म्याग्दी समाचार

म्याग्दीमा सञ्चालित १९ ठुला आयोजना अलपत्र

म्याग्दी । म्याग्दी जिल्लामा सञ्चालित १९  ठुला आयोजनाको निर्माण अलपत्र परेका छन् । सडक, खानेपानी, प्रसारण लाइन, अस्पताल भवनलगायत आयोजना निर्माणमा भएको ढिलासुस्तीले सर्वसाधारणलाई सास्ती भएको छ । सङ्घीय र प्रदेश सरकारमार्फत सञ्चालित आयोजनाको ठेक्का अवधि सकिए पनि निर्माण पूरा नहुँदा र निरन्तरता नपाउँदा अलपत्र बनेका हुन् । अलपत्र पर्नेमा गण्डकी प्रदेश सरकारका ११ र […]

हिमपात र वर्षा नहुँदा हिउँदेबाली सुक्न थाले

२२ माघ, बेनी । यस वर्षको हिउँदयाममा हिमपात र वर्षा नभएपछि हिउँदेबाली खेतबारीमै सुक्न थालेका छन् । अघिल्लो वर्ष माघ तेस्रो सातासम्म तीनपटक हिमपात भएको भए पनि यस वर्ष भने हिमपात र वर्षा भएको छैन ।हिमपात र वर्षा नहुँदा बेँसीबाट हिमाली क्षेत्रसम्म गरिएको हिउँदेबाली खेतबारीमै सुक्न थालेको हो । वर्षा र हिमपात नभएपछि सिँचाइको अभावले […]

प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ बागलुङको गाजाको दह

 माघ  १८  गते (रासस) । अग्लो पहाड, पहाडको बीचमा दह, मन्दिर र घरहरु । शान्त वातावरण र स्वच्छ हावापानी । यो गाजाको दहको पहिचान हो । हिउँदमा हिउँ खेल्नेहरुको र बर्खामा गर्मी छल्न आउनेहरुको यहाँ भीड नै लाग्ने गर्छन् । बाह्रै महिना आन्तरिक पर्यटकले भरिने गाजाको दह प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । जिल्लाको जैमिनी नगरपालिका–३ […]

वडा अध्यक्ष बानियाँले प्रदान गर्नुभयो सेवासुविधाको रकम घुम्तीकोषलाई

विकल्प न्यूज/बेनी माघ १८ गते । बेनी नगरपालिका ६ का वडा अध्यक्ष कृष्णशिंह बानियाँले सरकारी सेवा सुविधावापत प्राप्त गरेको रकम विपन्न महिलाहरुले सञ्चालन गरेको घुम्तीकोषलाई सहयोग गर्नुभएको छ । वडा अध्यक्ष भएवापत नगरपालिकाबाट प्राप्त गरेको ३० हजार र चन्दा सहयोगबाट संकलन भएको ३० हजार गरी ६० हजार रुपैयाँ खरेनी स्थित दलित वस्तीमा रहेको आमा समुहले […]

निर्माण व्यवसायी संघ म्याग्दीको ११ औँ एकता अधिवेशन फागुन अन्तिममा हुने

विकल्प न्यूज\बेनी माघ १७ गते । निर्माण व्यवसायी संघ म्याग्दीको २२ औँ साधारणसभा तथा ११ औँ एकता अधिवेशन आगामी फागुन २७ गते आयोजना हुने भएको छ ।मंगलबार बसेको संघको कार्यसमितिको बैठकले आगामी फागुन २७ गते जिल्ला सदरमुकाम बेनीमा रहेको संघको सभाहलमा अधिवेशन आयोजना गर्ने निर्णय गरेको हो । यसअघि नारायण जिसी र गोपाल भट्टचनको अध्यक्षतामा […]

अन्नपूर्णमा थप दुई करोड बजेट प्रस्ताव, लेखा समितिमा चार जनाको दावी

विकल्प न्यूज\बेनी १७ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको सोहै गाउँसभा मंगलबार पोखरेबगरमा शुरु भएको छ । सभामा चालु आर्थिक वर्षका लागि थप रु दुई करोडको संसोधित बजेट प्रस्ताव, एक वटा विधेयक टेवुल र आवधिक, राजस्व सुधार र लैससास योजना प्रस्तुत गरिएको छ । चालु आर्थिक वर्षको अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत भएको सभामा आर्थिक वर्ष २०७७\७८ […]

सहिद दिवसको अवसरमा पाउद्धारमा दौड प्रतियोगिता

विकल्प न्यूज\बेनी माघ १६ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारमा सहिद दिवस पारेर सोमबार दौड प्रतियोगिता भएको छ । पञ्चायत विरोधी आन्दोलनमा सहिद हुनुभएका पाउद्धारका सुरेश पुनको स्मृतिमा पाउद्धारको विभिन्न टोलका व्यक्ति र विद्यार्थीहरुको दौड प्रतियोगिता आयोजना गरिएको हो । ३२ जनाले प्रतियोगितामा भाग लिएका थिए । तीन किलोमिटर दुरिको संस्थागत दौड प्रतियोगितामा पाउद्धार माझ […]

न्यु होराइजनले जित्यो जलजलाको प्रथम राष्ट्रपति रनिङ शिल्डको उपाधि

विकल्प न्युज/जलजला माघ १६ गते । पर्वतको जलजला गाउँपालिको आयोजना गरेको मावि स्तरिय प्रथम राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि न्यु होराईजन आवासीय माध्यमिक विद्यालय पर्वत बेनीले जितेको छ । सोमबार मोहनचोकमा सम्पन्न भएको प्रतियोगितामा होराईजनले ९ स्वर्ण,४ रजत र ३ कास्य पदक जित्दै उपाधि हात पार्न सफल भएको हो । यसैगरि विद्याज्योती मावि मल्लाजले […]

जनकल्याण मावि पुलाचौरमा रेडक्रस र बालक्लब पूनर्गठन

विकल्प न्यूज/बेनी माघ १६ गते । बेनी नगरपालिका–५, पुलाचौरमा सञ्चालित जनकल्याण माध्यमिक विद्यालयमा आज (आइतबार) रेडक्रसको युवा रेडक्रस सर्कल र बालक्लब पूनर्गठन भएको छ । यसअघि विद्यालयमा गठित युरेसको २ वर्षें कार्यअवधि सकिएकाले प्रज्ञा बानियाँको अध्यक्षतामा युवा रेडक्रस सर्कल पूनर्गठन गठन गरिएको हो । सर्कलको उपाध्यक्षमा साधना रामदाम, सचिवमा प्रसन्न पौडेल, कोषाध्यक्षमा दिपिका श्रेष्ठ, उपसचिवमा […]

मंगला मावि बावियाचौरले जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि

विकल्प न्यूज/बेनी माघ १५ गते । मंगला गाउँपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि मंगला मावि बावियाचौरले जितेको छ । आइतबार गाउँपालिका केन्द्र बावियाचौरमा सम्पन्न प्रतियोगतामा मंगला माविले १४ स्वर्ण, ३ रजत र २ कास्य पदक प्राप्त गरी विजेता घोषित भएको हो । यसैगरी उपविजेता महेन्द्र रत्न मावि […]

म्याग्दीमा दुई बर्ष यता भेटिएनन नयाँ कुष्ठरोगी

विकल्प न्यूज/बेनी माघ १५ गते । म्याग्दीमा कुष्ठरोगीको संख्या घटेको छ। गएको दुई वर्षयता कुष्ठरोगका कुनै पनि नयाँ बिरामी फेला नपरेको स्वास्थ्य कार्यालय म्याग्दीको तथ्याङ्क सार्वजनिक भएको छ। ७० औँ कुष्ठरोग तथा उपेक्षित रोग दिवसको अवसरमा बेनीमा आयोजित कार्यक्रममा नियमित औषधि सेवन गर्ने ५ जना बिरामी भएपनि नयाँ बिरामीको फेला नपरेको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख […]

म्याग्दी भलिबल कपका लागि २० लाख सहयोगको सम्झौता

विकल्प न्यूज\बेनी माघ १५ गते । म्याग्दी जिल्लामा पहिलो पटक माविस्तरीय छात्रछात्रा भलिबल प्रतियोगिता हुने भएको छ । भलिबल संघ म्याग्दी र गौमती विकास अक्षय कोषको मुख्य प्रायोजनमा भलिबलमा नयाँ प्रतिभाको खोजी, पहिचान र संरक्षण गर्ने उदेश्यले १० बर्षे सम्झौता गरिएको हो । उक्त सहयोग मार्फत आगमी पुस ५ गते बाट म्याग्दी भलिबल कपको आयोजना […]

अन्नपूर्णको खिबाङ सिँचाई योजनामा काम नगर्ने ठेकेदार कालोसूचीमा

विकल्प न्यूज/बेनी माघ १५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ खिबाङ सिँचाई योजना अलपत्र पार्ने एक ठेकेदार कम्पनीलाई कालोसूचीमा राखिएको छ । गाउँपालिकाको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाण्डौंले श्री सुकृत निर्माण सेवा घोराही दाङलाई एकवर्ष सम्मका लागि कालोसूचीमा राखेको हो । कालोसूचीमा राखिएपछि उक्त निर्माण कम्पनीले एकवर्षसम्म कुनै पनि खरिद कारवाहीमा भाग लिन नपाउने […]

हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ

गण्डकी,  माघ १५ गते । हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो भेगमा अवस्थित टाँपुकैरुपमा व्यवस्थित छ, ल्होमान्थाङ । नेपालको मरुभूमि भनेर चिनिने यो ठाउँ हिमाली संस्कृति हेर्न र बुझ्न चाहनेका लागि पुग्नुपर्ने गन्तव्य हो । मौलिक संस्कृतिले भरिपूर्ण ल्होमान्थाङको भू–बनोटले पहिलो पटक यहाँ आउनेलाई सपनाको संसार जस्तै अनुभूति गराउँछ । पछिल्लो समयमा भएका राजनीतिक परिवर्तनसँगै ठाउँठाउँमा सामाजिक […]

पहिचान बनाउँदै रत्नेचौरको ‘चिता हाउस’

म्याग्दी, माघ १५ गते ।  पछिल्लो समय भाइरल बस्ती भनेर चिनिने बेनी नगरपालिका –१ रत्नेचौरको तोरीको फाँटनजिकै रहेको चिता हाउस सञ्चालनको छोटो अवधिमै पहिचान बनाउन सफल भएको छ । दुई दाजुभाइले सुरु गरेको चिता हाउस सञ्चालनको दुई वर्षको अवधिमा आफ्नो पहिचान बनाउन सफल भएको हो । कुनै समय स्याल र चितुवाको बासस्थान मानिने तल्लो रत्नेचौरमा […]