अन्नपुर्ण गाउँपालिका
योजना कार्यान्वयनमा कमजोर अन्नपूर्ण

विकल्प न्यूज/बेनी फागुन ९ गते । विद्यालय बन्द गरी एकसाता मेला महोत्सव आयोजना गरेर विवादित बनेको म्याग्दीको उत्तरी अन्नपूर्ण गाउँपालिका चालु आर्थिक वर्षको योजना कार्यान्वयनमा कमजोर भएको देखिएको छ । चालु आर्थिक वर्षको ७ महिनाको प्रगतिलाई हेर्दा योजना कार्यान्वयनमा गाउँपालिका कमजोर सावित भएको हो । कर्मचारी अभाव र प्रमुख प्रशासकीय अधिकृतको फेरबदलबाट प्रभावित भएको गाउँपालिका […]
महिलालाई अश्लील सन्देश पठाएको आरोपमा घारका खड्का पक्राउ

विकल्प न्यूज/ बेनी फागुन ४ गते । अन्नपूर्ण गाउँपालिका ६ घारका मेख बहादुर खड्का पक्राउ परेका छन् । सामाजिक सञ्जाल मार्फत गाउँकी एक महिलालाई अश्लिल तस्विर र सन्देश पठाएको आरोपमा नेकपाका घारा वडा कमिटिका अध्यक्ष समेत रहेका खड्कालाई आइतबार प्रहरीले प्रक्राउ गरेको हो । पीडित महिलाको जायरीका आधारमा खड्कालाई अनुशन्धानका लागि प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय […]
दाना सव–स्टेशन निर्माण अन्तिम चरणमा (फोटो र भिडियोसहित)

विकल्प न्यूज/बेनी फागुन १ गते । अन्नपूर्ण गाउँपालिका ३ दानामा निर्माणधिन दाना सवस्टेशन निर्माणको कार्य अन्तिमचरणमा प्रवेश गरेको छ । नेपाल विद्युत प्राधिकरणले २२० केभीए क्षमताको कालिगण्डकी प्रशारण कोरिडोर आयोजना अन्तर्गत दानामा सवस्टेशन निर्माण गर्न लागेको हो । सवस्टेशनको करिब ९५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ । आगमी दुईमहिना भित्र सवस्टेशनमा विद्युत […]
भुरुङ–तातोपानीमा टेलिटिचिङ प्रविधिबाट पठनपाठन सञ्चालन

म्याग्दी, माघ 25 गते । अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा अवस्थित सर्वोदय माविले आधुनिक प्रविधिको प्रयोग गरेर पठनपाठन शुरुआत गरेको छ । अहिले इ शिक्षा टेलीटिचिङ प्रविधिबाट कक्षा ११ र १२ का विद्यार्थीलाई सोमबार र मङ्गलबार एकएक घण्टा दक्षिण कोरियाबाट प्रकाश धमलाले पढाउने गर्नुभएको छ । अध्ययनका लागि त्यहाँ पुगेका उहाँले भाषा र संस्कृतिको बारेमा […]
विद्यालय बन्द गरेर अन्नपूर्ण महोत्सव

कमल खत्री/ठाकुरप्रसाद आचार्य नारच्याङ १९ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले महोत्सव गर्न करिब एक साता विद्यालय बन्द गराएको छ । गाउँपालिकाले आयोजना गरेको प्रथम अन्नपूर्ण पर्यटन महोत्सव तथा अध्यक्षकप खेलकुद प्रतियोगिताले परीक्षाको मुखमा अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ स्थित प्रभा माविको पठनपाठनलाई पूर्ण रुपमा प्रभावित बनाएको छ । माघ २२ गतेदेखि विद्यालयले कक्षा १० का विद्यार्थीहरुलाई एसईई […]
अन्नपूर्ण पर्यटन महोत्सवलाई बजेट २५ लाख – कृषकलाई रित्तो हात !

विकल्प न्यूज/नारच्याङ माघ १९ गते । महोत्सवमा २५ लाख खर्च गर्ने अन्नपूर्णले किसानलाई भने अपमानजनक व्यवहार गरेको छ । गाउँपालिकाले वडा नम्बर ४ नारच्याङमा आयोजित प्रथम अन्नपूर्ण पर्यटन महोत्सवमा राखिएको कृषि पदर्शनीमा सहभागी कृषकलाई रित्तोहात घर फर्काइएको छ । गाउँपालिकाद्धारा आयोजित पर्यटन महोत्सव स्थलमा सञ्चालन गरिएको कृषि सामाग्री पदर्शनी स्टलमा ३८ जना कृषकहरुले पदर्शनीको लागि सामाग्री […]
अन्नपूर्णका मगर समुदायको पुख्र्यौली नृत्य (फोटोफिचर)

विकल्प न्यूज /बेनी माघ १९ गते । अन्नपूर्ण गाउँपालिका ४ नारच्याङका वडा अध्यक्ष कम्मरमा मादल भिरेर नाच्दै हुनुहुन्थ्यो । गाउँका पाका तथा युवा पुस्ता पनि उहाँलाई साथ दिन पुख्र्यौलीमा नाच्दै थिए । पुख्र्यौली नृत्यले महोत्सव स्थल घन्किएको थियो । महोत्सवका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पुख्र्यौली नृत्यलाई चासोका साथ हेरिरहनुभएको थियो । […]
नारच्याङको माथिल्लो भेगमा अलपत्र परेका पर्यटकलाई हेलिकप्टरबाट सकुशल उद्धार गरियो

विकल्प न्यूज/बेनी माघ १८ गते । म्याग्दीको पर्यटकीय स्थल खोप्राबाट नारच्याङ आउने क्रममा विचबाटोमा अलपत्र परेका नेपाली पर्यटकलाई शनिबार सिम्रीक एयरको हेलकप्टरबाट सकुशल उद्धार गरिएको छ । अन्नपूर्ण गाउँपालिका नारच्याङको माथिल्लो भेग ¥यालेखर्क स्थित जंगलको खोचमा अलपत्र परेका पर्यटकहरु अंकित शाह,अभिशेष महतो सर्लाई, सन्जित लामा दोलखा र सुमन भट्ट धनगडीलाई दुई दिनको प्रयास पछि सकुशल उद्धार […]
प्रौढ भलिबलको उपाधी राम्चेलाई

सुरेन गुरुङ /विकल्प न्यूज नारच्याङ, १८ माघ । म्याग्दीको अन्नपूर्ण गाउपालिका–४ नारच्याङमा शुक्रबारदेखि अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको प्रतियोगिता अन्तरगत पुरुष, महिला तथा प्रौढ भलिबल र बास्केटबल खेलमा प्रतिस्पर्धा हुने जनाइएको छ । अन्नपूर्ण पर्यटन महोत्सवसंगै सञ्चालित खेलकुद प्रतियोगिता र बेशीगाउमा अन्नपूर्ण युवा क्लवले निर्माण गरेको भवन तथा […]
खाेप्राबाट नारच्याङ आउदै गरेका चार पर्यटक विच बाटाेमा अलपत्र

बेनी, १७ (माघ) । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको माथिल्लो क्षेत्रमा अंकीत शाह समेत चार जना नेपाली पर्यटक बाटो विराएर अल्पत्र परेका छन् । पर्यटकीय स्थल खोप्रालेकबाट नारच्याङ गाउँ झर्दै गर्दा बाटो बिराएर चार जना पर्यटकहरु विहिवारदेखि अल्पत्र परेका हुन् । अल्पत्र परेका पर्यटकहरुमा अंकीत शाह सहित १ जना पोखरा र ३ जना काठमाण्डौका बासीन्दा रहेको […]
पर्यटन गण्डकी प्रदेशको समृद्धिको पहिलो आधारः मुख्यमन्त्री गुरुङ

नारच्याङ, १६ माघ । उहाँले गण्डकी प्रदेशमा विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यहरु रहेको उल्लेख गर्दै पर्यटन क्षेत्रबाट आर्थिक समृद्धि संगै रोजगारिको अवसर सिर्जना गर्न सघाउने बताउनुभयो । नारच्याङदेखि अन्नपूर्ण हिमालको उत्तरी आधारशिविर जाने पदमार्गलाई सञ्चालनमा ल्याउन गण्डकी प्रदेश सरकारले पूर्वाधार निर्माणमा सघाउने उहाँले बताउनुभयो । ‘‘यस बर्ष प्रदेश सरकारले नयाँ पर्यटकीय गन्तव्यहरुमा पदमार्ग निर्माणको लागि १८ करोड […]
अन्नपूर्णकाे नारच्याङमा पर्यटन महाेत्सव सुरू (फाेटाेफिचर)

विकल्प न्युज/नारच्याङ माघ १६गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाकाे नारच्याङमा पर्यटन महाेत्सव सुरू भएको छ । महाेत्सवकाे गण्डक प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले गर्नुभएकाे हाे ।
माघ १६ देखि नारच्याङमा अन्नपूर्ण पर्यटन महोत्सव

विकल्प न्यूज/बेनी माघ ९ गते । सत्तरी वर्षअघि आरोहण भएको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने पदमार्ग सञ्चालनको तयारीका लागि म्याग्दीको नारच्याङमा पर्यटन महोत्सवको आयोजना गरिएको छ । अन्नपूर्ण गाउपालिकाले विश्वकौ दसौ र नेपालको नवौ (आठ हजार ९१ मिटर) अग्लो अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने सबैभन्दा छोटो पदमार्गको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरेको […]
सामुहिक रुपमा सीप सिक्दै दोबाका महिला (भिडियो सहित)

विकल्प न्यूज/बेनी पुस ८ गते । अन्नपूर्ण गाउँपालिका–१ दोवाका महिलाहरु गाउँमै सीप सिकेर उद्यमी बन्न थालेका छन् । आधारभूत होजियारीको तालिम लिएका महिलाहरुले गाउँमा स्विटर,,गलबन्दी,झोला लगायतका सामाग्रीहरु तयार पार्न थालेका हुन । गाउँमा उत्पादन भएका सामाग्रीहरुको बजार व्यवस्थापन समेत भएपछि महिलाहरु उत्साहित भएका छन् । गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेड्पा) को आर्थिक सहयोगमा […]
खुकुरी प्रहारबाट घाइते भएकी शिक्षिका पुनको उपचारमा ९० हजार सहयोग

विकल्प न्यूज/बेनी पुस ४ गते । गत कार्तिक २७ गते विद्यालय जाने क्रममा खुकुरी प्रहारबाट गम्भिर घाइते हुनुभएकी मालिका गाउँपालिका २ विलबाङकी शिक्षिका इन्द्रा कुमारी पुनको उपचारमा नेपाल शिक्षक महासंघ अन्नपूर्ण गाउँपालिका कार्यसमितिले ९० हजार ९ सय ६५ रुपैयाँ सहयोग गरेको छ । महासंघको पहलमा गाउँपालिका भित्रका ३६ वटा विद्यालयमा कार्यरत शिक्षिक तथा कर्मचारीबाट संकलन गरिएको […]