धवलागिरी गाउँपालिका

मुनालाई साक्षर वडा घोषणा

विकल्प न्यूज/बेनी भदौं ३ गते । धौलागिरी गाउँपालीका ३ मुनालाई साक्षर वडा घोषणा गरिएको छ । वडामा बसोबास गर्ने १५ देखि ६० वर्ष उमेर समूहका नागरीकले अंक अक्षर लेखपढ गर्न सक्ने भएपछि साक्षर घोषणा गरिएको गाउँ शिक्षा समितिले जनाएको छ । धौलागिरी गाउँपालीकाका उपाध्यक्ष रेशम छन्त्यालको प्रमुख आतिथ्यता, हेम मावि शिवाङका स्रोत व्यक्ति गिरीप्रसाद छन्त्याल, […]

लुलाङलाई साक्षर वडा घोषणा

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३१ साउन । म्याग्दीको धौलागिरी गाउँपालीका २ लुलाङलाई मंगलबार साक्षर वडा घोषणा गरिएको छ । वडामा बसोबास गर्ने १५ देखि ६० वर्ष उमेर समूहका ९९.९ प्रतिशत नाागरीकले अंक अक्षर लेखपढ गर्न जान्ने भएपछि गाउँ शिक्षा समितिको आयोजनामा साक्षर वडा घोषणा गरिएको हो ।लमसुङ माविको व्यवस्थापन समितिका अध्यक्ष केशरबहादुर पुर्जाको अध्यक्षतामा भएको […]

पहिरोले घोरेटो बाटो बगाएपछि मल्कवाङबासी समस्यामा

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी २७ साउन । पहिरोले घोरेटो बाटो बगाएपछि म्याग्दीको धौलागिरी गाउँपालीका ५ मल्कवाङका बासिन्दा समस्यामा परेका छन् । धौलागिरी गाउँपालीका ६ मराङको कोट भन्ने ठाउँमा गत बिहीबार खसेको पहिरोले मराङ हुदै मल्कवाङ जाने घोरेटो बाटो बगाएको थियो । भिरमा करिब पाँच सय मिटर घोरेटो बाटो पहिरोले बगाएपछि आवत जावत गर्न समस्या […]

यसरी निर्धारण गरियो धौलागिरी गाउँपालिकाको स्थायी केन्द्र

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी २६ साउन । गाउँसभाका दुई तिहाई सदस्यको बहुमतको आधारमा म्याग्दीको धौलागिरी गाउँपालीकाको स्थायी केन्द्र र सेवा प्रदायक कार्यालयहरु रहने स्थान कायम गरिएको छ । गाउँपालीकाको केन्द्र बिवाद टुङ्गो लगाउन तिनदिनसम्म हालको अस्थाई केन्द्र मुना स्थित कार्यालयमा बसेको गाउँसभाले मुनाको घट्टेखोलामा मुख्य कार्यालय र अन्य शाखा कार्यालयहरु ताकम, शिवाङ र मुनामा […]

म्याग्दीका स्थानीय तहमा कर्मचारी अभाव

सन्तोष गौतम/विकल्प न्यूज साउन २२ गते । कर्मचारीको अभावमा म्याग्दीका स्थानीय तहको कामकाज प्रभावित भएको छ । जनप्रतिनिधि चुनिएपनि दरबन्दी अनुसारका जनशक्ति व्यवस्थापन नहुँदा प्रशासनीक, सेवा प्रवाह र योजना तथा कार्यक्रम सञ्चालन गर्न समस्या भएको हो । साविकका कार्यालय खारेज नभएको, पहिलेनै दरबन्दी अनुसारका कर्मचारीको अभाव रहेको र नयाँ स्थापना भएका स्थानीय तहको लागि थप […]

यस्तो छ धौलागिरि गाउँपालिकाको बजेट विवरण

धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालद्धारा गाउँसभामा प्रस्तुत आर्थिक वर्ष २०७४/ ७५ को बजेट वक्तत्व आदरणीय गाउँसभाका सभापति अध्यक्ष ज्यू तथा गाउँपालिकाका सदस्य ज्यूहरु समृद्ध धवलागिरी बनाउनको लागि आदरणीय जनसमुदायहरुले निर्वाचनको माध्यमबाट हामीलाई निर्वाचित गरेको पहिलो गाउँसभाको बैठकमा बार्षिक आय व्ययको अनुमान विनियोजन ऐन वार्षिक विकास कार्यक्रम प्रस्तुत गर्न पाउँदा खुसी लागेको छ । यो अवसरमा […]

धवलागिरी गाउँपालिकाद्धारा गाँउसभामा प्रस्तुत नीति तथा कार्यक्रमको पूर्ण पाठ

गाउँपालिका अध्यक्ष थमसरा पुनद्धारा प्रस्तुत नीति तथा कार्यक्रम   आदरणीय गाँउसभाका सदस्यज्यूहरु स्थानीय तहको निर्वाचनमा निर्वाचित भएर यस धवलागिरी गाउँसभाको पहिलो गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा मलाई खुसी लागेको छ । यस अवसरमा लोकतन्त्र र संघियता स्थापनार्थ जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदहरुप्रति उच्च सम्मान गर्दछु । १ धवलागिरी गाउँपालिकाको यथार्थता झल्काउने तथ्यमा आधारित […]

पर्यटन,जलस्रोत र जडीवुटी समृद्धिका आधार

थमसरा पुन /विकल्प न्यूज साउन ७ गते । म्याग्दीको धौलागिरी गाउँपालिका विकासको दृष्टीकोणले पछाडी परेको गाउँपालिका हो । केन्द्रिकृत शासन प्रणालीले गर्दा यस क्षेत्रमा विकासको ढोका खुल्न सकेन । सधै पछाडी पारियो । जिल्लाको विकट भूगोलका कारण आर्थिक,सामाजिक र राजनीतिबाट सधै पछाडी प¥यो । विकासको हिसावले निकै पछि परेको जिल्लाकै दुर्गम धौलागिरी गाउँपालिका हो । […]

धौलागिरी र मंगला गाउँपालिकाको प्रथम गाउँसभा सम्पन्न

सन्तोष गौतम/विकल्प न्यूज बेनी २९ असार । म्याग्दीको धौलागिरी र मंगला गाउँपालिकाको प्रथम गाउँसभा बिहीबार सम्पन्न भएको छ । गाउँसभामा केन्द्रिय संसदको झल्को दिनेगरी बजेट प्रस्तुत गरिएको थियो ।मुनामा भएको धौलागिरीको गाउँसभामा उपाध्यक्ष रेशम छन्त्यालले आगामी आर्थिक वर्ष २०७४७५ का लागि कुल २६ करोड ९३ लाख २७ हजार रुपैयाँ बजेट बिनियोजन भएको सार्वजनिक गर्नुभएको थियो […]