म्याग्दी समाचार

म्याग्दीका २२ मतदान स्थल संवेदनशिल

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २१ कात्तिक । म्याग्दीका २२ मतदान स्थल संवेदनशिल रहेका छन् । आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि जिल्ला सुरक्षा समितिले संवेदनशिल मतदान स्थलको लागि बिशेष सुरक्षा योजना तयार पारेको छ । विगतका चुनावमा भएका गतिबिधि, भौगोलिक बिकटता, सञ्चार, यातायात सुबिधाको पहुँच लगायतका आधारमा संवेदनशिल मतदान स्थलको […]

छैठौ म्याग्दी महोत्सव माघमा

विकल्प न्यूज/बेनी बेनी २१ कात्तिक । आगामी माघमा बेनीमा छैठौ म्याग्दी महोत्सव एवं माघे संक्रान्ती मेला आयोजना हुने भएको छ । दशौ अधिवेशनबाट निर्वाचित भएको म्याग्दी उद्योग वाणिज्य संघको सोमबार बसेको दोस्रो बैठकले पुष २८ देखि माघ ७ गतेसम्म महोत्सव आयोजना गर्ने निर्णय गरेको हो । अध्यक्ष उत्तमकुमार कर्माचार्यको अध्यक्षतामा बसेको पदाधीकारी र कार्यसमिति सदस्यहरुको […]

पर्वतको विकास र समृद्धिका लागि वाम गठबन्धनलाई मत ः उम्मेदवार अधिकारी

विकल्प न्यूज/जलजला पर्वत कार्तिक २१ गते । माओवादी केन्द्रका पोलिट व्युरो सदस्य एवम् प्रदेशसभा क्षेत्र नम्बर १ पर्वत का उम्मेदवार नेत्र अधिकारीले नेपालमा राजनीतिक स्थायीत्व कायम गर्नका लागि आगामी निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारहरुलाई जिताउनुपर्ने विचार व्यक्त गर्नुभएको छ । लामो समय राजनीतिक अस्थिरताका कारण विकास र समृद्धि हासिल गर्न नसकेको बताउँदै उम्मेदवार अधिकारीले मुलुकको आर्थिक […]

म्याग्दीको नमुना मतपत्र यस्तो छ

  विकल्प न्यूज/बेनी कार्तिक २१ गते । निर्वाचन आयोगले म्याग्दीका लागि नमुना मत पत्र सार्वजनिक गरेको छ । myagdi

भकिम्लीमा वाम गठबन्धनको चुनाब प्रचार समिति गठन

विकल्प न्यूज/बेनी कार्तिक २० गते । आगामी मंसिर १० गते हुन लागेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरि बाम गठबन्धन म्याग्दीले चुनाब प्रचार प्रसार अभियानलाई तिब्र बनाएको छ । अभियान अन्र्तगत सोमबार बेनी गनरपालिका –३ भकिम्लीमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र स्वतन्त्र बामपन्थी नेता तथा कार्यकर्ताहरुको भेला सम्पन्न भएको छ । सो भेलाले […]

जिल्लाको विकास गरी जनताको अनुहारमा खुसि ल्याउछु ः उम्मेदवार गर्बुजा

विकल्प न्यूज/बेनी कार्तिक २० गते । नेपाली काँग्रसले नेतृत्व गरेको लोकतान्त्रीक गठबन्धनले म्याग्दीमा चुनावी अभियानलाई गाउँगाउँ सम्म पु¥याएको छ । लोकतान्त्रीक गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार खम वहादुर (खम्बिर) गर्बुजा सहितको टोली सोमवार मालिका गाउँपालिकाको वडा नं २ रुममा पुगेको छ । रुम भएको चुनावी कार्यक्रममा उम्मेदवार गर्बुजाले जिल्लाको विकास गरि जनताको अनुहारमा खुसि ल्याउन […]

विकास र समृद्धिका लागि बामपन्थीको सरकार

विकल्प न्यूज/बेनी बेनी २० कात्तिक । नेकपा एमालेका पोलीट ब्युरो सदस्य थममाया थापाले नेपालमा राजनितिक स्थिरता कायम गर्न आगामी निर्वाचनबाट गठन हुने प्रतिनिधी र प्रदेशसभामा बामपन्थीको दुई तिहाई बहुमत आवश्यक पर्ने बताउनुभयो । मालीका गाउँपालीका ७ बिममा सोमबार आयोजित चुनावी सभामा थापाले नेपाली काँग्रेसले अनुशरण गर्दै आएको संसदीय व्यवस्थाका कारण नेपालमा नौनौ महिनामा सरकार परिवर्तन […]

म्याग्दीमा चुनावको तयारी तिब्र

सन्तोष गौतम/विकल्प न्यूज बेनी २० कात्तिक । आगामी मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधी र प्रदेशसभा निर्वाचनको म्याग्दीमा तयारी तिब्र बनाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयले चुनावको मिती नजिकिदै गर्दा आवश्यक तयारी तिब्र बनाएका हुन् । मुख्य निर्वाचन अधिकृत रामकुमार कोईरालाले चुनावका लागि कर्मचारी खटनपटन, समन्वय र व्यवस्थापकीय […]

राप्रपा प्रजातान्त्रीकको चुनाव प्रचार अभियान

विकल्प न्यूज/बेनी कार्तिक २० गते । हिन्दु राष्ट्र र राजा सहितको प्रजातन्त्रलाई प्रमुख चुनावी एजेण्डा बनाएको राप्रपा प्रजातान्त्रीकले म्याग्दीमा आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको प्रचारप्रसार अभियान सुरु गरेको छ । राप्रपा प्रजातान्त्रीकका केन्द्रिय सदस्य जगतप्रसाद गौचनको नेतृत्वमा विभिन्न वडा स्तरमा कार्यकर्ता तथा मतदाता भेटघाट अभियान सञ्चालन भएको हो । सोमबार […]

वाम गठबन्धनलाई जिताउन रत्नेचौरमा ३५१ सदस्यीय चुनाव प्रचारप्रसार समिति

विकल्प न्यूज/बेनी कार्तिक २० गते । बेनी नगरपालिका १ रत्नेचौरमा सोमबार एमाले माओवादी केन्द्रको वाम गठबन्धनको ३५१ सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन भएको छ । बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा एमालेका उमेद्वार भुपेन्द्र थापाको गाउँ रत्नेचौरमा भएको एमाले र माओवादी केन्द्रका कार्यकर्ताहरुको भेलाले पदमबहादुर रावलको संयोजकत्वमा उक्त प्रचारप्रसार समिति गठन गरेको हो । समितिको सहसंयोजकमा सेते […]

जनमोर्चाको चुनावी अभियान

विकल्प न्यूज/बेनी कार्तिक २० गते ।आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारका लागि राष्ट्रिय जनमोर्चा म्याग्दीले अभियान सुरु गरेको छ । राष्ट्रिय जनमोर्चाका उमेद्वार सहितको टोलीले मालीका गाउँपालीका ६ दिच्यामबाट घरदैलो तथा मतदाता भेटघाट अभियान सुरु गरेको हो । आईतबार साँझ दिच्याममा कार्यकर्ता भेटघाट गरेको सो पार्टीको टोलीले सोमबार बिहान बिममा […]

जन्म दिनका अवसरमा विपन्न छात्रालाई सहयोग

विकल्प न्यूज/जलजला कार्तिक २० गते । पर्वतको जलजला गाउँपालिका ७ मिलनचोक वस्ने सुनिता जिसीले आफ्नो छोराको जन्मदिनका अवसरमा आर्थिक अवस्था कमजोर भएकी छात्रा पुष्पा पुर्जा मगरलाई आर्थिक सहयोग गर्नुभएको छ । जिसीको छोरा प्रसान्त जिशी को जन्म दिनको उपलक्ष्यमा जलजाल ६ शालिजा माबी मा अध्यनरत छात्रा पुर्जा मगरलाई मासिक एकहजारका दरले सहयोग गर्ने घोषणा गर्नुभएको […]

म्याग्दीको निर्वाचन ः बाह् पुरुष उम्मेदवारका बिचमा एक महिला भिड्दै

विकल्प न्यूज/बेनी कार्तिक २० गते । आसन्न मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि म्याग्दीमा एक जनामात्र महिला उम्मेदवार हुनुहुन्छ । वाम गठबन्धनको साझा उम्मेदवारका रुपमा म्याग्दीको प्रदेशसभा क्षेत्र (ख) मा नेकपा (एमाले)ले नरदेवी पुनलाई उम्मेदवार बनाएको हो । प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई वटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा अन्य […]

जलजलामा वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २० कात्तिक । जलजला गाउँपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । यसअघि राष्ट्रिय वाणिज्य बैङकको बेनी शाखाबाट वितरण हुदै आएको सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाटै वितरण गर्ने निर्णय भएको हो । चालु आर्थिक वर्ष २०७४७५ को पहिलो चौमासीकको सामाजिक सुरक्षा भत्ता यसैहप्ता भित्र वितरण गरिने भएको छ […]

दोवा र भुरुङको सिमा बिवाद समाधान

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी २० कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालीकाका दुई वटा वडाका बासिन्दाहरुबीचको वनको सिमा बिवाद समाधान भएको छ । अन्नपूर्ण गाउँपालीका १ दोवा र २ भुरुङ तातोपानीका बासिन्दाहरुबीच दुवै वडाको सिमा क्षेत्रमा पर्ने वन र चरन क्षेत्रको उपभोगका बिषयमा बिवाद रहदै आएको थियो । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी र जिल्ला […]