बेनी नगरपालिका

लालिगुराँस महिला विकास सहकारीको १३ औं साधारणसभा सम्पन्न

विकल्प न्यूज/बेनी पुस २६ गते ।   बेनी नगरपालिका ३ भकिम्लीमा रहेको लालीगुराँस महिला विकास वहुउद्देयीय सहकारी संस्था लिमिटेढको १३ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाले देउकली पुनको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको छ । समितिको उपाध्यक्ष चन्द्रकली पुन,सचिव गीता सुवेदी,कोषाध्यक्ष जमुना रोका,सहसचिव खिमा पुन चयन भएका छन् । यसै गरी […]

भ्रमण वर्ष २०२० का पर्यटकलाई स्वागत गर्न बेनीमा माघेसंक्रान्ति मेला

विकल्प न्यूज/बेनी पुस २३ गते । एकहप्ता अघि सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० का पाहुनालाई स्वागत गर्न बेनीमा माघेसक्रान्ति मेलाको आयोजना गरिने भएको छ । महिला उद्यमीहरुले भ्रमण वर्षको अवसर पारेर परम्परागत रुपमा बेनीमा लाग्ने माघेसंक्रान्ती मेलाको जर्गेना गर्नका लागि सदरमुकाम बेनीमा मेलाको आयोजना गर्ने भएका हुन । म्याग्दी उद्योग बाणिज्य संघ अन्र्तगत रहेको […]

प्रदेश अन्तर्गतका कार्यालयको सेवाप्रवाह फितलो ः कार्यालयमा भेटिदैनन् प्रमुख

विकल्प न्यूज/बेनी पुस २३ गते । संघियता कार्यान्वयन सँगै जिल्लामा स्थापना भएका  गण्डकी  प्रदेश सरकार अन्तर्गतका कार्यालयहरुको सेवाप्रवाह फितलो देखिएको छ । संघियताको भावना र मर्म विपरित प्रदेश सरकारले जिल्ला सदरमुकाममा स्थापना गरेका कार्यालयहरुको दैनिक कामकाज र सेवाप्रवाह फितलो देखिएको हो । स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुका सट्टा आफ्नो मातहत रहने गरी प्रदेश सरकारले सदरमुकाममा […]

सल्लेनधारा बन उपभोक्ता समितिको सभा तथा तेस्रो अधिवेशन सम्पन्न

ममता बराइली/विकल्प न्यूज पुस २० गते । म्याग्दिको बेनी नगरपालिका २ ज्यामरुक्कोट भकुण्डेमा रहेको सल्लेनधारा बन उपभोक्ता समितिको २० औ बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । सभाको अवसरमा सल्लेनधारा बन उपभोक्ता समितिका अध्यक्ष भिमबहादुर पौड्यालले े आर्थिक प्रतिवेदन प्रस्तुत गदेै हरियो बन नेपालको मात्र धन नभई हामि सबैको सम्पङ्खिा भएको […]

सुन्तला बिक्रीबाट वास्कुनामा ३० लाख भित्रियो

विकल्प न्यूज/बेनी पुस २० गते । बेनी नगरपालिका ४ बास्कुनामा यसबर्ष सुन्तला बिक्रीबाट ३० लाख रुपैयाँ भित्रिएको छ । वास्कुनाका २४ घर परिवारले फलाएको सुन्तला बिक्रीबाट उक्त आम्दानी गरेका हुन । गाउँमै पुगेर व्यवसायीहरुले बोटबाटै सुन्तला खरिद गरेर पोखरा,काठमाण्डौ र इन्डिया समेत पु¥याएको कृषक तिलक गुरुङले बताउनुभयो । वास्कुनाका कृषकहरुले एकसय देखि १५ सय सम्म […]

कर तिर्ने संस्कारको विकास गरौं ः मन्त्री पुन (भिडियो सहित)

विकल्प न्यूज/बेनी पुस १९ गते । गण्डकी प्रदेश सरकारकी सामाजिक विकास मन्त्री नरदेवी पुनले उद्योगी व्यापारीहरुलाई कर तिर्ने संस्कारको विकास गर्न अनुरोध गर्नुभएको छ । निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघको २६ औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री पुनले व्यवसायीहरुमा कर तिर्ने संस्कार बसाल्न अनुरोध गर्नुभएको हो । नागरिकहरुमा कर तिर्ने संस्कारको विकास गरी […]

तरुण दल म्याग्दीको उपाध्यक्षमा विश्वास

विकल्प न्यूज/बेनी पुस १८ गते । लामो समय देखी खाली रहेको नेपाल तरुण दल म्याग्दीको उपाध्यक्षमा बेनीका सोहनश्रेष्ठ ‘विश्वास’मनोनयन भएका छन् । तरुण दल जिल्ला कार्यसमिति म्याग्दीको सातौँ बैठकबाट श्रेष्ठलाई तरुण दलका अध्यक्ष मुकुन्द छन्त्यालले उपाध्यक्षमा नियुक्त गरेकाहुन् । बैठकबाट श्रेष्ठ सहित बेनपा ९ का तरुण दलअध्यक्ष रामचन्द्र कार्की, दिपेश बानियाँ र देवि बुढाथोकीलाई सदस्यमा […]

राष्ट्रिय जनगणना २०७८ लाई प्रभावकारी बनाउन जोड

विकल्प न्यूज/बेनी पुस १८ गते । मेरो गणना मेरो सहभागिता भन्ने मुल नाराका साथ हुन लागेको राष्ट्रिय जनगणना २०७८ लाई प्रभावकारी बनाउन सरोकारवालाहरुले जोड दिएका छन् । तथ्याङ्क कार्यालय बागलुङले शुक्रवार बेनीमा गरेको जिल्ला स्तरीय अन्तरक्रिया गोष्ठीमा बोल्ने बक्ताहरुले जनगणनालाई प्रभावकारी रुपमा सम्पन्न सरोकारवालाहरुको सक्रिय भूमिका हुनुपर्नेमा जोड दिएका हुन । गोष्ठीमा संविधानसभाका सदस्य गोविन्द पौडेलले […]

म्याग्दी मगर समाज काठमाण्डौद्धारा सुरेशको उपचारमा १० लाख सहयोग

विकल्प न्यूज/बेनी पुस १८ गते । मंगला गाउँपालिका– ५ अर्मन नेटाका मृगौला पीडित सुरेश छन्त्यालको उपचारमा म्याग्दी अर्मन समाज काठमाण्डौ र म्याग्दी मगर समाज काठमाण्डौको सयुक्त पहलमा १० लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । सुरेश बचाउ अभियानमा मगर समाज काठमाण्डौका अध्यक्ष टंक बुढाथोकीले ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यलाई सो सहयोग हस्तान्तरण गरेका […]

गलेश्वरमा नक्कली उपभोक्ता समिति गठन गरी योजनालाई ठेक्का

ठाकुरप्रसाद आचार्य/कमल खत्री पुस १८ गते । भनिन्छ ‘धर्म सम्झेर काम गर्नुपर्छ’ कल्पना गर्नुस त धार्मिक क्षेत्रमै विधि र प्रकृया मिचेर काम हुन्छ भने के भन्ने होला ? यहाँको एक चर्चित पवित्र धार्मिक संस्था भित्र अपवित्र प्रवृतिले जरा गाडेको तथ्यहरु बाहिरीएका छन् । धार्मिक संस्थामा हुने क्रियाकलापहरु सवै पारदर्शी हुन्छन भन्ने आम विश्वास पनि छ […]

बेनी नगरका योजना कार्यान्वयनमा तिव्रता

विकल्प न्यूज/बेनी पुस १६ गते । बेनी नगरपालिकाले चालु आर्थिक वर्षमा सञ्चालित विकास योजनाहरुको कार्यान्वयनलाई तिव्र गतिमा लगेको छ । वर्खा र चाढपर्वका कारण योजना कार्यान्वयनले गति लिन नसकेको नगरपालिकामा मंसिर महिना सँगै योजना कार्यान्वनयले गतिलिन थालेको छ । नगरपालिकाद्धारा विनियोजन भएका विकास योजनाहरु कार्यान्वयनका लागि उपभोक्ता समिति गठन र सम्झौताले तिव्रता पाएको हो । […]

कारोवार सुरु गरेको छोटो अवधि मै शालीग्राम लघुवित्तको डेढकरोड भन्दा वढी लगानी

विकल्प न्यूज/बेनी पुस १५ गते । म्याग्दी सदरमुकाम बेनीमा केन्द्रिय कार्यालय रहेको शालीग्राम लघुवित्त वित्तीय संस्थाले विभिन्न ६ स्थानमा आफ्नो सेवा विस्तार गरेको छ । नेपाल राष्ट्र बैँकको बैँक तथा वित्तीय संस्था नियमन विभागबाट घ बर्गको विक्तिय कारोवारको अनुमती लिएर गत भदौदेखि गण्डकी प्रदेश स्तरको वित्तीय संस्थाको रुपमा स्थापना भएको यस संस्थाले छोटो अवधिमै आफ्नो […]

यस्ताे छ बेनीमा भेटिएकाे माेटारकाे पुरानाे शेल

विकल्प न्युज  । बेनी पुस १५ ।  २०६० सालमा तत्कालिन माअाेवादिलेे बेनि आक्रमणका वेला हानेकाे माेटारकाे शेल भएकाे अनुमान गरियकाे छ । उक्त शेललाई नेपाली सेनाले डिस्पोजल गरेकाे छ  ।  https://youtu.be/ehPW1NEXNLg

आश्रमको फितलो व्यवस्थापन गरेर विवाद मुछिएको शिवालय क्षेत्र विकास कोषको प्रेस विज्ञप्ति !

विकल्प न्यूज/बेनी पुस १३ गते । गलेश्वर स्थित ज्येष्ठ नागरिक आश्रमको फितलो व्यवस्थापन गरेर ज्येष्ठ नागरिकहरुलाई अभाव,पीडा र दुःखमा वस्न बाध्य पारेर विवादमा मुछिएको गलेश्वर शिवालय क्षेत्र विकास कोष र गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमले गल्ती ढाकछोप गर्न विज्ञप्ती निकालेका छन् । वृद्धवृद्धा र असहाय नागरिहरु आश्रित गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमको फितलो व्यवस्थापनबारे प्रकाशित समाचारले उजागर गरेका […]

गलेश्वरधाम स्थित ज्येष्ठ नागरिक आश्रम भित्रको दर्दनाक दृश्य

ठाकुर आचार्य,कमल खत्री /बेनी पुस १० गते ।  तस्विरमा देखिएको चित्र कुनै व्यक्तिको घर होइन । यो त सुविधा सम्पन्न भनी दावी गरिएको बेनी नगरपालिका ९ गलेश्वरधाम स्थित ज्येष्ठ नागरिक आश्रम भित्रको वास्तविक दर्दनाक अवस्था हो । बुधबार बेलुका जुन कल्पना गरेर आश्रममा हामी पुगेका थियौं त्यसको भिन्न चित्र हामीले देख्यौं । त्यहाँ पुग्दा हामीले आश्रम […]