ताजा समाचार:
Search

मालिका गाउँपालिका

बिम बस दुर्घटना अपडेट ः मृतक ३ जनाको सनाखत

विकल्प न्यूज/बेनी कार्तिक १७ गते । पश्चिम म्याग्दीको मालिका गाउँपालिका ७ बिममा आइतवार साँझ बस दुर्घटना हुँदा चारजनाको घटनास्थमा नै मृत्यु भएको छ । दुर्घटनामा एक पुरुष र तिन महिलाको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा ७० वर्षीय सतदेवी भट्चन,११ वर्षीय आयुशा जुग्जाली र वर्ष नखुलेको रबी जुग्जालीको सनाखत भएको प्रहरीले […]

बिम बस दुर्घटना अपडेट ः १८ जना घाइतेलाई दरवाङ ल्याइयो

विकल्प न्यूज/बेनी कार्तिक १७ गते । आइतवार साझ म्याग्दीको मालिका गाउँपालिका ७ बिममा भएको बस दुर्घटनाका घाइतेहरु । घाइतेहरुलाई दरवाङ स्वास्थ्य केन्द्रमा ल्याइएको छ । दुर्घटनामा मृत्यु भएका चारजनाको सनाखत हुन सकेको छैन । बिम बस दुर्घटना घाईतेहरु :- १-जि.म्याग्दी मालिका गा.पा. ७ बिम बस्ने बर्ष-६० को राजमान दर्जी दाहिने हात र शरिरको बिभिन्न भागमा […]

बिममा बस दुर्घटना हुँदा चारको मृत्यु

विकल्प न्यूज/बेनी कार्तिक १७ गते । म्याग्दीको मालिका गाउँपालिका ७ बिममा बस दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।मृतकको पहिचान हुँन वाँकी रहेको छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङ तर्फबाट यात्रु लिएर बिम जाँदै गरेको ग १ ख ४४७६ नम्बरको बस आइतवार साँझ साढे ६ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ […]

धवलागिरी, मालिका गापा र बेनपामा नेकपाको कार्यकर्ता प्रशिक्षण

विकल्प न्यूज/बेनी कार्तिक २ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले शनिबार एकै दिन तीन वटा स्थानीय तहमा संगठित सदस्यहरुलाई प्रशिक्षण गरेको छ । दशैं, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदानका साथै पार्टीका नीति निर्देशन, सरकारका काम र योजनालाई कार्यकर्ता माझ पु¥याउन धवलागिरी गाउँपालिकाको ताकम, मालिकाको दरवाङ र बेनीमा प्रशिक्षण कार्यक्रम गरेको हो । […]

निशुल्क दन्त शिविरमा ६ सय बढीले सेवा लिए

विकल्प न्युज बेनी ,असोज १४ गते । म्याग्दीको मालिका गाउँपालिका– ६ दरबाङमा सम्पन्न निशुल्क दन्त शिविरमा ६ सय जना बढीले सेवा लिएका छन् । जिल्लाको जिल्लाको मंगला गाउँपालिका –१ कुँहु तुसारेपानी निवासी हाल अष्ट्रेलियाको सिड्नीमा बस्दै आउनुभएका मुक्ति रोका र उहाँको परिवारले स्वर्गिय आमा पविसरा रोकाको स्मृतीमा आयोजित मालिका गाउँपालिका –६ दरबाङमा दुई दिने निशुल्क […]

दरबाङमा दुई दिने निशुल्क दन्त शिविर सुरु (तस्बिर सहित )

विकल्प न्युज दरबाङ, असोज ११ गते । म्याग्दीको मालिका गाउँपालिका ६ दरबाङमा निशुल्क दन्त शिविर सुरु भएको छ । मंगला गाउँपालिका १ कुँहु तुसारेपानी निवासी हाल अष्ट्रेलियाको सिड्नीमा बस्दै आउनुभएका मुक्ति रोका र उहाँको परिवारको आयोजना र गाउँपालिकाको व्यवस्थापनमा शनिबारदेखी दरबाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रमा शिविर सुरु भएको हो । म्याग्दीको पश्चिम मंगला ,मालिका र धवलागिरी […]

दरबाङमा कांग्रेसको जागरण अभियान

विकल्प न्युज बेनी ,असोज ५ गते । नेपाली कांग्रेस म्याग्दी प्रदेश सभा २ को जागरण अभियान दरबाङमा सम्पन्न भएको छ । कांग्रेसको दोस्रो चरण अन्तर्गतको हिमाल ,पहाड र तराइ जनजागरण अभियान अन्तर्गत आइतबार मालिका गाउँपालिका ६ दरबाङमा सम्पन्न भएको हो । कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीका सभापति खमबहादुर गर्बुजा खम्बिरले जनताको दुख पिडा र […]

संविधान दिवसमा मालिकामा दिपावली

विकल्प न्युज बेनी,असोज २ गते । संविधान दिवसको अवसरमा म्याग्दीको मालिका गाउँपालिकामा दिपाली गरिएको छ । विहिबार मालिका गाउँपालिकाको आयोजनामा गाउँपालिका ६ दरबाङमा दिप प्रज्वलन गरी संविधान दिवस मनाइएको हो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष खर माया विटालुले गाउँबासीमा दिवसको शुभकामना दिनुभयो । जनातको लामो संघर्ष ,त्याग र बलिदानबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्न सबै एक हुनुपर्नेमा […]

मालिकाको दरबाङमा निशुल्क दन्त स्वास्थ्य शिविर संचालन हुने

विकल्प न्युज बेनी, भदौ ३१ गते । पश्चि म्याग्दीका मंगला ,मालिका र धवलागिरी गाउँपालिकालाई लक्ष्यित गरेर मालिका गाउँपालिका ६ दरबाङमा दुई दिने निशुल्क दन्त स्वास्थ्य शिविरको आयोजना गरिने भएको छ । म्याग्दीको मंगला गाउँपालिका १ घर भइ हाल अष्ट्रेलियाको सिड्नीमा बस्दै आउनुभएका समाजसेवी एवम् म्याग्दी प्रवासी नेपाली संघ(मोना)अष्ट्रिेलियाका अध्यक्ष मुक्तिप्रसाद रोका र उहाँको परिवारको आयोजना […]

मालिकाले सामाजिक हिंसा तथा बिकृती बिरुद्ध अभियान संचालन गर्ने

विकल्प न्युज बेनी, भदौ ३० गते । म्याग्दीको मालिका गाउँपालिकाले सामाजिक हिंसा तथा बिकृती बिरुद्ध सचेतनामुलक अभियान संचालन गनेभएको छ । आइतबार बसेको बैठकले आगामी असोज ३ गते देखी गाउँपालिकाको सबै वडामा सो अभियान संचालन गर्ने भएको हो । गाउँपालिकाका सात वटै वडामा अभियान संचालन गरिने उपाध्यक्ष खर माया विटालुले जानकारी दिनुभयो । गाउँपालिका भित्र […]

कृषि गाउँ

विकल्प न्युज म्याग्दी, भदौ ३० गते । प्राङ्गारिक कृषिका लागि प्रशिद्ध मालिका गाउँपालिकाको बिम गाउँ । यहाँ कृषि प्राविधिक शिक्षालयमा १८ जिल्लाका विद्यार्थी अध्ययन गरिरहेका छन् । तस्वीर ःध्रुवसागर शर्मा /रासस

ओखरबोट माविको पर्खाल भत्कियो

तुल प्रसाद पुन/ विकल्प न्युज ओखरबोट , भदौ २४ गते । म्याग्दीको मालिका गाउँपालिका ४ स्थित ओखरबोट माविको पर्खाल भत्किएको छ । मंगलबार दिउसो विद्यालयको भवनको पर्खाल भत्किएको हो । विद्यालय भन्दा तल गएको पहिरोको कारण जमिन भासिँदै गएकाले विद्यालय नै उच्च जोखिममा रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलप्रसाद घर्ती मगरले जानकारी दिनुभयो । पर्खाल […]

कुटपिटबाट घाइते दर्जीको ज्यान गयो,तीन जना पक्राउ

विकल्प न्युज बेनी, भदौ २३ गते । म्याग्दीको मालिका गाउँपालिका– २ रुमको खवाङमा स्थानीय युवाहरुको कुटपिटबाट घाइते भएका एक व्यक्तिको ज्यान गएको छ । कुटपिटबाट घाइते हुनुभएका ४६ वर्षीय मोतीप्रसाद दर्जीको उपचारको क्रममा पोखराको गण्डकी अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । कुटपिटमा संलग्न स्थानीय ओमकार बुढाथोकी ,नविन बुढाथोकी र नेत्र पुनलाई […]

गोरक्षा आधारधुत विद्यालयलाई आर्थिक सहयोग

विकल्प न्युज बेनी, भदौ २२ गते । म्याग्दीको दुर्गम मालिका गाउँपालिका– ३ औलाखर्क स्थित गोरक्षा आधारभुत विद्यालयलाई आर्थिक सहयोग प्राप्त भएको छ । सोही वडा लुक्सीपार निवासी आमा स्वर्गिय चन्द्रकला बुढाको स्मृतीमा उहाँका छोराहरु मनरुपी बुढा, धनबहादुर बुढा ,कुलबहादुर बुढा ,पुर्ण बहादुर बुढा र हेम बहादुर बुढा मगरले विद्यालयलाई संयुक्र रुपमा १ लाख १८ हजार […]

रुममा नेष्डोका कर्मचारी माथि निर्घात कुटपिट

विकल्प न्युज बेनी , भदौ १९ गते । नेष्डो नेपाल माइक्रो फाइनन्स दरबाङ्ग शाखामा कार्यरत शुस्मा क्षेत्री कुटिनुभएकी छिन् । म्याग्दीको मालिका गाउँपालिका ६ दरबाङ्गमा रहेको माइक्रो फाइनन्स शाखामा कार्यरत तनहुँकी क्षेत्री सोही गाउँपालिकाको वडा नं २ रुमबाट पैसा संकलन गरेर फर्किने क्रममा बाटोमा अपरिचित दुई पुरुषबाट कुटिनुभएकी जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । […]