ताजा समाचार:
Search

रघुगंगा गाउँपालिका

राष्ट्रिय मगर संघ रघुगंगाको प्रथम अधिवेशन , अध्यक्षमा पुन

विकल्प न्युज बेनी, भदौ २२ गते । नेपाली कांग्रेसको भातृ संगठन नेपाल राष्ट्रिय मगर संघ रघुगंगा गाउँपालिका इकाइ कमिटीको अध्यक्षमा मैना पुन मगर निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न पहिलो अधिवेशनबाट पुन गाउँपालिका इकाइ कमिटीको अध्यक्षमा निर्वाचित हुनुभएको हो । पुनको अध्यक्षतामा १५ सदस्य रघुगंगा गाउँपालिका कमिटि गठन गरिएको छ । उपाध्यक्षमा रोसन पुन,सचिवमा लक्ष्मी […]

बोलेरो जिप दुर्घटना हुँदा चार जना घाइते ,तीनजनालाई हेलिकप्टर मार्फत काठमाण्डौ पठाइयो

विकल्प न्युज बेनी, भदौ १७ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–३ बरखर्कमा मंगलवार दिउँसो भएको बोलेरो जिप दुर्घटनमा परि घाईते भएका तीन जनालाई उपचारको लागि काठमाण्डौ लगिएको छ । रघुगंगा हाइड्रो लिमिटेडद्धारा निर्माणधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको अडिट नम्बर २ बाट क्याम्प तर्फ जाँदै गरेको ग ३ च २२७ नम्बरको बोलेरो जिप दुर्घटनामा घाईते […]

अमर माविमा छात्रवृत्ति वितरण

विकल्प न्युज चिमखोला,भदौ २ गते । रघुगंगा गाउँपालिका– ७ स्थित अमर माविमा आइतबार संगिता राम्जाली स्मृति कोषबाट विद्यार्थीहरुलाई छात्रवृति वितरण गरिएको छ । भूपु शिक्षक एवम् हाल बेनपा–८ निवासी लोक गायिका धनकुमारी थापाले २०७५ भदौ १ गतेका दिन आफ्नी स्वर्गीय छोरी संगिता बानिया राम्जालीको पुण्य स्मृतिमा जन्मगाउँको विद्यालयमा तीन लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको थियो […]

मंगला र रघुगंगामा सुत्र प्रणालीबाट वित्तिय कारोबार सुरु

विकल्प न्यूज/बेनी साउन २९ गते । म्याग्दीको मंगला र रघुगंगा गाउँपालिकाले जिल्लामा पहिलोपटक स्थानीय तह संचित कोष व्यवस्थापन (सुत्र) प्रणालीबाट वित्तिय कारोबार गर्न थालेका छन् । स्थानीय तहमा वित्तिय अनुशासन कायम गर्न सुत्र प्रणाली लागू गरिएको हो । चालु आर्थिक वर्ष देखि महालेखा नियन्त्रक कार्यालयले सबै स्थानीय तहमा सुत्र प्रणाली लागू गर्न परिपत्र गरेअनुसार जिल्लाका […]

म्याग्दीका स्थानीय तहमा सवा ५ करोड राजश्व संकलन

साधन राम्जाली /विकल्प न्यूज साउन २८ गते । म्याग्दीका स्थानीय तहले गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजश्व संकलन गर्न सफल भएका छन् । एक बर्षको अवधिमा एक नगरपालिका सहित ६ स्थानीय तहले करिब सवाँ पाँच करोड रुपैयाँ राजश्व संकलन गरेका हुन । स्थानीय तहले दिएको रिपोर्ट अनुसार गत आर्थिक बर्षमा स्थानीय तहको आन्तरिक आम्दानी उत्साहजनक […]

छोरीलाई रघुगंगा गाउँपालिकाको मासिक एक सय

सन्तोष गौतम/ विकल्प न्युज मौवाफाँट , साउन २२ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले बालबिवाह न्युनीकरणका लागि छोरीलाई मासिक एक सय रुपैयाँ पेवा दिने कार्यक्रम ल्याएको छ । मौवाफाँट स्थित गाउँपालिकाको कार्यालयमा मंगलबार बसेको कार्यपालिका बैठकले “रघुगंगा छोरी पेवा बचत कार्यक्रम सञ्चालक कार्यबिधी” पारित गर्दै बुधबारदेखि जन्मने छोरीलाई मासिक एक सय रुपैयाँ दिने निर्णय गरेको हो […]

म्याग्दीका स्थानीय तहमा न्यायिक समिति मार्फत पीडितलाई घरदैलोमा न्याय

साधन राम्जाली /विकल्प न्यूज साउन १६ गते । संघियता कार्यन्वयन सँगै स्थानीय तहमा जनप्रतिनिधिहरु निर्वाचित भएर आएपछि गठन भएको न्यायिक समितिले न्याय सम्पादन गर्न थालेपछि सर्वसाधारणहरुलाई राहत मिलेको छ । स्थानीय तहमा गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा गठन भएको न्यायिक समिति क्रियाशिल भएपछि सर्वसाधारणहरुले घरदैलोमा न्याय पाउन थालेका हुन । गरिब,विपन्न र न्यायको पहुँच भन्दा बाहिर रहेका […]

मुटु रोगी सार्कीलाई बेल्जीयमबाट आर्थिक सहयोग

अनिल पौडेल /विकल्प न्युज म्याग्दी, साउन १५ गते । रघुगंगा गाउँपालिका वडा नम्वर ३ कलेजाबाङ्ग मुटु रोगी धन बहादुर सार्कीलाई बेल्जियमबाट ४२ हजार सहयोग मिलेको छ । लिला मल्ल भण्डारीको नेत्तृत्वको समुहले संकलन गरेको उक्र रकम लिला भण्डारीलै हस्तान्तरण गर्नुभएको हो । बैशाख १३ गतेका दिन एकासी ह्दयघात भएका सार्कीको मुटुको दुईवटा भल्व फुटेर रगत […]

म्याग्दीमा नेवार समुदायको बर्षे नाच सुरु (फोटो र भिडियो सहित )

विकल्प न्युज म्याग्दी ,साउन १४ गते । म्याग्दीको सदरमुकाम बेनीमा नेवार समुदायको परम्परागत एक महिने बर्षे नाच सुरु भएको छ । यो नाच नेवार समुदायले देशभर विभिन्न कार्यक्रम गरी हरेक बर्ष मनाउने गर्दछन् । बर्षे नाचको पहिलो दिन बेनीमा घण्टाकर्ण पर्व अर्थात गठेमंगल मनाइएको छ ।   बर्षे नाचलाइ नेवार समुदायले असत्य माथि सत्यको जितको […]

धौलागिरि आधारशिविर जाने पदमार्ग निर्माण

विकल्प न्यूज/बेनी साउन १ गते । धौलागिरि हिमालको आधार शिविर पुग्ने पदमार्ग निर्माण गरिएको छ । रघुगंगा गाउँपालिकाको ७ नम्बर वडा चिमखोलाको छरिबोट देखि घोप्टेओढार सम्म पदमार्ग निर्माण गरिएको हो । गण्डकी प्रदेशको उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयको १० लाख रुपियाँमा उक्त पदमार्ग निर्माण गरिएको हो । पहाडमा ढुंगाको सिँढीसहितको एक हजार पाँचसय मिटर पदमार्ग निर्माण […]

रघुगंगाको ३१ करोड बढी बजेट पारित

साधन राम्जाली/ विकल्प न्युज म्याग्दी , असार २० गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले ३१ करोड ४१ लाख ३१ हजार रुपैयाँ बराबरको बजेट पारित गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा शुक्रबार गाउँसभाले आर्थिक बर्ष २०७६÷ ७७ का लागि सो बजेट पारित गरेको हो । असार ५ गते सुरु भएको गाउँसभामा उपाध्यक्ष कमला तिलिजाले पूजिगततर्फ ११ करोड […]

रघुगंगा गाउँपालिकाको गाउँसभा,टुक्रे योजनालाई निरुत्साहित

विकल्प न्युज म्याग्दी , असार ५ गते । जिल्लाको रघुगंगा गाउँपालिकाले आर्थिक बर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रममार्फत पूजिगततर्फ ११ करोड ५८ लाख ३१ हजार र चालुतर्फ १९ करोड ८३ लाख गरी कुल ३१ करोड ४१ लाख ३१ हजारको बजेट सार्वजनिक ग गाउँसभाको उद्घाटन गदैं अध्यक्ष भव बहादुर भण्डारीले हरेक जनताको घरदैलोमा पुग्ने गरी नीति […]

रायखोरका बालबालिकाको बाध्यता ः भिर र जंगल छिचोल्दै विद्यालय

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज जेठ ३१ । जंगलको बिच बाटोमा थकित मुद्रामा भेटिएका १२ वर्षीय जीतकुमार शेरपुन्जाले भन्नुभयो “विद्यालय पुग्न अझै डेढ घण्टा कुद्नुपर्दछ ।” रघुगंगा गाउँपालिका ६ पाखापानी स्थित अमर माध्यमिक विद्यालयमा पुग्न शेरपुन्जा दैनिक ३ घण्टा हिड्नुहुन्छ । विहान ७ बजे खाईनखाई हिडेको बताउँने शेरपुन्जाको झोलामा किताव सँगै खाजा पनि छ । ‘विद्यालय पुग्न […]

गर्भवती महिला र बालबालिकाहरुको पोषण स्थितीको तथ्याङक सार्वजनिक

विकल्प न्युज बेनी,बजेठ ३० गते । म्याग्दीमा कुपोषित बालबालिका र गर्भवति ,सुत्केरी महिलाहरुको तथ्याङक सार्वजनिक भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा बिहिबार बेनीमा आयोजित एक कार्यक्रमद्धारा तथ्याङक सावृजनिक गरिएको हो । गत बैशाख महिनाको २४ गतेदेखी जेठ तीन गतेसम्म महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी तथा स्वास्थ्य कार्यालय म्याग्दीका कर्मचारीहरुको टोलिले सबै पाँच […]

भवन निर्माणका लागि पुर्जाद्धारा आर्थिक सहयोग

दलप्रसाद तिलिजा /विकल्प न्युज बेग जेठ २९ गते । म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगको गाउँ खोला टोल समितिको भवन निर्माणका लागि आर्थिक सहयोग प्राप्त भएको छ । साविक वडा नं ५ पाँचको ठुलो गाउँमा निमाणाधिन भवनलाई सोहि वडाका शिवनाथ पुर्जाले आर्थिक सहयोग गर्नुभएको हो । पुर्जाले टोल समितिकी सदस्य लक्ष्मी फगामी मार्फत टोल सुधार समितिका […]