म्याग्दी समाचार

उपल्लो मुस्ताङ घुम्ने विदेशी पर्यटकको संख्या बढ्यो, २७ करोडभन्दा बढी राजस्व संकलन

विकल्प न्यूज\बेनीबैशाख १ गते । मुस्ताङ — विसं २०८१ मा ४ हजार १ सय ३६ जना विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका छन् । यस अवधिमा सार्क राष्ट्रका दुई सय ३० जना र अन्य मुलुकका तीन हजार नौ सय छ जना विदेशी पर्यटकले यहाँ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय (एक्याप) लोमान्थाङले जनाएको […]

जलजलामा कक्षा ८ को नतिजामा सुधार

ठाकुरप्रसाद आचार्यबैशाख १ गते । पर्वतको जलजला गाउँपालिकाले सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर सुधारका लागि शैक्षिक कार्ययोजना निर्माण गरी कार्यान्वयन गरेपछि नतिजामा सुधार आएको छ । शैक्षिक गुणस्तर कमजोर भएपछि पालिकाले दुईवर्ष अघि देखि गुणस्तर वृद्धिका लागि कार्ययोजना निर्माण गरी लागू गरेको थियो । पालिकाले आइतबार प्रकाशित गरेको आधारभूत तहको शैक्षिक नतिजामा सुधार आएको देखिएको छ […]

३४ बोराबाट ८९४ केजी शालिग्राम बरामद

विकल्प न्यूज/बेनीबैशाख १ गते । प्रहरीले अवैध शालिग्राम बरामद गरेको छ । ३४ वटा सेतो बोरामा ‘प्याकिङ’ गरिएको ८९४ केजी शालिग्राम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–३, घमिबाट जोमसोमतर्फ आउँदै गरेको ग३च ८१५२ नम्बरको बोलेरो जीपमा अवैध शालिग्राम फेला पारी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं […]

सुशील गर्बुजा हत्यामा संलग्न थप नौ जनालाई एक वर्ष कैद सजाय

म्याग्दी, चैत २९ गते ।  एक वर्षअघि बेनी बजारमा भएको सुशील गर्बुजाको हत्यासम्बन्धी मुद्दामा ९ जनालाई जिल्ला अदालत म्याग्दीले एक÷एक वर्ष कैद सजायको फैसला गरेको छ । यसअघि हत्याका मुख्य अभियुक्त ६ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको थियो । बुधवार न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले उत्सव पुन, मनिष तिलिजा,सञ्जन खत्री, प्रवीण जिसी,सविन राई,सोहन बरुवाल, […]

जलजला फर्सेकी सावित्री खत्रीको लोभलाग्दो च्याउखेती

पर्वत, चैत २६ गते । जलजला गाउँपालिका–८ फर्सेकी सावित्री खत्री व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । कृषि पेसाबाट गाउँमै केही गर्न सकिन्छ भनेर विगत ११ वर्षदेखि व्यावसायिक कृषिखेतीमा सक्रिय खत्रीले च्याउ र तरकारीखेतीबाट बर्सेनि १२ लाखभन्दा बढी आम्दानी गर्न थाल्नुभएको छ ।  चार वटा गुम्बज टनेलमा कन्ये र गोब्रे च्याउखेती उत्पादन गरी […]

ट्याक्टर दुर्घटनाका मृतकका परिवारलाई आर्थिक सहयोग

म्याग्दी (दरबाङ), चैत २६ गते ।  लुलाङका ट्याक्टर दुर्घटनामा परी ज्यान गुमाएका र घाइते भएकाको परिवारलाई प्रवासीहरुले अर्थिक सहयोग गरेका छन् । म्याग्दीको धवलागिरी गाउँपालिका–२, लुलाङमा यही चैत ७ गते र कात्तिकमा छु्ट्टाछुट्टै ट्याक्टर दुर्घटनामा ज्यान गुमाएका र घाइते भएकाको पीडित परिवारहरुलाई सोही वडा घर भई हाल अमेरिका निवासी तारा गौचनको नेतृत्वमा अमेरिकालगायत विभिन्न देशमा […]

म्याग्दी प्रतिष्ठानलाई उपाधि

(बागलुङ), चैत २६ गते ।  चैत्राष्टमी मेलामा आयोजना गरिएको राष्ट्रिय दोहोरी गीत प्रतियोगिताको उपाधि म्याग्दी प्रतिष्ठानले हात पारेको छ । मेलाको मुख्य आकर्षण पहिचानका रूपमा रहेको दोहोरी गीत प्रतियोगिताको सोमबार अन्तिम प्रतिस्पर्धामा म्याग्दी प्रतिष्ठानका निशान्त विक र सपना रोकाले जित्नुभएको हो ।  प्रतियोगितामा बागलुङ प्रतिष्ठानका सुमन खड्का र निशा गुरुङ द्वितीय हुनुभयो । यस्तै तृतीय स्थान नगरकोट दोहोरी […]

बेनीमा सडक ढलानपछि यात्रा सहज

विकल्प न्यूज/बेनीचैत २५ गते । बेनी देखि ग्रामिण वस्ती जोड्ने सडक ढलान पछि आवतजावतमा सहज भएको छ । बेनी नगरपालिका र रघुगंगा गाउँपालिका जोड्ने बेनी–अर्थुङ्गे–तोरीपानी–पाखापानी सडक अन्तर्गत बेनी–पाखापानी सडकको प्रवेश विन्दु,रातोपहिरो र बेनी नगरपालिका वडा नम्बर १० स्थित पात्लेखेतमा गरी नौसय ८ मिटर सडक स्तरोन्नति सहित ढलान गरेपछि यात्रा सहज भएको हो । जिर्ण सडक […]

आँटेको पु-याइदेउ बागलुङ कालिका…

गण्डकी,  चैत २५ गते । जब चैतेदसैँ आउँछ अनि सम्झिइन्छ, उही पुरानो गीत ‘आँटेको पु-याइदेउ रेशम बागलुङ कालिका…’, २०५४ सालतिर गायक शुभराम भारी र गायिका बिमाकुमारी दुराले यो गीत गाउनुभएको थियो । त्यसयता पनि कालिका भगवतीको महत्व र महिमा उजागर गर्दै कैयन गीत रचिए र गाइए । गीतले भनेझैँ मनले आँटेताकेको पूरा हुने विश्वासमा चैतेदसैँ […]

चिमखोलाको भूमेपूजाले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा

म्याग्दी (बेनी),  चैत २१ गते ।  यहाँको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको भूमेपूजा आन्तरिक पर्यटन प्रवर्द्धनको माध्यम बनेको छ । परम्परागत रूपमा हुँदै आएको भूमेपूजामा गरिने सांस्कृतिक उत्सवले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पु¥याएको स्थानीयको बुझाइ छ ।   मगर समुदाय बाहुल्य क्षेत्रमा प्रकृतिपूजाका रूपमा भूमेपूजा गरिने भए पनि चिमखोलामा यस अवसरमा अनौठा र मौलिक संस्कृतिको प्रस्तुति राख्ने गरिन्छ […]

निःशुल्क मुटु परीक्षण तथा उपचार शिविरमा एघारसय बढीले लिए सेवा

विकल्प न्यूज/बेनीचैत २० गते । दुईदिन सम्म बेनीमा संचालन भएको निशुल्क मुटुरोग परीक्षण तथा उपचार शिविरबाट एघारसय भन्दा लाभान्वित भएका छन् ।जिल्ला समन्वय समिति म्याग्दी सहित जिल्लाका ६ वटै स्थानीय तहको आयोजना र शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र काठमाण्डौंको प्राविधिक सहयोगमा मंलबार र बुधबार संचालित शिविरको पहिलो दिन ५ सय ६५ र दोस्रो दिन ५ […]

पत्रकार रजकको हत्यामा संलग्नलाई कारवाहीको मागसहित ध्यानाकर्षण पत्र

विकल्प न्यूज/बेनीचैत २० गते । एभिन्यूज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै म्याग्दीमा ध्यानाकर्षणपत्र बुझाइएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीले पत्रकार रजकको हत्यामा संलग्नलाई तत्काल कारवाहीको मागसहित बुधवार प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ध्यानाकर्षणपत्र बुझाएको हो । यही चैतको १५ गते शुक्रवार देशको सङ्घीय राजधानी काठमाडौंको तीनकुनेमा राजवादीहरुले गरेको […]

बागलुङमा परम्परागत ‘चैते दशै मेला’

विकल्प न्यूज/बेनीचैत २० गते । चैते दशैंको अवसरमा बागलुङको प्रसिद्ध कालिका मन्दिर परिसरमा परम्पराकालदेखि ठूलो मेला लाग्ने गरेको छ । बागलुङ चिनाउने मेलाका रुपमा समेत चैते दशै मेलालाई लिइने गरिन्छ । नेपालकै महवपूर्ण मेलाहरु मध्येको एक चैत्राष्टमी मेला यसवर्ष चैत्र २० गतेदेखि २५ सम्म आयोजना गर्न थालिएको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ […]

अन्नपूर्ण आधार शिविरमा पुग्न थाले आरोही

विकल्प न्यूज/बेनीचैत १९ गते । अन्नपूर्ण हिमाल आरोहणका लागि आरोहीहरू आधार शिविरमा पुग्न थालेका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्दछ । चालु वसन्तयाममा अन्नपूर्ण हिमाल आरोहणका लागि आएका आरोही, शेर्पा, पथप्रर्दशक, मजदुर र पर्यटकहरूको आधार शिविरमा चहलपहल बढेको अन्नपूर्ण गाउँपालिका–४ का वडासदस्य […]

बेनीमा गणतन्त्रका पक्षमा एमालेको जागरण सभा

विकल्प न्यूज/बेनीम्याग्दी,चैत १८ गते । नेकपा एमाले म्याग्दीले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा जागरणसभा गरेको छ । सोमबार पार्टी कार्यालय हाडेभिरबाट मोटरसाइल ¥याली सहित बजार परिक्रमा गरेपछि विरेन्द्रचोकमा जागरण सभाको आयोजना गरिएको थियो । चैत १५ गते राजावादीले राजधानीमा गरेको तोडफोड, आगजनी, लुटपाटको विरोध गर्दै एमालेले बेनीमा जनप्रदर्शन सहित जागरण सभाको आयोजना गरेको जिल्ला कमिटीका अध्यक्ष […]