म्याग्दी समाचार
म्याग्दीमा आज १९ जना कोरोना संक्रमित थपिए
विकल्प न्यूज \बेनी माघ ५ गते । म्याग्दीमा पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्तीमा जनाए अनुसार एन्टिजेन परिक्षणबाट ११ र पिसिआर परिक्षणबाट ८ गरी १९ जना कोरोना संक्रमित थपिएको जनाएको छ । यो सँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ७७ पुगेको छ । पछिल्लो समय […]
भोली देखि १५ गते सम्म बेनी नगरका शैक्षिक संस्थाहरु बन्द
विकल्प न्यूज \ बेनी माघ ५ गते । कोरोना संक्रमण बढे सँगै बेनी नगरपालिका भित्रका सवै विद्यालयहरु माघ ६ देखि १५ गते सम्मका लागि बन्द गरिने भएको छ । पछिल्लो समय बालबालिकाहरुमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै १० दिनका लागि पठनपाठन बन्द गर्ने निर्णय भएको बेनी नगरपालिकाले जनाएको छ । वढदो कोरोनाको जोखिम लाई […]
कांग्रेस म्याग्दीका संस्थापक सभापति बोगटीको २६ औं स्मृति दिवस मनाइयो
विकल्प न्यूज \बेनी माघ ४ गते । नेपाली कांग्रेस म्याग्दीका संस्थापक सभापति स्वर्गीय ओमबहादुर बोगटीको २६ औं स्मृति दिवसको अवसरमा विविध कार्यक्रम गरी मनाइएको छ । बेनपा–१ रत्नेचौरमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरूजिल्लामा कांग्रेसको जग बसाउन स्वर्गिय बोगटीले खेलेको भूमिकालाई आत्मसाथ गरी पार्टीलाई थप उचाईमा पुर्याउनुपर्नेमा जोड दिएका थिए । स्मृति दिवसको उद्घाटन गदैं नेपाली कांग्रेसकी […]
म्याग्दीमा थप २५ जनामा कोरोना संक्रमण
विकल्प न्यूज\बेनी माघ ४ गते । म्याग्दीमा पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्तीमा जनाए अनुसार एन्टिजेन परिक्षणबाट १६ र पिसिआर परिक्षणबाट ९ गरी २५ जना कोरोना संक्रमित भएको जनाएको छ । पछिल्लो समय देशभर नै कोरोना संक्रमितको संख्यामा वृद्धि भएको छ । यसका […]
वैशाखमा स्थानीय तहको चुनाव गर्ने सत्ता गठबन्धनबीच सहमति
विकल्प न्यूज \काठमाण्डौं माघ ४ गते । काठमाडौँ — सत्तारूढ गठबन्धनबीच आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने सम्बन्धमा सहमति भएको छ। मिति तय गर्नेलगायतका विषयमा आगामी बैठकमा छलफल हुने बताइएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा वैशाखमा स्थानीय तहको चुनाव गर्ने सहमति भएको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री […]
खर्कमा एकिकृत सामुदायिक भवन र खेलमैदान निर्माण
विकल्प न्यूज\ बेनी माघ ४ गते । म्याग्दीको मंगला गाउँपालिका–३ खर्कमा एकिकृत सामुदायिक भवन र खेलमैदान निर्माण भएको छ । मंगला गाउँपालिका र गण्डकी प्रदेश सरकारको सहयोगमा न्यु स्टार युवा क्लबले खेलमैदानसँगै एकिकृत सामुदायिक भवन निर्माण गरेको हो । क्लबका अध्यक्ष राजु थापाले पालिका र प्रदेश सरकारको रु. ३२ लाख अनुदान सहयोग तथा स्थानीयको रु. […]
४९ वर्षीय सुकलालले घरमै नागरिकता पाए
विकल्प न्यूज\बेनी माघ ३ गते । जन्मजात अपाङ्गताको समस्याबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७,हिस्तान औल गाउँका सुकलाल गर्बुजालाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिएको छ । परिवारको सहायतामा समेत याताउता गर्न नसक्ने,ओछ्यानमै दिशापिसाव गर्ने ४९ बर्षिय गर्बुजालाई प्रजिअ चिरञ्जीवि रानाले घरमै गएर गर्बुजालाई प्रमाणपत्र दिएका हुन् । विसं २०२९ सालमा जन्मिनुभएका गर्बुजा जिल्ला प्रशासन कार्यालयसम्म आउन […]
मौवाफाँट स्थित ज्ञानोदय माविका शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण
विकल्प न्यूज\बेनी पुस ३० गते । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्रमा रहेको ज्ञानोदय माविका शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको छ । शिक्षक र विद्यार्थी गरेर १२ जना संक्रमित भएपछि १० दिनका लागि विद्यालय बन्द गरिएको छ । विद्यालयमा कार्यरत एक शिक्षकमा कोरोना पुष्टि भएपछि शुक्रवार विद्यालयका शिक्षक सहित विद्यालय कर्मचारीको कोरोना परिक्षण गरिएको थियो […]
म्याग्दीमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि
विकल्प न्यूज\बेनी पुस ३० गते । म्याग्दीमा पछिल्लो २४ घण्टामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसीआर प्रविधिबाट १ र एन्टिजेन परिक्षणबाट ४ गरी ५ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले प्रकाशित गरेको विज्ञप्तीमा उल्लेख गरेको छ । यो सँगै म्याग्दीमा कोरोनाका सक्रिय केस १७ पुगेको छ । पछिल्ला केही […]
गण्डकी प्रदेशमा थप १८६ जनामा कोरोना संक्रमण पुष्टि
विकल्प न्यूज \पोखरा पुस ३० गते । गण्डकी प्रदेशमा थप १८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४२२ जनामा गरिएको परीक्षणमा १८६ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये पीसीआर प्रविधिबाट १५२ र एन्टिजिन परीक्षणबाट ३४ जनामा संक्रमण पुष्टि भएको हो । प्रदेशमा केही दिनदेखि क्रमश कोरोना संक्रमण उच्च […]
म्याग्दीमा कोरोना संक्रमण उकालो लाग्न थाल्यो
विकल्प न्यूज/बेनी पुस २७ गते । केही महिना सम्म शुन्य संक्रमण भएको म्याग्दीमा फेरी कोरोना संक्रमण उकालो लाग्न थालेको छ । मंगलबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा ११ जना संक्रिय संक्रमित छन् । संक्रमित थपिए पनि अझै सम्म अस्पतालमा भर्ना गर्नुपर्ने विरामी भने छैनन् । संक्रमितको स्वास्थ्य अवस्था […]
म्याग्दीमा स्वास्थ्य सुरक्षा मापदण्ड कडाई गर्दै शैक्षिक संस्था खुल्ला गरिने
विकल्प न्यूज/बेनी पुस २७ गते । कोरोना संक्रमणलाई रोकथाम र नियन्त्रण गर्ने प्रयोजनका लागि म्याग्दीमा तत्काल शैक्षिक संस्थाहरु बन्द नहुने भएका छन् । कोरोनाको संक्रमणदर बढ्न थालेपछि सिसिएमसिसीको सिफारिसमा शिक्षा मन्त्रालयले माघ १५ गतेसम्मका लागि देशभरका विद्यालय बन्द गराउने निर्णय गरेको थियो । मंगलवार सदरमुकाम बेनीमा बसेको जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी) को बैठकले कारोना […]
नेकपा एमाले म्याग्दीको अध्यक्षमा केसी निर्वाचित
विकल्प न्युज/ बेनी पुस २५ गते । नेकपा एमाले म्याग्दीको नवौ जिल्ला अधिवेशनबाट अध्यक्षमा देवेन्द्र केसी सर्वसम्मत रूपमा चयन हुनुभएको छ । यसैगरि उपाध्यक्ष -वालकृष्ण सुवेदी,सचिव – सुरत के सि,उप सचिव – थमसरा पुन र उप सचिव – राजकुमार थापा चयन हुनुभएको छ ।
गलेश्वर शिवालय क्षेत्र विकास कोषको विशेष अधिवेशन सम्पन्न
विकल्प न्यूज/बेनी पुस २४ गते । गलेश्वर शिवालय क्षेत्र विकास कोषमा रहेको रकम एकीकृत गरेर भरपर्दो र प्रभावकारी हुने संस्थामा राख्न कोषका प्रमुख संरक्षक रहेका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले निर्देशन दिनुभएको छ । कोषको ७ औं विशेष अधिवेशन एवम् १६ औं कार्यकारी सभामा कोषका प्रमुख संरक्षक समेत रहनुभएका प्रजिअ रानाले कोषमा रहेको मौज्दात रकम […]
नेकपा एमाले म्याग्दीको नवौं अधिवेशन सुरू
विकल्प न्युज/ बेनी पुस २३ गते । नेकपा एमाले म्याग्दीको नवौँ अधिवेशन सुरु भएको छ । जिसस सभाहलमा हुने अधिवेशन पुर्व बाजागाजासहित प्रतिनिधि र कार्यकताहरुले बेनी बजारमा ¥याली गरेका छन् । नयाँ नेतृत्व चयनका लागि हुने अधिवेशनमा ५१० जना प्रतिनिधि सहभागि भएका छन् ।