बेनी नगरपालिका
बेनपाको कार्यपालिका बैठकका निर्णयहरु यस्ता छन्
विकल्प न्यूज/बेनी माघ ५ गते बेनी नगर कार्यपालिकाको शुक्रबार बसेको बैठकले दुई कार्यबिधी, एक निर्देशिका र एक मार्गदर्शन पारित गरेको छ । नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले राजपत्र प्रकाशन कार्यबिधी २०७५, अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण सम्बन्धि कार्यबिधी, स्वास्थ्य संस्था दर्ता अनुमती तथा नविकरण सम्बन्धी निर्देशिका र पशु सेवा कार्यक्रम सञ्चालन मार्गदर्शन २०७५ पारित […]
साना व्यवसायीलाई विस्थापित गर्न खोजियो ः निर्माण व्यवसायी
राम्जाली/विकल्प न्यूज माघ ५ गते । सरकारी निकायले ठूला ठूला योजनाहरु पनि उपभोक्ता समिति मार्फत गर्न खोजेर निर्माण व्यवसायीहरुको रोजीरोटी खोस्न थालेको आरोप लगाएका छन् । ६० लाख रुपियाँ बजेट सिमालाई बढाएर एककरोड सम्मका योजनाहरु उपभोक्ता मार्फत लगेर समग्र निर्माण व्यवसायीहरुको व्यवसायलाई धरापमा पार्न खोजिएको उनीहरुको भनाई छ । निर्माण व्यवसायी संघ म्याग्दी शाखाको १८ […]
बालबालिकालाई शैक्षिक सामग्री दिएर भण्डारीले मनाए जन्मदिन
प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, माघ ५ । जन्मदिन मनाउने आ–आफ्नै शैली हुन्छन् । कतिपयले आफ्नै तौर तरिका अनुसार जन्मदिन मनाउने गरेका छन् । कतिले मठमन्दिरमा पुगेर पनि जन्मदिन मनाउँदै आएका छन् । पछिल्लो समय जन्मदिन मनाउने नाउँमा धेरै खर्च गर्ने गरिएको छ । साथीभाई र परिवारका साथ ठूलो खर्च गरेर भोजभतेरसहित भड्किलो रुपमा जन्मदिन मनाउने क्रम […]
निर्माण व्यवसायी संघ म्याग्दीको अधिवेशन तयारी पुरा
विकल्प न्यूज/बेनी माभ ४ गते । माघ ५ गते हुने निर्माण व्यवसायी संघ म्याग्दीको १८ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशनको तयारी पुरा भएको संघले जनाएको छ । शनिवार सदरमुकाम बेनीमा रहेको संघको सभाहलमा हुने अधिवेशनको सवै तयारी पुरा भएको संघका अध्यक्ष नारायण जिसीले बताउनुभयो । शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी संघले सो कुराको जानकारी […]
लैङ्गिक संबेदनशिलता सम्बन्धि अन्तरक्रिया कार्यक्रम
विकल्प न्यूज/बेनी माघ ४ गते । न्यु वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयमा लैङ्गिक संबेदनशिलता सम्बन्धि अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । मंसिर ३ गते बिहिबार सम्पन्न कार्यक्रममा म्यग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी र प्रहरि नायब उपरिक्षक बीरबहादुर बुढामगरले यस बिषयमा जानाकारि प्रदान गर्नु भएको थियो । लिङ्ग र लैङ्गिकता, लैङ्गिक बिभेद्का कारणहरु, महिला हिंसा, […]
निर्माण व्यवसायी संघ म्याग्दीको अधिवेशन रोक्न माग गर्दै दायर भएको रिट खारेज
विकल्प न्यूज/बेनी माघ ३ गते । निर्माण व्यवसायी संघ म्याग्दीको माघ ५ गते शनिबार तय भएको दशौ अधिवेशन रोक्न माग गर्दै उच्च अदालत पोखराको बागलुङ इजलासमा दायर भएको रिट बिहीबार खारेज भएको छ । अदालतका मुख्य न्यायाधिशद्धय शेषमणी शिवाकोटी र हरिप्रसाद पौडेलको संयुक्त इजलासले निर्माण व्यवसायी संघ म्याग्दीका बरिष्ठ उपाध्यक्ष प्रदिप सापकोटाको नाममा दर्ता भएको रिट […]
अर्थुङ्गेका २४ विद्यार्थीहरुलाई न्यानो कपडा वितरण
विकल्प न्यूज/बेनी माघ २ गते । बेनी नगरपालिका वडा नम्बर ६ का अध्यक्ष कृष्णबहादुर बानीयाँले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्नुभएको छ । बेनपा ६ अर्थुङ्गे स्थित जामुनाखर्क माध्यमिक विद्यालय र जामुनाखर्कमा रहेको विद्यामन्दिर आधारभुत विद्यालयमा अध्ययनरत २४ जना गरिब तथा विपन्न विद्यार्थीहरुलाई स्कुल पोषाक सूइटर वितरण गर्नुभएको हो । जामुनाखर्क माविका प्रधानाध्यापक सोमनाथ ढुङ्गानाको उपस्थितिमा वडा […]
जब बेनीको खुल्ला मञ्चमा भुकम्प र आगलागी एकैपटक ……..
विकल्प न्यूज/बेनी माघ २ गते । बुधवार विहान ९.३० बजे तिर म्याग्दीको सदरमुकाम बेनीबजारमा रहेको खुल्ला मञ्चमा भुकम्प र आगलागी एकैपटक निम्तीयो । नेपाली सेना,नेपाल प्रहरी र शसस्त्र प्रहरी बल एकै साथ उद्धारमा जुटे । भुकम्पबाट घाइते भएकाहरुलाई अस्पताल पु¥याउन एम्बुलेन्स तत्काल आयो । सवैजना उद्धारमा खटिए । विपद् स्थलमै घाइतेको प्राथमिक उपचार पनि गरियो । दमकलले […]
अर्जुन माविको वार्षिकोत्सव
विकल्प न्यूज/बेनी माघ १ गते । बेनपा २ भकुण्डेमा रहेको अर्जुन माविको ५९ औ वार्षिकोत्सव तथा अभिभावक भेला मंगलबार सम्पन्न भएको छ । वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा गण्डकी प्रेदशका सांसद बिनोद केसीले कर्मचारी, शिक्षक र जनप्रतिनिधिहरुले सामुदायिक विद्यालयमा आफ्ना बालबालिका अनिवार्य पढाउनुपर्ने ऐन बनाउन लागिएको जानकारी दिनुभयो । सांसद केसीले शिक्षाको गुणस्तर सुधारका लागि […]
युवाहरुको सामुहिक लगानीमा बेनीमा खुल्यो व्यवस्थित मिट सप
विकल्प न्यूज/बेनी माघ १ गते । बेनीका युवाहरुले सामुहिक लगानीमा बेनीबजारमा व्यवस्थित मासु पसल खोलेका छन् । बेनी नगरपालिका ८ गणेश टोलमा युवाहरुले सटर भाँडामा लिएर मंगलवार देखि म्याग्दी कोरला मिट सप सञ्चालनमा ल्याएका हुन । अनेरास्ववियुका केन्द्रिय सदस्य प्रकाश पौडेललको नेत्वमा चन्द्रमान छन्त्याल,सुवास विश्वकर्मा, विजय घर्ती लगायतका ७ जना युवाहरुले सामुहिक लगानीमा व्यवस्थित मिट सप […]
बेनीमा योग दिवस मनाइयो
विकल्प न्यूज/बेनी माघ १ गते । जिल्ला समन्वय समिति र नविन आनन्द योग केन्द्र नेपालको आयोजनामा मंगलबार बेनीमा बिबिध कार्यक्रम गरेर राष्ट्रिय योग दिवस मनाइएको छ । ¥याली सहित बेनी बजार परिक्रमा गरेपछि आयोजित औपचारिक कार्यक्रममा अस्वस्थ खानपान तथा व्यवहारका कारण लाग्ने नसर्ने रोग न्युनीकरणका लागि योगको प्रर्वद्धन गर्नुपर्नेमा जोड दिइएको थियो । म्याग्दीमा पछिल्लो समय योगप्रती […]
सम्झौता विपरित बगर उत्खनन् गर्ने निर्माण कम्पनीलाई जरिवाना
सन्तोष गौतम/विकल्प न्यूज बेनी ३० पुस । बेनी नगरपालिका क्षेत्रमा पर्ने बगरबाट सम्झौता विपरितका उपकरण प्रयोग गरेर नदीजन्य बस्तुको उत्खनन् गर्ने निर्माण कम्पनीलाई जरिवाना गरिएको छ । जिल्ला अनुगमन समितिका अध्यक्ष समेत रहनुभएका समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीको अध्यक्षतामा सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले नगरपालिकासँग भएको सम्झौता विपरित ब्याकुहोलोडर उपकरण प्रयोग गरेर ढुङ्गा गिटी […]
जलजलामा सम्पत्ति तथा भूमिकर वापत २४ लाख रुपैयाँ राजस्व संकलन
विकल्प न्यूज/बेनी पुस ३० गते । जलजला गाउँपालिकामा छ महिनाको अवधिमा सम्पति तथा भूमिकर वापत २४ लाख रुपैयाँ भन्दा बढी राजस्व संकलन भएको छ । साउन १ गतेबाट लागू भएको सम्पति तथा भूमिकर वापत पुष मसान्तसम्म तीन हजार ४०४ जनाले २४ लाख १६ हजार ५११ रुपैयाँ राजस्व तिरेका गाउँपालिकाको नायव सुब्बा भेषनाथ आचार्यले जानकारी दिनुभयो […]
उद्यमीलाई प्रोत्साहन गर्नुपर्छ ः मन्त्री पुन
प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, पुस ३० गते । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले महिला उद्यमीहरुलाई प्रोत्साहन गर्नुपर्ने बताएकी छिन् । ‘नेपाली संस्कृतिको संरक्षण गर्दै, आन्तरिक पर्यटनको प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित सोमबारदेखि म्याग्दीको बेनीमा सुरु भएको माघेसङ्क्रान्ति मेला–२०७५ को उद्घाटन गर्दै उनले राज्यले उद्यमीलाई प्रोत्साहन गर्नुपर्ने बताएकी हुन् । उनले आवश्यकताको आधारमा तालिम […]
बेनीमा माघे संक्रान्ति मेला सुरु (फोटोफिचर)
विकल्प न्यूज/बेनी पुस ३० गते । म्याग्दीको सदरमुकाम बेनीबजारमा माघेसंक्रान्ति मेला सुरु भएको छ । महिला उद्यमीहरुले म्याग्दी भ्रमण वर्ष २०७५ को अवसर पारेर परम्परागत रुपमा बेनीमा लाग्ने माघेसंक्रान्ति मेलाको जर्गेना गर्नका लागि मेलाको आयोजना गरेका हुन । म्याग्दी उद्योग बाणिज्य संघ अन्र्तगत रहेको महिला उद्यम विकास समितिको मुल आयोजनामा सोमवार देखि बेनीको कालीपुल वसपार्कमा मेलाको […]