म्याग्दी समाचार
धवलागिरि र मालिका गणना गर्दा कांग्रेस ८ सय मतले अग्रता
ठाकुरप्रसाद आचार्य /बेनी मङ्सिर ६ गते । म्याग्दीमा जारी मतगणना अनुसार मंगलबार दिउसो साढे तिनबजे सम्म नेपाली कांग्रेसका खमबहादुर गर्बुजाले अग्रता कायम राख्नुभएको छ । प्रदेश निर्वाचन क्षेत्र नं. २ को धवलागिरि र मालिका गाउँपालिकाको मतगणना सकिँदा गठबन्धनका साझा उम्मेदवार गर्बुजाले ६ हजार तीनसय ७० मत ल्याउनुभएको छ । यसैगरी नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठले […]
चार सय ४३ मतको अग्रता लिएर माओवादीका जुग्जाली एमालेको गढ मंगलामा प्रवेश गरे
विकल्प न्यूज\बेनी मंसिर ६ गते । कडा प्रतिस्पर्धा देखिएको प्रदेश निर्वाचन क्षेत्र २ मा धवलागिरि र मालिका गाउँपालिकाको मतगणना सक्दा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रेशम जुग्जालीले ४४३ मतको अग्रता लिएर एमालेको गढ मानिएको मंगला प्रवेश गरेका छन् । जुग्जालीले ६ हजार एकसय ९७ मत प्राप्त गर्दा नेकपा एमालेका यामबहादुर गर्बुजाले ५ हजार ७ […]
म्याग्दीमा स्थगित मतगणना पुनः सुरु
ठाकुरप्रसाद आचार्य \म्याग्दी मङ्सिर ६ गते । म्याग्दीमा मतदान स्थगित भएको मतगणना पुन सुरु गरिएको छ । मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्र फेला परेपछि स्थगित भएको मतगणना फेरी सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मालिका गाउँपालिका ५ देविस्थान केन्द्रको मतगणनाका क्रममा प्रतिनिधिसभा तर्फका एकसय २ मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको फेला परेको […]
म्याग्दीमा हस्ताक्षर नगरेका मतपत्र फेलापरेपछि प्रतिनिधिसभा तर्फको मतगणना स्थगित
ठाकुरप्रसाद आचार्य \म्याग्दी मङ्सिर ६ गते । म्याग्दीमा मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्र फेला परेपछि मतगणना स्थगित भएको छ । मालिका गाउँपालिका ५ देविस्थान केन्द्रको मतगणनाका क्रममा प्रतिनिधिसभा तर्फका एकसय २ मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको फेला परेको हो । हस्ताक्षर नभएको मतपत्र फेला परेपछि गठबन्धनले छानविन र कारवाहीको माग गरेका छन् । गठबन्धनले मतदान […]
म्याग्दीमा कांग्रेसका गर्बुजा र एमालेका श्रेष्ठबीच कडा प्रतिस्पर्धा
ठाकुरप्रसाद आचार्य\म्याग्दी मङ्सिर ६ गते । म्याग्दीको प्रतिनिधि सभा सदस्यमा कडा प्रतिस्पर्धा देखिएको छ । मतगणनाको प्रारम्भिक अवस्थालाई हेर्दा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खमबहादुर गर्बजा –खम्बिर) र नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठबीच निकै रोचक प्रतिस्पर्धा देखिएको छ । धवलागिरि गाउँपालिकाको मतगणना सकिँदा कांग्रेसका उम्मेदवार गर्बुजा झिनो मतअन्तरले अगाडि देखिनुभयो । गर्बुजाले धवलागिरि गाउँपालिकाबाट २६५६ […]
धवलागिरिका तिन वडा गणना गर्दा गर्बुजा ११६१ श्रेष्ठ ८६५ मत
विकल्प न्यूज\बेनी मंसिर ५ गते । म्याग्दीमा जारी मतगणना अनुसार धवलागिरि गाउँपालिकाका तीन वडाको गणना सकिदा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली काँग्रेसका खमबहादुर गर्बजा (खम्बिर) ले एकहजार एकसय ६१ मत प्राप्त गरी सुरुवाती अग्रता लिनुभएको छ । नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठले ८ सय ६५ मत प्राप्त गर्नुभएको छ । काँग्रेसका उम्मेदवार गर्बुजाले […]
गुर्जा र लुलाङको गणना सम्पन्न ः गर्बुजालाई पछ्याउँदै श्रेष्ठ
विकल्प न्यूज\बेनी मंसिर ५ गते । आइतबार (हिजो) सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अहिले धवलागिरि २ लुलाङको मतगणना सम्पन्न भएको छ । लुलाङमा नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठले ३३१, नेपाली कांग्रेसका खमबीर गर्बुजाले २६८ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी हलो चुनाव चिन्हमा ६,भालेमा ४,घण्टीमा २मत परेको छ भने १० मत बदर भएको […]
म्याग्दीमा कांग्रेसको सुरुवाती अग्रता
विकल्प न्यूज\बेनी मंसिर छ गते । म्याग्दीमा प्रतिनिधिसभा तर्फको मतगणना सुरु भएको छ । मतगणनाको सुरुवाती चरणमा वाम लोकतान्त्रीक गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका खमबहादुर गर्बुजा(खम्बिर) ले सुरुवाती अग्रता लिनुभएको छ । धौलागिरि गाउँपालिका १ गुर्जाको ४ सय ८ मत गणना गर्दा नेपाली काँग्रेसले ३०८ मत प्राप्त गरेको छ । त्यस्तै नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठले […]
२६ घण्टामा गुर्जाका मतपेटिका आइपुग्यो,९ बजेबाट मतगणना
ठाकुरप्रसाद आचार्य\म्याग्दी मङ्सिर ५ गते । म्याग्दीको धवलागिरि गाउँपालिका १ गुर्जाको मतपेटिका २६ घण्टामा बेनी आइपुगेको छ । मतदान सम्पन्न भएको २६ घण्टापछि सोमबार साँझ मतपेटिका बेनी स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको हो । वडा नम्बर ४ मुदी बगराको मतपेटिका पनि सोमबार साँझ बेनी आइपुगेको हो । यातायातको पहुँच नभएको गुर्जा र बगराका मतपेटिका […]
विजयी सुरुआतसँगै चर्चामा योगेश
मङ्सिर ५ गते । यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई पराजित गर्दै सङ्घीय संसद्को यात्रा तय गर्नुभएको हो । मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित योगेश २९ वर्षको हुनुहुन्छ । कांग्रेसले उठाएका उम्मेदवारमध्येका सम्भवतः कान्छा योगेशतर्फ यतिखेर सबैको ध्यान आकृष्ट भएको छ […]
मुस्ताङमा एमालेका तुलाचनलाई पराजित गर्दै कांग्रेसका युवा नेता गौचन विजयी
ठाकुरप्रसाद आचार्य/म्याग्दी मङ्सिर ५ गते । मुस्ताङको प्रतिनिधिसभामा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका योगेश गौचन विजयी हुनुभएको छ । गठबन्धनका दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) समेतको समर्थनमा उम्मेदवार बन्नुभएका २९ वर्षीय युवा नेता गौचन थकालीले ३ हजार ९ सय ९२ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँको प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार […]
मुस्ताङमा कांग्रेस जित नजिक, ६३५ मतको अग्रता
५ मंसिर, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुस्ताङमा नेपाली कांग्रेसका योगेश गौचन थकालीले अग्रता कायम राखेका छन् । थकालीले ३ हजार १५६ मत पाएका छन् । ५ हजार ८२० मत गन्दा थकालीका निकतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रेमप्रसाद तुलाचनले २ हजार ५२१ मत पाएका छन् । मुस्ताङमा ७ हजार २३० मत खसेको छ । अब १ […]
दुर्गम गुर्जाको मतपेटिका बोकेर हिड्यो टोली
ठाकुरप्रसाद आचार्य\म्याग्दी मङ्सिर ५ गते । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको मतगणना म्याग्दीमा सोमबार साँझबाट मात्र सुरु हुने भएको छ । जिल्लाको दुर्गम धवलागिरि गाउँपालिका १ गुर्जा र ४ नम्बर वडा मुदीको बगरा मतदान केन्द्रका मतपेटिका आएपछि मात्र मतगणना सुरु गरिने सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले जानकारी दिनुभयो । गुर्जा र बगराको मतपेटिका […]
म्याग्दीमा ६० प्रतिशत मत खस्यो, मतपेटिका संकलन सुरु
ठाकुरप्रसाद आचार्य/बेनी मङ्सिर ४ गते । आइतबार सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा म्याग्दीमा करिब ६० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाभर शान्तिपूर्ण रुपमा मतदान कार्य सम्पन्न भएको कार्यालयले जनाएको छ । जिल्लाका ८६ मतदानस्थलका एकसय २० मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान कार्य सम्पन्न भई मतपेटिका संकलन थालिएको सहायक […]
म्याग्दीमा १०७ वर्षीय वृद्धद्वारा मतदान
विकल्प न्युज/ बेनी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत आइतबार म्याग्दीमा १०७ वर्षीय वृद्धले मतदान गर्नुभएको छ । मालिका गाउँपालिका–२ रुमका जसमनी कामीले राष्ट्रिय माविको (क) मतदान केन्द्रबाट मतदान गर्नुभएको मतदान अधिकृत ईश्वरबहादुर भण्डारीले जानकारी दिनुभयो । म्याग्दीका एक सय २० वटै मतदान केन्द्रमा आइतबार बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । […]