मालिका गाउँपालिका
१४ करोड रुपैयाँ खर्चिदै ः दरबाङ–धारापानी सडक स्तरोन्नति

ठाकुरप्रसाद आचार्य/बेनी भदौं ९ गते । बादिकाको भीरबाट तल दाङखोला तर्फ आउँदै गरेको जीप । यो स्थानमा भीर काटेर सडक बनाउन वाँकी रहेको छ । मालिका गाउँपालिकाको केन्द्र देखि धवलागिरि गाउँपालिकाको केन्द्र जोड्ने दरबाङ देखि धारापानी सम्म सडक स्तरोन्नतिको काम भइरहेको छ । दुईवर्ष अघि गण्डकी प्रदेश सरकारले विनियोजन गरेको १४ करोड ३८ लाख रुपैयाँमा […]
‘मालिका प्रेस’ साप्ताहिक पत्रिकाको विमोचन

विकल्प न्यूज/बेनी साउन ३१ गते । मालिका प्रेस साप्ताहिक पत्रिको विमोचन गरिएको छ । म्याग्दीमा मंगलबारदेखि प्रकाशन शुरु भएको पत्रिकाको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले बेनीमा बिमोचन गर्नुभयो । गुनबहादुर पुन सम्पादक भएर मालिका गाउँपालिकाको केन्द्र दरवाङमा मुख्य कार्यालय बनाएर पत्रकार साधन राम्जालीले पत्रिका प्रकाशन शुरु गर्नुभएको हो । बिमोचनका क्रममा जिसस प्रमुख […]
रुम पहिरो अपडेट ः वेपत्ता तीनजनाको शव भेटीयो, एकै परिवारका पाँचजनाको मृत्यु

ठाकुरप्रसाद आचार्य/म्याग्दी साउन १७ गते । म्याग्दीको मालिका गाउँपालिका २ रुमको तामेङ गाउँमा पहिरोमा परी वेपत्ता भएका तीनजनाको सव भेटिएको छ । मंगलबार विहान ३ बजे घरमाथिको पाखोबाट पहिरो खसेर घर परिँदा वेपत्ता भएका एकै परिवारका तीनजनाको सव भेटिएको हो । स्थानीयले यसअघि दुईजनाको सव भेटाएका थिए । पहिरोले स्थानीय घामबहादुर विकको घर पुरिँदा उहाँका […]
म्याग्दीको रुमको हल्लेपानीमा पहिरोले घर परिदा दुईको मृत्यु,तिन वेपत्ता

ठाकुरप्रसाद आचार्य/म्याग्दी साउन १७ गते । म्याग्दीको मालिका गाउँपालिका २ रुम गाउँको हल्लेपानीमा गयराती पहिरोले घर पुरिदा २ जनाको मृत्यु हुनुका साथै तिनजना वेपत्ता भएका छन् । घरमाथिको पाखोबाट आएको पहिरोले स्थानीय घामबहादुर विकको घर पुरिदा छोराहरु १३ वर्षको राजन विक र १५ वर्षको नविन विकको मृत्यु भएको प्रहरी नायब उपरिक्षक तिलक भारतीले जानकारी दिनुभयो […]
गण्डकी प्रदेशका नमुना सडक अलपत्र

ठाकुरप्रसाद आचार्य/म्याग्दी असार २० गते । गण्डकी प्रदेश सरकारले तिनवर्ष अघि सारेको ‘एक निर्वाचन क्षेत्र १ नमूना सडक कार्यक्रम’ अन्तर्गतका जिल्लाका दुईवटा सडक योजना अलपत्र परेका छन् । निर्माण व्यावसायीको ढिलासुस्ती र लापरबाहीका कारण सडक योजना समयमै कार्यान्वयन हुन नसकेको हो । सडक निर्माण समयमै सम्पन्न हुननसक्दा सर्वसाधारणहरुले सास्ती भोग्नुपरेको छ । प्रदेशसभा निर्वाचन क्षेत्र […]
मालिकाको नीति ः “बजारमूखी कृषि, स्वास्थ्य र शिक्षामा दिगो पूर्वाधार–अबको यात्रा युवा स्वरोजगार”

विकल्प न्यूज/बेनी असार १४ गते । पालिका अध्यक्ष वेगप्रसाद गर्बुजाद्धारा प्रस्तुत ः आ.व. २०७९/८० को लागि श्रीमान् अध्यक्षद्वारा गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रम “बजारमूखी कृषि, स्वास्थ्य र शिक्षामा दिगो पूर्वाधार – अबको यात्रा युवा स्वरोजगार” मालिका गाउँपालिका, म्याग्दीको यस गरिमामय सदनमा उपस्थितउपाध्यक्षज्यू, प्रमुख प्रशासकीय अधिकृत तथा सम्पूर्ण सभा सदस्यज्यूहरु, सर्वप्रथम स्थानीय सरकार गठन भई आम […]
सडक हिलाम्मे भएपछि सडकमै रोपाइँ गर्दै रणवाङका स्थानीयहरु (फोटोफिचर)

विकल्प न्यूज/बेनी असार १३ गते । जिल्लाको पश्चिम भेगलाई जोड्ने महत्वपूर्ण सडक बेनी दरबाङ सडक अन्र्तगत लाम्पाटा – दरबाङ सडक खण्डको निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले अलपत्र पारेर सम्पर्क विहिन भएपछि स्थानीयहरुले सडकमै धान रोपेर विरोध जनाएका छन् । निर्माणधिन सडक ठेकेदारले अलपत्र पारेपछि सडक हिलाम्मे हुने र पैदल हिड्न समेत असहज भएपछि स्थानीयहरुले सोमबार […]
रुममा स्वास्थ्य चौकी भवन निर्माण सुरु

विकल्प न्यूज/बेनी असार ३ गते । मालिका गाउँपालिकाको २ नम्बर वडा रुममा स्वास्थ्य चौकीको सुविधा सम्पन्न पक्की भवन निर्माण थालिएको छ । संघीय सरकारको विशेष अनुदानबाट प्राप्त भएको बजेटले पालिकाले स्वास्थ्य चौकीको दुईतल्ला भवन निर्माण गर्न लागेको हो । पुरानो र जिर्ण भवनका कारण सेवा प्रवाहमा असहजता भएपछि पालिकाले भवन निर्माणका लागि संघीय सरकार सँग […]
रुमको विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना

विकल्प न्यूज\बेनी जेठ ३१ । जिल्लाको मालिका गाउँपालिका २ रुमको राष्ट्रिय माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना गरिएको छ । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमबाट प्राप्त भएको रकमले विद्यालयमा प्रयोगशाला स्थापना गरिएको हो । प्रयोगशाला स्थापना भएपछि विद्यार्थीहरु हर्षित भएका छन् । विद्यालयलाई प्राप्त भएको मुख्य मन्त्री शैक्षिक सुधार कार्यक्रमको ७ लाख रुपियाँबाट विज्ञान […]
मालिकामा विषयगत समिति गठनमा काँग्रेस र माओवादीबीच विवाद

विकल्प न्यूज/बेनी जेठ १९ गते । मालिका गाउँपालिकाको पहिलो गाउँसभामा विवाद उत्पन्न भएको छ । बुधबार गाउँपालिका केन्द्र दरबाङमा बसेको गाउँसभामा जनप्रतिनिधिकाहरुकाबीच विवाद उत्पन्न भएपछि गाउँसभा स्थगित हुनपुगेको छ । पालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले विभिन्न विषयगत समितिहरुको गठनको प्रस्ताव पेश गरेपछि काँग्रेस,माओवादी र नेकपा एकिकृत समाजवादीका जनप्रतिनिधिहरुकाबीच आपसी विवाद हुँदा गाउँसभा स्थगित हुन पुगेको हो […]
मालिकाकाे कार्यपालिका निर्वाचनमा गठबन्धन ताेड्दै माओवादी फ्लाेर क्रस

विकल्प न्युज/बेनी जेठ १२ गते । मालिकाकाे कार्यपालिका निर्वाचनमा माओवादीले गठबन्धन ताेड्दै एमालेलाई सहयाेग गरेकाे छ । आज भएको कार्यपालिका सदस्य निर्वाचनमा गठबन्धन दलका बीच भएको सहमति विरूद्द फ्लाेर क्रस गरेर एमालेलाई जिताएका छन ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा नेकपा एमाले विजयी

ठाकुरप्रसाद आचार्य/म्याग्दी जेठ ५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । विहिवार विहान सम्पन्न मतगणना अनुसार नेकपा एमालेका तर्फबाट अध्यक्ष पदका उम्मेदवार भरत पुनले चार हजार ५८ र उपाध्यक्षका उम्मेदवार दिवा पुनले ४ हजार १५ मत प्राप्त गरी विजयी हुनुभएको हो । यसैगरी प्रतिस्पर्धी नेपाली काँग्रेसका तर्फबाट […]
मालिकाको अध्यक्षमा एमालेका बेगप्रसाद गर्बुजा विजयी

विकल्प न्यूज\बेनी जेठ १ गते । म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमाले विजयी भएको छ । आइतबार दिउसो सम्पन्न मतगणना अनुसार अध्यक्षमा बेगप्रसाद गर्बुजा र उपाध्यक्षमा लक्ष्मि देवी पुन विजयी हुनुभएको हो । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार गर्बुजाले ३०९१ र उपाध्यक्षले ३१६७ मत प्राप्त गर्नुभएको छ । यसैगरी […]
मालिका ४ को वडा अध्यक्षमा कांग्रेसका भेजेन्द्रमान पुन बिजयी

विकल्प न्युज/ बेनी वैशाख ३१ गते । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा भेजेन्द्रमान पुन बिजयी भएका छन् । शनिबार साँझ सम्पन्न वडा नम्बर ४ को मत परिणाम अनुसार वडा अध्यक्षका उम्मेद्वार ४२९ मत लिएका छन् । प्रतिद्धन्दी माओवादीका रेशम पुनले ३६८ ,एमालेका गोपाल कंडेलले २०७ र मंगोलका दलप्रसाद पुनले ६ मत […]
मालिका २ रुमको वडा अध्यक्षमा एमालेका उदय कुमार बुढाथोकी विजयी

बेनी, ३१ बैशाख । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्ष पदमा एमालेका उम्मेद्वार उदयकुमार बुढाथोकी विजयी भएका छन् । वडाअध्यक्षमा उनले ७५१ मत लिएर जिवयी भएका सहायक निर्वाचन अधिकृत हेमराज काफ्लेले जानकारी दिए । रुममा वडासदस्यमा एमालेको प्यानल नै विजयी भएका छन् । प्रतिद्धन्दी कांग्रेसका ताराबहादुर रोका मगरले ६१५ ,माओवादीका हर्कलाल दर्जीले […]