बेनी नगरपालिका

निर्वाचनका लागि कर्मचारी खटाउँदा प्रशासनले असमानपूर्ण व्यवहार गरेको गुनासो

विकल्प न्यूज/बेनी कात्तिक २३ गते । आगमी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि कर्मचारी छनौंट र परिचालनमा जिल्ला प्रशासन कार्यालय म्याग्दीले अनियमितता गरेको गुनासो सुनिन थालेको छ । निर्वाचन गराउन मतदान केन्द्रमा खटाउने मतदान अधिकृत,सहायक मतदान अधिकृत र कर्मचारी छनौंट र परिचालन गर्दा प्रशासनले मनलाग्दी गरेको गुनासो आएको हो । जिल्ला […]

गठबन्धनको भ्रममा नपरी मतदान गर्न एमाले उम्मेदवारको आग्रह

विकल्प न्यूज\बेनी कात्तिक २२ गते । मंसिर ४ गते हुने निर्वाचन नजिकिँदै जाँदा म्याग्दीमा पनि राजनीतिक दलहरुको चुनाव प्रचार अभियानले तीव्रता पाएको छ । यसैक्रममा मङ्गलवार नेकपा एमालेले बेनी नगरपालिका–९ घतान र १० नम्बर वडा पात्लेखेत चुनावी सभा आयोजना गरेको छ । सभालाई सम्बोधन गर्दै प्रतिनिधि सभाका उम्मेदवार एमाले नेता हरिकृष्ण श्रेष्ठले जिल्लावासीको समस्या समाधान […]

म्याग्दीको विकास गर्ने एमाले हो ः उम्मेदवार श्रेष्ठ

विकल्प न्यूज/बेनी कात्तिक २२ गते । आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा एमाले म्याग्दीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठले जिल्लाको विकास र सुशासनका लागि आफ्नो उम्मेदवारी भएको बताउनुभएको छ । म्याग्दीको मंगला गाउँपालिका ५ अर्मन र बेनी नगरपालिका १ रत्नेचौरमा आयोजित चुनावी सभालाई सम्वोधन गर्नुहुँदै उम्मेदवार श्रेष्ठले जिल्लाको शिक्षा, स्वास्थ्य, […]

एमालेको चुनावी अभियान ः‘विकासको एजेण्डा बोकेको एमालेलाई भोट दिनुहोस्’

विकल्प न्यूज/बेनी कात्तिक २० गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता तथा उम्मेदवारहरुले विकासको एजेण्डा बोकेको एमाले पार्टीलाई भोट दिनुपर्ने बताएका छन् । निर्वाचन परिचालन कमिटी म्याग्दीको आयोजनामा आइतबार बेनी नगरपालिका–३, भकिम्ली र मंगलाको बरंजामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनीहरुले यस्तो बताएका हुन् । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत भकिम्लीको चुनावी […]

एमालेका उम्मेदवार राजनीतिका साथै समाजसेवामा क्रियाशिल

विकल्प न्यूज/बेनी कात्तिक १९ गते । नेकपा एमालेका केन्द्रिय सदस्य भुपेन्द्र बहादुर थापाले नेकपा एमाले म्याग्दीले राजनीति र सामाजिक सेवामा क्रियाशिल व्यक्तिलाई उम्मेदवार बनाएको बताउनुभएको छ । नेकपा एमालेले अघि सारेका उम्मेदवारसँग गठबन्धनका उम्मेद्वारको कुनै तुलना गर्न नमिल्ने उहाँले दावी गर्नुभयो । लामो राजनीतिक इतिहास र समाजसेवाको अनुभव भएका नेतालाई आगमी मंसिर ४ गते हुने […]

पुलाचौरबाट सुरु भयो एमाले म्याग्दीको चुनावीसभा

विकल्प न्यूज\बेनी कात्तिक १८ गते । नकिजकिँदै गरेको मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि म्याग्दीमा राजनीतिक दलहरुले चुनावी प्रचार अभियान सुरु गरेका छन् । यसैक्रममा आज (शुक्रवार) नेकपा एमाले म्याग्दीले बेनी नगरपालिका–५, पुलाचौर र मंगला गाउँपालिका–१, कुहुँबाट चुनाव प्रचार अभियानको औपचारिक सुरुवात गरेको हो । पुलाचौर र कुहुँको कार्यक्रमलाई […]

कालिगण्डकी नदीमा फूलको तोरण तारियो (फोटो फिचर)

ठाकुरप्रसाद आचार्य/म्याग्दी कात्तिक १८ गते । पछिल्लो समयमा हाम्रो समाजमा तोरण तार्ने संस्कृति हराउँदै जान थाले पनि केही स्थानमा भने हरिबोधनी एकादशीका दिन पुजाआरधाना गरेर नदी वारपार फुलको तोरण तार्ने पुरानो संस्कृति अझै जिवित छ । यही संस्कृतिलाई जोगाउँन पर्वतको जलजला गाउँपालिका ३ पर्वत बेनीका स्थानीयहरुले हरिबोधनी एकादर्शीका दिन शुक्रबार कालिगण्डकी नदीमा तोरण तारे । […]

म्याग्दीको मुहार फेर्ने आफ्नो एजेण्डाः उम्मेदवार श्रेष्ठ

विकल्प न्यूज/बेनी कात्तिक १८ गते । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा म्याग्दीमा पनि राजनीतिक दलहरुको चुनावकेन्द्रीत अभियानले तीव्रता पाएको छ । यसैक्रममा एमाले म्याग्दीले सदरमुकाम बेनीबजारको विभिन्न टोलमा पुगेर घरदैलो र मतदाता भेटघाट गरेको हो । नेकपा एमालेका स्थायी कमिटी सदस्य थममाया थापा, केन्द्रीय सदस्य भूपेन्द्रबहादुर […]

एमाले उम्मेदवार श्रेष्ठ र कटुवालद्वारा भकिम्लीमा मतदाता भेटघाट

विकल्प न्युज/ बेनी कार्तिक १५ गते । नजिकिँदै गरेको मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि नेकपा एमालेका उम्मेदवारले घरदैलोमार्फत मतदाता भेटघाटलाई तीव्रता दिएका छन् ।   यसैक्रममा आज (मङ्गलवार) बेनी नगरपालिका–३, भकिम्लीको विभिन्न टोल र वस्तीमा पुगेर मतदाता भेटघाट गरी भोट मागिएको हो । भकिम्लीको हल्लेगौंडा, चिनाखेत, भकिम्ली, […]

मंगलाका मतदाता सँग एमालेका उम्मेद्वार

विकल्प न्यूज/बेनी कात्तिक १४ गते ।   नेकपा एमाले म्याग्दीको सोमबार मंगला गाउँपालिकाको विभिन्न टोल र वस्तीमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । आसन्न मंसिर ४ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी एमाले उम्मेदवारसहित टोल भेलाको साथमा घरदैलो र मतदाता भेटघाट गरिएको हो । घरदैलो तथा मतदाता भेटघाटको क्रममा […]

ज्यामरुककोटबाट धौलागिरि नियाल्दा (फोटो फिचर)

ठाकुरप्रसाद आचार्य\म्याग्दी कात्तिक १३ गते । बेनीको शिरैमा अवस्थित अग्लो ज्यामरुककोट डाँडा जहाँबाट दुई ठूला नदीले काँखमा हालेजस्तो देखिने सुन्दर बेनी बजारको दृश्य । बजारसँगै देखिने रमणीय धौलागिरि हिमश्रृङ्खला र पहाडी रमणीय भूभाग । बेनी देखि करिब ४ किलोमिटरको उकालो यात्रा पछि पुग्न सकिने ज्यामरुककोटबाट १५ वटा हिमश्रृङखलाका साथै दर्जनौँ गाउँ, वनजंगल र नदीको नागबेली […]

एमालेका उम्मेदवार मतदाताको घरघरमा

विकल्प न्यूज\बेनी कात्तिक ९ गते । आगमी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि चुनावी मैदानमा उत्रिएका नेकपा एमालेका उम्मेदवारहरु मत माग्न घरघरमा पुगेका छन् । बेनी नगरपालिका–६, अर्थुङ्गेमा नेकपा एमालेको चुनावलक्षित घरदैलो कार्यक्रम तथा मतदाता भेटघाट गरेको छ । आसन्न निर्वाचनलाई लक्षित गरेर प्रतिनिधिसभा र प्रदेशसभा (क)का उम्मेदवारसहित एमालेको एक टोलीले […]

पोखरा वस्ने म्याग्देलीसँग मत माग्न पुगे एमालेका उम्मेदवार

विकल्प न्यूज/बेनी कार्तिक ६ गते । नेकपा एमाले चुनाव प्रचारप्रसार कमिटी पोखराको आयोजनामा शनिवार पोखरामा मतदातासँग उम्मेदवार भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा एमाले म्याग्दीका उम्मेदवारसहित पार्टीको टोलीले मतदाता भेटघाट तथा अन्तत्र्रिmया गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले केन्द्रीय सदस्य भूपेन्द्रबहादुर थापाले परमादेशबाट […]

एपीएफ बन्यो महिला भलिबलको च्याम्पियन

ठाकुरप्रसाद आचार्य /म्याग्दी कार्तिक २ गते । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन शसस्त्र प्रहरी बलको एपीएफ क्लब बनेको छ । महिला भलिबल जितेसँगै एपीएफले स्वर्ण पदक हात पारेको हो । बुधवार बेनीको खुल्ला मैदानमा दुई विभागीय टिमका बीच भएको खेलमा एपीएफले पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै महिला भलिबलको […]

महिला भलिबल ः गण्डकीलाई पराजित गर्दै बागमती प्रदेश तेस्रो

ठाकुरप्रसाद आचार्य /म्याग्दी कार्तिक २ गते । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बेनीमा जारी महिला भलिबलको बुधवार भएको खेलमा गण्डकीलाई पराजित गर्दै बागमती प्रदेशले तेस्रो स्थान सुरक्षित गर्दै कास्य पदक हात पारेको छ । बेनीको खुल्ला मञ्चमा तेस्रो स्थानका लागि भएको खेलमा बागमती प्रदेशले गण्डकी माथि ३–१ को सेटमा जित निकाल्यो । पहिलो सेट गण्डकीले […]