ताजा समाचार:
Search

म्याग्दी समाचार

भ्रष्टाचारीहरु धमाधम समातिन थालेका छन् ः मन्त्री थापा

विकल्प न्यूज/बेनी साउन १९ गते । संघिय सरकारको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले भ्रष्टाचारीहरु धमाधम समातिन थालेको बताउनुभएको छ । उहाँले भ्रष्टाचारको अन्त्यका लागि सरकारले चालेको कदम सफल उन्मुख हुन लागेको दावी समेत गर्नुभयो । मन्त्री थापाले भ्रष्टाचारीहरुले अव उन्मुक्ती पाउने अवस्था नभएको दावी समेत गर्नुभयो । भ्रष्टाचारलाई न्यूनिकरण गर्न सरकार सफल भएपछि […]

कोपिला गौतमको तीज गीत ‘आमाले पकाएको दर’ सार्वजनिक(भिडियोसहित)

विकल्प न्यूज/बेनी साउन १९ गते । गायिका कोपिला गौतमको नयाँ तीज गीत ‘आमाले पकाएको दर’ सार्वजनिक भएको छ । मौलिक शव्द तथा संगीत रहेको उक्त गीतलाई म्युजिक खबरले सार्वजनिक गरेको हो । यस अघिका तीजमा गायक पशुपति शर्मासँगको ‘पोखरा फेवाताल’, ‘चौतारी ताकेर’ ‘कस्तो आयो जमाना’ जस्ता गीतमा स्वर दिईसकेकी कोपिलाले यसपालीको तीजका आमाले पकाएको दर […]

नेकपा म्याग्दीको जिल्ला कार्यालय र सचिवालय गठन

विकल्प न्यूज/बेनी साउन १९ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीको जिल्ला कमिटिको दोस्रो पूर्ण वैठकले जिल्ला कार्यालय र सचिवालय गठन गरेको छ । पोलिटव्युरो सदस्य तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा र जिल्ला इन्चार्ज भुपेन्द्र बहादुर थापाको उपस्थितिमा शनिवार पार्टी कार्यालय हाडेभिरमा सम्पन्न बैठकले सात सदस्यीय कार्यालय र ३२ सदस्य रहेको […]

लोप हुने हो कि मितेरी साइनो !

यलु जोशी  काठमाडौँ, साउन १९ गते । ललितपुर लुभूका सजना श्रेष्ठ आफू सात वर्षको हुँदा हजुरआमाले मित लगाइदिएको सम्झनुहुन्छ । उहाँ भन्नुहुन्छ, “धेरै सम्झना त छैन तर मितिनीसँग खेल्न र हाँस्न पाउँदा निकै रमाइलो लाग्थ्यो । ” उहाँको मितिनीको नाम प्रमिला थापा हो । श्रेष्ठले थप्नुभयो, “हाम्रो घरमा दूध पु¥याउन आउने आमाको पनि एक जना छोरी […]

असोज ७ मा तेस्रो कालिपुल युनाईटेट कप प्रतियोगिता हुने

विकल्प न्यूज/बेनी साउन १८ गते । कालिपुल युवा क्लवद्धारा असोज ७ गतेबाट तेस्रो कालिपुल कप ९ प्रतियोगिता हुने भएको छ । क्लवले असोज ७ देखि ११ गते सम्म फुटबल प्रतियोगिता गर्ने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । जिल्लामा ठुलो धन राशिको प्रतियोगिता गर्ने लागेको क्लवका अध्यक्ष बिकास पुनले बताए । प्रतियोगितको प्रथम पुरस्कार […]

महिलालाई आर्थिक रुपमा सशक्त र सक्षम बनाउनुपर्छ ः मन्त्री थापा

विकल्प न्युज म्याग्दी,साउन १८ गते । महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापाले महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउनुपर्ने बताएकी छिन् । म्याग्दीमा सञ्चालित राष्ट्रपति महिला उत्थान कार्यक्रमको स्थलगत अनुगमनपछि आयोजित समीक्षा कार्यक्रममा बोल्दै उनले महिलालाई आयआर्जनका क्षेत्रमा लगाउनुपर्ने बताएकी हुन् । मन्त्री थापाले समाजमा पछाडी परेका महिलाहरुलाई विभिन्न आयआर्जनका कार्यक्रमहरु सञ्चालन गरी आर्थिक रुपमा सक्षम […]

युवाहरुको उदाहरणीय कार्य ः नदी किनारमा फसेको गोरुको उद्धार (भिडियो सहित )

विकल्प न्यूज/बेनी साउन १८ गते । म्याग्दी,पर्वत र बागलुङका युवाहरुले उदाहरणीय कार्य गरेका छन् । कालिगण्डकी नदी किनारमा जिवन मरणको दोसाधमा परेका एउटा पशुलाई नयाँ जिवन दिएर उदाहरणीय कार्य गरेका हुन । १५ दिन सम्म कालिगण्डकी नदी किनारमा फसेको गोरुलाई युवाहरुको जोखिम मोलेर शुक्रबार उद्धार गरेका हुन । बाग्लुङ नगरपालिका–१२ र पर्वतको फलेबास नगरपालिका ४ […]

काँग्रेस सङ्घीय संरचनामा जाने

ललितपुर, साउन १८ गते । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले राज्यको सङ्घीय संरचना अनुसार नै पार्टीको नयाँ संरचना बनाउने निर्णय गरेको छ । अब काँग्रेसको संरचना पार्टीको विधानको सङ्क्रमणकालीन व्यवस्था अनुसार हुने छ । नयाँ संरचनामा जाँदा सबै कार्यकारी समितिमा महिलाको सङ्ख्या कम्तीमा ३३ प्रतिशत सुनिश्चित हुने छ । यसैगरी, संस्थापन इतरका केन्द्रीय सदस्यहरूले जारी […]

दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा अल्ट्रासाउण्ड सेवा सुरु

विकल्प न्यूज/बेनी साउन १७ गते ।    मालिका गाउँपालिकाको केन्द्र दरवाङमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा अल्ट्रासाउण्ड सेवा सुरु भएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोग र गाउँपालिकाको समन्वयमा उपकरण खरिद गरेर सेवा सुरु गरिएको हो । अल्ट्रासाउण्ड सेवा सुरु भएपछि गर्भको बच्चाको अवस्था, पित्तथैलि, मृगौला, मुत्रथैलीको पत्थरी, कलेजोको रोग पत्ता लगाउन सहज हुने केन्द्रका […]

मन्त्री पुनद्धारा भिडियो एक्सरे मेसिनको उद्घाटन

विकल्प न्युज  म्याग्दी, साउन १७ गते । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ्गमा रहेको दरबाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रमा जडान गरिएको भिडियो एक्सरे (अल्ट्रा साउण्ड) मेसीनको शुक्रबार उद्घाटन गरिएको छ । गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा जडान गरिएको सो मेसीनको सामाजिक विकासमन्त्री नरदेबी पुनले एक कार्यक्रमका विच उद्घाटन गर्नुभएको हो । मेसीनको उद्घाटन गर्नुहुँदै […]

सुन्दर गाउँ ……

विकल्प न्यूज/बेनी साउन १७ गते । मंगला गाउँपालिका ५ अर्मनको छिस्वाङ गाउँको सुन्दरता । तस्विर ठाकुरप्रसाद आचार्य

लुलाङका महिलाहरुलाई सिलाई कटाई तालिम

विकल्प न्यूज/बेनी साउन १७ गते ।   धवलागिरी गाउँपालिका–२ लुलाङमा २ महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग विकास समिति र गुड नेवर्स इन्टरनेशनल नेपाल म्याग्दीको आर्थिक तथा प्राबिधिक सहयोग र संगम म्याग्दीको आयोजनामा १० जना उद्यमीहरुलाई तालिम दिइएको हो । तालिमको समापनका क्रममा बिहीबार घरेलु तथा साना उद्योग विकास समितिले […]

स्तनपानले कसरी गर्छ शिशुको स्वास्थ्य रक्षा ?

विनोद अधिकारी साउन १७ गते । प्रत्येक वर्ष १ देखि ७ अगस्टसम्म संसारभर स्तनपान सप्ताह मनाइन्छ। नेपालमा पनि स्तनपान सप्ताह विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ। विश्व स्तनपान दिवसको यस वर्षको नारा ‘अभिभावकको सबलीकरण स्तनपानको सशक्तीकरण’ रहेको छ। आमाले शिशुलाई जन्म दिएपछि आफ्नो स्तनबाट निस्कने प्राकृतिक दूध चुसाउने क्रिया नै स्तनपान हो। गर्भाधारणको प्रक्रियासँगै आमाको स्तनमा […]

उपनिर्वाचन मङ्सिरमा गर्न सुझाव

काठमाडौँ, साउन १७ गते ।  विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले हाल रिक्त हुन आएका स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा सदस्यको पदमा उपनिर्वाचन एकैपटक मङ्सिरमा गर्न सुझाव दिएका छन् । हाल तीन तहमा गरी ३६ जिल्लाको ५० पदमा उपनिर्वाचन गराउनुपर्ने छ । निर्वाचन आयोगले बिहीबार आयोजना गरेको राजनीतिक दलका पदाधिकारीहरूसँगको छलफलमा दलका प्रतिनिधिहरूमध्ये प्रायः सबै दलका प्रतिनिधिले […]

सहकारीको ब्याजमा नियन्त्रण, १६ प्रतिशतभन्दा बढी लिन नपाउने

२०७६ काठमाडौं : साउन १७, सहकारी संस्थाले अब १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने भएका छन्। सहकारी ऐनको व्यवस्थाअनुसार गठित सन्दर्भ ब्याजदर निर्धारण समितिको बिहीबार बसेको बैठहले बचतमा न्युनतम १० प्रतिशत र ऋणमा अधिकतम १६ प्रतिशत ब्याजदरको सिलिङ तोक्ने सहमति गरेको हो समाचार कारोबार दैनिकमा छ। यद्यपि, समितिको शुक्रबार बस्ने बैठकले औपचारिक निर्णय गर्ने र […]