मालिका गाउँपालिका
दरवाङ म्याग्दीखोला आयोजनामा पहिलो दिनमै जुट्यो ३ करोडको संस्थापक सेयर

विकल्प न्यूज/बेनी चैत १८ गते । पश्चिम म्याग्दीमा निर्माणधिन २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाले शेयर आह्वान गरेको पहिलो दिनमै करिब ३ करोड रुपियाँ बराबरको संस्थापक सेयर संकलन भएको छ । धौलागिरी कालिका हाइड्रो लिमिटेड प्रवद्र्धक रहेको आयोजनाले पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा आयोजना निर्माण गर्न लागेको हो । सोमबार देखि बेनीको विरेन्द्रचोकमा आयोजनाले सम्पर्क कार्यालय […]
रुममा तीन दिने सतुवा खेती सम्वन्धी तालिम

विकल्प न्युज बेनी चैत्र ८ गते । जिल्लाको मालिका गाउँपालिका –२ रुममा व्यवसायिक सतुवा खेती सम्बन्धी तालिम सुरु भएको । गाउँपालिकाको आयोजनामा बिहिबारदेखी रुममा सुरु भएको तालिम तीन दिन सम्म संचालन हुने वडा अध्यक्ष नर बहादुर पुन मगरले जानकारी दिनुभयो । स्थानिय किसानहरुलाई व्यवसायिक सतुवा खेती मार्फत आर्थिक रुपमा आत्मनिर्भर बनाउने लक्ष्य सहित तालिमको आयोजना […]
गाउँपालिका केन्द्र दरबाङमा ढल निर्माण

साधन राम्जाली /विकल्प न्युज बेनी फागुन ३० गते ।जिल्लाको मालिका गाउँपालिका ६ केन्द्र दरबाङ बजारमा ढल निर्माण सुरु भएको छ । चालु आर्थिक बर्षमा वडाको सिफारिसमा गाउँपालिकाको ९ लाख रुपैयाँ र स्थानिय बासीको एक लाख रुपैयाँ गरी १० लाख रुपैयाँमा ढल निर्माण सुरु गरिएको हो । गाउँपालिकाको कार्यालय देखी नयाँ बजार सम्म १ सय […]
समाजसेवी रोका मगरद्धारा विद्यालयलाई १ लाख रुपैयाँ सहयोग

साधन राम्जाली/ विकल्प न्युज बेनी मंगलबार फागुुन २८ गते । म्याग्दीको मालिका गाउँपालिका–६ दुखूबेशी निवासी हाल संयुक्त अधिराज्य बेलायत (युके ) मा कार्यरत समाजसेवी एवम् चन्दादाता दल बहादुर रोका मगरले दुर्गम गाउँको विद्यालयलाई आर्थिक सहयोग गर्नुभएको छ । दुखुलेक स्थित मालिका आधारभुत विद्यालयलाई समाजसेवी एवम् चन्दादाता रोका मगरले १ लाख रुपैयाँ सहयोग गर्नुभएको हो । […]
स्वास्थ्य चौकीको भवन निर्माणमा चरम लापरबाही

विकल्प न्युज बेनी फागुन २८ गते । म्याग्दीको मालिका गाउँपालिका–४ च्युरिबोटमा रहेको ओखरबोट स्वास्थ्य चौकीको भवन निर्माणमा चरम लापरबाही भएको भेटिएको छ । सम्झौता मिति अगावै भवन निर्माण समपन्न गरेको भन्दै सम्मानित भएको बागलुङ्गको गाल्बा जय लक्ष्मी जे.बि कन्ट्रक्सन कम्पनीले भवन निर्माणको क्रममा चरम लापरबाही गरेको स्थानियले आरोप लगाएका छन् । तत्कालिन सहरी विकास तथा […]
पर्यटकीय बराही ताल जाने सडक निर्माण

साधन राम्जाली /विकल्प न्युज फागुन २८ गते । म्याग्दीको मालिका गाउँपालिका –१ निस्कोटमा रहेको पर्यटकीय स्थल बराही ताल जानको लागि सडक निर्माण गरिएको छ । वडा कार्यालयको सिफारिसमा गाउँपालिकाबाट विनियोजित लाख रुपैयाँ र स्थानिय बासिको २५ हजार बराबरको श्रमदानमा सडक निर्माण गरिएको उपभोत्ता समितिका अध्यक्ष पुकार घर्तिले जानकारी दिनुभयो । उहाँका अनुसार देउगोरे ,झाम्ताबोट र […]
दिच्याममा पचास बढी विद्यार्थीमा भाइरल ज्वरो र रुघाखोकी, लायन्स क्लबद्धारा उपचार

दिवाकर सुवेदी दरबाङ फागुन २७ गते । म्याग्दीको मालिका गाउँपालिका ६ दिच्याममा एक दिने स्वास्थ्य परिक्षण ÷उपचार कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ म्याग्दी दरबाङको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको होे । दिच्याममा रहेको भगवति आधारभुत विद्यालयमा अध्ययनरत ५० बढी विद्यार्थिहरुमा भाइरल ज्वरो तथा रुघाखोकीबाट ग्रसित भएको सुचना प्राप्त भए संगै महामारी फैलिन […]
म्याग्दीमा पाँच वटा सहकारी मर्ज

साधन राम्जाली /विकल्प न्युज दरबाङ आइतबार फागुन २६ गते । म्याग्दीका पाँच वटा सहकारी संस्थाहरु एक आपसमा मर्ज भएका छन् । आइतबार मालिका गाउँपालिकाको दरवाङमा विशेष एकिकरण साधारण सभा गरि एक आपसमा मर्ज भएका हुन् । मर्ज हुनेमा दरबाङ स्थित पश्चिम दरवाङ, फुलबारी, सदरमुकाम बेनीको कामना , मंगला गाउँपालिकाको बाबियाचौर बहुउद्देश्यीय र बेनपा ४ को […]
मालिका गाउँपालिकाको कार्यालयका लागि जग्गाको व्यवस्थापन

विकल्प न्युज बेनी फागुन २२ गते । म्याग्दीको मालिका गाउँपालिका केन्द्र दरवाङमा गाउँपालिका लगायत सरकारी कार्यालय र सुरक्षा निकायको भवन निर्माणका लागि छ्यारछ्यारेमा रहेको सार्वजनिक जग्गाको व्यवस्थापन भएको छ । गाउँपालिका र वडा कार्यालयले बुधबार आयोजना गरेको आम भेला मार्फत दरवाङको छ्यारछ्यारेमा ५३ रोपनी सार्वजनिक जग्गा व्यवस्थापनका लागि स्थानीय स्तरमा सहमती जुटेको हो । समुदाय […]
बहिरङ्ग उपचार केन्द्रको प्रगतिबारे दरबाङमा दुई दिने समिक्षा गोष्ठी

साधन राम्जाली /विकल्प न्युज दरबाङ्ग फागुन २१ गते ।म्याग्दीेको मालिकाको दरबाङमा बहिरङ्ग उपचार केन्द्रको प्रगतीबारे दुई दिने समिक्षा गोष्ठी सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको आयोजना र सुआहारा मिलन म्याग्दीको प्राविधिक सहयोगमा मंगलबार गाउँपालिका केन्द्र दरबाङ्गमा धवलागिरी,मालिका र मंगला गाउँपालिकामा संचालित बहिरङ्ग उपचार केन्द्रको प्रगतीको दुई दिने समिक्षा गोष्ठी सम्पन्न भएको हो । […]
युकेबासीद्धारा रातोढुङ्गाका वोन क्यान्सर पिडित रोकालाई करिव साढे २ लाख आर्थिक सहयोग
साधन राम्जाली /विकल्प न्युज दरबाङ, फागुन २१ गते । म्याग्दीको मालिका गाउँपालिका –६ दुखुबेशी,रातोढुङ्गाका वोन क्यान्सर पिडित १७ बर्षिय गजिन रोका मगरलाई युकेमा कार्यरत नेपालिहरुले आर्थिक सहयोग गरेका छन् । एक बर्षदेखी वोन क्यान्सरबाट पिडित रोका मगरलाई युकेमा कार्यरत दुखु निवासी समाजसेवी दलबहादुर रोका मगरको संयोजकत्वमा युकेमा कार्यरत नेपालीहरुबाट संकलित दुई लाख ४६ हजार ८ […]
ओखरबोटको सिस्नेरी र खवाङमा खानेपानी आयोजना निर्माण

विकल्प न्यूज/बेनी फागुन १८ गते । म्याग्दीको भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने मालिका गाउँपालिका ४ सिस्नेरी र खवाङका घरघरमा खानेपानी सुबिधा पुगेको छ । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत बन्दरमुल खानेपानी तथा सरसफाई आयोजना निर्माण गरेर स्थानीयबासीलाई निजी धारा मार्फत खानेपानी सुबिधा उपलब्ध गराइएको हो । ६५ लाख रुपैयाँको लागतमा निर्माण […]
दरबाङ म्याग्दीखोला जलविद्युत आयोजनामा लगानीको आह्वान

विकल्प न्यूज/बेनी फागुन १८ गते । म्याग्दीको मालिका गाउँपालिकामा निर्माण सुरु भएको २५ मेगावाट क्षमताको दरबाङ म्याग्दीखोला जलविद्युत आयोजना यस क्षेत्रको लागि विकासको आधार र लगानीको अवसर रहेकोमा जोड दिईएको छ । आयोजनाको प्रवद्र्धक धौलागिरि कालिका हाईड्रो लिमिटेड कम्पनीले शनिवार बेनीमा आयोजना गरेको ‘सामुहिक लगानी सेमिनार’ मा सहभागी सरोकारवालाहरुले सो कुरा बताएका हुन् । सेमिनारको […]
२५ मेगावाटको दरवाङ म्याग्दी खोलामा लगानीको अवसर

विकल्प न्यूज/बेनी फागुन १७ गते । पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा निर्माणधिन अवस्थामा रहेको २५ मेगावाट क्षमताको दरबाङ– म्याग्दीखोला जलविद्युत आयोजनामा म्याग्देलीलाई लगानीमा प्राथमिकता दिने गरी बेनीमा लगानी र अवसर सम्बन्धि बृहत अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । धौलागिरी कालिका हाइ्रड्रो लिमिटेडले निर्माण गर्न लागेको आयोजनाको केही महिना अगाडी महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापाले मालिका […]
महभिरमा खानेपानी आयोजना निर्माण

विकल्प न्युज महभिर फागुन १६ गते । म्याग्दीको मालिका गाउँपालिका ४ ओखरबोटको महभिरमा जुगेपानी खानेपानी तथा सरसफाई आयोजना निर्माण भएको छ ।पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत ५६ लाख ३५ हजार १७ रुपैयाँको लगानीमा निर्माण भएको आयोजनाबाट महभिर गाउँका ५८ घरधुरी लाभान्वित भएका छन् । मालिका गाउँपालिकाले पाँच लाख ६३ हजार ५०१, नेपाल […]