म्याग्दी समाचार
११ औं तोरन्ल गोल्डकपको उपाधी दरवाङले जित्यो (फोटो/भिडियो)
विकल्प न्यूज/बेनी असोज १७ गते । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालन भएको ११ औं तोरन्ल गोल्डकपको उपाधी थकाली सेवा समिति दरवाङले हात पारेको छ । थकाली सेवा समिति दरवाङ (रातढुङ्गां ले १ सय ४१ अंक ल्याएर प्रथम स्थान हासिल गरेको हो । प्रथम हुने दरवाङले नगद एकलाख सहित मेडल प्राप्त गरेको छ । यसैगरी १ सय […]
विद्युत पोलको भाडा नतिर्ने केबुल र इन्टरनेटको तार काटियो
विकल्प न्यूज/बेनी असोज १६ गते । म्याग्दीमा विद्युतको पोल प्रयोग गरेवापत शुल्क बुझाउन अटेरी गर्ने केबुल र इन्टरनेट सेवा प्रदायकहरुको तार काट्न थालिएको छ । सम्झौता बिनै बिद्युतका पोलको प्रयोग गर्ने र भाडा नतिर्ने केबुल तथा इन्टरनेट सेवा प्रदायकहरुको शनिबार म्याग्दीमा लाइन काटिएको हो । नेपाल बिद्युत प्राधिकरणको देशब्यापी कार्यक्रम अन्तरगत सम्झौता नगरेका र भाडा […]
मुक्तिनाथ सहकारीको लगानी ४३ करोड
विकल्प न्यूज/बेनी असोज १६ गते । सदरमुकाम बेनीमा संचालित मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्षमा ४३ करोड ५ लाख ८६ हजार ९ सय १४ रुपैयाँ लगानी गरेको जनाएको छ । सहकारीको शनिबार सम्पन्न गरिएको १४ औं वार्षिक साधारणसभामा सहकारीले कोरोना संकटका विच पनि अघिल्लो आर्थिक वर्ष भन्दा ३७ प्रतिशतले लगानी वृद्धि गरेको अध्यक्ष […]
भिडियोमा हेर्नुहोस् बेनीमा एघारौं तोरन्ल गोल्डकप प्रतियोगिता
विकल्प न्यूज/बेनी असोज १५ गते । थकाली सेवा समिति केन्द्रले बेनीमा एघारौं तोरन्ल गोल्डकप ताराखेल प्रतियोगिता आयोजना गरेको छ । तारा खेलमा देशभरबाट १८ समुहका एकसय १८ जना खेलाडीहरुले भाग लिएका छन् । खेल तिनदिन सम्म सञ्चालन हुने जनाइएको छ । प्रतियोगितामा प्रथम हुनेलाई एकलाख नगद सहित पाँचतोलाको सुनको मेडल पुरस्कारको व्यवस्था गरिएको छ । […]
बेनीमा ११ औं तोरन्ल गोल्डकप प्रतियोगिता सुरू (फोटोसहित)
ठाकुरप्रसाद आचार्य / म्याग्दी असोज १५ गते । थकालीको समुदायको सांस्कृति पहिचानका रुपमा रहेको तोरन्ल गोल्डकप ताराखेल प्रतियोगिताको ११ औं संस्करण शुक्रबार देखि बेनीमा पहिलोपटक सुरु भएको छ । थकाली सेवा समिति नेपालको आयोजना र बेनी क्षेत्रको आतिथ्यतामा तिनदिन सम्म सञ्चालन हुने प्रतियोगितामा देशभरबाट १८ समुहका एकसय १८ खेलाडीहरुले भाग लिएका छन् । खेलको उदघाटन […]
न्यादी हाइड्रोपावरको आईपीओ बिक्री खुला
विकल्प न्यूज/बेनी असोज १५ गते । न्यादी हाइड्रोपावर लिमिटेडले आज शुक्रबार (असोज १५ गते) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ। कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो। सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र […]
घारखोला जलविद्युत आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’
ठाकुरप्रसाद आचार्य/म्याग्दी असोज १३ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घारमा निर्माणधिन १४ मेगावाट क्षमताको घरखोला जलविद्युत आयोजनाको सुरुङ मार्ग निर्माण सकिएको छ । २०७४ साल चैत ६ गतेबाट निर्माण सुरु गरिएको आयोजनाको ३ हजार ५ मिटर लामो सुरुङ मार्ग बुधवार दुवैतर्फबाट जोडिएको छ । आयोजनाको मुहानदेखि विद्युत् गृहसम्म पानी ल्याउने सुरुङको ‘ब्रेक थ्रु’ गरिएको आयोजनाका […]
तातोपानी कुण्ड खुलेसँगै उपचारका लागि आउन थाले विरामी (फोटोफिचर)
ठाकुरप्रसाद आचार्य / म्याग्दी असोज १३ गते । म्याग्दीको बेनी नगरपालिका ४ सिंगामा रहेको प्रशिद्ध तातोपानी कुण्ड सञ्चालनमा आएसँगै उपचारका लागि विरामीहरु आउन थालेका छन् । कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहर फैलिए सँगै गत बैशाखको तेस्रो साता देखि तातोपानी कुण्ड बन्द गरिएको थियो । पछिल्लो समय कोरोना भाइरसको संक्रमण घट्दै गएको भन्दै प्राकृतिक चिकित्सालयका […]
म्याग्दीमा काँग्रेसको पालिका अधिवेशन ः नेतृत्वमा युवाको वर्चस्व
विकल्प न्यूज/बेनी असोज १२ गते । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार सम्पन्न भएको गाउँ तथा नगर अधिवेशनबाट अधिकांश पदहरुमा युवा नेतृत्वको उदय भएको छ । काँग्रेसलाई बुढापाकाको पार्टी भएको र युवालाई अवसर नदिएको लाग्ने गरेको आरोप यसपटकको अधिवेशनबाट तोडिएको छ । शनिबार सम्पन्न अधिवेशनबाट ४ वटा पालिकामा युवाको नेतृत्व स्थापित भएको छ । […]
२५ वर्ष पछि पर्वत बेनी बसपार्क ढलान गरिदै (फोटो/भिडियो सहित)
ठाकुरप्रसाद आचार्य /म्याग्दी असोज १२ गते । हाम्रो विकास कति सुस्त छ भन्ने एउटा उदाहरण बनेको छ पर्वत बेनी बसपार्क । २५ वर्ष पछि बल्ल बसपार्कलाई व्यवस्थित बनाउन ढलान गर्न लागिएको हो । हिउदमा धुलो र बर्खायमा हिलोले सास्ती भोगेका पर्वत बेनीका स्थानीयहरु वसपार्क ढलान गर्न लागेपछि भने खुसी भएका छन् । कालिगण्डकी नदीमा […]
नेपाली काँग्रेस जलजलाको सभापतिमा इन्दुप्रकाश पौडेल बिजयी
विकल्प न्यूज/बेनी असोज १० गते । पर्वतको जलजला गाउँपालिका नेपाली काँग्रेसको सभापतिमा इन्दुप्रकाश पौडेल बिजयी हुनुभएको छ । आइतबार मिलनचोकमा सम्पन्न निर्वाचनमा पौडलले अर्को उम्मेदवार हरिविकास जिसीलाई पराजित गर्दै विजयी हुनुभएको हो । भर्खर सम्पन्न मतगणना अनुसार उहाँले ८१ मत ल्याउनु भएको छ । जिसीले ६६ मत प्राप्त गरी पराजित हुनुभएको छ । उपसभापतिमा सावित्रा […]
काँग्रेस बेनी नगरपालिकाको सभापतिमा रवि कार्की बिजयी
विकल्प न्यूज/बेनी असोज १० गते । नेपाली काँग्रेस बेनी नगर कार्यसमितिको चयनका लागि आइतबार भएको निर्वाचनमा सभापति पदमा रवि कार्की निर्वाचित हुनुभएको छ ।सभापतिका उम्मेदवार विक्रम बोगटीलाई पराजित गर्दै कार्की विजयी हुनुभएको हो । कार्कीले ७६ मत ल्याउनु भयाे भने बाेगटिले ६८ मत ल्याउनु भएको छ । उपसभापतिमा हरि पौडेल ७३, गंगाबहादुर खत्रि ७२ सचिवमा […]
जलजलामा नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरु
विकल्प न्यूज/बेनी असोज १० गते । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पर्वतको जलजला गाउँपालिकामा नयाँ नेतृत्व चयनका लागि आइतबार भएको निर्वाचनको मतगणना सुरु गरिएको छ । वडा नम्बर ४ स्थित मोहोनचोकमा रहेको पार्टी कार्यालयमा मतदान सम्पन्न भएको थियो । शनिबार सुरु भएको अधिवेशनमा सहमतिबाट नेतृत्व चयन नभएपछि आइतबार दिउसोबाट मतदान सुरु गरिएको थियो […]
काँग्रेसको जलजलामा उम्मेदवार धेरै भएपछि मिलाउन सकस ः मतदानको तयारी
विकल्प न्यूज/बेनी असोज १० गते । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पर्वतको जलजला गाउँपालिकामा नयाँ नेतृत्व चयन गर्न सकस परेको छ । सभापति सहित पदाधिकारीमा धेरैको उम्मेदवारी परेपछि मिलाउन सकस परेको हो । शनिबार सुरु भएको अधिवेशन आइतबार १२ बजे सम्म पनि मतदानको टुंगो हुनसकेको छैन । नेता र कार्यकर्ताहरु सहमतिमा नयाँ नेतृत्व चयन […]
नेपाली काँग्रेस बेनी नगरमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु (फोटो/भिडियो)
विकल्प न्यूज/बेनी असोज १० गते । नेपाली काँग्रेसको बेनी नगरमा नयाँ नेतृत्व चयनका लागि आइतबार विहान साढे ११ बजेबाट मतदान सुरु गरिएको छ । सभापतिका प्रत्यसी उम्मेदवार विक्रम बोगटी र रविन्द्र कार्कीले पहिलो मतदान गरेका छन् । शनिबार सुरु भएको अधिवेशनमा सहमतिबाट नेतृत्व चयन नभएपछि सभापति सहित पदाधिकारीमा मतदानबाट नेतृत्व चयन गर्न लागिएको हो । […]