ताजा समाचार:
Search

मालिका गाउँपालिका

मालिका गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता सुरू (फाेटाे)

विकल्प न्युज / बेनी माघ 22 गते । मालिका गाउँपालिकाकाे केन्द्र दरबाङमा बुधवार देखि दाेर्साे राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता सुरू भएकाे हाे । प्रतियाेगिताकाे जिसस प्रमुख देवेन्द्र वहादुर केसिले गर्नुभएकाे हाे । 

म्याग्दीको पश्चिम भेगका ७ स्थानमा पक्की पुल बन्दै

ठाकुरप्रसाद आचार्य/बेनी माघ १३ गते । जिल्लाको पश्चिम भेगका वस्तीहरुलाई जोड्ने गरी धमाधम पक्की पुलहरु निर्माण हुनथालेका छन् । संघिय र प्रदेश सरकारले गरी म्याग्दीखोला भेगका ७ स्थानमा मोटरेबल पुल बन्न थालेका हुन । केही वर्ष भित्र ति स्थानहरुमा पक्की पुल निर्माण भई वस्तीहरु सडक सञ्जालसँग सिधा जोडीने छन् । संघीय सरकार अन्तर्गत रहेको सडक […]

म्याग्दीका स्थानीय तहमा योजना कार्यान्वयन तिव्र

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज माघ २ गते जिल्लाका स्थानीय तहहरु चालु अािर्थक वर्षमा विनियोजन गरेका विकास योजनाहरुको कार्यान्वनयमा जुटेका छन् । दोस्रो चौमासिक सुरु भएसँगै स्थानीय तहहरुमा योजना कार्यान्वनयले तिव्रता पाउन थालेको हो । एक नगरपालिका सहित ६ वटा स्थानीय तहमा चालु आर्थिक वर्षमा पूर्वाधार तर्फका साना ठूला गरी करिब एकहजार भन्दा वढी योजनाहरु सञ्चालित छन् […]

मालिका गाउँपालिका विद्यालय स्तरीय लोकनृत्यमा केवि एकेडेमी प्रथम

विकल्प न्यूज/बेनी पुस २५ गते । नेपाल विद्यार्थी संघ जनप्रिय मावि दरबाङ मुल इकाइको आयोजनामा शुक्रबार दरबाङमा भएको मालिका गाउँपालिका विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा केवि एकेडेमी दरबाङ प्रथम भएको छ । ५ विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा भगवती आधारभूत विद्यालय दिच्याम दोस्रो, निस्कोट मावि निस्कोट तेस्रो भएका छन् । क्रमश प्रथम, दोस्रो र तेस्रो हुने विद्यालयले […]

बिम मालिका संघद्धारा दुर्घटनाका घाइते र मृतकका परिवारलाई सहयोग

विकल्प न्यूज/बेनी पुस २२ गते । बिम मालिका संघले बस दुर्घटनाका घाइते र मृतकका परिवारलाई सोमबार सात लाख ५८ हजार रुपैयाँ सहयोग वितरण गरेको छ । कात्तिक १७ गते मालिका गाउपालिका–७ बिमको गलघण्टीमा बस दुर्घटना हुदा ज्यान गुमाएकाको आफन्तलाई राहत र घाइतेहरुको उपचारका लागि संघले आर्थिक सहयोग संकलन गरेको थियो । ज्यान गुमाएका ४ जनाका […]

सिद्धार्थ माविलाई ल्यापटप र प्राजेक्टर सहयोग

विकल्प न्यूज/बेनी पुस १५ गते ।    यहाँको एक विद्यालयलाई ल्यापटप,प्रोजेक्टर र पुस्तक सहयोग प्राप्त भएको छ । म्याग्दीको मालिका गाउँपालिका ४ च्युरिबोट स्थित सिद्यार्थ माविलाई सोही च्युरिबोट घर भइ हाल युके ,जापान र अमेरिकामा बसोबास गर्नुहुँने समाजसेवी क्याप्टेन लक्ष्मण पुन मगरका तीन दाजुभाई ,धिरज र बिजयको संयुक्त परिवारले सो सहयोग गर्नुभएको हो । विद्यालयको आयोजनामा सम्पन्न […]

खुकुरी प्रहारबाट घाइते भएकी शिक्षिका पुनको उपचारमा ९० हजार सहयोग

विकल्प न्यूज/बेनी पुस ४ गते । गत कार्तिक २७ गते विद्यालय जाने क्रममा खुकुरी प्रहारबाट गम्भिर घाइते हुनुभएकी मालिका गाउँपालिका २ विलबाङकी शिक्षिका इन्द्रा कुमारी पुनको उपचारमा नेपाल शिक्षक महासंघ अन्नपूर्ण गाउँपालिका कार्यसमितिले  ९० हजार ९ सय ६५ रुपैयाँ सहयोग गरेको छ । महासंघको पहलमा   गाउँपालिका भित्रका ३६ वटा विद्यालयमा कार्यरत शिक्षिक तथा कर्मचारीबाट संकलन गरिएको […]

सिद्धार्थ माविका विद्यार्थीलाई पुरस्कार तथा शैक्षिक सामाग्री वितरण

विकल्प न्यूज/नारायण राई पुस १ गते  म्याग्दीको मालिका गाउँपालिका –४ च्युरिबोट स्थित सिद्धार्थ माविमा अध्ययनरत विद्यार्थीहरुलाइ सम्मान ,शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरिएको छ । च्युरिबोट घर भई हाल युकेमा कार्यरत बलबहादुर चोचाङ्गी पुन र बागबिर चोचाङ्गी पुन मगरद्धारा स्थापित वि एण्ड वि फाण्डेशनले पुरस्कार वितरण ,शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको हो । विद्यालयको […]

गलेश्वर शिवालय क्षेत्र विकास कोषको अध्यक्षमा पुन ः केसी चयन

विकल्प न्यूज/बेनी मंसिर २४ गते ।  म्याग्दीको बेनी नगरपालिका ९ गलेश्वर स्थित गलेश्वर शिवालय क्षेत्र विकास कोषको अध्यक्षमा पुनः रुद्रबहादुर केसी चयन हुनुभएको छ । मंगलबार गलेश्वरमा सम्पन्न कोषको छैटौ अधिवेशन तथा चौधौ कार्यकारी सभाले केसीलाई चौथो कार्यकालका लागि सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । यसै गरी उपाध्यक्षमा भिमनाथ पराजुली,सविच माधवप्रसाद रेग्मी र कोषाध्यक्ष […]

म्याग्दीका स्थानीय तहमा पहिलो चौमासिकमा बजेट खर्च निराशजनक

विकल्प न्यूज/बेनी मंसिर १८ गते । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा जिल्लाका स्थानीय तहको बजेट खर्च निराशाजनक देखिएको छ । एक नगरपालिका र पाँच स्थानीय तहले पहिलो चौमासिकमा अपेक्षा गरेअनुसार बजेट खर्च गर्न सकेका छैनन् । पहिलो चौमासिकमा कर्मचारी तलब र सामाजिक सुरक्षाको बजेट मात्र खर्च भएको छ । पुँजीगत तर्फको बजेट खर्च अत्यन्त न्यून […]

रुमको जेममा सुविधा सम्पन्न विद्यालय भवन निर्माण

विकल्प न्यूज/बेनी मंसिर ३ गते । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको जेम गाउँमा रहेको देउराली आधारभुत विद्यालयमा सुविधा सम्मन्न विद्यालय भवन निर्माण भएको छ । जापानी राजदुताबासको आर्थिक सहयोगमा करिब १ करोड लागतमा ८ कोठे कक्षाकोठा भवन निर्माण भएको हो । दुताबासको ९१ लाख ६१ हजार अनुदान सहयोगमा दुई तले पक्की भवन निर्माण भएको विद्यालयका प्रधानध्यापक […]

रुमको बिलबाङमा खुकुरी प्रहारबाट शिक्षिका गम्भिर घाइते

विकल्प न्यूज/बेनी कार्तिक २७ गते । म्याग्दीको मालिका गाउँपालिका २ रुमको बिलबाङमा  स्थानीय एक युवाले खुकुरी प्रहार गर्दा शिक्षिका गम्भिर घाईते हुनुभएको छ । बुधवार करिब ९.३० बजेतिर बिलबाङबाट खबाङ स्थित राष्ट्रिय जनकल्याण आधारभूत विद्यालयमा जाँदै गर्दा शिक्षिका इन्द्रकुमारी पुनलाई स्थानीय रमेश पुनले खुकुरी प्रहार गर्दा गम्भिर घाईते हुनुभएको हो । गाउँदेखि माथि बाटोमा हिडिरहनुभएकी शिक्षिका […]

च्युरीबोटको माविलाई सहयोग गर्ने विदेशी संस्थालाई सम्मान

साधन राम्जाली /विकल्प न्यूज कार्तिक १९ गते । जिल्लाको एक विद्यालयको शैक्षिक विकासका लागि विदेशी संस्थाले सहयोग गरेको छ । मालिका गाउँपालिका–४ च्युरिबोटमा रहेको सिद्धार्थ माविको शैक्षिक विकासका लागि फ्रान्सको नमस्ते ईन्फान्ट डी हिमालयले आर्थिक सहयोग उपलब्ध गराएको हो । सहयोग गर्ने उक्त संस्थालाई गाउँलेहरुले भव्य रुपमा सम्मान गरेका छन् । विद्यालयद्धारा आयोजित स्वागत तथा […]

बिम बस दुर्घटनामा ज्यान गुमाएका चार जनाकै सनाखत

विकल्प न्यूज/बेनी कार्तिक १८ गते । म्याग्दीको पश्चिम मालिका गाउँपालिका–७ बिममा आईतवार साँझ भएको यात्रुबहाक माईक्रो बस दुर्घटनामा ज्यान गुमाएका चार जनाकै सनाखत भएको छ । दरबाङबाट बिम गाउँतर्फ जाँदै गरेको ग १ ख ४४७६ नम्बरको बस साँझ साढे ६ बजे गलघन्टी भन्ने ठाउँमा दुर्घटना हुँदा बसमा सबार चार जनाको घटना स्थलमै मृत्यु भएको थियो […]

बिम बस दुर्घटनाका गम्भीर घाईतेलाई बेनी ल्याईयाे

विकल्प न्युज / बेनी कार्तिक १७ गते ।  अाईतबार साझ मालिका गाउपालिका सात बिममा भएकाे बस दुर्घटनाका गम्भिर घाईतेलाई बेनि अस्पतालमा ल्याईएकाे छ । दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रले रिफर गरेका १२ जना घाईतेलाई बेनि ल्याईएकाे हाे । दुर्घटनामा चारजनाकाे ज्यान गएकाे प्रहरीले जनाएको छ । बस दरबाङ देखि बिम जाँदै थियाे ।