मालिका गाउँपालिका
दरबाङमा दलित सचेतना सम्बन्धी प्रशिक्षण सुरु

विकल्प न्युज /बेनी जेठ ५ गते । मालिका गाउँपालिकाको केन्द्र दरबाङमा दलित जनप्रतिनिधि र दलित अगुवा विच संचालित दलित सचेतना सम्बन्धी दुई दिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ । गाउँपालिकाको आर्थिक सहयोग तथा गाउँपालिका स्तरिय दलित संचालनको आयोजनामा आइतबारदेखी कार्यक्रम सुरु भएको हो । कार्यक्रममा प्रमुख अतिथि वडा नं ६का अध्यक्ष सन्तोष सुवेदीले शुभकामना व्यक्त […]
मालिकामा भक्तजनको भीड

साधन राम्जाली /विकल्प न्युज दरबाङ, जेठ ५ गते । मालिका म्याग्दीको ऐतिहासिक धार्मिक स्थल एवम् प्रमुख पर्यटकीय स्थल हो । समुन्द्र सतहदेखी करिब तीन हजार ४ सय उचाईमा अवस्थित छ । जिल्लाको मालिका गाउँपालिकाको वडा नं ६ , ७ र रघुगंगा गाउँपालिकाको वडा नं ६ को सिमानामा रहेको मालिकामा बिशेष गरी चन्डी पुर्णीमा ,जेष्ठ पुर्णिमा […]
दरबाङ इङलिस बाेर्डीङ स्कुलको १० औं बार्षिकोत्सव

विकल्प न्युज दरबाङ , जेठ ४ गते । म्याग्दीको मालिका गाउँपालिका ६ दरबाङमा रहेको दरबाङ ईङलीस बोर्डिङ स्कुलले आफ्नो १० बार्षिकोत्सव मनाएको छ । गाउँपालिकाको केन्द्र दरबाङ बजारमा रहेको स्कुलले शुक्रबार विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो । कार्यक्रमको उद्धघाटन गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले वार्षिकोत्सवको शुभकामना व्यक्त गर्नुभयो । उहाँले निजि विद्यालयहरुले परिमाणमा […]
मालिका गाउँपालिकामा नेकपाको शपथ ग्रहण

विकल्प न्युुज बेनी बैशाख ३१ गते । म्याग्दीका मालिका गाउँपालिकामा आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । नेकपाको मालिका गाउँ सङ्गठन कमिटीको आयोजनामा शपथग्रहण तथा कार्यकर्ता भेलाको आयोजना गरिएको हो । नवनिर्वाचित गाउँ सङ्गठन कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई नेकपा प्रदेश सदस्य नबराज शर्मा,जिल्ला कमिति सदस्य सुबिन जुग्जालि,बालकृष्ण सुवेदी,खरमाया बितालु र जग […]
बिमका अधिकांश योजना सम्पन्न

साधन राम्जाली /विकल्प न्यूज १२ गते । जिल्लाको पश्चिम मालिका गाउँपालिका ७ नम्बर वडाका अधिकांश योजनाहरु सम्पन्न भएका छन् । वडाको सिफारिसमा गाउँपालिकाबाट विनियोजन भएका भौतिक पूर्वाधार तथा सामाजिक विकास तर्फका अधिकांश योजनाहरु सम्पन्न भएका छन् । चालु आर्थिक बर्ष २०७५/७६ मा विनियोजित योजना मध्ये ८० प्रतिशत योजनाहरु सम्पन्न भएको वडा अध्यक्ष रेशम जुग्जालीले बताउनुभयो । […]
अर्गानिक खेती प्रविधिसम्बन्धी बेनीमा स्थानिय सरकारवालाविच छलफल

विकल्प न्युज/बेनी बैशाख ६ गते । म्याग्दीमा अर्गानिक खेती प्रविधिसम्बन्धी अभिमुखीकरण कार्यक्रममा सरोकारवालाबीच छलफल गरिएको छ । म्याग्दी विकास मन्चको आयोजना र जिल्ला समन्वय समिति म्याग्दीको समन्वयमा शुक्रबार सदरमुकाम बेनीमा अर्गानिक खेती प्रविधिसम्बन्धी विषयमा अन्तत्र्रिmया तथा छलफल कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै जिल्ला समन्वय समिति प्रमुख देवेन्द्रबहादुर केसीले म्याग्दी जिल्लालाई अर्गानिक उत्पादनको […]
ग्रिन डेभलपमेन्ट बैंक दरबाङमा

साधन राम्जाली/ विकल्प न्युज बेनी बैशाख ३ गते । म्याग्दीको दोस्रो सदरमुकामले परिचित दरबाङ बजारमा ग्रिन डेभलपमेन्ट बैंकले शाखा विस्तार गरेको छ । मालिका गाउँपालिका ६ दरबाङमा गत पुस ११ गते देखी कारोबार सुरु गरेको बैंकको मंगलबार एक कार्यक्रमका विच उद्घाटन गरिएको हो । बागलुङमा केन्द्रिय कार्यालय रहेको बैंकले दरबाङमा नवौं शाखा विस्तार गरेको हो […]
चट्याङ लागेर घाइते भएकाहरुको सफल उपचार

विकल्प न्युज /बेनी, बैशाख ३ गते । म्याग्दीको मालिका गाउँपालिका २ बिलबाङमा चट्याङ लागेर घाइते भएकाहरुको सफल उपचार भएको छ । सोमबार सांझ करिब पाँच बजे परेको चट्याङबाट बिलबाङका पवित्रा पुन ,मिरा कुमारी पुन ,दिवस पुन ,तकसरा पुन ,खकेन्द्र पुन,कमानसिङ्ग पुन घाइते हुन््भएको थियो । घाईते मध्ये पवित्रा पुन ,मिरा कुमारी पुन र दिवस पुनको […]
चट्याङ लागेर बिलबाङमा ६ जना घाइते, तीनको अवस्था गम्भिर

विकल्प न्युज /बेनी बैशाख २ गते । म्याग्दीको मालिका गाउँपालिका २ विलबाङमा चट्याङ लागेर ६ जना घाइते भएका छन् । सोमबार सांझ करिब पाँच बजे परेको चट्याङबाट बिलबाङका पवित्रा पुन ,मिरा कुमारी पुन ,दिवस पुन ,तकसरा पुन ,खकेन्द्र पुन ,कमानसिङ्ग पुन घाइते हुन््भएको दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर गणेश श्रेष्ठले जानकारी दिनुभएको छ । उहाँका […]
मालिकामा नेकपाको एकता टुंगियो ः अध्यक्षमा गर्बुजा चयन

विकल्प न्यूज/बेनी चैत २२ गते । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को मालिका गाउँपालिका कमिटीको अध्यक्षमा पूर्व एमालेका तर्फबाट बेगप्रसाद गर्बुजा सर्वसम्मत रुपमा चयन हुनुभएको छ । कमिटीको सचिवमा पूर्व माओवादी केन्द्रका गोबिन सिउन्थानी चयन हुनुभएको छ । शुक्रवार मालिका गाउँपालिकाको केन्द्र दरवाङमा जिल्ला संयन्त्र सदस्य रेशम जुग्जाली र पूर्व सांसद तथा नेता नवराज शर्माको आथित्यतामा भएको भेलाले […]
आन्तरिक आय बढाउँदै म्याग्दीका स्थानीय तह

विकल्प न्यूज/बेनी चैत २० गते । जिल्लाका स्थानीय तहले चालु आर्थिक वर्षको दोस्रो चौमासीकसम्म करिब सवा तिन करोड भन्दा वढी राजश्व संकलन गरेका छन् । संविधानले दिएको अधिकार अनुसार स्थानीय तहले करका रूपमा सम्पत्ति कर, घरबहाल कर, घरजग्गा रजिष्ट्रेसन शुल्क, सवारी साधन कर लगाउने अधिकार छ । यसका साथै स्थानीय तहले सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, […]
मालिका गाउँपालिका १ निस्कोटको ६० प्रतिशत योजना सम्पन्न

विकल्प न्युज बेनी चैत्र १९ गते । जिल्लाको मालिका गाउँपालिका १ निस्कोटको चालु आर्थिक बर्ष ७५÷७६ मा विनियोजित योजना मध्ये ६० प्रतिशत योजनाहरु सम्पन्न भएका छन् । वडाको सिफारिस र गाउँपालिकाबाट विनियोजन भएका ३२ मध्ये १८ वटा योजना सम्पन्न भएको वडा अध्यक्ष टंकप्रसाद पुन मगरले बताउनुभयो । भौतिक पुर्वाधार,आर्थिक र शुशासन संस्थागत तर्फ गरि चालु […]
राष्ट्रिय माविको भवन पुनःनिर्माण सुरु

विकल्प न्युज साधन राम्जाली बेनी चैत्र १९ गते । २०७२ सालको भुकम्पले क्षति पु¥याएको राष्ट्रिय माविको भवन पुननिर्माण सुरु भएको छ । जिल्लाको मालिका गाउँपालिका २ रुममा रहेको राष्ट्रिय माविको भवनको पुननिर्माणको काम सुरु भएको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरणले भवन पुननिर्माणका लागि ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । भुकम्पले पहिलेको भवनमा ठुलो […]
मालिका गाउँपालिकाको ४ ओखरबोटका ३५ प्रतिशत योजना सम्पन्न

विकल्प न्युज बेनी चैत्र १९ गते । मालिका गाउँपालिका –४ नं वडाको चालु आर्थिक बर्ष ७५÷७६ मा विनियोजित योजना मध्ये ३५ प्रतिशत योजनाहरु सम्पन्न भएका छन् । वडाले सिफारिस गरि गाउँपालिकाबाट विनियोजन भएका २९ मध्ये ७ वटा योजना सम्पन्न भएको वडा अध्यक्ष दिलिपकुमार शेरचनले बताउनुभयो । भौतिक पुर्वाधार,आर्थिक र शुशासन संस्थागत तर्फ गरि चालु आर्थिक […]
म्याग्दीका स्थानीय तहमा कति भयो विकास बजेट खर्च ?

विकल्प न्यूज/बेनी चैत १९ गते । म्याग्दीका स्थानीय तहमा आर्थिक वर्षको दास्रो चौमासिकसम्म करीब ३० प्रतिशतको हारहारीमा मात्रै विकास बजेट खर्च भएको छ । स्थानीय तहहरुले दिएको जानकारी अनुसार बेनी नगरपालिका सहित पाँचवटा गाउँपालिकामा विकास बजेट खर्चको अवस्था हेर्दा कतै उत्साह जनक त कतै निराशाजनक स्थिती देखिन्छ । कर्मचारी,दक्ष जनशक्तिको अभाव र भौगोलीक विकटता योजना कार्यान्वयका […]