ञप्ती मा एकजनामा कोरोना […]
प्रहरी विश्लेषण ः अव्यवस्थित सडक विपद्को कारण

विकल्प न्यूज/बेनी साउन २३ गते । बेनी दरवाङ सडकका कारण खसेको पहिरोले जोखिममा परेको डम्बरा स्थित एक घर । जिल्ला भित्र निर्माण गरिएका ग्रामिण सडकहरु विपद् निम्त्याउने कारण बनेका छन् । सडक निर्माण गर्दा न्यूनतम मापदण्ड पनि पालना नगरिएका कारण विपद्को जोखिम बढेको हो । स्थानीय तह देखि सडक निर्माण गर्ने सरकारी कार्यालयहरुले जथाभावी रुपमा […]
बेनी प्रवेश गर्ने नाकामा विद्युुतीय व्यारियर (भिडियो सहित )

विकल्प न्युज/ बेनी साउन १८ गते । म्याग्दी प्रवेश गर्ने कालिपुल स्थित नाकालाई व्यवस्थित र प्रविधियुक्त बनाउन विद्दुतिय वुम व्यारियर राखिएको छ । विद्दुतिय व्यारियर गण्डकी प्रदेशमै याे पहलाे हाे । नाकालाई व्यवस्थित र प्रविधियुक्त बनाउन म्याग्दि घर भई हाल अमेरिका बसाेवास गर्नुहुने सञ्जिव बानियाले सघाउनु भएकाे हाे । बेनि नगरपालिका ९ घतान नेप्टेचौर निवासि हाल अमेरिकामा […]
बेनी अस्पतालले सुरु ग¥यो पहिलोपटक डायलासिस सेवा (भिडियो सहित)

विकल्प न्यूज/बेनी साउन १८ गते । म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पतालले पहिलोपटक मृगौलाको डायलासिस सेवा सुरु गरेको छ । ४ वटा मेशिनबाट आइतवार देखि डायलासिस सेवा सुरु गरेको हो । गण्डकी प्रदेशको सामाजिक विकास मान्त्रालय र बेनी अस्पतालको सहकार्यमा डायलासिस सेवा सञ्चालनमा ल्याइएको हो । आइतबार दुइजना विरामीको डायलासिस गरेर सेवा सुरु गरिएको अस्पतालले जनाएको छ […]
म्याग्दी उद्योग वाणिज्य संघ ५० औं वर्षमा प्रवेश (फोटो/भिडियो)

विकल्प न्यूज/बेनी साउन १७ गते । निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघ ५० औं वर्षमा प्रवेश गरेको छ । २०२७ साल साउन १७ गते बेनीका ४ जनाले व्यवसायीले स्थापना गरेको संघ यहाँ सम्म आइपुग्दा निजी क्षेत्रको बलियो संस्थाका रुपमा स्थापित छ । तत्कालिन समयमा बेनीका व्यवसायी स्वः चन्द्रशेखर श्रेष्ठ,स्वः नन्द सेवक पुन,स्वः गोविन्द […]
पहिराेले अवरुद्ध बेनी – अर्थुङ्गे सडक खुल्याे

विकल्प न्युज/ बेनी साउन १६ गते । गत साेमबार परेकाे अविरल वर्षा पछि खसेकाे पहिराेले अबरुद्ध बनाएकाे बेनी अर्थुङ्गे सडक शुक्रबार देखि खुलेकाे छ । अवरूद्द बनेकाे कुरिलाखर्क देखि माथि सडक माथिबाट अाएकाे पहिराेलाई पन्छाएर सडक खुलाईएकाे हाे । बेनी नगरपालिकाले विहिवार र शुक्रबार स्काभेटर प्रयाेग गरेर सडक खुलाएकाे हाे ।पहिराेकाे माटाेलाई व्यवस्थित गर्ने विषयमा विहिवार […]
बेनीमा मास्क नलगाई हिड्नेलाई च्याप्प समाउँदै गाडीमा हाल्दै (फोटो/भिडियो)

विकल्प न्यूज/बेनी साउन १५ गते । म्याग्दीको सदरमुकाम बेनीमा मास्क नलगाई हिडडुल गर्ने सर्वसाधरणहरुलाई प्रहरीले पक्राउ गर्ने गरेको छ । कोरोना भाइरसको संक्रमणको जोखिम बढेको भन्दै प्रहरी प्रशासनले न्यूनतम स्वास्थ्य सुरक्षाका नियमहरु पालना नगर्नेहरुलाई कडाई गर्न थालेको हो । मास्क नलगाई हिडेका पचासजनालाई विहिवार बेनीबजारका विभिन्न स्थानहरुबाट प्रहरीले पक्राउ गरी सेचत बनाएर छाडेको प्रहरी निरिक्षक डाक्टरप्रसाद […]
बेनी–अर्थुङ्गे सडकमा ठूलो पहिरो ( भिडियो/फोटो)

विकल्प न्यूज/बेनी साउन १५ गते । गत सोमबार राती परेको अविरल वर्षाका कारण किष्णेको पाखोबाट आएको ठूलो पहिरोका कारण बेनी – अर्थुङ्गे सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा बेनीबजारमा नियमित रुपमा दुध सप्लाई गर्ने किसानलाई ठूलो समस्या भएको छ । बेनी नगरपालिकाले सडक खुलाउने प्रयास गरे पनि सडक माथिबाट ठूलो पहिरो […]
बेनी नगरपालिकाका बाढीपहिरो प्रभावितलाई १० लाख राहत वितरण

विकल्प न्यूज/बेनी साउन १४ गते । केही दिन यता परेको अविरल वर्षा पछिको बाढी र पहिरोबाट प्रभावित भएकाहरुलाई बेनी नगरपालिकाले १० लाख रुपैयाँ राहत वितरण गरेको छ । पूर्ण क्षति,विस्थापित र उच्च जोखिममा परेकाहरुलाई नगरपालिकाले १० लाख ७ हजार रुपैयाँ र ३६ थान पाल वितरण गरेको हो । बाढी र पहिरोका कारण घर पूर्णरुपमा क्षति […]
बेनी नगरका स्वयमसेविकाहरुलाई झोला र छाता

विकल्प न्यूज/बेनी साउन १४ गते । बेनी नगरपालिकाले महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई झोला र छाता वितरण गरेको छ । नगरको १० वटै वडामा कार्यरत ७२ जना स्वयसेविकाहरुलाई एक ÷ एक थान झोला र छाता वितरण गरिएको हो । बुधवार नगरप्रमुख हरिकुमार श्रेष्ठ,उपप्रमुख सञ्जुबरुवाल,प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी,कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा र स्वास्थ्य संयोजक लिला गौतमले स्वयमसेविकाहरुलाई झोला […]
नदी कटान र पहिरोका कारण बेनी – गलेश्वर सडकमा जोखिम बढ्यो (भिडियो सहित)

विकल्प न्यूज/बेनी साउन ७ गते । बेनी–गलेश्वर सडकको जलेश्वर खण्डमा पहिरो गएका कारण जोखिम बढेको छ । सडक माथिबाट आउने पहिरो र कालिगण्डकी नदीले कटान गर्दा सडक भासिएका कारण सवारी साधन आवतजावत र सर्वसाधरणहरुलाई समेत पैदल हिड्न सकस परेको छ । जलेश्वर नजिक सडक माथिबाट आएको पहिरोका विहिवार विहान सडक अवरुद्ध भएको हो । एक्साभेटरले पहिरो पन्छाउने […]
मालढुङ्गा–बेनी सडकको ठाउँठाउँमा पहिरो,सडक अवरुद्ध ( फोटो/भिडियो सहित)

विकल्प न्यूज/जलजला साउन ७ गते । बुधबार साँझ परेको अविरल वर्षाका कारण मालढुङ्गा – बेनी सडकको मिलनचोक देखि लस्ती सम्मको विभिन्न भागहरुमा पहिराले सडक अवरुद्ध पारेको छ । जलजला गाउँपालिकाको मिलनचोक देखि केराबारी सम्म चार स्थानमा माथिबाट आएको पहिरोका कारण सडक अवरुद्ध बनेको मिलनचोकका स्थानीयवासी बावुराम काकीले बताउनुभयो । बुधवार साँझ धाइरिङमा ठूलो वर्षा भएको थियो […]