बेनी नगरपालिका
म्याग्दी उद्योग वाणिज्य संघद्धारा म्याग्दीका पत्रकारद्धय गौतम सम्मानित
विकल्प न्यूज/बेनी माघ २४ गते । म्याग्दी उद्योग वाणिज्य संघको २७ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनको अवसरमा म्याग्दीका क्रियाशिल पत्रकार हरिकृष्ण गौतम र सन्तोष गौतम सम्मानित हुनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्मचार्यले नगद २५ हजार रुपैयाँ सहित सम्मानपत्रले सम्मान गर्नुभएको […]
राष्ट्रिय सभाका अध्यक्षद्धारा म्याग्दी उद्योग बाणिज्य संघको २७ औं वार्षिक साधारणसभा उद्घाटन
विकल्प /बेनी माघ २३ गते । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले म्याग्दी उद्योग बाणिज्य संघको २७ औं बार्षिक साधारणसभा तथा ११ औं अधिबेशनको बेनीमा उद्घाटन गर्नुभएको छ । अधिबेशनले निजी क्षेत्रको छाता संगठन संघको आगमी तिन वर्षे कार्याकालका लागि नयाँ नेतृत्व चयन गर्ने छ । नयाँ नेतृत्व चयन गर्ने व्यवसायीका विच सहमति जुटेको बताइएको छ […]
बेनी खानेपानीमा नयाँ संचालक समिति चयन
विकल्प न्यूज/बेनी माघ २३ गते । बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाकाे शुक्रबार सम्पन्न २१ अौ वार्षिक साधारणसभा तथा १० अौ अधिबेशनले माधव प्रसाद रेग्मी अध्यक्षमा सर्वसम्मत रूपमा नयाँ संचालक समिति चयन गरेकाे छ । संचालक समितिकाे उपाध्यक्ष रमेश गिरि ,सचिव राजेन्द्रकुमार श्रेष्ठ, काेषाध्यक्ष टंक हमाल चयन हुनुभएको छ । सदस्यहरूमा यजनलाल शाक्य, डिलकुमारी पुर्जा,सिर्जना श्रेष्ठ, […]
बेनीमा मसाल जुलुस
विकल्प न्यूज/बेनी माघ २१ गते । नेकपा प्रचण्ड–माधब पक्षले बेनीमा मसाल जुलुस निकालेको छ । भोली घोषणा गरेको आमहड्तालको पूर्वसन्ध्यामा आज मसाल जुलुस निकालेको हो । बेनीको क्याम्पस चोकबाट निस्केको मसाल जुलुस न्यूरोड हुँदै हुलाक चोकमा आएर समापन गरिएको थियो । मसाल जुलुस माथि प्रहरीले हस्तक्षेप गरेको नेकपाका युवा नेता सुविन जुग्जालीले बताउनुभयो । प्रहरी […]
कोरोनाको निःशुल्क खोप लगाउन १० हजार खर्च
विकल्प न्यूज म्याग्दी माघ २० । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाबाट पैदल तथा सवारीसाधनमा दुई दिनको यात्रा गरी स्थानीय महिला स्वयंसेविका विष्णुमाया छन्त्याल कोभिसिल्ड नामक खोप लाउन बेनी अस्पतालमा आइपुगिन् । जिल्लाको अति विकट तथा दुर्गम गाउँ गुर्जामा १८ वर्षदेखि महिला स्वास्थ्य स्वयंसेविकाको जिम्मेवारी सम्हाल्दै आएकी छन्त्यालले कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न सरकारले उपलब्ध गराएको खोप […]
महिला उद्यम विकास समितिमा नयाँ नेतृत्व चयन
विकल्प न्यूज/बेनी माघ १८ गते । म्याग्दी उद्योग बाणिज्य संघ अन्तर्गत रहेको महिला उद्यम विकास समितिको आइतबार सम्पन्न आठौ साधारणसभा तथा छैटौ अधिबेशनले लक्ष्मी भण्डारीको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ समिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा वरिष्ठ उपाध्यक्ष अम्विका श्रेष्ठ ,प्रथम उपाध्यक्ष विष्णु गुरूङ, द्धितिय उपाध्यक्ष सृजना भट्टचन ,महासचिव जानकी विश्वकर्मा ,कोषाध्यक्ष दिलु घताने ,सचिव […]
मोडेल फार्ममा छनौट भएका कृषकलाई तिनदिने अभिमुखीकरण बेनीमा सुरु
विकल्प न्यूज/बेनी माघ १७ गते । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले साना पशुपंक्षी तथा मत्स्य व्यवसायीक फार्म विस्तारका लागि मोडेल फार्ममा छनौट भएका कृषकहरुलाई अभिमुखीकरण गर्न सुरु गरेको छ । चालु आर्थिक बर्षका लागि विभिन्न कार्यक्रममा अनुदानका लागि छनौट भएका कृषकहरुलाई कार्यालयले समूहगत रुपमा अभिमुखीकरण गर्न सुरु गरेको हो । कार्यालयले यस […]
म्याग्दी जेसीजको २२ औँ पदस्थापना
विकल्प न्यूज\बेनी माघ १७ गते । म्याग्दी जेसीजको वर्ष सन २०२१ को लागि निर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । २१ औं अधिबेशनबाट सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित विरेन्द्र श्रेष्ठ सहितको पदाधिकारीहरुले शनिवार बेनीमा २२ औँ पदस्थापना कार्यक्रम मार्फत पदभार ग्रहण गरेका हुन् । कार्यसमितिको वरिष्ठ कार्यकारीणी उपाध्यक्षमा सन्दिप खत्री, कार्यकारी उपाध्यक्षमा सुमन बानियाँ, विष्मा श्रेष्ठ, […]
संविधान विपरित अदालतको फैसला आए, जनता बाध्य भएर सडकमा आउँछन्ः काँग्रेस नेता खाँड
विकल्प न्यूज/बेनी माघ १७ गते । नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँडले नेपालीको पसिना र जनताले रगत बगाएर बनाएको संविधान विपरित संसद विघटनको मुद्धामा सर्वोच्च अदालतको फैसला आए जनताले अस्वीकार गर्ने बताउनुभएको छ । विगठित प्रतिनिधिसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक एवम् पूर्व रक्षामन्त्री समेत रहनुभएका नेता खाँडलले जनमतमाथि अपमान हुने गरी संसद विघटन मुद्दामा अदालतले […]
पत्रकार महासंघ म्याग्दीको साधारणसभामा पत्रकारले पोखे अतिथि सँग गुनासा नै गुनासा
विकल्प न्यूज/बेनी १६ माघ । पत्रकार महासंघ म्याग्दी शाखाको साधारणसभामा म्याग्दीका पत्रकारहरुले अतिथिसँग गुनासा नै गुनासा पोखेका छन् । जिल्लाका सञ्चारमाध्यमका समस्या र पत्रकारहरुका पीडा अथिति सँग पोखेका हुन । कोरोना भाइरसका कारण सञ्चारमाध्यमहरु संकटमा परेको र सरकारी निकायबाट सहयोग नपाएको गुनासो गरे । गण्डकी प्रदेश सरकारले पत्रकारको क्षमता विकास र सञ्चारमाध्यमको प्रवद्र्धनका लागि ध्यान […]
वामदेवको एकता अभियानकाे केन्द्रीय सदस्यमा म्याग्दीका महेश श्रेष्ठ चयन
विकल्प न्युज/बेनी माघ १४ गते । वामदेवले नेतृत्व गरेेेेकाे राष्ट्रिय एकता अभियानकाे केेेन्द्रीय सदस्यमा म्याग्दीका महेश श्ररेष्ठ चयन हुनुभएकाे छ । नेकपा विभाजन भएपछि कुनै समुहमा नलागेका गौतमले बुधवार एकता अभियानकाे घाेषणा गर्नुभएको हाे । कुनै पनि समुहमा नलागेकाहरूलाई अभियानमा एकता एकताबद्द गर्ने श्रेष्ठ ले बताउनुभयो ।
काेभिड विरूद्दकाे खाेप लगाएपछि स्वास्थ्यकर्मी खुुसी
विकल्प न्युज/ बेनी माघ १४ गते । कोरोना भाइरस (कोभिड– १९) विरुद्ध आजदेखि देशभर खोप लगाइएको छ । बेनी अस्पतालका प्रमुख डा. जितेन्द्र कँडेलले पहिलो खोप लगाएर म्याग्दीमा पनि खोपको शुभारम्भ गरिएको हो । काेराेना खाेप लगाएपछि स्वास्थ्यकर्मी ढुक्क देखिएका छन । पहिलाे चरणमा काेभिड विरद्द जुटेका स्वास्थ्यकर्मी र स्वयंसेवकहरूलाई लगाईएकाे छ । कार्यक्रममा जिल्ला […]
जलजला गाउँपालिकाद्धारा आमा समुहलाई ढुना–टपरी बनाउने मेसिन सहयोग
विकल्प न्युज/बेेनी माघ १२ गते । पर्वतको जलजला गाउँपालिकाले आमा समुहलाई ढुना –टपरी बनाउने विद्युतीय मेसिन सहयोग गरेको छ । गाउँपािलकाले खरिद गरेको सो मेसिन सोमबार एक कार्यक्रमका विच गाउँपालिकाकी उपाध्यक्ष सिमा गर्बुजा पुनले वडा नम्बर ४ पाल्सिङ्ग स्थित कामना आमा समुहलाई हस्तान्तरण गर्नुभएको छ । उहाँले ढुना–टपरी उद्योगबाट महिलाहरुको आयआर्जनमा सघाउ पु¥याउने विश्वास व्यक्त गर्नुभयो […]
म्याग्दीमा आइपुग्यो कोभिड विरुद्धको खोप
विकल्प / बेनी मंसिर १२ गते । कोभिड–१९ विरुद्धको ‘कोभिसिल्ड’ खोप बेनी अस्पतालमा आइपुगेको छ । गण्डकी प्रदेश स्वास्थ्य आपुर्ती ब्यवस्थापन केन्द्र पोखराबाट रेफ्रिजेरेटर भ्यानमा ल्याइएको ९४ भायल खोप प्रदेश स्वास्थ्य आपुर्ती ब्यवस्थापन केन्द्रका कोल्ड चेन निरिक्षक हिमलाल सुबेदीले प्रजिअ उमाकान्त अधिाकारीलाई हस्तान्तरण गरेका छन् । म्याग्दीमा कोरोना नियन्त्रणका लागि फ्रन्टलाइनमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, महिला […]
म्याग्दीमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि
विकल्प न्यूज/बेनी माघ ९ गते । म्याग्दीमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा अन्नपूर्ण गाउँपालिकाका २ का ५६ वर्षीय १ पुरुष र बेनी नगरपालिका २ का ७५ वर्षीय पुरुष र ८ का ६० र ६१ वर्षीय २ पुरुष गरी ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य […]