म्याग्दी समाचार
भगवती कोतमा राँगो मार हान्ने युवालाई सम्मान
म्याग्दी, २८ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका-२ भगवतीस्थित भगवती कोतमन्दिरमा नवमीको दिनमा सरकारी रागोको मार हान्ने आर्यन खड्कालाई पुजा समिति र राखुबासीले भब्य सम्मान गरेका छन् । तीन लाख रुपैयाँ बोलकवोलमा सरकारी राँगो भगवती बयरी डिलका युवा आर्यन खड्काले सफल पुर्वक मार हानेका हुन् । हालसम्मकै बढी मूल्यको बोलकबोलमा कोतमन्दिरमा रागो उनले हानेका थिए। हरेक […]
दशैंमा माेना हङकङकाे साथले बालगृहका बालबालिकामा खुसि छायो
विकल्प न्युज/ बेनी असाेज २८ गते । दशैंमा म्याग्दी प्रवासी नेपाली संघ (माेना हङकङ) काे साथ पाएपछि बालगृहका अनाथ बालबालिकाकाे मुहारमा खुसी छाएको छ । बेनीमा रहेकाे नेपाल वालसंगठन म्याग्द्वा्रा संचालित बालगृहमा रहेका अनाथ बालबालिकाले दशैं मनाउन माेना हङकङकाे साथ मिलेपछि उनिहरूमा खुसि छाएकाे छ । दशैं तथा शुभदिपावलीका अवसरमा माेना हङकङले अनाथ बालबालिकाका लागि […]
भगवती काेतमा राँगो मार हान्न तीन लाखको बोलकबोल
विकल्प न्युुज / बेनी असाेज २८ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती कोत मन्दीरमा बिजया दशमीको नवमीका दिनमा बली चढाईने सरकारी राँगो मार हन्न (काट्न) तीन लाखको बोलकबोल भएको छ । बुधवार साँझ कालरात्रीमा खुला बडीबढाउ मार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो । बढीबढाउमा बयरी डिलका आर्यन खड्काले सबैले भन्दा धेरै रु ३ […]
बेनीको कोतघरमा फुलपाती भित्र्याइयो (फोटो\भिडियो)
विकल्प न्यूज/बेनी असोज २६ गते । नवदुर्गाको सातौ दिन अर्थात आश्विन शुक्ल सप्तमीका दिन म्याग्दीका कोत एवं हिन्दुधर्मावलम्बीले आ–आफ्नो घरमा फूलपाती भित्र्याएर मनाएका छन् । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतिकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ […]
बेनीमा हुने मोनाको चौथो महाधिवेशनको तयारी
विकल्प न्यूज/बेनी असोज २४ गते । विश्वभर रहेका प्रवासी म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोनाको) चौथो महाधिवेशनको तयारी तिब्र पारिएको छ । मोना अन्तराष्ट्रिय कार्यकारी समितिको नयाँ नेतृत्व चयनका लागि आगामी कात्तिक २ र ३ गते सदरमुकाम बेनीमा चौथो महाधिवेशन आयोजना गरिएको छ । मोनाले अहिलेसम्म २९ देशमा राष्ट्रिय कार्यकारी समितिको शाखा विस्तार गरिसकेको […]
बेनी नगरका प्रमुख प्रशासकीय अधिकृत माथिको आक्रमण प्रयासको सर्वत्र विरोध
विकल्प न्यूज/बेनी असोज २४ गते । म्याग्दीको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी माथि भएको आक्रमणको सर्वत्र रुपमा विरोध र निन्दा गरिएको छ । नागरिकलाई सेवा प्रवाह गरिरहेका समयमा राष्ट्रसेवक कर्मचारीमाथि आक्रमणको प्रयास गर्नु निन्दनीय र खेदजनक भएको भन्दै विभिन्न व्यक्ति र संघसंस्थाका प्रतिनिधिहरुले सामाजिक सञ्जालमार्फत विरोध जनाएका छन् । प्रमुख प्रशासकीय अधिकृत माथि […]
दशैंले बढायो चहलपहल, वैंक तथा वित्तिय संस्थाहरुमा भिडभाड
विकल्प न्यूज/बेनी असोज २४ गते । कोरोना महामारीका कारण थला परेको आर्थिक क्षेत्रलाई दशैं आगमन सँगै केही राहत मिलेको छ । लामो समयको लकडाउन खुला र कोरोनाको संक्रमणमा केही कमि आएसँगै आर्थिक क्षेत्र चलायमान हुनथालेको हो । हिन्दु धर्मावलम्बीहरुको महान चाड बडादशैं आगमनसंगै बजार र गाउँघरमा चहलपहल बढेको छ । दशैंका लागि गाउँ फर्कने क्रमले […]
तातोपानीमा छतमै हेलिप्याड सुविधासहितको ‘‘श्रेष्ठ होटल हटस्प्रिङ’’ सञ्चालनको तयारी (भिडियोसहित)
विकल्प न्यूज/बेनी असोज २४ गते । म्याग्दीको सिंगा तातोपानी बजारमा सुविधा सम्पन्न होटल सञ्चालनको तयारीमा छ । दुईवर्ष अघिबाट पूर्वाधार निर्माण सुरु गरिएको होटल यतिखेर सञ्चालनको अन्तिम तयारीमा जुटेको हो । बेनी नगरपालिका ४ सिंगा तातोपानी कुण्ड नजिक करिब १५ करोड रुपैयाँको लगानीमा श्रेष्ठ होटल हटस्प्रिङ सञ्चालनको अन्तिम तयारी गरिएको छ । तातोपानी कुण्डमा आउने […]
माओवादीले टुंग्यायो मन्त्री र राज्यमन्त्री
२० असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले तीन मन्त्री र एक रान्यमन्त्री टुंगो लगाएको छ । माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराज मन्त्री बन्ने भएका छन् भने बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय भएको छ । माओवादी केन्द्रबाट यसअघि जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री छन् ।
तलव दिने सहमति पछि बेनी अस्पतालका स्वास्थ्यकर्मीहरु सेवामा फर्किए
विकल्प न्यूज/बेनी असोज २० गते । साउन देखिको तलब नपाएको भन्दै सेवा बन्द गरेर आन्दोलित बनेका बेनी अस्पतालका स्वास्थ्यकर्मीहरु तलब पाउने सहमति पछि सेवामा फर्किएका छन् । बुधवार विहान तलबको माग गर्दै स्वास्थ्यकर्मीहरुले सेवा बन्द गरेर धर्नामा बसेका थिए । अस्पताल व्यवस्थापन समितिको पहलमा अस्पताल प्रशासन र आन्दोलनरत स्वास्थ्यकर्मीहरुका विच तलब भुक्तानीका सम्बन्धमा सहमति […]
तलब नपाएपछि बेनी अस्पतालका स्वास्थ्यकर्मी अान्दाेलित, सेवा बन्द
विकल्प न्युज/बेनीअसाेज २० गते । म्याग्दीको बेनी अस्पतालका कर्मचारी साउन देखि यताको तलबको माग गर्दै बेनी अस्पतालका अध्यक्षको कार्यकक्ष बाहिर धर्नामा रहेका छन् । बुधबार बिहान देखि अस्पतालमा कार्यरत डाक्टर, नर्स तथा अन्य कर्मचारी धर्नामा बस्दा उपचारका लागि अस्पताल पुगेका बिरामी छटपटाउदै डाक्टरको परखाईमा रहेका छन् । चाडबाडको समयमा पनि तलब नदिएको भन्दै उनीहरु ध्र्नामा […]
मध्य भोटेकोशी जलविद्युतकाे सेयर सर्वसाधारणका लागि खुल्ला
विकल्प न्युज/ बेनी असाेज २० गते । मध्य भोटेकोशी जलविद्युत कम्पनीको प्राथमिक सेयर (आईपीओ) बुधबारबाट सर्वसाधारणका लागि खुल्ला भएको छ । कम्पनीले आज असोज २० गते अर्थात् बुधबारदेखि असोज २५ गते सोमबारसम्मका लागि संस्थाका कर्मचारी, सामूहिक लगानी कोष र सर्वसाधारणका लागि गरी कुल ९० लाख कित्ता सेयर विक्री खुल्ला गरेको हो । कुल ९० लाख […]
५२ बर्षपछि घर फर्किए थामडाँडाका गुरुङ, परिवारमा खुसीयाली
विकल्प न्यूज/बेनी असोज २० गते । परिवारले आश मारिसकेको व्यक्ति वर्षौपछि टुप्लुक्क घरमा आउँदा घरपरिवारमा कस्तो महशुष होला ? यो क्षणमा खुसीको सीमा हुने त कुरानै भएन । यो दुई चारवर्षको कुरा होइन,पाँच दशक सम्म परिवारबाट सम्पर्क विच्छेद हुनुभएका एक पुरुषको पारिवारिक पुनर्मिलनले घरपरिवारको खुसी फर्किएको छ । घरबाट हराएको ५२ बर्षपछि बेनी नगरपालिका ४ […]
विनिता शर्माको उपचारका लागि रु १५ लाख बढी आर्थिक सहयोग
विकल्प न्यूज/बेनी असोज १९ गते । आन्द्राको क्यान्सरबाट पीडित म्याग्दीकी विनिता शर्माको उपचारका लागि देश विदेशमा रहेका आफन्त र शुभेच्छुकहरुबाट रु १५ लाख बढी आर्थिक सहयोग जुटेको छ । गत जेठमा मुख्य आन्द्रोमा क्यान्सर देखिए पछि हाल विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचाररत शर्माको उपचारका लागि ज्यामरुककोट समाज नेपालको पहलमा आर्थिक सहयोग अभियान संचालन […]
म्याग्दीको सिंगा तातापानीमा प्राकृतिक चिकित्सालय खुल्दै (भिडियोसहित)
ठाकुरप्रसाद आचार्य/म्याग्दी असोज १९ गते । म्याग्दीको प्रशिद्ध तातोपानी कुण्डलाई प्रयोग गरेर नेपालमै पहिलो प्राकृतिक चिकित्सालय सञ्चालनको तयारी थालिएको छ । बेनी नगरपालिका ४ सिंगामा तातोपानी सामुदायिक प्राकृतिक चिकित्सालय सञ्चालनमा ल्याउने तयारी गरिएको हो । तातोपानी कुण्ड व्यवस्थापन समितिले प्राकृतिक तातोपानीलाई प्रयोग गरेर योगाथेरापी,फिजियोथेरापी,मसाज थेरापी,जलचिकित्सा, अकुपंचर र डाईथेरापी विधिबाट विरामीको उपचार गर्न प्राकृतिक चिकित्सालय […]