म्याग्दी समाचार

अस्पतालको शैयाबाट सुत्केरी आमाको अपील

विकल्प न्यूज/बेनी भदौं २५ गते । एउटा आमा आज अस्पतालको शैयामा छटपटाइरहुनभएको छ । उहाँ जिवनमरणको दोसाँधमा हुनुहुन्छ । अस्पतालको शैयाबाट जीवन बचाउन आमाले हारगुहार गर्नुभएको छ । उहाँका आँखाबाट आशुका थोपाहरु निरन्तर झरीरहेका छन् । आशुले काखमा च्यापेको बच्चा झिजेको छ । सुन्दर सपनाहरु बुनेर प्रसुति हुन अस्पताल पुग्नुभएकी बेनी नगरपालिका ५ पुलाचौरकी निशा […]

बेनी नगरमा फर्जी बिलभरपाई बनाएर अनुदान दुरुपयोग

साधन राम्जाली /विकल्प न्यूज भदौं २५ गते ।  बेनी/बेनी नगरपालिका अन्तर्गतको सामुदायिक सिकाई केन्द्रलाई वितरण गरिएको अनुदान रकम दुरुपयोग भएको पाइएको छ । विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गत वडा नम्बर ४ डाँडाखेत स्थित शिवालय सिकाई केन्द्रलाई वितरण गरिएको अनुदान रकम फर्जी बिल भरपाई बनाएर दुरुपयोग गरेको खुलसा भएको हो । संघीय सरकारबाट विद्यालय क्षेत्र विकास […]

अवरुद्ध बेनी -जोमसोम सडक सुचारुका लागि जोखिम मोलेर काम गर्दै

विकल्प न्युज बेनी,भदौ २५ गते । बेनी–जोमसोम सडक अन्र्तगत म्याग्दी र मुस्ताङको सिमाना घोप्टेभिरमा डोजरको सहायताले अक्करे भिरमा सडक फराकिलो बनाउनको लागि विष्फोटनको तयारी गरिँदै । कालिगण्डकी नदीको कटानले सडक बगाएपछि चारदिनदेखि अबरुद्ध सडक खुलाउन विष्फोटक पदार्थको प्रयोग गरि भिरमा नयाँ ट्याक निर्माण गर्न लागिएको हो । तस्बिर  : इन्द्रसिङ शेरचन

कांग्रेस म्याग्दीद्धारा दोस्रो जागरण अभियान सुरु

विक्ल्प न्युज बेनी,भदौ २४ गते । नेपाली कांग्रेस म्याग्दीले दोस्रो चरण अन्तर्गतको जागरण अभियान सुरु गरेको छ । सरकारमा प्रतिपक्षको भुमिकामा रहेको कांगेसले मंगलबारदेखी देशभर द्रोस्रो चरण अन्तर्गतको हिमाल ,पहाड तथा तराई जागरण अभियान सुरु गरेको छ । मंगलबारदेखी सुरु भएको कांग्रेस म्याग्दीले प्रदेश सभा ( क) र (ख )मा जागरण अभियान थालेको छ । […]

जलजलामा स्वास्थ्य बिमा सम्बन्धी अभिमुखीकरण

विकल्प न्यूज/जलजला भदौं २४ गते । जलजला गाउँपालिका–७ मिलनचोकमा मंगलबार स्वास्थ्य बिमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य बिमा बोर्डको आयोजनामा पर्वत जिल्लामा यसै वर्षदेखि सुरु हुन लागेको स्वास्थ्य बिमा कार्यक्रमको बारेमा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, स्वस्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम सेविका र स्थानीय अगुवाहरुलाई जानकारी गराइएको हो । बोर्डका कर्मचारीले स्वास्थ्य बिमा […]

बेनी–बरङ्जा सडकको स्तरोन्नति

विकल्प न्यूज/बेनी भदौं २४ गते । म्याग्दीको सदरमुकाम बेनी हुँदै हाँडेभीर–बगरफाँट–सुर्केमेला–बरङ्जा हुँदै अर्मनको किमचौर जोडेने १० किलोमिटर कृषि सडकको स्तरोन्नति गरिएको छ । एक दशकअघि विसं २०६३ मा ‘ट्र्याक’ मात्रै खोलिएको सडकलाई भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय म्याग्दीले ४८ लाख ५० हजार विनियोजन गरेपनि बजेट अभावका कारण स्थानीय जनसहभागिताबाट चार लाख ९५ हजार […]

म्याग्दीमा राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइयो

विकल्प न्युज म्याग्दी,भदौ २३ गते । बेनी नगरपालिका र शिक्षा विकास तथा समन्वय इकाइको आयोजनामा ४०औं राष्ट्रिय शिक्षा दिवस तथा ५३औं अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइएको छ । माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयको व्यवस्थापनमा आइतबार म्याग्दीमा विविध कार्यक्रमसहित दिवस मनाइएको हो । दिवसको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले अबको शिक्षालाई समयसापेक्ष परिवर्तन […]

माउण्ट कप छात्र प्रकाश मावि तथा छात्रा तर्फ आयोजक विजयी

विकल्प न्युज म्याग्दी, भदौ २२ गते । म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न जिल्लास्तरीय अन्तरमावि छात्रछात्रा नवौं माउण्ट कप भलिबल प्रतियोगिताको उपाधी प्रकाश मावि र आयोजक माउण्ट एभरेष्ट आवासीयले हात पारेको छ । युवा रेडक्रस सर्कल माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयको आयोजनमा आइतबार खुल्लामञ्चमा भएको फाईनल खेलमा छात्रतर्फ आयोजक माउण्टलाई २ विरुद्ध ३ सेटले जित्दै प्रकाश माविले […]

आज १६ औं निजामती दिवस

भदौ २२, २०७६ काठमाडौं : आज १६औँ निजामती दिवस। देशभरे भव्य रूपमा मनाइँदै छन्।  २०१३ सालमा निजामती सेवा ऐन जारी भएको दिन (भदौ २२) को सम्झनामा ०६१ सालदेखि निजामती सेवा दिवस मनाउन थालिएको हाे। तीनै तहमा ९३ हजार कर्मचारी रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्यांक रहेको छ। यस वर्षको नारा ‘सक्षम निजामती प्रशासन ः […]

म्याग्देली विद्यार्थी परिवारको दशौं सम्मेलन काठमाण्डौंमा सम्पन्न

विकल्प न्यूज/काठमाण्डौं भदौं २१ गते ।  अध्ययनका लागि म्याग्दीबाट काठमाण्डौं आएका विद्यार्थीहरुको साझा संस्था म्याग्देली विद्यार्थी परिवारको दशौं सम्मेलन शनिबार काठमाण्डौंमा सम्पन्न भएको छ । सम्मेलनले सुश्री केशरी शर्मा को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा किशोर पौडेल, शिब प्र सापकोटा सचिब सरिता थापा र कोषाध्यक्ष झलक पुनलाई चयन गरेको निवर्तमान अध्यक्ष दीपक […]

बेनीमा तीन जना विरामीमा डेंगु संक्रमण

विकल्प न्युज बेनी , भदौ २१ गते । म्याग्दीको बेनी अस्पतालमा उपचार गराउन आएका तीन जना विरामीमा डेंगु भेटीएको छ । अस्पतालमा उपचारका लागी पुगेका तीन जना विरामीको रगत परिक्षण गर्दा डेंगु संक्रमण भेटिएको हो । एक साता भित्र पोखरा र काठमाण्डौबाट फर्केका यी विरामी वेस्सरी टाउको दुख्ने, धेरै ज्वारो आउने र शरिर दुख्ने जस्ता […]

शान्तिकोषको साथले “नयाँ जीवन पाएँ”

साधन राम्जाली /विकल्प न्यूज भ्दौं २० गते । २०६५ सालमा डकबहादुर रोका २५ बर्ष उमेरको हुनुहुन्थ्यो । म्याग्दीको मंगला गाउँपालिका १ कुहुँ निवासी डकबहादुर पेशाले शिक्षक । बेनी बजारमा डेरा लिएर बस्नुभएको थियो । जिवनयापन राम्रै संग चलिरहेको थियो । अध्यापन र अध्ययनलाई निरन्तरता दिनुभएको थियो । अचानक एक दिन उहाँको दुबै खुट्टामा खटिरा देखिए […]

बालमन्दिर आधारभुत विद्यालयमा निशुल्क स्वास्थ्य परिक्षण

विकल्प न्युज बेनी, भदौ २० गते । म्याग्दीको सदरमुकामा बेनी नगरपालिका ८ कालिपुलमा रहेको बालमन्दिर आधारभुत विद्यालयमा निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको छ । लियो क्लब अफ बेनी,म्याग्दीको आयोजना तथा बेनी अस्पतालको प्राविधिक सहयोगमा विद्यालयमा अध्ययनरत विद्यार्थी र अभिभावकको निशुल्क स्वास्थ्य परिक्षण गरिएको हो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले अस्पतालको […]

सांसदकै अघि कालीगण्डकी दोहन

बागलुङ : बागलुङ-१ का संघीय सांसद डा.सूर्य पाठक मंगलबार गाउँमा आयोजना गरिएको कार्यक्रममा सहभागी भएर सदरमुकाम फर्कंदै थिए। कालीगण्डकी किनार भएर आउँदै गरेका पाठक मध्यरातमा भइरहेको अवैध उत्खनन्को प्रत्यक्षदर्शी बने। आँखा अगाडि अवैध तवरले बालुवा झिकिइरहेको देखेपछि उनले प्रहरीलाई खबर पनि गरे। तर प्रहरीले तत्काल उत्खनन्मा सहभागीलाई नियन्त्रणमा लिन हच्किएको उनले गुनासो गरे। पाठकले उत्खनन्को सूचना […]

गलेश्वरमा डेङ्गु सम्बन्धी सचेतनामुलक कार्यक्रम

विकल्प न्युज बेनी, भदौ १९ गते । बेनी नगरपालिका, ९ गलेश्वरमा बिहीबार डेङ्गु रोग सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको छ ।गलेश्वर बहुउद्देश्यिय सहकारी संस्थाको आयोजनामा सहकारीका पदाधीकारी, सेयर सदस्य र बजारबासीहरुलाई डेङ्गु रोगको लक्षण, लाग्ने कारण र बच्ने उपायको बारेमा जानकारी गराइएको हो । रघुगंगा गाउँपालिकाका स्वास्थ्य शाखा सहसंयोजक शिवप्रसाद पाण्डेले अभिमुखीकरण गर्नुभएको थियो । सोही […]