ताजा समाचार:
Search

रघुगंगा गाउँपालिका

रनिङ शिल्ड सँगै पचास हजार पुरस्कार जित्यो रघुगंगा माविले

विकल्प न्यूज/बेनी फागुन ३ गते । रघुगंगा गाउँपालिकाले आयोजना गरेको पालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधी रघुगंगा माविले जितेको छ । शनिबार पिप्लेमा सम्पन्न अन्तर मावि दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी रघुगंगा माविले हात पारेको हो । उपाधी हात पारेसँगै विद्यालयले नगद पचास हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । साविक विजेता […]

दिवंगत हस्त गर्वुजा दम्पतीको स्मृतिमा नेकपाको श्रद्धाञ्जली सभा

विकल्प न्यूज/बेनी माघ २८ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोला घर भई ललितपुरमा बसोबास गर्दै आएर गत माघ १५ गते दिवंगत हुनुभएका दम्पती हस्त र नेत्रकुमारी गर्वुजा (थापा) को स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी रघुगंगा गाउँकमिटिको आयोजनामा मंगलवार दिवंगत दम्पतीको स्मृतिमा श्रद्धाञ्जली सभा गरिएको हो । ललितपुर–१४ सातदोबाटोको विशालचोकमा रहेको […]

रघुगंगाको सातौ गाउँँसभा सम्पन्न

  विकल्प न्यूज /बेनी, माघ १७ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाको सातौ गाउँसभा बिहीबार गाउपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न भएको छ ।नियमित हिउदे गाउँसभामा चालु आर्थिक वर्षको छ महिनाको वित्तीय, भौतिक प्रगति, योजना तथा कार्यक्रम कार्यान्वयनको अवस्था र आगामी योजनाको विषयमा छलफल भएको थियो । गाउपालिकाका अध्यक्ष भवबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिपक […]

बाबा आमाको सम्झनामा सुईटर तथा स्टेशनरी सहयोग

विकल्प न्यूज /बेनी माघ १४ गते रघुगंगा गाँउपालिका ३ रानिपौवामा रहेको अमरसिंह आधारभूत विद्यालयका विद्यार्थिहरुलाई सुईटर तथा स्टेशनरी वितरण गरीएको छ । बाल कक्षा देखि कक्षा ५ सम्म पठनपाठन हुने सो विद्यालयमा बाबा इमानबहादुर कार्की र आमा फुलकुमारी कार्कीको सम्झनामा छोराहरु जेठा मिनबहादुर कार्की, माहिला तोरण बहादुर कार्की र कान्छा दिपक कार्कीले विद्यालयमा अध्ययन गर्ने […]

म्याग्दीका स्थानीय तहमा योजना कार्यान्वयन तिव्र

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज माघ २ गते जिल्लाका स्थानीय तहहरु चालु अािर्थक वर्षमा विनियोजन गरेका विकास योजनाहरुको कार्यान्वनयमा जुटेका छन् । दोस्रो चौमासिक सुरु भएसँगै स्थानीय तहहरुमा योजना कार्यान्वनयले तिव्रता पाउन थालेको हो । एक नगरपालिका सहित ६ वटा स्थानीय तहमा चालु आर्थिक वर्षमा पूर्वाधार तर्फका साना ठूला गरी करिब एकहजार भन्दा वढी योजनाहरु सञ्चालित छन् […]

जन्मथलोमा महिला भलिबल कप्तान अरुणा शाहीलाई सम्मान (भिडियो\फोटोसहित)

विकल्प न्यूज/बेनी पुस ११ गते । गाउँपालिका, वडा कार्यालय, आमासमुह लगायतका स्थानीयबासीहरुले बाजागाजासहित भब्य सम्मान गरेका हुन् । गाउँपालिकाको २ नम्वर वडा कार्यालयमा आयोजना गरिएको सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष कमला तिलिजा, वडा अध्यक्ष जीवन मल्ल, प्रमुख प्रशासकिय अधिकृत दिपक रेग्मी, नेकपाका गाउँपालिका अध्यक्ष दिपक कार्की र नेपाली काँग्रेस जिल्ला कमिटि सदस्य केवी […]

म्याग्दीका स्थानीय तहमा पहिलो चौमासिकमा बजेट खर्च निराशजनक

विकल्प न्यूज/बेनी मंसिर १८ गते । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा जिल्लाका स्थानीय तहको बजेट खर्च निराशाजनक देखिएको छ । एक नगरपालिका र पाँच स्थानीय तहले पहिलो चौमासिकमा अपेक्षा गरेअनुसार बजेट खर्च गर्न सकेका छैनन् । पहिलो चौमासिकमा कर्मचारी तलब र सामाजिक सुरक्षाको बजेट मात्र खर्च भएको छ । पुँजीगत तर्फको बजेट खर्च अत्यन्त न्यून […]

मोटरसाईकल दुर्घटनाका गम्भिर घाइते थजालीको मृत्यु

विकल्प न्यूज/बेनी मंसिर ११ गते । मंगलबार बेनीको जलेश्वरमा भएको मोटरसाइकल दुर्घटनाका गम्भिर घाईतेको उपचारको क्रममा मणिपाल अस्पतालमा मृत्यु भएको छ । बेनी नगरपालिका–६ जलेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा गम्भिर घाईते भएका रघुगंगा गाउँपालिका ६ पाखापानीका २५ वर्षीय सन्तोष थजालीको उपचारको क्रममा मंगलबार राती १० बजे मणिपाल अस्पताल पोखरामा मृत्यु भएको प्रहरी नायब उपरिक्षक महेन्द्र प्रसाद […]

राष्ट्रिय महिला भलिबलको कप्तानमा म्याग्दीकी अरुणा चयन

विकल्प न्युज बागलुङ,असोज ३० गते । नेपाली राष्ट्रिय महिला भलिबल टिमको कप्तानमा म्याग्दीकी अरुणा शाही चयन भएकी छिन् । म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–३ पिप्लेमा जन्मिएकी शाहीलाई नेपाल भलिबल संघले नेपाली महिला टिमको नयाँ कप्तानमा अरुणालाई चयन गरेको हो । नियमित कप्तान विनिता बुढाथोकी राष्ट्रिय टिम बाहिर रहदा नेपाली महिला टिम कप्तान विहिन रहेको थियो । […]

रघुगंगामा योग शिविर सुरु

विकल्प न्युज बेनी,असोज ८ गते । जिल्लाको रघुगंगा गाउँपालिमा बृहत निशुल्क योग शिविर संचालन भएको छ । गाउँपालिकाको आर्थिक सहयोग र नविन आनन्द योग केन्द्रको समन्वयमा निशुल्क योग शिविरको आयोजना गरिएको हो । ग्रामिण भेगमा योग साधनाको महत्व र आवश्यकताको बारेमा जानकारी गराउन योग शिविरको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । दुर्गम गाउँका नागरिकहरुलाई योग […]

उडुस मार्ने विषदी खाँदा बालकको मृत्यु

विकल्प न्युज बेनी, असोज ७ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–३ रानीपौवामा उडुस मार्ने विषादी सेवन गर्दा एक बालकको ज्यान गएको छ । दुध भनेर झुक्कीएर उडुस मार्ने “सेल्फोस” नामको बिषादी सेवन गर्दा मानबहादुर बिकका ३ वर्षीय छोरा सन्दिपको मृत्यु भएको हो । किकको उपचारको लागि पोखरामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । […]

दुई तिहाइको सरकार असफल –नेता पौडेल

विकल्प न्युज बेनी ,असोज ३ गते ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् युवा नेता प्रदिप पौडेलले दुई तिहाइको कम्युनिष्ट सरकार असफल भएको बताउनुभएको छ । नेपाली काँग्रेसको दोस्रो चरणको जनजागरण अभियानको क्रममा म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवतीको आमसभालाई सम्बोधन गर्नुहुँदै यस्तो कुरा बताउनुभएको हो । ‘कम्युनिष्ट सरकार आएपछि कोही पनि भोकै बस्नुपर्दैन भनिन्थ्यो अहिले जनता भोकै छन् […]

तिर्थयात्री बोकेको हेलिकोप्टरको आपतकालीन अवतरण

विकल्प न्युज म्याग्दी, ,असोज १ गते । मुस्ताङबाट तिर्थयात्री बोकेर पोखरा हिडेको हेलिकोप्टर म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवतीको धानखेतमा आकस्मिक अवतरण गरिएको छ । मौसम खराब भएका कारण एयर डाइनेस्टिक हेलिकोप्टर अवतरण धान खेतमा अवतरण गरेको हो । राखु भगवतीका स्थानीय बासी रवि खत्रीका अनुसार मौसम खरावका कारण पाइलट अर्जुन मल्लसहित ६ जना यात्रु […]

रघुगंगाको झिँ सामुदायिक होमस्टेको उद्घाटन

विकल्प न्युज बेनी, भदौ २७ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–५ मा शुक्रबार झिँ सामुदायिक होमस्टे ९घरबास०को उद्घाटन गरिएको छ ।रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले होमस्टेको उद्घाटन गर्नुभएको हो । अध्यक्ष भण्डारीले पर्यटनको माध्यमबाट ग्रामिण अर्थतन्त्रको विकास र जिविकोपार्जन सुधारमा जोड दिएको बताउनुभयो । टोड्के, रुइसे, भेडिओडार, रिखार, मालिका, बेगको लामो पुल लगायत गाउँपालिकाको धार्मिक पर्यटकीय […]

रघुगंगामा विद्यालय सुशासन तथा शैक्षिक जागरण कार्यक्रम सुरु

विकल्प न्यूज/बेनी भदौं २५ गते । रघुगंगा गाउँपालिकाले विद्यालय सुशासन तथा शैक्षिक जागरण कार्यक्रम सुरु गरेको छ ।  सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई थप प्रभावकारी बनाउन गाउँपालिकाले जनजागरणकै रुपमा कार्यक्रम अघि सारेको छ । कार्यक्रम अन्तरगत विद्यालयको स्थलगत अनुगमन, अवलोकन गरि शिक्षक, व्यवस्थापन समिति र अभिभावकहरुसँग अन्तरक्रिया गरेर समस्या पहिचान, सुझाव संकलन र निर्देशन दिन थालिएको […]