मंगला गाउँपालिका

कलाकार रोकाको ‘छोडेउ मलाई किन’को म्युजिक भिडियो सार्वजनिक

विकल्प न्युज म्याग्दी,असार ५ गते । विभिन्न चर्चित लोकगितको सृजना गरिसक्नुभएका म्याग्दीली कलाकार रमेश रोकाको ‘छोडेउ मलाई किन’को म्युजिक भिडियो सार्वजनिक भएको छ । म्याग्दीको मंगला गाउँपालिका ५ पाँखु घर भई हाल रोजगारको शिलशिलामा अष्टेलियामा बस्दै आउनुभएका कलाकार एवम् सर्जक रोकाको नयाँ लोकगितको म्युजिक भिडियालाई हाईलाईट्स नेपालले बजारमा ल्याएको हो । दुई बर्षदेखी सांगितीक क्षेत्रमा […]

बाबियाचौरमा हाते ट्याक्टर मर्मत सम्बन्धी सात दिने तालिम

विकल्प न्युज म्याग्दी, असार ४ गते । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा युवाहरुलाई लक्षित गरि हाते ट्याक्टर मर्मत सम्बन्धी तालिम सुरु भएको छ । सिप विकास केन्द्र कुश्माको आयोजना र मंगला गाउँपालिकाको समन्वयमा सात दिन सम्म सञ्चालन हुने तालिममा २० जना कृषकहरुको सहभागिता रहेको छ । कृषकहरुलाई मिनिटिलर हलो मर्मतका लागि आवश्यक प्राबिधिक ज्ञान सिप […]

बावियाचौरमा बजार अनुगमन

जगत बानियाँ/विकल्प न्युज  बावियाचौर , असार २ गते । म्याग्दीको मंगला गाउँपालिका–२ बावियाचौर बजारमा सोमबार संयुक्त बजार अनुमगन गरिएको छ । गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीको नेतृत्वमा प्रहरी, बिषयगत कार्यालय र संस्थाका प्रतिनिधिहरुको समेत सहभागितामा बावियाचौर बजारका विभिन्न ३० वटा पसलहरुको अनुमगन गरिएको थियो । अनुगमनको क्रममा म्याद नाघेका चाउचाउ, मिठाई, बेसार, भुजिया, पेय पदार्थ लगायतका […]

मंगला गाउँपालिकाका युवायुवतीलाई १७ दिने लोकसेवा तयारी कक्षा

विकल्प न्यूज/बेनी असार २ गते । म्याग्दीको मंगला गाउँपालिकाले यहाँका युवायुवतीहरुलाई लोकसेवा तयारी तालिम प्रदान गरेको छ । गाउँपालिकाको आर्थिक सहयोग र हेमन्त मल्टि एजुकेशन सिर्भिस प्रा.ली बागलुङको व्यवस्थापनमा १७ दिने लोकसेवा तयारी कक्षा सञ्चालन गरिएको हो । आइतवार तालिमको समापन गर्दै गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले गाउँपालिकाका युवाहरुलाई सरकारी सेवाप्रतिको आकर्षण बढाउन लोकसेवा तयारी कक्षा सञ्चालन […]

बाबियाचौरमा सार्वजनिक सुनुवाई

विकल्प न्यूज/बेनी असार १ गते । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा आइतबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । मंगला गाउँपालिकाकाको आयोजना र म्याग्दी मिडिया सोसाइटीको व्यवस्थापन तथा सहजिकरणमा भएको कार्यक्रममा चालू आर्थिक वर्ष २०७५÷७६ मा सञ्चालित योजना तथा कार्यक्रम र सार्वजनिक सेवा प्रवाहको विषयमा सुनुवाई गरिएको थियो । गाउँपालिकाले सञ्चालन गर्ने विकास योजना तथा कार्यक्रमलाई […]

मंगलाको बाबियाचौरमा ढल निर्माण

विकल्प न्युज बेनी, असार १ गते । पश्चिम म्याग्दीको मुख्य बजारहरु मध्ये मंगला गाउँपालिका–२ बाबियाचौर बजारमा ढल निर्माण भएको छ । व्यवस्थित ढल निकासका लागि स्थानीय उपभोत्ता समिति मार्फत आयोजना निर्माण गरिएको हो । वडाको सिफारिसमा गाउँपालिकाको २० लाख रुपैयाँ ,प्रदेश सरकारको खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय मार्फत २३ लाख रुपैयाँ र स्थानीय बजार […]

गर्भवती महिला र बालबालिकाहरुको पोषण स्थितीको तथ्याङक सार्वजनिक

विकल्प न्युज बेनी,बजेठ ३० गते । म्याग्दीमा कुपोषित बालबालिका र गर्भवति ,सुत्केरी महिलाहरुको तथ्याङक सार्वजनिक भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा बिहिबार बेनीमा आयोजित एक कार्यक्रमद्धारा तथ्याङक सावृजनिक गरिएको हो । गत बैशाख महिनाको २४ गतेदेखी जेठ तीन गतेसम्म महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी तथा स्वास्थ्य कार्यालय म्याग्दीका कर्मचारीहरुको टोलिले सबै पाँच […]

बावियाचौरमा बन्दै मोटरेबल पुल (फोटो)

विकल्प न्यूज/बेनी जेठ २३ गते । ् विकासले गति लिदै ः मंगला गाउँपालिकाको केन्द्र बावियाचौर र ५ नम्बर वडा अर्मनलाई जोड्न निर्माण गर्न लागिएको मोटरेबल पुल । तस्विर ठाकुरप्रसाद आचार्य

कृषि विज्ञान विषयको पठनपाठन सुरु

विकल्प न्युज  बेनी,  जेठ २० गते । जिल्लाको पश्चिम मंगलामा गाउँपालिकामा रहेको मंगला माध्यामिक विद्यालयमा कृषि विज्ञान विषयको पठनपाठन सुरु भएको छ । शिक्षा विज्ञान तथा प्रबिधि मन्त्रालयको प्राबिधिक तथा व्यवसायिक धार कार्यक्रम अन्तर्गत गाउँपालिकाको केन्द्र बाबियाचौरमा रहेको विद्यालयमा चालू शैक्षिक सत्रदेखि कृषि विज्ञान विषयको पठनपाठन सुरु भएको हो । कक्षा ९ देखि १२ सम्म […]

जेठ १९ बाट बरंजामा धुले मेला लाग्ने

विकल्प न्यूज /बेनी जेठ ९ गते । मंगला गाउँपालिकाको ४ बरंजाको थर्पुमा धुले मेला लाग्ने भएको छ । धुले मेला संरक्षण समितिले विहिवार बेनीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रम मार्फत मेलाको वारेमा जानकारी गराएको हो । बरंजाका ५४ कुरिया मगर समुदायले लाग्ने परम्परागत धुले मेला यहि जेठ १९ गते देखि २४ सम्म आयोजना गरिएको धुले […]

टोड्के रिसोर्टको उद्घाटन (फोटोफिचर)

विकल्प न्युज म्याग्दी, बैशाख २९ गते । पर्यटकीयस्थल टोड्केमा टोड्के हिल रिसोर्ट प्रालिद्वारा निर्मित तोड्के रिसोर्टको शनिबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका, पश्चिमको मंगला गाउँपालिका र बेनी नगरपालिकाको सङ्गमस्थलमा पर्ने पर्यटकीय क्षेत्र टोड्केमा बनाइएको टोड्के रिसोर्टको उद्घाटन गरिएको हो । प्रालिमार्फत निर्माण गरिएको लजमा ९ जना संस्थापकसहित ३३ जनाले तीन […]

पुर्णगाउँमा होमस्टे तालिम सुरु

साधन राम्जाली /विकल्प न्युज बेनी , बैशाख २८ गते । म्याग्दीको मंगला गाउँपालिका– १ पुर्णगाउँमा उद्यमशिलता विकास एवम् होमस्टे तालिम सुरु भएको छ । गाउँपालिकाको आयोजना र म्याग्दी उद्योग वाणिज्य संघको समन्वयमा शनिबार देखी पुर्णगाउँमा १० दिने तालिम सुरु भएको हो । जेठ पाँच गते सम्म संचालन हुने तालिममा वडाका २० जना प्रशिक्षार्थी सहभागि भएका […]

मंगलामा नेकपाको सपथ

राजकुमार पाण्डे/विकल्प न्यूज बाबियाचौर २८ बैशाख । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गाउँपालिका संगठन किमिटिको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेलले संगठन कमिटिका पदाधीकारी र सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको थियो । सपथ ग्रहणपछि अध्यक्ष पौडेल र प्रदेश कमिटि सदस्य नवराज शर्माले एकताको भावना र मर्म […]

अध्यक्ष रोकाद्धारा क्याम्पसलाई २ लाख सहयोग

विकल्प न्यूज/बेनी बैशाख २५ गते । म्याग्दीको मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले आफूले प्राप्त गरेको सेवासुविधाको रकम शैक्षिक संस्थालाई सहयोग गर्नुभएको छ । अध्यक्ष रोकाले बुधवार गाउँपालिका केन्द्रमा रहेको मंगला शिक्षा क्याम्पसलाई दुइलाख रुपियाँ हस्तान्तरण गर्नुभएको हो । जनप्रतिनिधि भएवापत पाउने सरकारी सेवासुविधाबाट प्राप्त भएको रकम रोकाले शैक्षिक क्षेत्रमा सहयोग गर्दै आउनुभएको छ । समुदायद्धारा […]

बावियाचौरका ३२ प्रतिशत मात्र योजना सम्पन्न

साधन राम्जाली /विकल्प न्यूज बैशाख १२ गते । आर्थिक बर्ष सकिँदै गर्दा स्थानिय तहका योजना तथा कार्यक्रम भने सुस्त गतिमा अगाडी बढेको छ । असार मसान्त भित्रमा सक्नुपर्ने वडाका योजना तथा कार्यक्रमहरु सुस्त गतिमा अगाडी बढेको हो । जिल्लाको मंगला गाउँपालिका २ बाबियाचौरको पनि आर्थिक बर्ष २०७५ /७६का लागि विनियोजित योजनाहरु सुस्त गतिमा अगाडी बढेका […]